संसद

संविधान संशोधन विधेयकमाथिको छलफल जारी

२०७२ पौष १४ मंगलबार, काठमाडौँ । व्यवस्थापिका–संसद्मा नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल आज पनि जारी रह्यो । सो विधेयकमाथि आज भएको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद डा प्रकासशरण महतले कुनै जात, क्षेत्र, भूगोल र जनतालाई विभेद गर्ने पक्षमा आफ्नो दल नरहेको बताउनुभयो ।    उहाँले जनताको भावनालाई समेट्ने र संविधानमा सबैको अपनत्व होस् भनेर संशोधन विधेयक अघि बढाइएकाले बिना अवरोध यसलाई टुङ्ग्याउनका लागि सहय ... बाँकी अंश»

संसद्ः तीन दलको निर्णयले छिट्टै पूर्णता पाओस्

२०७२ पौष १४ मंगलबार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले भूकम्प र नाकाबन्दीबाट पीडित जनताको पक्षमा सरकारले काम नसकेको आरोप लगाउँदै सांसदको भूमिकाबारे बृहत् छलफलको खाँचो औँल्याएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा काँग्रेसका नवीन्द्रराज जोशीले ३१ मन्त्रालय, छ उपप्रधानमन्त्रीसहितको सरकार गठन भए पनि चिसोमा कठ्याङ्ग्रिएका जनताले सरकारको महसुस गर्न पाएका छैनन् भन्नुभयो ।    उहाँले भन्नुभयो – “महँगीको मारमा जनता छट्पटाइरहेका भए पनि सरकार ... बाँकी अंश»

व्यवस्थापिका संसद बैठक स्थगित

२०७२ पौष १४ मंगलबार, काठमाडौ । व्यवस्थापिका संसद बैठक पर्सी बिहिवार सम्मको लागि  स्थगित भएको छ ।   मधेसी मोर्चाको नारावाजीबीच संविधान  संसोधन विधयेक माथि छलफल भइरहेको थियो । छलफलले बिहिवारवाट निरन्तरता पाउनेछ ।   ... बाँकी अंश»

नाराबाजीबीच सदनमा विभिन्न प्रस्ताव प्रस्तुत

२०७२ पौष १३ सोमबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा मधेसी मोर्चाका सांसदको नाराबाजीबीच सरकारका तर्फबाट विभिन्न प्रस्ताव प्रस्तुत भए ।  बैठक सुरु हुनेबित्तिकै मोर्चा आबद्ध विभिन्न राजनीतिक दलका सांसदले सभामुखको आसन अगाडिको वेल घेराउ गर्दै नाराबाजी सुरु गरेका थिए । अपराह्न १ बजेका लागि बैठक बोलाइएको भए पनि आधा घण्टा ढिलो बैठक सुरु भएको थियो ।  बैठकको सुरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको ‘एसियाली पूर्वाधार लगानी बैंकको ... बाँकी अंश»

संसद् बैठक तराई आन्दोलन र भूकम्पपीडितमा केन्द्रित

२०७२ पौष १२ आइतबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा प्रकाशशरण महतले भूकम्पपीडित जनता राहत नपाएर मरिरहेका बेला सरकार मन्त्रालय थप गर्नेतर्फ लागेकामा आपत्ति प्रकट गर्नुभयो । सदनको विशेष समयमा सभामुखसँग समय लिएर बोल्दै उहाँले ललितपुर र गोरखामा भूकम्पपीडित मरिरहेको अवस्थामा आर्थिक दायित्व थप हुने मन्त्रालय किन थप गरिएको हो भनी प्रश्न गर्नुभयो ।    उहाँले कालोबजारी मौलाएको, सत्तारूढ दलका नेता तथा क ... बाँकी अंश»

वातावरणमैत्री सवारी साधन प्रयोगको व्यवस्था मिलाउ

२०७२ पौष १२ आइतबार, काठमाडौ । वातावरण मैत्री सवारी साधनको अधिकतम प्रयोगमा प्रोत्साहनसम्बन्धी कानूनी प्रक्रिया र नीतिगत व्यवस्था मिलाउन व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सवारी तथा यातायात व्यवस्था सम्बन्धी ऐन २०४९ को दफा ३९ (२) को प्रतिबन्धात्मक व्यवस्थामा आवश्यक परिमार्जन गरी सरकारले अध्ययन गरिसकेको नीति कार्यान्वयन गर्न उक्त ऐनको दफा ३९ (२) को प्रतिबन्धात्मक वाक्यांश ... बाँकी अंश»

राष्ट्रपतिमाथि अभद्र व्यवहारबारे जानकारी गराउन सरकारलाई निर्देशन

२०७२ पौष ८ बुधबार, काठमाडौँ । व्यवस्थापिका–संसद्ले विवाह पञ्चमीका दिन जनकपुरको राम जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेको छ । संसद्को आजको बैठकमा समय माग गरी सांसदले राष्ट्रपतिमाथि जनकपुरमा भएको दूव्र्यवहारले सम्पूर्ण नेपालीको अपमान भएको भनी आपत्ति जनाएपछि सभामुख ओनसरी घर्तीले उक्त घटनाको बारेमा संसदको आगामी बैठकमा जानकारी गराउन निर्देशन दिनुभएको हो ।    उहाँले भन्नुभ ... बाँकी अंश»

कार्यव्यवस्था परामर्श समिति सदस्यको नाम फेरियो

२०७२ पौष ३ शुक्रबार, काठमाडौँ । सभामुख ओनसरी घर्तीको अध्यक्षतामा आज बसेको व्यवस्थापिका– संसद्को बैठकले कार्यव्यवस्था परामर्श समिति सदस्यको नाममा हेरफेर गरेको छ । झन्डै ३८ मिनेट ढिला गरी सुरु भएको आजको बैठकले चित्रबहादुर केसी उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्रीमा र गिरीराजमणि पोखरेल शिक्षामन्त्रीमा नियुक्त भएपछि कार्यव्यवस्था परामर्श समितिको सदस्यमा हेरफेर गरेको हो ।    उपप्रधानमन्त्री मन्त्री केसी जनमोर्चा नेपालका र मन्त्री पोखरेल एन ... बाँकी अंश»

विरोधबीच पुनःनिर्माण विधेयक पारित, मोर्चा बजारियो

२०७२ पौष १ बुधबार, काठमाडौं । मधेसी मोर्चाको विरोध र बहिस्कारबीच भूकम्पपछिको पुनःनिर्माण सम्बन्धि विधेयक बहुमतले पारित भएको छ । बुधबार बसेको व्यवस्थापिका संसद बैठकले पुनःनिर्माण विधेयक पारित गर्दै पुनः निर्माणको बाटो खुल्ला गरेको हो । आफूहरुलाई पेलेर विधेयक ल्याएको भन्दै मधेसी केन्द्रीत दलहरुले  संसद बहिष्कार गरे । सरकारले विपक्षी कांग्रेसको सहयोगमा दुई वटा विधेयक संसदमा पेश गरेको थियो । सुशील कोइराला नेतृत्वको सरकारले सदनमा दर्ता गरेको संविधान संशोधन वि ... बाँकी अंश»

सकसमै सदन

२०७२ मङ्सिर २७ आइतबार, काठमाडौं । कांग्रेस सांसदको विरोधका कारण आइतबार पनि व्यवस्थापिका संसद चल्न सकेन । बैठकको सुरुमै कांग्रेस सांसदले उठेर अवरोध गरेपछि मंसिर २९ गतेसम्मको लागि बैठक स्थगित भएको छ ।    कांग्रेस सांसदले सुशील कोइराला नेतृत्वको सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई बैठकको कार्यसूचीमा नराखेको भन्दै उठेर विरोध गरे । यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापाले भारतले गरेको नाकाबन्दीबारे संसदमा छलफल गरिनुपर ... बाँकी अंश»

मधेसी जनतालाई संविधान बुझाउन नसक्दा समस्याः गगन थापा

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले मधेसी जनतालाई संविधान बुझाउन नसक्दा समस्या उत्पन्न भएको बताउनुभएको छ । पब्लिक पोलिसी पाठशालाले आज यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेस र मधेस’ विषयक विचार गोष्ठीमा नेता थापाले सङ्घीयताको बहसलाई सही ढङ्गले जनतामाझ पुर्‍याउन नसक्दा अहिलेको समस्या आएको उल्लेख गर्नु भयो ।    उहाँले निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्याका आधारमा मात्र नभई सबै क्षेत्रलाई र सबै जनताको भावनाला ... बाँकी अंश»

सदन नखुल्दा ‘अघोषित नाकाबन्दी’ ले प्रवेश पाएन

२०७२ मङ्सिर २४ बिहिबार, रमेश लम्साल ।काठमाडौँ । व्यवस्थापिका–संसद् जनताको भावना राख्ने प्रत्यक्ष थलो हो । राष्ट्रिय महत्वका विभिन्न विषयमा सदनमा छलफल हुन्छ र आवश्यक निर्णय पनि गरिन्छ । नेपालको संविधान जारी भएपछि गत असोज ६ गतेदेखि भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएको छ । नाकाबन्दीले मुलुकको समग्र क्षेत्र नराम्ररी प्रभावित भएको छ ।    लगातार सदन अवरुद्ध हुँदा जनताको महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन । संसदीय इतिहासमा जनताको महत्वपूर्ण विषयमा स ... बाँकी अंश»

पुनःनिर्माणसम्बन्धी विधेयक संशोधनसहित सर्वसम्मतिले पारित

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौँ। व्यवस्थापिका–संसद्, विधायन समितिको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको पुनःनिर्माणसम्बन्धी विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । समितिको आज बसेको बैठकमा सहभागी सदस्यले सो विधेयक संशोधन वा यथावत रुपमा आजै पारित गर्न जोड दिएपछि सदस्य नवीन्द्रराज जोशीले पेस गर्नु भएको ‘दफा ३३ को खण्ड (घ) र (ङ) थप गरी क्रम मिलाउने र (ङ) मा सो अध्यादेशबमोजिम नेपाल सरकारले गरेका नियुक्ति यसै ऐनबमोजि ... बाँकी अंश»

कानुन निर्माणका लागि आउँदो हप्तासम्म प्राथमिकताको सूची बन्ने

२०७२ मङ्सिर २२ मंगलबार, चितवन। संविधान जारी भएपछि सामान्य संशोधन गर्नुपर्ने १९३ ऐन संशोधन गरी पारितका लागि संसद्को विधायन समितिमा पेस गरिएको छ ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सोमबार भरतपुरमा आयोजना गरेको ‘संविधान र कानुनमा भएका समावेशी अधिकार, कानुनी सहायता र सञ्चारमाध्यमको भूमिका’ विषयको अन्तक्र्रियामा कानुनमन्त्री अग्निप्रसाद खरेलले छिट्टै ती कानुन संसद्मा पेस हुने र कार्यान्वयनमा आउने बताए । मन्त्रालयले हालसम्म गरेको प्रक्षेपणअनुसार सङ्घी ... बाँकी अंश»

सदन खुलाउने विषयमा तीन दलका शीर्षनेताबीच छलफल

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौँ । लामो समयदेखि अवरुद्ध रहेको व्यवस्थापिका–संसद्को बैठक खुलाउने विषयमा प्रमुख दलका शीर्षनेताहरुबीच छलफल भएको छ ।  सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा सोमबार भएको छलफलमा लामो समयदेखि सदनमा जारी अवरोध खुलाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।  तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण सदन अवरुद्ध हुँदै आएको छ । संयुक्त मधेसी मोर्चालाई पनि विश्वासमा लिएर सदन खुलाउने विषयमा छलफल भएको बताइएको छ ।  सभामुखका निजी स ... बाँकी अंश»

पाठ्यपुस्तक छपाई तथा वितरणमा निजी क्षेत्रलाई पूर्ववत् संलग्न गराइने

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौँ । व्यवस्थापिका–संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले सरकारी स्वामित्वका निकायलाई मात्र विश्वास गर्न नसक्ने ठानी प्राथमिक तहको पाठ्यपुस्तक छपाइ तथा वितरणमा पूर्ववत्रुपमा निजी क्षेत्रलाई पनि मुलुकभर संलग्न गराउने पूर्ववत् व्यवस्था गर्न शिक्षा मन्त्रालयमा निर्देशन दिएको छ । आउँदो शैक्षिकसत्र प्रारम्भ हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउन कक्षा १ देखि ५ सम्म निजी क्षेत्रलाई समेत सो कार्यमा संलग्न गराउन समिति ... बाँकी अंश»

सकसमै सदन

२०७२ मङ्सिर २७ आइतबार, काठमाडौं । कांग्रेस सांसदको विरोधका कारण आइतबार पनि व्यवस्थापिका संसद चल्न सकेन । बैठकको सुरुमै कांग्रेस सांसदले उठेर अवरोध गरेपछि मंसिर २९ गतेसम्मको लागि बैठक स्थगित भएको छ ।    कांग्रेस सांसदले सुशील कोइराला नेतृत्वको सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई बैठकको कार्यसूचीमा नराखेको भन्दै उठेर विरोध गरे । यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापाले भारतले गरेको नाकाबन्दीबारे संसदमा छलफल गरिनुपर ... बाँकी अंश»

सकसमै सदन

२०७२ मङ्सिर २७ आइतबार, काठमाडौं । कांग्रेस सांसदको विरोधका कारण आइतबार पनि व्यवस्थापिका संसद चल्न सकेन । बैठकको सुरुमै कांग्रेस सांसदले उठेर अवरोध गरेपछि मंसिर २९ गतेसम्मको लागि बैठक स्थगित भएको छ ।    कांग्रेस सांसदले सुशील कोइराला नेतृत्वको सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई बैठकको कार्यसूचीमा नराखेको भन्दै उठेर विरोध गरे । यस्तै, नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र अनुराधा थापाले भारतले गरेको नाकाबन्दीबारे संसदमा छलफल गरिनुपर ... बाँकी अंश»

संसदको नियमावली मस्यौदा समितिमा अधिकारी

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली मस्यौदा समितिको सभापतिमा राधेश्याम अधिकारी चयन भएका छन् ।   सांसद अधिकारीलाई सभापतिमा चयन गरियोस् भन्ने नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेल प्रस्ताव र नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ समर्थनमा व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिको बैठकले सर्वसम्मत रुपमा प्रस्ताव अनुमोदन गरेको थियो ।    वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीलाई नेपाल सरकार, मन्त ... बाँकी अंश»

संसदमा कड्कीयो कांग्रेस, सभामुखले सत्तारुढ दलकै पक्ष लिएको आरोप

२०७२ मङ्सिर १० बिहिबार, काडमाडौं । संसदीय परम्परा तोडेको भन्दै प्रमुख विपक्षी दल कांग्रेसले अवरोध गरेपछि  व्यवस्थापिका–संसद बैठक स्थगित भएको छ । बैठक एकै पटक मंसिर १५ बस्ने छ ।  विहीबारको बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले विरोध गरेपछि बैठकको काम कारबाही असिघ बढ्न सकेन ।    संसदीय परम्परामा सबै भन्दा पहिले प्रमुख विपक्षीलाई बोल्न दिनुपर्नेमा त्यसो ... बाँकी अंश»

नयाँ