बिशेष

समुद्रको पानीलाई मीठो बनाउन चाहन्थे रावण

२०७६ पौष ८ मंगलबार, सत्संग ठूलो भाग्यले पाइन्छ भनि शास्त्रहरुमा बर्णन गरिएको छ , तर मानिसहरू सत्संगलाई छोडेर जान्छन्, सुन्न मन पराउँदैनन् । रावणले लक्ष्मणलाई भन्छन्, लक्ष्मण! म समुद्रको पानीलाई मीठो बनाउन चाहन्थें अनि स्वर्ग जाने सीढी लगाउन चाहन्थे, त्यसको लागि देवताहरुलाई आदेश दिन मात्र बाँकी थियो । तर मैले सोचे यो सबै काम अलिपछि गरौंला, भोलि- पर्सि गरौंला, तर न भोलि आयो, न त पर्सि आयो । त्यो सबै काम छोडेर मैले सुर्पणखाको कुरामा आएर सीतालाई हरेर ल्याएँ, जसको परिणामस्वरूप सारा लंका स्वाहा भयो। यसकारण राम्रो काम भोलिको लागि छोडनु हुँदैन, नराम्रो कामलाई भोलिको लागि छोडनु पर्छ। ... बाँकी अंश»

मीराबाईका गुरु रैदासले सिलाए जुत्ता तर लिएनन् पारसमणी

२०७६ पौष ७ सोमबार, काशी गंगा नदीको किनारमा मीराबाईका गुरु रैदासजी (रविदास) को एउटा सानो झुपडी थियो । त्यसमा उनी आफ्नी पत्नीको साथ बस्थे अनि झुपडीको बाहिर बसेर जुत्ता सिलाउँथे। मानिसहरुको जुत्ता सिलाएर जे-जति पैसा मिल्थ्यो, त्यसैले आफ्नो जीवन निर्वाह गर्थे । ... बाँकी अंश»

प्रधानमन्त्रीको पहरेदारीमा माफियाको शासन !

२०७६ पौष ७ सोमबार, राजाको प्रत्यक्ष शासन समाप्त भएको वितेका २५ वर्षको इतिहासमा पहिलो पटक कसैको नाममा कसैले शासन गरेको प्रकट भयो पछिल्लो समय औपचारिक रुपले नै देखिने गरी । यसले कस्तो गरायो भने दुइतिहाइको संख्याको प्रधानमन्त्रीमा केपीशर्मा ओली छन् भने यता देशको शासन चाहिँ माफियाबाट चलिरहेको छ ! ... बाँकी अंश»

अद्भूत मुक्तिनाथ यात्रा

२०७६ पौष ७ सोमबार, यस्तो भ्रमणले हाम्रो मानसिक र शारिरिक अप्ठ्याराहरु भएपनि रमाइलो र आनन्दीत हुने रहेछ । ... बाँकी अंश»

हात मिलाउनुभन्दा नमस्कार गर्न किन उपयुक्त ?

२०७६ पौष ६ आइतबार, काठमाडौं ।  हामी कार्यालय तथा घर बाहिर साथी भाइसँग भेटघाट गर्दा हात मिलाएर ‘ह्याण्डसेक’ गर्छौ ।  ‘ह्याण्डसेक’ हाम्रो मौलिक अभिवादन संस्कार भने होइन । ‘ह्याण्डसेक’ पश्चिमा संस्कृतिको सिको हो । तर पनि, यसले जब्बर संस्कृतिकै रूप लिइसकेको छ। यो संस्कृतिको उद्गमस्थल पश्चिमा मुलुकहरूमा त्यो हदसम्म हात मिलाइँदैन, जसरी ‘नमस्कार’ का सन्तति हामी ‘ह्याण्डसेक’ मा अभ्यस्त भइरहेका छौं।   ... बाँकी अंश»

सोह्र बर्षमा सबैभन्दा कम पत्रकार मारिएको बर्ष २०१९

२०७६ पौष ५ शनिबार, काठमाडौं। विश्वका विभिन्न ठाउँमा भइरहेको द्वन्द्व र अनुदारवादी शासन व्यवस्थाका कारण हरेक वर्ष सयौँ पत्रकारको हत्या हुने गरेको छ । तर यस वर्ष भने पत्रकारको हत्याका घटनामा केही कमी आएको छ । सन् २०१९ प्रेस स्वतन्त्रता, पत्रकारिता र लोकतन्त्रका लागि यो तथ्याङ्कलाई केही सुखद् भएपनि सन्तोष मान्ने अवस्था भने नरहेको अधिकारकर्मीहरुको भनाई छ । ... बाँकी अंश»

लुम्बिनीमा गुरुयोजना अनुसारका काम तिव्र गतिमा, ३ बर्षमा लक्ष्य पूरा हुने

२०७६ पौष ५ शनिबार, रुपन्देही । बुद्धको जन्मस्थल लुम्बिनीलाई बिश्व शान्तिको केन्द्र तथा लुम्बिनीको योजनाबद्ध बिकास गर्न भन्दै ४१ बर्ष अगाडि लुम्बिनी गुरुयोजना बनेको थियो । ... बाँकी अंश»

स्पेसएक्स र स्याटेलाइट इन्टरनेट

२०७६ पौष ५ शनिबार, काठमाडौं। इन्टरनेट पछिल्लो समय सबै मानिसहरुको आधारभूत आवश्यकता नै बनिसकेको छ। समग्र विश्व नै डिजिटलीकरणमा अघि बढिरहेको अवस्थामा इन्टरनेटको यस किसिमको विस्तारलाई स्वाभाविक पनि मान्न सकिन्छ। त्यसको प्रभाव नेपालमा पनि देख्न सकिन्छ। नेपालमा पनि अन्य क्षेत्रको तुलनामा प्रविधि तथा इन्टरनेटको विस्तार केही तीव्र गतिमा भएको पाइन्छ। ... बाँकी अंश»

डाक्टर केलीले यसरी तिरे एक गिलास दूधको मूल्य

२०७६ पौष ४ शुक्रबार, काठमाडौं । पढाईको खर्च निकाल्नलाई एक गरीब बालकले घर- घरमा गएर समान बेच्ने गर्थे । एक दिन उनको एउटै समान पनि बिकेन । साँझ परिसकेको थियो अनि उनलाई जोडले भोक पनि लागेको थियो। उनीसँग पैसा थिएन । उनले सोचे अब अर्को घरमा खाना माग्ने छु । ढोका ढकढकाए भित्रबाट एउटी बालिका निस्किन् । उनले अफ्ट्यारो माने अनि खानाको सट्टामा एक गिलास पानी मागे। ... बाँकी अंश»

जब नारदले वैकुण्ठमा वीणा विर्सिए

२०७६ पौष ३ बिहिबार, भगवान भन्नुहुन्छ,' नारद जी ! यी सबै ठिक छ तपाई बडो विद्वान हुनुहुन्छ, तपाईले अनेकौ शास्त्र पढ्नुभएको छ तर तपाईले केवल पढेको मात्र हो, त्यसको मर्मलाई जान्नु भएको छैन किनभने तपाई अहिले पनि निगुरे हुनुहुन्छ । तपाईले अहिलेसम्म गुरु बनाउनु भएको छैन । ... बाँकी अंश»

वैकल्पिक राजनीतिले समात्न नसकेको जरो 

२०७६ पौष ३ बिहिबार, भनिन्छ  परिवर्तनका लागि, सच्चिनका लागि र रूपान्तरणका लागि कहिल्यै पनि समय घर्कदैन । सोचौं ।  ... बाँकी अंश»

कसरी पाइन्छ श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनलाई दिइएको ज्ञान ?

२०७६ पौष २ बुधबार, काठमाडौं । जुन ज्ञान भगवानले कल्पको आदिमा सूर्यलाई दिनुभएको थियो, सोहि ज्ञान युद्धको मैदानमा अर्जुनलाई गराउनु भयो, त्यो ज्ञान अब कहाँ मिल्छ होला? जसलाई अविनाशी ज्ञानयोग भनिएको छ । जसलाई राजा जनक आदि ऋषिहरूले पनि हासिल गरेर साधना गरेका थिए । ... बाँकी अंश»

महाभियोग झेल्ने तेस्रो अमेरिकी राष्ट्रपति बन्दै ट्रम्प 

२०७६ पौष २ बुधबार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले महाभियोग झेल्ने तेस्रो राष्ट्रपति बन्ने भएका छन्। अमेरिकामा महाभियोग देशद्रोह, भ्रष्टाचार र अनुचित क्रियाकलाप वा ठूलो अपराधको आरोपमा लाग्न सक्छ। अहिले अमेरिकाको तल्लो संसद्बाट माथिल्लो संसद्मा महाभियोगको प्रस्ताव जाने तरखरमा लागेको छ। उनीमाथिको महाभियोगको प्रक्रिया शुरु भएको लामो समय भइसकेको छ। ... बाँकी अंश»

अस्वस्थ प्रधानमन्त्री असंवैधानिक गिरोहको कब्जामा त पर्दै छैनन् ?

२०७६ पौष २ बुधबार, यसको केही दिन अघि प्रधानमन्त्रीले उद्घाटन गर्ने, खेलाडीलाई विशेष पुरष्कारको घोषणा गर्ने भनिएको सागमा पनि उनको उपस्थिति रहेन । उद्घाटनमा त उनी अस्पतालमै थिए । २४ गतेको समापन उनले नै गर्ने भनियो । त्यो पनि भएन । उनले भिडियो मार्फत समापनको सन्देश दिए । यो खेलको समापनको यो दिनपनि बेलुका उनी अस्पतालमै थिए । त्यो दिन उनको १० सौं डाइलासिस भएको थियो । ... बाँकी अंश»

युवाहरुका लागि प्रेरणा थिए माधव अधिकारी

२०७६ पौष २ बुधबार, नेपाली कांग्रेस काठमाडौंको लागि मंसिर महिना दुखद रह्यो। राजनीतिमा अपार सम्भावना भएका एक कुशल संगठक माधव अधिकारीलाई काठमाडौं कांग्रेसले मंसिर महिनामै गुमाउनु पर्‍यो। ... बाँकी अंश»

हनुमानले पुच्छरमा बाँधेर दण्ड दिएका शनीले कसरी पाए माफी ?

२०७६ पौष १ मंगलबार, काठमाडौं । सूर्य पुत्र शनीलाई कर्मफलका दाता मानिन्छ । सूर्यदेवका पुत्र भएर पनि शनीदेवको सम्बन्ध बाबुसँग राम्रो थिएन । त्यसैकारण शनीलाई पितृ शत्रु पनि मानिन्छ । शनी देवलाई आफ्नो प्रभुत्त्वको धेरै अभिमान थियो। देवता-दानव र ऋषि-मुनीहरु पनि शनीको प्रकोपबाट भयभीत रहन्थे कुनै पनि अनिष्ट नहोस भनेर । ... बाँकी अंश»

८६ प्रतिशत चिनियाँ नागरिक सरकारप्रति सन्तुष्ट

२०७६ पौष १ मंगलबार, पिउ रिसर्च सेन्टरले गरेको एक सर्वेक्षणअनुसार करिब ८६ प्रतिशत चिनियाँ नागरिक सरकारका काम कारबाहीहरुप्रति सन्तुष्ट रहेको बताएका थिए । ... बाँकी अंश»

मनुष्यको बन्धन र दुःखको कारण कर्म होईन, आसक्ति

२०७६ मङ्सिर ३० सोमबार, गीतामा श्रीकृष्णले भन्नुभएको छ-यदि मनुष्यले अनासक्त भएर नि:स्वार्थ भावले आफ्नो कर्त्तव्य गर्यो भने कर्म आत्माको बन्धनको कारण बन्दैन। मनुष्यको बन्धन र दुःखको कारण कर्म होईन, अपित आसक्ति हो। अत: मनुष्यले सुख-दुख, लाभ-हानिको चिन्ता नगरी नि:स्वार्थ भावले आफ्नो कर्तव्य पालन गरिरहनु पर्छ। गीताको कर्मयोग भगवान श्रीकृष्णको मानव-जातिको निम्ति महति देन हो। भगवान श्रीकृष्णले गीतामा सम्पूर्ण मानव- जातिका लागि ज्ञान-विज्ञानले पूर्ण लोकहितकारी, आत्म कल्याणकारा उपदेश अर्जुनका माध्यमले दिनुभएको छ, जसलाई मानवले आफ्नो जीवनको अंग बनायो भने मानव जातिको समस्त झगड़ा, कलह, विद्रोह आदि समाप्त हुनेछ अनि सम्पूर्ण मानव शन्तिको छाँयामा आनन्दपूर्वक रहने छ। ... बाँकी अंश»

सरकारी जग्गा जाँचबुझ आयोगले दोषी देखाएकोलाई प्रधानमन्त्रीले कारबाही गर्लान ?

२०७६ मङ्सिर ३० सोमबार, काठमाडौं। भ्रष्ट्राचारलाई शुन्यमा झार्ने नारा दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी, सार्वजनिक गुठी जग्गा संरक्षण तथा जाँचबुझ आयोगले दोषी देखाएकालाई कारबाही गर्लान ? एउटा गम्भिर प्रश्न खडा भएको छ। सरकारी जग्गा जाँचबुझ आयोगले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० वटा छुट्टाछुट्टै प्रतिबेदन बुझाएको छ। ... बाँकी अंश»

वशिष्ठका सय छोराको विश्वामित्रले किन गरे हत्या ?

२०७६ मङ्सिर २९ आइतबार, काठमाडौं । विश्वामित्रलाई मानिसहरु राजर्षी भन्थे । उनले ठूलो तपस्या गरेर अणिमा, लघिमा, गरिमा आदि अनेकौ सिद्धी प्राप्त गरेका थिए । तरपनि उनलाई सबैले राजर्षी भन्थे । उनले एक दिन विद्वत मण्डलीलाई सोधे,'मैले यति धेरै तपस्या गरे, कति धेरै अमोध वरदानलाई प्राप्त गरे, फेरी पनि तिमिहरु मलाई राजर्षी भन्छौ ब्रम्हर्षी किन भन्दैनौ ?' सबैले भने,'ऋषिवर ! यदि वशिष्ठ महाराजले तपाईलाई ब्रम्हर्षी भन्नुभए हामी सबै तपाईलाई ब्रम्हर्षीको रुपमा स्विकार गर्नेछौ ।' ... बाँकी अंश»

नयाँ