बिशेष

पूर्वजन्ममा को थिए भीष्म पितामाह, किन जन्मनु पर्‍यो मनुष्य भएर ?

२०७६ चैत १९ बुधबार, श्रीमतीको कुरा मानेर द्यौले आफ्नो भाइहरुसँग सो गाईको हरण गरे । जब महर्षि वशिष्ठ आफ्नो आश्रममा आए तब उनले दिव्य दृष्टिबाट सबै कुराको थाहा पाए । क्रोधित ऋषिले वसुहरुलाई मनुष्य योनीमा जन्म लिनुपर्ने श्राप दिए । ... बाँकी अंश»

कोरोनाको वन्दोवस्तीमा भ्रष्टाचारको भाइरस प्रवेश !

२०७६ चैत १९ बुधबार, लकडाउनको छैठौ दिन, चैत्र १६ कतिपय कुराले स्मरणीय बन्न पुग्यो ।  नेपालमा कोरोनाले पहिलो पाइलो टेकेको भन्ने शंकाको बयासियौं दिन हो यो । पहलिो पटक पुस २४ मा यस्तो शंका भएकोमा  माघ ९ मा त पुष्टी नै  भएको  थियो । चैत्र १६ लकडाउनलाई अर्को हप्तासम्म थपिएको दिन पनि हो भने कोरोनाका नाममा ठूलो भ्रष्टाचारको डाउनलोड भएको दिन पनि यही बन्यो । यही दिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरित एउटा विमानबाट भ्रष्टाचारको पोकै अवतरित भएको पाइयो कोरोना रोकथामका वन्दोवस्ती सामानका साथमा । ... बाँकी अंश»

आउनुस संकटको सबै मिलेर समाधान गरौं

२०७६ चैत १९ बुधबार, देश यतिबेला कोरोना भाइरसका कारण गम्भीर संकटमा छ । सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि लकडाउन गरेको छ । यो अबस्थामा सरकारले विभिन्न समुदाय र बर्गको लागि राहत प्याकेज पनि घोषणा गरेको छ । ... बाँकी अंश»

लक्ष्मणरेखाको मर्यादा राख्नु भन्दै खुलापत्र    

२०७६ चैत १९ बुधबार, आराम छु, तपाईहरुको पनि स्वस्थ जीवन रहोस् भन्ने शुभेच्छा प्रकट गर्दछु । म सेल्फ क्वारेन्टाइनमा नै छु, तपाईहरु पनि सुरक्षित रुपमा घरमै बस्नु भएको होला भन्ने आशा गरेको छु । आज पत्रपत्रिका मार्फत, अनलाईन मिडिया मार्फत र सामाजिक सञ्जालबाट मात्र तपाईहाम्रो सन्देश सम्प्रेषण हुने काम भएको छ । आज यिनै माध्यमले मात्र सम्भव भएको छ भेटघाट र भालाकुसारीका लागि ।  संसारमा कहिलेकाही यस्ता संकटहरु आइपर्छन् । विश्व मानव सभ्यताको इतिहास देखि अहिले सम्म  फर्केर हेर्दा भिन्न स्वरुपबाट मानव माथि संकट आइपरेका छन् । यसले आज नेपाल पनि अछुतो हुन सकेन । तपाई हाम्रो धार्मिक आस्थाका कारण नेपाल जस्तो पवित्रभूमि देवभुमिमा यस्तो संक्रमण आउदैन र नआओस् भन्ने ध्येय र प्राथना थियो ।  ... बाँकी अंश»

कुन मुख देखाएर हिँड्ने प्रधानमन्त्रीज्यू अब तपाई र तपाईका मन्त्रीहरु ? 

२०७६ चैत १९ बुधबार, नेपाली जनतालाई दिग्भ्रमित गरेर स्थिरताको सरकारको भीख माग्दा भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेर भाषणबाजीमा निकै समय खर्चिनु भयो । ... बाँकी अंश»

जब पढेलेखेका विवेकानन्दले गरे अहंकार

२०७६ चैत १८ मंगलबार, काठमाडौं। स्वामी विवेकानन्द (नरेन्द्र)ले जब आफ्नो जीवनमा अध्यात्मको शुरुआत गरे, त्यसभन्दा पहिले उनको मनमा मेरो प्रश्नको उत्तर कसैले  दिन सक्दैन भन्ने अहंकार थियो ।  ... बाँकी अंश»

नर्सरीमा आगो लगाएर फुलवारी खोज्दै

२०७६ चैत १८ मंगलबार, राजनितिक चेतनाको कारण ब्यक्तिगत स्वतन्त्रताका लागि मानव जाति चरणवद्ध रुपमा आन्दोलित भए । फ्रान्सको क्रान्ति होस, अमेरिकाको स्वतन्त्रता संग्राम होस वा भारतको स्वतन्त्रताको आन्दोलन नै किन नहोस्। नेपालको विस २००७, २०४६ र २०६२/०६३ का आन्दोलन मानव स्वतन्त्रता र समानता केन्द्रित थिए । आजसम्म संसारमा गरेका महत्वपुर्ण आन्दोलन व्यक्ति तथा मानव केन्द्रित थिए । तत्कालिन शासक विस्थापित गरि आफ्नो सत्ता स्थापित गराउनु प्रमुख उद्धेश्य थियो । स्वतन्त्रता मानवको मात्र नभई संसारमा भएका प्रत्येक जीवको स्वतन्त्रतासँग जोडिनुपर्नेमा सो हुन सकेन् । यसप्रकारको सोचको जन्मिन र हुर्किन सकेन । जीव र प्राकृतिक स्वतन्त्रताको नर्सरीमा आगो लगाइयो । ... बाँकी अंश»

५ रुपैयाँको डिस्पोजेबल शु कभरलाई २४० रुपैयाँ, १ लाख ल्याउँदा २ करोड ३५ लाख घोटाला

२०७६ चैत १७ सोमबार, काठमाडौं। कोरोना संक्रमित व्यक्ति फेला परेको २४ जनवरी अर्थात् १० माघमा नेपाल पाँचौ देश बनेको थियो। चीनबाट फैलिएको रोग लागेका ति व्यक्ति पनि चीनबाटै आएका थिए । तर उनको उपचार पछि ठीक भएर घर फर्केसँगै स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागले रोगसँग लड्ने तयारी थालेको थियो। पहिलो संक्रमित व्यक्ति फेला परेको १५ दिनपछि अर्थात माघ २५ सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्न प्रक्रिया अघि बढाएको थियो। यसका लागि स्वास्थ्य सेवा विभाग लागेको थियो। ... बाँकी अंश»

एक छिनमा काम सक्ने भूतलाई दिइयो बाँसको भर्‍याङ

२०७६ चैत १७ सोमबार, सेठ काम बताउँदा-बताउँदा थाके, तर भूत थाक्नुको नामै लिंदैन । सेठ चिन्ताले सुक्न थाले भूतले आफैलाई खाने भयो भने । जब सेठानीलाई यस कुराको थाहा पाइन्। तब सेठानी त्यो साधुकोमा गएर भन्न लागिन्, साधु  महाराज! तपाईंले सेठलाई कस्तो नोकर दिनभयो  सेठ त सूकेर सिट्ठा भइसके, अब उनको ज्यान बँचाउने उपाय  बताउनुहोस्? ... बाँकी अंश»

साख गुमाएको सरकार, संकटमा पनि भ्रष्टाचार 

२०७६ चैत १७ सोमबार, सक्षम र प्रभावकारी सरकारले एउटा आधार खडा गर्दछ । त्यो आधारले नै जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्षम हुन्छ ।  जनता आफै आधारभुत आवश्यकता पुरा गर्न सक्षम हुँदैन ।  जनता आफै विपद्मा निर्णायक भुमिका निभाउन सक्दैनन् । उनीहरुका आवश्यकता पुरा गर्न र आइपर्ने विपत्तिका लागि सरकारको सहयोग चाहिन्छ नै ।   ... बाँकी अंश»

मृत्यु छ सर्वत्र कसैमा डर छैन 

२०७६ चैत १७ सोमबार, आफन्त र साथीहरुले आजकल धेरै सम्झिन थालेका छन् । सम्झिने कतिपय आफन्तहरु त जीवनमा एकपटक कुराकानी समेत नभएका पनि हुन्छन् ।  ... बाँकी अंश»

कोरोनाको नाममा अलिकति मिलाउन खोज्दा पनि कस्तो नसहेको ?

२०७६ चैत १६ आइतबार, बिश्व स्वास्थ्य सँस्था (WHO) ले नेपाल लगायत  बिश्वभर कोभिड १९ को महामारी फैलिन सक्ने चेतावनी दिएको १९ दिन पुग्दा पनि लाखौंका प्रिय युबा मन्त्री योगेश जि Nepal covid-19 free zone भन्दै भिडियो बनाएर पर्यटक भित्राउन खोज्दा हामीले औधी खुसी मनायौ। हामीले ताली बजायौ। किनकि हामी नेकपाको खाटी कार्यकर्ता, शुभचिन्तक। बिश्वब्यापी फैलिदै गएको महामारीसँग के को चासो हामीलाई ? योगेशजीको इमान्दार भक्त जसरी हुन्छ उनलाई सफल मन्त्री बनाउनु थियो। रोग भित्रिएर के भो र ? धेरै पर्यटक भित्राएर देशको अर्थतन्त्र र भ्रमण बर्ष सफल पार्नु थियो। अर्को चुनाब पनि नजिकिदै थियो। ... बाँकी अंश»

शरीर छेड्ने: नाक, कान तथा अन्य अंग छेड्दाको प्रभाव

२०७६ चैत १६ आइतबार, काठमाडौं । आजकल व्यक्तिको लागि विभिन्न अंग छेडेर त्यहाँ अलंकार धारण गर्ने सामान्य कुरा हो । स्त्री, पुरुष, बच्चा सबैमा यसको बढ्दो प्रवृत्ति हामी देख्न सक्छौं । अंग छेड्ने विभिन्न सांस्कृतिक, धार्मिक अथवा व्यक्तिगत कारण हुन सक्छ ।  ... बाँकी अंश»

कोरोना उपचारः हतियार विनाको लडाँइ

२०७६ चैत १६ आइतबार, ‘मलाई हेर्न अहिलेसम्म एक जना डाक्टर पनि आएका छैनन्, अस्पतालमा छु उपचार केही भएको छैन’ धनगढीका कोरोना संक्रमित ३४ बर्षिय यूवाले दिएको प्रतिक्रिया हो यो। सेती प्रादेशिक अस्पतालको शैयामा ती संक्रमित युवा उपचारको पर्खाइमा छन् । सरकार संक्रमित सबैको उपचार भइरहेको दाबी छाड्दैन । अस्पतालमा विरामीको उपचार गर्न चिकित्सक तयार छैनन् । स्वास्थ्य जाँच तथा उपचारका लागि पिपिई जस्ता आवश्यक सुरक्षा कवजको ब्यवस्था नहुँदा आजका मिति सम्म चिकित्सकले विरामीको नाडी छाम्ने अवस्था छैन ।  ... बाँकी अंश»

लकडाउनको डायरीमा टिपोट भएका केही घटना विवरण

२०७६ चैत १६ आइतबार, लकडाउन भनेको कुनैपनि देश र त्यसका नागरिकका लागि धेरैनै ठूलो घटना हो । यसमा तोकिएको दिनसम्म मान्छे घरको संघारबाट बाहिर पाइलो समेत राख्न पाउँदैन, मानिसका सम्पूर्ण गतिविधि ठप्प हुन्छन ।  यसै भएर होला यस्ता कामकुरा संसारमा कुनैपनि देश र तिनका नागरिकका लागि विरलैमात्र आइपर्लान । धेरैनै ठूलो संकट परेपछि र त्यसबाट राहत पाउनका लागि मात्र त्यस अन्तर्गत यस्तो बन्दाबन्दीको घोषणा हुँदो रहेछ भन्ने यतिबेला देख्ने र भोग्ने काम भई नै रहेको छ । नेपालीका लागि त यस्तो बन्द पहिलो नै होला । त्यसकारण पनि यसलाइ ठूला परिदृश्य भनिएको हो । ... बाँकी अंश»

विश्व नै आतंकित : २ हजार वर्षमा महामारीबाट मर्ने १ अर्वभन्दा बढी

२०७६ चैत १६ आइतबार, त्यसैगरी १८ औं शतान्दीको सुरुवात अर्थात् सन् १७०७ मा आएको Smallpox का कारण आयरल्याण्डका जनसंख्याको ३६ प्रतिशत अर्थात् १८ हजार मानिस मरेका थिए । त्यस्तै सन् १७२० मा प्लेगका कारण फ्रान्समा १ लाख मानिस मरेका थिए । ... बाँकी अंश»

कोरोनाको कहर र राज्यको दायित्व

२०७६ चैत १५ शनिबार, आज बिश्वका हरेक मानिसको ध्यान कोरोना भाइरसबाट कसरी आफु सुरक्षित हुने र संसारका सबै मानिसहरु कसरी सुरक्षित हुन्छन भन्नेतिर केन्द्रीत छ। अहिलेको भयाबह परिस्थितिमा नेपाल जस्तो विकासोन्मुख देशका लागि यो कोरोना ठूलो चुनौतिको बिषय हो। ... बाँकी अंश»

चाणक्य नीतिका अनुसार २ गल्ती गर्ने पुरुषको चाडै हुन्छ पतन

२०७६ चैत १४ शुक्रबार, चाणक्य नीतिको यस श्लोकमा भनिएको छ सधै सोच- बिचार गरेर कुनै पनि काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोच- बिचार खर्च गर्ने अनाथ बन्छ , अर्थात एक समयपछि यस्तो मानिसलाई अरुले साथ दिदैनन् । यस्ता मानिसको धेरै समय एक्लै बित्छ । ... बाँकी अंश»

नोवल कोरोनाको प्रभाव

२०७६ चैत १४ शुक्रबार, काठमाडौं । चीनको वुहानबाट डिसेम्वर २०१९ देखि सुरु भएको यो नोवल कोरोना भइरस दक्षिण कोरिया जापान हुँदै अहिले करिव १ सय ९४ देशहरुमा फैलिएको छ । विश्वको सर्वश्रेष्ठ मानिएको देश अमेरिकालाई पनि यो भाइरसले अत्याएको छ । अहिले विश्वकै तथ्याङ्क अवलोकन गर्दा कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या सबै भन्दा धेरै क्रमशः चीन, इटाली, अमेरिका र स्पेनमा रहेको छ । त्यसैगरी भाइरसबाट धेरै ज्यान गुमाउने इटली, स्पेन, चीन र अमेरिका छन् । भाइरस संक्रमित ठूलो संख्यामा उपचार पछि निको भएका छन् । तथ्याङ्कबाट के बुझ्न सकिन्छ भन्दा चीनबाट यो भाइरसको सुरुवात भएपनि अहिले त्यहाँ नियन्त्रण भइ तिव्र गतिमा घट्दै छ । चीनको छिमेकी देश दक्षिण कोरिया र जापानमा चीनमा फैलिएको केही समय पछि नै यो भाइरस देखिएको थियो ।  ... बाँकी अंश»

नेपालमा लगभग ३ खर्ब १० अर्बको बिशेष राहत प्याकेजको आबश्यकता

२०७६ चैत १४ शुक्रबार, नेपालको आर्थिक क्षमताले लगभग ३ खर्ब १० अर्बको बिशेष राहत प्याकेज तत्काल घोषणा गर्न धेरै गार्हो पर्न सक्छ र यसको संभावना पनि कम छ ।  ... बाँकी अंश»

नयाँ