//

बिशेष

लम्पसारवादको नाम नै राष्ट्रवाद हो प्रधानमन्त्रीज्यू?

२०७७ बैशाख २७ शनिबार, नेपाली संचारमाध्यममा नेपाली भूमी लिपुलेकको बाटो हुदै भारतले चीनको मानसरोवर जाने सडकको उद्घाटन गर्यो भन्ने खबर छापिएको छ। यो समाचार सुन्ने बित्तिकै कुन चाहि नेपालीको शरिरका रौं ठाडा हुँदैन मेरो पनि त्यस्तै भयो। चीनियाँ नागरिकले सार्वभौम देशका प्रहरीमाथि सिंहदरवार अगाडी अस्मिता लुटिरहेको तस्विर भिडियो हेर्न नसकिरहेको बेला भारतले बाटो बनाएको समाचार सार्वजनिक भएको थियो।  ... बाँकी अंश»

श्रीमद्भगवद्गीता अध्याय नौः राजविद्याराजगुह्ययोग

२०७७ बैशाख २६ शुक्रबार, श्रीमद्भगवद्गीताको अध्याय सातबाट भगवान् श्रीकृष्णले अर्जुनलाई ज्ञान र विज्ञानको तालमेलका बारेमा बताउँदै हुनुहुन्थ्यो । सातौं अध्यायको अन्त्यमा आइपुग्दा भगवानले प्रयोग गर्नुभएका अधिदेव, कर्म, अधियज्ञ जस्ता छवटा शब्दको अर्थमा अर्जुन अल्मलिनुभयो । आठौं अध्यायको सुरूमै ती छ शब्दका साथै अन्त्यकालमा मानिसको स्थितिको बारेमा अर्जुनले जुन प्रश्न गरे, भगवानले ती प्रश्नहरुको उत्तर दिनुभयो । तर पहिला छवटा प्रश्नको छोटकरीमा उत्तर दिनुभयो भने सातौं प्रश्नको उत्तर विस्तृतमा दिनुभयो ।  ... बाँकी अंश»

कोरोनाको कहर भन्दा कडा नेकपाको कुर्सी-काण्ड 

२०७७ बैशाख २६ शुक्रबार, दुईमहिना पुग्न चारवटा दिनमात्र बाँकी रहनेगरी पाँचौंपटक लकडाउनको समय ११ दिन थपिँदाको दिन बैशाख २४ मा नेकपाको १५ दिनसम्म चलेर मत्थर भएको कुर्सी–काण्ड फेरी दोहोरिएको छ । सरकारमाथि लकडाउनका समयमा गर्नुपर्ने काम नगरेको आरोप लागेको अवस्थामा देशका लागि कोरोना भन्दा नेकपाको यो कुर्सी-काण्ड कडा हुने जस्तो देखियो । लकडाउन थपिएको र कुर्सीकाण्ड दोहोरिएको संकेत देखिएको त्यो २४ गते देशमा के के भयो ?  ... बाँकी अंश»

सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो

२०७७ बैशाख २६ शुक्रबार, कोरोनाको विश्वब्यापी महामारीबाट नेपाल र नेपालीको रक्षा गर्न हालसम्मका प्रयासहरुको गहिरो समिक्षा गर्दै विशेष रणनीति निर्माण र कार्यान्वयन गर्न गराउन यो संसद सफल हुनैपर्ने इतिहासकै बिशेष अभिभारा म शुरूवातमै सबैलाई स्मरण गराउन चाहन्छु । ... बाँकी अंश»

बदलिएको परिस्थितिमा बजेटले अख्तियार गर्नुपर्ने नीति

२०७७ बैशाख २६ शुक्रबार, बिभिन्न शिर्षकमा खर्चिने रकम तोक्ने र त्यसको जोहो गर्ने काम मात्र नभएर बिना खर्च नीतिका माध्यमबाट पनि आर्थिक बाटो खोज्न सकिन्छ भन्ने कुरालाई यसपालिको बजेटले देखाउनु जरुरी छ । यहाँ बजेटका सम्भावित खर्चका शिर्षकहरु, आम्दानीका श्रोत र आवश्यक नीतिबारे छलफल गरिने छ।  ... बाँकी अंश»

कानूनी शासनः कानूनको सर्वोच्चता र समानता

२०७७ बैशाख २६ शुक्रबार, सर्वोच्च अदालत बार एशोसिएशनको मिति २०३० चैत्र ८ गते मंगलबार सम्पन्न बैठकले प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिन वैशाख २६ गतेलाई कानून दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। त्यसैलाई पछ्याउँदै कानून दिवस मनाइदै आएको छ। ... बाँकी अंश»

स्वास्थ्य मन्त्री ढकाललाई तत्काल हटाऊ 

२०७७ बैशाख २६ शुक्रबार, प्रधानमन्त्री केपी शर्मा ओलीमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई तत्काल हटाउन दवाव बढेको छ । मन्त्री ढकाललाई तत्काल हटाउन यतिबेला सामाजिक संजालबाट चर्को दवाव दिइएको छ ।  ... बाँकी अंश»

राजनीतिक चलखेल भित्रको जालझेल

२०७७ बैशाख २६ शुक्रबार, कोरोनाको कहरले संसारभर मै हु भन्ने देशदेखि गाँस, बास, कपास र सिटामोलसँग जिन्दगी साटनुपर्ने हामी जस्ता बिकासोन्मुख देशहरूलाई साच्चिकै यी गीतका शब्दले भने जस्तै पिंजडाको चरीको अनुभूति गराउँदै प्रकृति, जीवन र जगतमा फेरी मानवको हैसियत, बिज्ञानको बिगुल र शक्तीशालीहरुको दम्भ केबल फगत मिथ्या हो भनेर प्रमाणित गरिदिएको छ। आज सुप्रीम को बन्ने भन्ने लडाईमा अचानक फेरी प्रकृति र पूर्बीय दर्शनले आफ्नो अस्तित्वको लडाईमा जबर्जस्त खम्बा गाडेको छ। ... बाँकी अंश»

श्रीमद्भगवद्गीता अध्याय आठः अक्षरब्रह्मयोग

२०७७ बैशाख २५ बिहिबार, श्रीमद्भगवद्गीताको आठौं अध्याय अर्थात् अक्षरब्रम्हयोगको यो अध्यायलाई भगवद्प्राप्तिको अध्याय पनि भनिन्छ । सातौं अध्यायमा भगवानलाई कसरी चिन्ने भन्ने उपदेश दिएपछि अब यो अध्यायमा भगवानको समिपमा कसरी जाने भन्ने बारेमा बताउँदै श्रीकृष्णले अर्जुनलार्ई दिनुभएको उपदेश नै अक्षरब्रह्मयोगको अध्याय हो ।  ... बाँकी अंश»

संवैधानिक एवं सैद्धान्तिक कसीमा जनमतको कदर

२०७७ बैशाख २५ बिहिबार, हारेको नेतालाई पुनः उप निर्वाचनमा जिताएर प्रधानमन्त्री बनाउँदा अहिलेसम्म पनि माधव नेपालले धेरै आलोचनाहरु सुन्न परिरहेको छ । कुनै निर्वाचन क्षेत्र खाली गराएर वामदेव गौतमलाई सांसद बनाउने प्रयास तीन पटकसम्म सफल भएन । माथिल्लो सदनमा लगेर भएपनि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने योजना संविधानले नै रोक्यो । संविधान संशोधन गर्ने सम्मको छलफल समेत भयो । तर अन्त्यमा सभासद मात्रै बन्न तयार हुँदा पनि पार्टीको निर्णय कार्यन्वयन हुन सकेन । ... बाँकी अंश»

महामन्त्री बनाउने राजाका तीन प्रश्न

२०७७ बैशाख २४ बुधबार, काठमाडौं । एक समय एक राजाले आफ्नो मन्त्री, मित्र, अधिकारी तथा विद्वानहरूलाई राज दरबारमा आमन्त्रित गरेर उनीहरूको सामु तीन प्रश्न राखे। राजाले भने जसले पनि मेरो प्रश्नको सही-सही उत्तर दिने छ, उसलाई दरबारमा महामन्त्री बनाइने छ । पहिलो प्रश्न थियो-'महत्त्वपूर्ण समय कहिले हन्छ, दोस्रो महत्त्वपूर्ण कार्य के हुन्छ अनि तेस्रो प्रश्न महत्त्वपूर्ण व्यक्ति को हो?'  ... बाँकी अंश»

श्रीमद्भगवद्गीता अध्याय सातः ज्ञानविज्ञानयोग

२०७७ बैशाख २४ बुधबार, श्रीमद्भगवद्गीताको अध्याय सात अर्थात् ज्ञानविज्ञानयोग । तीस श्लोक भएको ज्ञानविज्ञान योगको यो अध्यायलाई श्रीमद्भगवद्गीताको परमज्ञान अध्याय पनि भनिन्छ । यस अध्यायमा भगवान् श्रीकृष्णले अर्जुनसँग ज्ञानका बारेमा सविस्तार वर्णन गर्नुभएको छ । ज्ञान भनेको भगवानलाई चिन्नु हो भन्ने कुरा बताउँदै भगवान् यस अध्यायमा आफू को हूँ भन्ने बारेमा अर्जुनलाई जानकारी दिनुहुन्छ । यहाँ आफूलाई बुझ्नका लागि भगवानले दुईवटा सर्त राख्नुभएको छ । ती हुन्,  भक्ति र योग ।  ... बाँकी अंश»

विकल्प छैन, गर या मर !

२०७७ बैशाख २४ बुधबार, चौतर्फी विरोधको घेरामा रहेका २०७७ वैशाख ८ गते जारी दुई अध्यादेश वैशाख १२ गते राष्ट्रपतिद्वारा खारेज भए पश्चात् पनि नेकपाभित्रको भुसको आगो झै सल्किएको विवाद मत्थर हुनुको सट्टा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग्ने तहसम्म पुग्यो । विसं २०७७ वैशाख ८ गतेदेखि प्रारम्भ भएको नेकपाभित्रको विवादबीच २०७७ वैशाख २० गते भएको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्ना तर्फबाट भएका कमीकमजोरीहरुप्रति आत्मालोचना गर्दै अब उप्रान्त यस्ता कमीकमजोरी हुन नदिने र पार्टी एकतालाई सुदृढ गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएपछि हाललाई अस्थायी युद्धविराम भई पार्टी विभाजनको खड्को आंशिकरुपमा टरेको छ । ... बाँकी अंश»

सर्वेन्द्र खनाललाई थाहा हुनुपर्ने कति पूर्व भिआइपीहरुले कानुन मिच्दा के भयो भनेर?

२०७७ बैशाख २४ बुधबार, कसैलाई ललाई फकाई लोभलालच देखाइ, शारिरिक तथा मानसिक तनाव दिइ इच्छा बिपरित, पाँचतारे होटेलमा सुनको थालमा मार्सी चामलको भात खान दिएर सुनको कोपारोमै पिसाब फेर्ने ब्यबस्था गरे पनि आफ्नो स्वार्थ पुरा गर्ने उद्धेश्यले राख्दछ भने नेपालको कानुनले उक्त पीडित ब्यक्तिलाई ल्याउने र होटेलमा राख्ने समूहलाई अपहरण र शरीर बन्धकको मुद्धा लाग्नेछ। ... बाँकी अंश»

साधक ध्यान गर्न बस्छ तर सक्दैन किन ?

२०७७ बैशाख २३ मंगलबार, काठमाडौं । प्राचीन धर्म-ग्रन्थमा एउटा कथन छ । मनुष्यको मननै उनको बन्धन अनि अन्तिम मुक्ति जन्म-मरण तथा सुख-दुखको चक्रको जिम्मेदार हुन्छ । जसरी  व्यक्तिको स्वभावदोषनै उसको दुःखको कारण हो अनि उसको गुण सुखी तथा सन्तोषी बन्नमा सहायता गर्दछ । व्यक्तिको गुण तथा दोष समाजलाई पनि प्रभावित गर्दछ, विशेष रूपले, जब व्यक्ति समाजलाई प्रभावित गर्ने स्थितिमा हुन्छ । ... बाँकी अंश»

श्रीमद्भगवद्गीता अध्याय छः आत्मसंयमयोग

२०७७ बैशाख २३ मंगलबार, श्रीमदभगवद्गीताको यो आत्मसंयमयोग नामको छैटौं अध्यायलाई ध्यानयोग अध्याय पनि भनिन्छ । अघिल्लो अध्यायको अन्त्यतिर भगवानले ध्यानयोगका बारेमा कुरा सुरू गर्नुभएको थियो, जुन यो अध्यायमा विस्तारमा भन्नुहुनेछ ।  ... बाँकी अंश»

कोरोनाविरुद्ध बन्दोवस्तीका व्यवस्थामा सरकारी निकम्मापनका डरलाग्दा नमुनाहरु ! 

२०७७ बैशाख २३ मंगलबार, कल्पनै नगरिएको अवस्थामा  हुनेगरी प्रकट भएको कोरोना भाइरसको  संक्रमण आफनो मुलुकमा  फैलन नदिने भन्ने मनसाय बुझन सकिन्छ । त्यसका लागि चाहिने आधारभूत वस्तु, स्वास्थ्य सामग्री छिट्टै आपूर्ती गर्न भनी गएको माघ २५ मा अभियान थालेको थियो छोटो सूचनामा आपूर्तीकर्ता मागेर । त्यसको तीन महिना वितिसक्दा पनि सरकार तिनै वस्तु आपूर्तीका लागि ठेक्कामै खेलिरहेको छ –दिने, खोस्ने र फेरी दिने गरेर ।  ... बाँकी अंश»

श्रीमद्भगवद्गीता अध्याय पाँचः कर्मसंन्यासयोग

२०७७ बैशाख २३ मंगलबार, पहिलो अध्यायको अर्जुनको युद्ध नगर्ने संशय, दोस्रो अध्यायको आफन्तलाई मार्नुभन्दा भिख मागेर खानु उत्तम भन्ने विचार, तेस्रो अध्यायमा आइपुग्दा कर्म गर्ने कि ज्ञान आर्जन गर्ने भन्ने बारेको दुविधा र चौँथो अध्यायको भगवानका जन्म र कर्मका बारेमा आश्वस्त हुन नसकेका अर्जुनको संशय हटाउँदै भगवान् अब पाँचौं अध्यायमा आइपुग्दा ज्ञानयोग, कर्मयोग, भक्तिसहितको ध्यानयोग र साङ्ख्ययोग बीचका भिन्नताहरु बताउँदै अर्जुनलाई निश्चिन्त पार्न प्रयास गर्नुहुन्छ ।  ... बाँकी अंश»

श्रीमद्भगवद्गीता अध्याय पाँचः कर्मसंन्यासयोग

२०७७ बैशाख २२ सोमबार, पहिलो अध्यायको अर्जुनको युद्ध नगर्ने संशय, दोस्रो अध्यायको आफन्तलाई मार्नुभन्दा भिख मागेर खानु उत्तम भन्ने विचार, तेस्रो अध्यायमा आइपुग्दा कर्म गर्ने कि ज्ञान आर्जन गर्ने भन्ने बारेको दुविधा र चौँथो अध्यायको भगवानका जन्म र कर्मका बारेमा आश्वस्त हुन नसकेका अर्जुनको संशय हटाउँदै भगवान् अब पाँचौं अध्यायमा आइपुग्दा ज्ञानयोग, कर्मयोग, भक्तिसहितको ध्यानयोग र साङ्ख्ययोग बीचका भिन्नताहरु बताउँदै अर्जुनलाई निश्चिन्त पार्न प्रयास गर्नुहुन्छ ।  ... बाँकी अंश»

कोरोनाको अक्करमा चेपिएका पत्रकार 

२०७७ बैशाख २२ सोमबार, अर्थतन्त्र चलायमान नभएकै कारण जुनैखाले माध्यमका मिडियामा विज्ञापन आउने कुरै भएन । औंलामा गन्न मिल्ने केही मिडिया बाहेकले पत्रकार र कर्मचारीलाई तलब खुवाउन सकेका छैनन् ।  ... बाँकी अंश»

नयाँ