बिशेष

महाधिवेशन नभएको दोष पार्टी सभापतिलाई लगाउने षडयन्त्रमा नेबिसंघ अध्यक्षः जितजंग बस्नेत

२०७३ असार २४ शुक्रबार, जितजङ्ग बस्नेत नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री हुन्। ललितपुरका स्थायी बासिन्दा उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। नेविसंघ त्रिवि समितिको सदस्य, अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीसम्म भइसकेका बस्नेतसँग दिल्ली विश्वविद्यालयमा स्नातक गर्दा त्यहाँ रहेका नेपाली विद्यार्थीहरूको नेतृत्व गरेको अनुभव पनि छ। लगातार ३ पटकसम्म (११ औँ, १२ औँ र १३ औँ महाधिवेशनमा) नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि ... बाँकी अंश»

प्रबुद्ध समूहको बैठकले आइसबे्रकको काम गर्ला त ? सुरुवात हो –नीलाम्बर आचार्य

२०७३ असार २२ बुधबार, काठमाडौं । नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठका दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्धिपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले भने –‘विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेका र छाडिएक छैनन् ।’    नेपाल–भारत सम्बन्धको समग्र पक्षको ... बाँकी अंश»

महाधिवेशन गर्न जिम्मेवार बनोस नेविसंघ केन्द्रीय समिति

२०७३ असार २१ मंगलबार, नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकेको करिब एक दशक भईसकेको छ। विगतको नेपाली राजनीतिमा सदैव अग्रणी स्थानमा रहेर देशको हरेक परिवर्तनको इतिहास कोरे पनि आफ्नो संगठनमा परिवर्तनको पक्षमा र नयाँ परिस्थीति अनुरुप काम गर्न नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्न नसकेको महशुस तमाम काँग्रेसी कार्यकर्ता र आमनागरिकले पनि गर्न थालेका छन्।    काँग्रेसका नेत ... बाँकी अंश»

नेबिसंघलाई निर्देशन दिन मात्र पार्टीले निर्देशन समिति बनाउनु हुन्नः डिल्लीराम सुवेदी

२०७३ असार २० सोमबार, वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यता लिएर राजनीतिमा प्रवेश गरका डिल्लीराम सुवेदी नेपाल विद्यार्थी संघको कर्मठ र जागरूक विद्यार्थी नेता हुन्। २०५३ सालमा वाग्लुङ जिल्लाको जनता मा. वि. मा नेपाल बिद्यार्थी संघको अध्यक्ष भइसकेका थिए। विद्यालय तहमा नै राजनीतिको स्वाद चाखिसकेका उनले क्याम्पस पढ्ने क्रममा पृथ्वी नारायण क्याम्पस पोखरामा लामो समयसम्म इकाइमा बसेर काम गरेका थिए। त्यस लगत्तै वाग्लुङ पोखरा सम्पर्क समितिमा रहँदै काठमाडौ ... बाँकी अंश»

सम्भावना वोकेका फुच्चे नेता !

२०७३ असार १८ शनिबार,  “हो मेरो पुस्ता अहिलेको नेतृत्वसँग निकै फ्रस्टेड छ। जसका कारण उनीहरुलाई विद्यमान राजनीतिप्रति ठूलो वितृष्णा पनि छ। म उनीहरुको वाध्यतालाई स्वाभाविक ठान्छु र उनीहरुको कन्सेप्ट वदल्न सक्छु भन्ने विश्वास लिएर राजनितिमा संलग्न छु।” कुपण्डोल नजिकै रहेको एक चियापसलमा म चिया पिउदै थिएँ। मेरो पछाडीवाट आएको कुनै व्यक्तिको यस्तो कुरा मेरो कानमा पर्यो। सुरुमा त म आफ्नौ धुनमा थिए। खासै वास्ता गरिन।    एकछिन पछि फेरि तिनै व्यक्तिले भनेको सुनें, &ldq ... बाँकी अंश»

ती निर्दोष जसले आफ्नो जीवन उत्सर्ग गरे

२०७३ असार १४ मंगलबार, २०६१ भदौ १६ गते इराकमा १२ नेपालीको निर्मम हत्या भएको झन्डै १२ वर्षपछि अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत नेपाली सबार एउटा गाडीमा आतंकवादीहरुले आत्मघाती आक्रमण गरी त्यति नै संख्याका निर्दोष नेपालीको ज्यान लिएका छन् । एक बेलायती कम्पनीमा सुरक्षागार्डका रुपमा कार्यरत ती निर्दोष नेपाली नागरिकको त्यो विभत्स हत्याको कसुर के थियो ? पुष्टि गर्ने हिम्मत कसैको नभएपनि  विश्व आतंकवादी संगठन तालिवानले उ ... बाँकी अंश»

नेबिसंघको नेतृत्व महिलाले गर्न सक्छन् भनेर प्रमाणित गर्न चाहन्छु : बिनिता अधिकारी

२०७३ असार १४ मंगलबार, काठमाडौ । लमजुङ जिल्लामा जन्मिएर स्थानीय विद्यालयमा एसएलसी उत्तीर्ण गरी काठमाडौं आएकी विनिता अधिकारी नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्ष पदको आकांक्षा रहेको बताउँछिन् । सनै उमेरदेखि राजनीतिमा चासो राख्दै आएको बताउने उनले कक्षा पाँच देखि नै नेपाली काँग्रेस र प्रजातान्त्रिक परिपाटीको घुलमिलका कारण नेपाली काँग्रेसको राजनीतिमा आस्था बढेको बताउछिन् । आफ्नै हजुरबुवाबाट हलोक्रान्तिको सुरूवात भएको भन्ने थाहा पाएपछि बाल मनोविज्ञानम ... बाँकी अंश»

बेलायतको बहिर्गमनका बाछिटा

२०७३ असार ११ शनिबार, काठमाडौं। जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यतिखेर विश्वको विकसित राजनीतिमा नयाँ झड्का दिएको छ। यसले बेलायत र युरोपेली संघको सम्बन्धलाई पुनः परिभाषित गरिदिएको मात्र नभई यो बहिर्गमनको बहाबले छ्याप्ने बाछिटाहरुको असरको बहस सुरु भएको छ।   बेलायतको अकस्मातको र अकल्पनीय यस निर्णयले दोस्रो विश्वयुद्धपछि विकसित क्षेत्रीयताको विकास र त्यस अवधारणाको गर्भबाट जन्म लिएको एक सशक्त क्षेत्रीय युरोपेली संगठन ईयूलाई ए ... बाँकी अंश»

अध्यक्षको बदनियतले नेविसंघको महाधिवेशनको माहोल विग्रिरहेको छः सरोज थापा

२०७३ असार ११ शनिबार, नेपाल विद्यार्थी संघका निवर्तमान सह–महामन्त्री तथा तत्कालीन शाही शासन कालमा त्रि–चन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनिसकेका विद्यार्थी नेता हुन् सरोज कुमार थापा। तत्कालीन समयमा राजसभामा उपस्थित हुन आउँदा आफ्नै नेतृत्वमा त्रिचन्द्र कलेज अगाडि राजाको सवारी केही बेर रोकेर आफ्नो निडरता प्रस्तुत गरिसकेका थापा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा अध्यक्षको आकांक्षी बनेर चुनावी मैदानमा उत्रने तयारीमा छन्। थाप ... बाँकी अंश»

पीत–पत्रकारिता र केहि सवालहरु

२०७३ असार १० शुक्रबार, जो पढ्छन पढाउँछन र त्यही बिषय पत्रकारितामा दैनिक अभ्यस्त पनि छन्, उनिहरु कहिल्यै कुरा गदैनन् त्यसैको । बरु यदाकदा समाज र जनमानसमा चीयागफ तिर बिरलै भएपनि सुन्न पाईन्छ पीत पत्रकारिता अर्थात येल्लो जर्नालिज्मको बारेमा । जुन अतिनै सम्बेदनशील विषय पनि हो । पत्रकारितामा एउटा जिम्मेबार पत्रकारको सानो लापर्वाहिले पनि कहिलेकाँही ठूलो दुर्घटना निम्त्याउन सक्ने स्थिति रहन्छ । सबैलाई थाहा भएकै कुरा हो पत्रकारिताको आधारभूत उद्देश्य मानिसका सरोकारका जुनस ... बाँकी अंश»

'टीकेप्रथालाई तोड्नको लागि नेविसंघ अध्यक्षमा नीलकण्ठको उम्मेदवारी'

२०७३ असार ९ बिहिबार, राजनीतिक पृष्ठभूमिमा हुर्किएका तथा बिद्यार्थीका मुद्दाहरुमा लामो समयदेखि लाग्दै आएका नीलकण्ठ रिजालले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा केन्द्रीय अध्यक्षको आकांक्षीको रूपमा आफूलाई प्रस्तुत गरेका छन्। विद्यालयमा पढ्दादेखि नै मनमनमा नेपाल विद्यार्थी संघको भावना बोकेर राजनीतिमा लाग्ने रिजालले वि सं २०४८ सालमा नै नेपाल विद्यार्थी संघ हिल्वर्ड मा. वि.क्याम्पस चितवन इकाइका सचिव, अध्यक्ष हुँदै वीरेन्द्र क्याम्पस चितवनका स्ववियू सदस्य–२ ... बाँकी अंश»

डा साब र डाक्टर

२०७३ असार ७ मंगलबार, बजारमा अहिले चलेका २ वटा नाम छन्। यौटा रंगशाला थर्काउने डा साब र अरु नक्कली प्रमाणपत्रधारी डाक्टर। यो संयोग नै भन्नु पर्ला बजारमा चलेका डा हरुले एक अर्कालाई राम्रैसँग माइलेज दिइराखेराका छन्। कुरा गरौ डा साबको। १५( १८ हजार नागरिकलाई वलिवेदीमा चढाएर सत्ताको स्वाद चाखी फेरी रंगशालाबाट डा साबले पुरानै शैलीमा ठुलो गर्जनका साथ देश बिकासको कुरा गर्नु भयो। तर डा साबले १ पटक म बाट बिगतमा गल्तिहरु भए भन्नसक्नु भएन। डा साबले आफ्नो कुनै लेखमा नयाँ शक्तिको बहस ... बाँकी अंश»

शंकाको घेरामा बाबुरामको नयाँ शक्ति

२०७३ असार ५ आइतबार, गत जेष्ठ ३० गते देशका सम्पूर्ण राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन, रेडियो, चलचित्र गृहमा एउटै विज्ञापन थियो। सायद बजारमा नयाँ ब्राण्डको मदिरा या सौन्दर्य सामग्री या कुनै मोबाइल कम्पनिको नयाँ मोडल बजारमा आएको झै झल्को दिने विज्ञापन झै त्यो दिन विज्ञापन आएको थियो। तर त्यो दिन न मदिरा न सौन्दर्य सामग्री न त कुनै मोबाइल कम्पनीको विज्ञापन थियो। उपभोग्य सामग्री जस्तै करोडै खर्च गरेर प्रचार प्रसार गरिएको थियो। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ ... बाँकी अंश»

नेबिसंघ भित्रका गुटबीच ‘अम्रेला’ बन्न सक्छु : मनोजमणि आचार्य

२०७३ असार ३ शुक्रबार, पश्चिम पहाडी जिल्ला रोल्पामा जन्मिएर नेपाली काँग्रेसको संघर्षपूर्ण राजनीति गरेका एक कर्मठ विद्यार्थी नेता हुन् मनोजमणि आचार्य । विद्यालय तहमा पढ्दा अहिलेका नेकपा माओबादी केन्द्रका पूर्व महासचिव कृष्णबहादुर महराका शिष्य समेत रहेका आचार्य अन्य साथीहरू कम्युनिष्ट विचारधारामा रूमलिँदै जाँदा विद्यालय  पढ्दै प्रजातन्त्रबादीहरूको लागि एक्लो बृहस्पति बनेर उभिएका थिए । अहिलेका उपराष्ट्रपति समेत रहेका नन्दकिशोर पुन पासाङ, नेत्र विक्रम चन्द विप् ... बाँकी अंश»

नेविसंघमा उमेरको हदबन्दी उपयुक्त छैनः नैनसिंह महर

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं। नैनसिंह महर नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष हुन्। भागेश्वर गाउँ विकास समिति ९ डडेल्धुरामा जन्मिएका महर वि. सं. २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका हुन्। विद्यालयमा पढ्दादेखि नै राजनीति सुरु गरेका महर विद्यालय तहमा पढ्दाखेरी नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए। पछि विस्तारै नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै नेपाल विद्यार्थी संघको पूर्व उपाध्यक्ष समेत बनिसकेका उनी अहिले अध्यक्षका प्रत्यासी हुन्। लामो समयदेखि ... बाँकी अंश»

नयाँ शक्ति पुरानो सिसीको ‘डेट-एक्सपायर’ औषधी

२०७३ जेठ ३० आइतबार, वास्तवमा नयाँ शक्तिलाई अत्यन्त नयाँ भनेर प्रचारप्रसार गरिरहेको पाइन्छ । तर म यसलाई पुरानो सिसीमा डेट एक्सपायर औषधी मान्छु । किनभने सम्बन्धितहरुले खालि प्रचार गरे जस्तो यो नयाँ छैन । त्यतातिरको सम्भावना पनि छैन ।   बाबुराम भट्टराईको पुरानै उखान डा. भट्टराई पुराना कुराहरुलाई नयाँ भनेर जबर्जस्ती रट्ने व्यक्ति हुन् । माओवादी हिंसात्मक युद्धका बेला उनले नयाँ शक्ति, नयाँ विचार जस्ता शब्दहरु भनेर नै प्रचार गर्थे । तर उनीहरुले भने जस्तो त्यो विचार ... बाँकी अंश»

‘साइलेन्ट् किलर’ बन्दै वायु प्रदुषण

२०७३ जेठ २६ बुधबार, काठमाडौँ । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । जुन ५ लाई विश्वभर वातावरण दिवस मनाइरहँदा मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने ‘साइलेन्ट किलर’को रुपमा रहेको वायु प्रदूषणबाट वर्सेनी ३५ लाखदेखि ७० लाखको अकालमै ज्यान लिएको मात्रै छैन, विश्वका ८० प्रति ... बाँकी अंश»

क्रान्तिकारी कम्युनिष्ट आवरणमा नेपालमा भारतीयकरण र इसाईकरण हुर्कदै

२०७३ जेठ २३ आइतबार, डा. बाबुराम भट्टराई अहिले कम्युनिष्ट आन्दोलनबाट विरक्तिएर हो वा भारतले भनेजस्तो संविधान दिन नसकेको निरासाले हो नयाँ राजनीति शक्तिको खोजीमा भौंतारिरहेका छन् । पंतिकारले २०५१ सालमा एक साप्ताहिकमा एउटा लेख छपाएको थियो बन्दोवस्तवाद र नयाँ राजनीति शक्ति । सार थियो देश र दुनियाँको बन्दोबस्त मिलाउको लागि सरकारमा गएका दल र नेताहरु, अनेक राजनीति नियुक्ति पाएकाहरु सबै आ आफ्नो नीजि बन्दोबस्त मिलाउन लागेका छन रुपका अनेक आवरणका सारका बन्दोबस्तवादीहरु । र य ... बाँकी अंश»

जग बलियो बनाउने कि प्रधानमन्त्रीज्यू

२०७३ जेठ २१ शुक्रबार, सम्माननिय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीको सपथ ग्रहण गरेदेखि नै सपना देखिरहेका छन् र देखाइरहेका छन्। देश प्रगतिको सपना देख्ने राजनीतिज्ञ र देश सञ्चालन गर्ने उच्च निकायमा बसेकाहरुले नै हो। तर प्रधानमन्त्री ज्यू तपाईले देखेको सपनाको सार्थकता त्यति बेला हुन्छ जति बेला तपाईको र देशका आम जनताले देखेको सपनाको समानता हुन्छ। नत्र साँझ जाडँ खाएर आएको जड्या श्रीमानले श्रीमतीसँग अबदेखि जाँड नखाने गरेको बाचा र एउटा केटाले निजि स्वार्थ पूर्तिका निम् ... बाँकी अंश»

बजेटमा बिर्सिइएको रेमिट्यान्सको योगदान

२०७३ जेठ १७ सोमबार, यस बर्षको बजेट अर्थमन्त्री बिष्णु पौडेलले सदनमा पेश गरिसकेका छन्। बजेट लगत्तै यसको पक्ष र विपक्षमा पनि टिप्पणी भएका छन्। धेरै वितरणमुखी भएको आरोप छ। वितरण नगरि थुपार्ने मात्र काम सरकारले गर्नुहुन्न भन्ने मत पनि बजेट निर्माताहरुको छ। काकर्यान्वयन गर्न सके त ठीकै हो नत्र मुद्रास्फिति बढाउने गरि बजेट आएको आलोचकहरुको मत छ। बजेटमा कति राम्रा कुराहरु पनि परेका छन्। बजेटमा कति हावादारी कुरा पनि रहेको भन्नेहरु पनि छन। पुननिर्माणको लागि राम्रो बजेट भए प ... बाँकी अंश»

नयाँ