बिशेष

एक श्वासमा भगवानको नाम छुट्दा रोए कबीर

२०७६ पौष २१ सोमबार, महात्मा कबीर गृहस्थ जीवनमा सम्पूर्ण कार्य गर्दै पनि सदा भगवानको नाम सुमिरण गर्थे । उनको प्रत्येक श्वास भगवानलाई समर्पित थियो। श्वास-श्वासमा उनी भगवानको पावन नामको सुमिरण गर्थे। ... बाँकी अंश»

दुईतिहाईको शासनमा व्यक्ति-व्यक्तिबीच भागबण्डा: देशलाई ठूलो क्षति !

२०७६ पौष २१ सोमबार, नेकपाको दुइतिहाइ सरकारको शासनमा अति भागबण्डाको पछिल्लो अवस्थालाई बुझाउने सन्दर्भका विभन्न माध्यममा प्रकाशित समाचारका संक्षिप्त दुइ प्रसंग – ... बाँकी अंश»

पाँच सय बर्ष अघि नेस्त्रेदमसले गरेको भबिष्यवाणी र विश्वयुद्ध उन्मुख बर्ष २०२०

२०७६ पौष २१ सोमबार, नेस्त्रेदमसले २०२० मा विश्वको आर्थिक अस्थिरताको वर्ष हुन सक्छ भनेका छन्। नेस्त्रेदमसको भविष्यवाणी मान्ने हो भने यस समय लगभग संसारका सबै ठूला देशहरुको आर्थिक अवस्था धेरै गाह्रो छ। गत केही दशकमा आफ्नो तीव्र वृद्धि दरको साथ विश्वको ध्यानआकर्षण गर्ने चीन र भारत पनि कठिन आर्थिक अवस्थाको सामना गरिरहेका छन्। नेस्त्रेदमसले भनेका छन् आर्थिक मामिलालाई लिएर चीन र अमेरिका बीचको द्वन्द्व हुन सक्छ । ... बाँकी अंश»

सेठकी छोरीसँग भुतुक्कै भएका राजकुमारले किन मोडे मुख?

२०७६ पौष २० आइतबार, काठमाडौं । एक राजकुमार सेठकी छोरीलाई देखेर मोहित भए। उनले खान-पिउन सबै छोडिदिए अनि दिन-रात चिन्तित रहन थाले। जब राजालाई छोराको यस हालत बारे खबर पुग्यो तब सेठलाई बोलाएर राजाले भने, मेरो छोरा राजकुमार तिम्री छोरीको यादमा चिन्तित भएर प्राण त्याग्न लागेका छन्। यसकारण आफ्नी छोरीको विवाह मेरो छोरासंग गरिदेऊ।' ... बाँकी अंश»

अमेरिकाले बिथोलेको मध्यपूर्व, अब के हुन्छ ?

२०७६ पौष २० आइतबार, काठमाडौं। सानोतिनो तनाव सृजना हुनु मध्यपूर्वको लागि नौलो कुरा होइन। तर, गत बिहीबारदेखि भने मध्यपूर्वको तनाव निकै बढेको छ। यसले तेस्रो विश्वयुद्ध निम्त्याउनेसम्मको अड्कल मानिसहरुले गर्न गर्न थालेका छन्। इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकाको आक्रमणमा मारिएसँगै मध्यपूर्वको शान्ति बिथोलिएको हो। इराकको विमानस्थलभन्दा बाहिर कारमा रहेका उनी अमेरिकाको आक्रमणमा मारिएका हुन्। यससँगै विश्व राजनीतिमा नयाँ तरंगका साथै विभिन्न किसिमको आशंका पनि फैलिएका छन्। ... बाँकी अंश»

तुलसीदासले किन भने अरब-खरबको सम्पत्तिको के काम ?

२०७६ पौष १८ शुक्रबार, सन्त ब्रह्मानन्दले भनेका छन् सन्तहरुमा पनि कसै-कसैले मात्र यो कुरालाई सम्झन्छन् । गगनको बिच अमृतको कुवा छ जसबाट सदा अमृत टप्किरहेको छ । अपांग पुरुष विना सीढि त्यो अमृतलाई पिइरहेको छ । नबजाइ घंटा, शख, मृग आदि आफै बजिरहेका छन् त्यसलाई बहिराले सुनेर मस्त भइरहेको छ । बिनाभूमि महल बनेको छ जसलाई अन्धाले देखेर आनन्दित भइरहेको छ । भोजन बिनै जीव बाचिरहेको छ । ब्रह्मानन्द तथा संतहरुको यो कुरा अनुभव गर्नेले मात्र बुझ्छन्। ... बाँकी अंश»

राजनीति गर्न उमेरले छेक्छ ?

२०७६ पौष १८ शुक्रबार, काठमाडौं। राजनीति र उमेरको चर्चा लामो समयदेखि चल्दै आएको छ। राजनीतिमा पाको उमेरका मानिसहरु जाँदा मुलुकको विकासमा चाहेको जति योगदान दिन नसक्ने भन्दै उनीहरुको आलोचना हुने गरेको छ। केहीले भने आवश्यकताभन्दा कम उमेरको मानिसलाई पनि मुलुकको जिम्मेवारी दिनुले उनीहरुले गरेको निर्णय दूरदर्शी हुन नसक्ने बताउँदै आएका छन्। नेपालमा मात्र होइन, विश्वभर नै यसको विषयमा बहस हुने गरेको छ। ... बाँकी अंश»

युधिष्ठिर धर्मराज बन्ने जग बसेको पाठशालाको त्यो पहिलो दिन

२०७६ पौष १७ बिहिबार, काठमाडौं। धर्मराज युधिष्ठिर जब शुरुमा पाठशाला गए, त्यहाँ यो पढाईयो-'सत्य बोल, रिस नगर।' ... बाँकी अंश»

राष्ट्रपतिको असंवैधानिक श्रृंखलामा बीबीसीका ६ बुँदा

२०७६ पौष १७ बिहिबार, राष्ट्रपति विद्यादेवी भण्डारी देश भित्रमात्र होइन उनका आलंकारिक घोराबाट असंवैधानिक रुपले कार्यकाकारिणीको प्रयोग गर्न खोजेको कुरा संसारभरी नै पुगिसकेको अवस्था छ । बीबीसी नेपाली सेवाको ३ अप्रिल २०१९ को एउटा रिपोर्ट । यो रिपोर्ट आफ्नो कामको आलोचना भएकोमा गुनासो गरिन् त्यो सन्दर्भमा नै थियो । राष्ट्रपतिको उक्त भनाइलाई कतिपयले उनी आफैँ विवादमा तानिएका केही विषयहरूसँग जोडेर हेरिरहेका छन भन्छ यो रिपोर्ट । यो रिपोर्ट मार्फत संसार भरी पुगेको उनका कामबारेका बुँदाहरु यस्ता छन ... बाँकी अंश»

सामाजिक रुपान्तरणको दिशामा साउदी

२०७६ पौष १७ बिहिबार, काठमाडौं। विश्वको सबैभन्दा कठोर मुस्लिम कानून भएको मुलुक कुन होला ? यसको उत्तर धेरैले सहजै दिन सक्छन् –साउदी। कट्टर धार्मिक आस्थाको कारण यो मुलुकमा निकै कठोर कानून छ। जसमा विशेषगरी महिला अधिकारको हनन हुँदै आएको छ। अझ भनौं धेरै सामान्य लाग्ने कुराहरु पनि साउदी अरेबियामा अपराध हुन्छ। त्यसैले मानव अधिकारको मामिलामा साउदी अरेबिया बदनाम बन्दै आएको छ।  ... बाँकी अंश»

राष्ट्रपति विवादमा तानिएका केही विषय

२०७६ पौष १७ बिहिबार, गत दशैँमा राष्ट्रपतिले लगाइदिएको टीकाले पनि उनलाई निक्कै आलोचित बनाएको थियो । उनले टीका लगाइदिएका केही तस्बिरहरू दशैँको टीका लगत्तै ‘भाइरल’ भए । सामाजिक सञ्जालमा त यो विषय केही सातासम्म चर्चामा रह्यो । दशैँमा राजतन्त्र कालमा राजाले लगाइदिने जस्तैगरि राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका लगाइदिने चलनकै धेरैले आलोचना गरिरहेका छन् । अझ कम्युनिस्ट राजनीतिबाट सत्तामा आएकाहरूले त्यसो गर्नुलाई धेरैले निको मानेका थिएनन् । गत दशैँमा केही बहालवाला र पूर्व विशिष्ट अधिकारीहरूले भण्डारीको हातबाट टीका लगाउँदा उनको अगाडि घुँडा टेकेका तस्बिरहरू सार्वजनिक भए । त्यत्ति मात्र होइन कतिपय अधिकारीहरू निक्कै अप्ठ्यारो गरेर टीका लगाउन झुकेको समेत तस्बिरहरूमा देखिन्थ्यो । कुर्सीमा बसेकी राष्ट्रपतिसँग अरु विशिष्ट अधिकारी र पूर्व विशिष्ट पदाधिकारीले घुँडा टेकेर र झुकेर टीका लगाएको दृश्यलाई धेरैले ‘अशिष्ट र अमर्यादित कार्य’ का रूपमा अथ्र्याएका थिए । त्यसो हुनुको पछाडि राष्ट्रपति कार्यालयबाटै सार्वजनिक तस्बिरमा प्रधानमन्त्री केपी शर्मा ओली सहित केही विशिष्ट पदाधिकारीका लागि चाँहि कुर्सीको व्यवस्था गरिनु र अन्यलाई हटाइनुलाई धेरैले कारण मानेका थिए । गणतन्त्र नेपालमा पनि राजतन्त्र कालमा भन्दा पनि बढी विभेद र पक्षपात गरिएको रूपमा धेरैले त्यसलाई लिएका थिए । ... बाँकी अंश»

भगवान कृष्णका अनन्य उपासक सूरदासले आफैलाई किन भने नमक हरामी ?

२०७६ पौष १६ बुधबार, भगवान कृष्णका अनन्य उपासक र ब्रजभाषाका श्रेष्ठ कवि सूरदास भन्छन् - 'हे प्रभु! तपाइले चौरासी लाख जुनीबाट छुटाएर मलाई मनुष्य जन्म दिनुभयो। आमाको गर्भमा मेरो रक्षा गर्नुभयो। जन्म लिनुभन्दा पहिल्यै आमाको स्तनमा दूध भरिदिनुभयो, नानाप्रकारका खानेकुराहरू मेरो लागि बनाइ दिनुभयो । हेर्नका लागि आँखा, सुन्नका लागि कान, सुँघ्नका लागि नाक, हिंड्नका लागि खुट्टा, काम गर्नका लागि हात बनाई दिनुभयो । यति उत्तम शरीर तपाईले मलाई दिनभयो । तर मैले तपाईलाई बिर्से, म यस्तो नमक हरामी हूँ। जसरी गाँउका सुगुर मैला खोजि खान गाउँ-गाउँ घुमिरहन्छ, उस्तै म पनि दाल-भातको लागि चारैतिर दगुरिरहन्छु । जो भगवानदेखि विमुख छ, जसले भगवानलाई मान्दैन उसको त म दिनरात चाकरी गर्छु, तर जो भगवानका भक्त छन् अनि जुन सन्तलाई साष्टांग दण्डवत् गर्नु भनेर गीता, रामायणमा लेखेको छ, तिनीहरु भएको ठाँउमा नगएर दिनरात भगवानदेखि विमुख रहनेहरूका अघिपछि चक्कर काटिरहन्छु ।' यसकारण म जस्तो नमक हरामी अरु कोहि छैन। ... बाँकी अंश»

भ्रष्टाचारबारे प्रधानमन्त्रीका बोली: पहिले धेरै विरोध अहिले धेरै बचाउ !

२०७६ पौष १६ बुधबार, प्रधानमन्त्री केपीशर्मा ओली त्यस्ता व्यक्ति हुन् जो यो दोस्रोकालको सुरुदेखिनै भ्रष्टाचारका विरुद्ध सबैभन्दा बढी बोल्ने व्यक्ति वा पदाधिकारी भनी चिनिन्थे । तर उनको शासनको कार्यकाल जति बढदै गयो र भ्रष्टाचार पनि बढ्दै आयो त्यसमा उनी बचाउ गर्नसमेत नसक्ने अवस्थामा पुगेछन् । पछिल्ला कतिपय उदाहरणहरु यसका साक्षी हुँदै गरेका पाइयो । ... बाँकी अंश»

किन छ पितृमोक्ष महायज्ञ अरु भन्दा पृथक ? के हो त वास्तविकता ?

२०७६ पौष १५ मंगलबार, महायज्ञ गर्नुको उदेश्य अन्य शैक्षिक संस्थाको जस्तै भए पनि महायज्ञमा हुने उपस्थितिका कारण यो महायज्ञ पृथक नै छ । ... बाँकी अंश»

अद्भुत अतिथि-सत्कार, परेवा परेवीले अतिथिको लागि दिए आफ्नै आहुती

२०७६ पौष १५ मंगलबार, काठमाडौं। एक दिन एक शिकारी शिकार गर्दै गर्दा घनघोर जंगलमा पत्थर-पानी-हावाको चोटले गम्भिर दुर्घटनामा परे । केहि अघि बढ्दै गर्दा उनले एक वृक्ष देखे। त्यसको छायामा गएपछि उनलाई केहि आराम मिल्यो। तब उनलाई श्रीमती-बच्चाहरुको चिन्ताले सताउन थाल्यो । यता सूर्यास्त पनि भइसकेको थियो । चिसोका कारण उनको हात-खुट्टा कम्पन भइरहेको थियो र दाँत किटकिटाइ रहेको थियो । ... बाँकी अंश»

सन् २०१९ : विश्वभर राजनीति, आर्थिक र प्रविधि क्षेत्रमा के के भए ?

२०७६ पौष १५ मंगलबार, काठमाडौं। सन् २०१९ आज अर्थात् मंगलबारबाट सकिँदैछ। यस वर्ष समग्र विश्वको लागि मिश्रित नतिजा दियो। यहाँ यस वर्षको केही महत्वपूर्ण घटनाहरु यहाँ उल्लेख गरिएको छ–  ... बाँकी अंश»

साधुको भिक्षा पात्रलाई राजाको सम्पूर्ण सम्पत्तिले भर्न सकेन, राजा हेरेको हेर्‍यै

२०७६ पौष १४ सोमबार, काठमाडौं । एक राजाको दरबारमा साधु पुगे । राजाले साधुको यथोचित सम्मान गरे अनि दरबारमा आउनुको प्रयोजन सोधे । ... बाँकी अंश»

वर्षान्त सन् २०१९ : चर्चाको शिखरमा अमेरिका

२०७६ पौष १४ सोमबार, विशेषत राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण सन् २०१९ को विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै देखियो। वर्षको शुरुआतमा उत्तर कोरियाली नेतासँगको वार्ताले चर्चामा रहेको अमेरिका वर्षान्तका दिनहरुमा महाभियोगका कारण चर्चामा रहन पुग्यो। त्यसो त राष्ट्रपतिमा ट्रम्प आएदेखि नै उनकै कारण अमेरिकाले विभिन्न खाले चर्चा बटुलेकै हो। शुरुका दुई वर्ष मेक्सिकोसँगको पर्खाल निर्माण तथा राष्ट्रपतिको निर्वाचनका समयमा रसियासँगको साँठगाँठका कारण बढी उनकै चर्चा भएको थियो। यसले पनि उनको समूहलाई बयानका लागि संसदीय समितिसम्म नै पर्‍याएको थियो। ... बाँकी अंश»

अनीति र अधर्मको दान भन्दा इमान्दारीको एक रोटी भारी

२०७६ पौष १३ आइतबार, काठमाडौं। एक समय राजा जयवीर दान-पुण्य गर्नमा प्रसिद्ध थिए । उनको ढोकामा आउने कोहि पनि खाली हात जादैन थिए। तर सारा दान अनीति र अधर्मका कमाईबाट हुन्थ्यो। सरकारी राजकोषको पैसाद्वारा राजाले ऐश गरेका थिए। ... बाँकी अंश»

नेता हावामा हिँडदा देशलाई नोक्सानी – अमेरिकाले भन्यो ‘ नचाहिए नलिनू’

२०७६ पौष १३ आइतबार, सत्तारुढदल नेकपाका नेताहरु यो पटक आफनो वास्तविक स्वरुपमा प्रकट भए, नेपाली उखानमा वताइएजस्तो रंगिएको स्याल सधैँ त्यही स्वरुपमा रहन नसेको कुराको सम्झना गराउँदै । एकजना बहाला र तीनजना पूर्व प्रधानमन्त्री रहेको यो दलको स्थाइ समितिको आठ दिनसम्म चलेको बैठकको सबैभन्दा चर्को विषय थियो अमेरिकाले दिएको ५६ अर्वको अनुदान सहयोग लिने कि नलिने भन्ने । कारण थियो सन २००२ मा स्थापित यो सहयोग २०१७ मा आएको एउटा रणनीतिसंग जोडेर हेर्न खोज्नु । स्थिति कस्तोसम्म देखियो भने अमेरिकाले यो सहयोग दिन पनि नेपाल सामु उसले कारण सहितको प्रष्टिकरण दिनुपर्ने छ । यो बैठकले नै यो सहयोगका बारे अमेरिकारसंग प्रष्टिकरण सोध्ने भनिएको छ । ... बाँकी अंश»

नयाँ