बिशेष

‘साइलेन्ट् किलर’ बन्दै वायु प्रदुषण

२०७३ जेठ २६ बुधबार, काठमाडौँ । स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । जुन ५ लाई विश्वभर वातावरण दिवस मनाइरहँदा मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने ‘साइलेन्ट किलर’को रुपमा रहेको वायु प्रदूषणबाट वर्सेनी ३५ लाखदेखि ७० लाखको अकालमै ज्यान लिएको मात्रै छैन, विश्वका ८० प्रति ... बाँकी अंश»

क्रान्तिकारी कम्युनिष्ट आवरणमा नेपालमा भारतीयकरण र इसाईकरण हुर्कदै

२०७३ जेठ २३ आइतबार, डा. बाबुराम भट्टराई अहिले कम्युनिष्ट आन्दोलनबाट विरक्तिएर हो वा भारतले भनेजस्तो संविधान दिन नसकेको निरासाले हो नयाँ राजनीति शक्तिको खोजीमा भौंतारिरहेका छन् । पंतिकारले २०५१ सालमा एक साप्ताहिकमा एउटा लेख छपाएको थियो बन्दोवस्तवाद र नयाँ राजनीति शक्ति । सार थियो देश र दुनियाँको बन्दोबस्त मिलाउको लागि सरकारमा गएका दल र नेताहरु, अनेक राजनीति नियुक्ति पाएकाहरु सबै आ आफ्नो नीजि बन्दोबस्त मिलाउन लागेका छन रुपका अनेक आवरणका सारका बन्दोबस्तवादीहरु । र य ... बाँकी अंश»

जग बलियो बनाउने कि प्रधानमन्त्रीज्यू

२०७३ जेठ २१ शुक्रबार, सम्माननिय प्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीको सपथ ग्रहण गरेदेखि नै सपना देखिरहेका छन् र देखाइरहेका छन्। देश प्रगतिको सपना देख्ने राजनीतिज्ञ र देश सञ्चालन गर्ने उच्च निकायमा बसेकाहरुले नै हो। तर प्रधानमन्त्री ज्यू तपाईले देखेको सपनाको सार्थकता त्यति बेला हुन्छ जति बेला तपाईको र देशका आम जनताले देखेको सपनाको समानता हुन्छ। नत्र साँझ जाडँ खाएर आएको जड्या श्रीमानले श्रीमतीसँग अबदेखि जाँड नखाने गरेको बाचा र एउटा केटाले निजि स्वार्थ पूर्तिका निम् ... बाँकी अंश»

बजेटमा बिर्सिइएको रेमिट्यान्सको योगदान

२०७३ जेठ १७ सोमबार, यस बर्षको बजेट अर्थमन्त्री बिष्णु पौडेलले सदनमा पेश गरिसकेका छन्। बजेट लगत्तै यसको पक्ष र विपक्षमा पनि टिप्पणी भएका छन्। धेरै वितरणमुखी भएको आरोप छ। वितरण नगरि थुपार्ने मात्र काम सरकारले गर्नुहुन्न भन्ने मत पनि बजेट निर्माताहरुको छ। काकर्यान्वयन गर्न सके त ठीकै हो नत्र मुद्रास्फिति बढाउने गरि बजेट आएको आलोचकहरुको मत छ। बजेटमा कति राम्रा कुराहरु पनि परेका छन्। बजेटमा कति हावादारी कुरा पनि रहेको भन्नेहरु पनि छन। पुननिर्माणको लागि राम्रो बजेट भए प ... बाँकी अंश»

अन्तर्राष्ट्रिय सगरमाथा दिवस

२०७३ जेठ १५ शनिबार,  विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिख का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।    सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथ ... बाँकी अंश»

२५औं बर्षको नेपाल प्रेस युनियन र आगामी कार्यभार

२०७३ जेठ १३ बिहिबार, लोकतन्त्रमा आस्था राख्ने श्रमजिवी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियन स्थापनाको २५ बर्षमा प्रवेश गरेको छ। ०४८ साल जेठ १३ गते अग्रज पत्रकारहरुको अगुवाइमा शुरु भएको युनियनले स्थापनाकालदेखिनै श्रमजिवी पत्रकारका हक, हितका लागि वकालत र काम गर्दै आइरहेको छ। प्रजातन्त्रको पूनर्स्थापनापछि सञ्चारक्षेत्र उदयोगको रुपमा विकास हुँदै जाँदा यस क्षेत्रमा काम गर्ने श्रमजिवीहरुको हक, अधिकार र वृती विकासको उद्धेश्य लिएर अग्रज पत्रकारहरुले पेशागत प् ... बाँकी अंश»

बढ्दैछ जलवायु परिवर्तनको खतरा

२०७३ जेठ ८ शनिबार, काठमाडौँ । जलवायु परिवर्तनका कारण समुद्रको सतह बढेका कारण प्रशान्त महासागरीय क्षेत्र, दक्षिण एवम् दक्षिणपूर्वी एसियामा पनि यसको व्यापक असर पर्ने एक अध्ययनले देखाएको छ ।    सन् १९९० को दशकपछि विश्वव्यापी रुपमा प्रत्येक बर्ष औसत ०.१४ इन्चका दरले समुद्रको सतहमा वृद्धि भएको विभिन्न वैज्ञानिक अनुसन्धानले देखाइरहेका छन् । उच्च तापक्रम, खराब मौसमी घटना, बढ्दो वायु प्रदुषण, औद्योगिक क्षेत्रको अव्यवस्थित सञ्चालन जस्ता कारणले उच्च समुद्री सतहको सम ... बाँकी अंश»

प्रचारमुखी बजेटको संकेत दिने नीति तथा कार्यक्रम

२०७३ जेठ ७ शुक्रबार, अर्थ राजनीतिको दर्शनमा देखिने स्पष्टताले यसको गन्तव्य किटान गर्दछ । यसको सम्बन्ध विकाससँग हुन्छ र विकासको नाता योजना र बजेट सँग हुन्छ । अर्थतन्त्रको दिशा र लक्ष्य स्पष्ट भएपछि अर्थतन्त्रका प्राथमिकताहरुको पहिचान गर्न सकिन्छ । त्यसै अनुरुप साधनको विनियोजन र उपलब्ध साधनको उच्चतम प्रयोग गर्ने कार्यको लागि त्यसैसंग मिल्ने योजना तथा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइने वातावरणको निर्माण गर्न सकिन्छ । यसरी स्पष्ट गरिएको आर्थिक, राजनीतिक तथा सामा ... बाँकी अंश»

विरामीका भगवान्, सरकारले नक्कली डक्टर भनेका सुजितको कथा, ‘मुद्दा मै जित्छु’

२०७३ बैशाख २९ बुधबार, डोटी। नक्कली प्रमाण–पत्रधारी चिकित्सक भएको आरोपमा मुद्दा खेपिरहेका डा.सुजित श्रेष्ठलाई डोटी पुर्वी चौकीकी हरीना बोगटी बिरामीका भगवान् मान्छिन् । सोमवार आफ्नो नातीको उपचारका लागि डोटी अस्पताल पुगेकी हरिनाले डा. सुजितलाई खोजिन् । अस्पतालका स्वास्थ्यकर्मीहरुले उनलाई नक्कली डाक्टर भएको आरोपमा प्रहरीले पक्राउ गरेको भन्दा उनले विश्वासै गरिनन् ।   आफु सिकिस्त विरामी भएर अस्पताल आउँदा डा.सुजितले सम्झाएको र उपचार गरेको कुरा सम्झदै हरिना भन्छि ... बाँकी अंश»

के एनसेलले लाभकर वापतको अरवौ रुपैयाँ कर सरकारलाई तिर्छ त ?

२०७३ बैशाख २५ शनिबार, काठमाडौ । सरकारले लाभकर वापतको रकम तिर्न भन्दै एनसेललाई चिठी काटेको म्याद भोली आइतबार २६ गते बैशाखमा सकिदैछ । यो समय सिमामा एनसेलले कर तिर्छ या तिर्दैन भनेर सर्वत्र चर्चा र चासो बढेको छ । पछिल्लो छाटकाट हेर्दा खेरी तिर्ने निश्चित प्राय देखिन्छ ।   आयकर ऐन अनुसार लाभ गर्नेले सेयर बिक्रीको २५ प्रतिशत रकम पूजीगत कर बापत तिर्नुपर्ने हुन्छ । एनसेलको ८० प्रतिशत सेयर बिक्री करिव १ खर्व ४० अर्वमा बिक्री भएको भनिएको छ । यसरी हेर्दा यस बापत तिर्नु प ... बाँकी अंश»

जापानमा नेपाली भएर बाँच्नेकी कुनै ठाउँ बिशेषको भएर ?

२०७३ बैशाख १९ आइतबार, नेपाल बसाइमा पनि त्यस्तो गाह्रो सारो त थिएन। तर जापान बसाईका क्रममा मलाई धेरैले भाग्यमानी नै भनिरहेका छन्। उनीहरु भन्छन, ' कार्यालय आयो गयो। जता जान पनि निस्फिक्री। कसैको सोधखोज छैन। रेमिटेन्सको साउ तपाइलाई त के छ र? जहाँ गए पनि हुने। न कामको चिन्ता न पैसाको चिन्ता।'     खासै धेरै लामो पनि छैन मेरो जापान बसाई। एक दुई महिना बस्छु फेरी नेपाल जान्छु। देख्ने जतिलाई त मेरो जीवन रमाइलो नै लाग्दो हो। जापान घुमेको घुमेकै छ। केटोलाई मोज छ। रेमिटेन्स  कम ... बाँकी अंश»

सुस्त पुनर्निर्माण कुटनीति

२०७३ बैशाख १७ शुक्रबार, सन् २००४ को डिसेम्बर २६ मा दक्षिण पूर्वी एशियाली मुलुक इण्डोनेशियाको एउटा सिंगो प्रान्त आचेह पानीमा बिलय भयो । त्यो विनासकारी सुनामीपछि इण्डोनेशियन जनताले पुनर्निर्माण कुटनीति अबलम्बन गरे । भौतिक विकासका अतिरिक्त आईटी र अडिटको क्षेत्रमा त्यहाँ अहिले लोभलाग्दो प्रगति हासिल भएको छ । सम्भवत विध्वंसकारी सुनामीपछि राहत, पुर्नस्थापना तथा पुनर्निर्माणका दर्जनौं शिर्षकमा प्राप्त हुन आएको वैदेशिक सहायताको उपयोग वा दुरुपयोगको सम्बन्धमा गरिएको गतिल ... बाँकी अंश»

प्रचण्डलाई माडीबासी युवकको खुल्लापत्र

२०७३ बैशाख १५ बुधबार, अध्यक्ष प्रचण्डज्यू, सन्चै हुनुहुन्छ होला? आरामको कामना गर्दछु। आज–भोली त स्वास्थ्य स्थितिलाई ख्याल गर्दै ३ बजे अगाडी कसैलाई नि भेट्नु हुदैन रे भन्ने सुनेको थिए। अब विस्तारै–विस्तारै राजनितीबाट विश्राम लिनुपर्यो भन्ने प्रेसर तपाईकै स्वास्थ्यले सायद तपाईलाई गर्न लागे जस्तो छ। अध्यक्ष प्रचण्डज्यू, म तपाईकै गृह जिल्ला चितवनको माडीको एक युवक हु। पेशाले पत्रकारिता गर्छु। अध्यक्ष प्रचण्डज्यु, तपाईले विर्सिसक्नुभएको तपाई अनि तपाईको पार्टी एकिक ... बाँकी अंश»

प्रेमका कुरा: घरमा श्रीमती भएपनि सबैलाई बिहे गर्छु भनेर झुक्काउँथें

२०७३ बैशाख १३ सोमबार, प्रेम मानव जीवनको एउटा अभिन्न अंग हो। फ्रायडीय मनोविज्ञानको सिद्धान्त अनुसार पनि कुनैपनि केटामान्छे केटी मान्छेको अगाडि पर्दा सामान्य भन्दा भिन्न अनुभव हुनु अस्वभाविक होईन। तर, कतिपय अवस्थामा समाजको स्थिती अनुसार पनि मनोविज्ञान परिवर्तन हुनसक्छ।   मेरो जीवनमा पनि सामाजिक परिस्थितीको कारणले मैले कुनैपनि केटीहरूप्रति गाउँको विद्यालयमा पढुन्ज्याल समाजको स्थिती, सामाजिक बन्धन र मेरो व्यक्तिगत स्वभावले पनि हुनसक्छ विपरित लिङ्गीहरूसँग माय ... बाँकी अंश»

पोखरा एयरपोर्ट र रबिन्द्र दाई

२०७३ बैशाख १३ सोमबार, दाई धेरै भो तपाईसँग भेट नभएको पनि आरामै हुनु हुन्छ होला। यसबीचमा किताब पनि निकाल्नु भएको रहेछ। पढ्ने मौका पाएको छैन। नेपालबाट मगाएको छु।  आउँदै छ। किताब पढे पछि किताबको बारेमा चर्चा गरुला। दाई गाउँघर तिर गइराख्नु भएको होला। यसो गाउँघरतिर कुरा हुँदा सबैले दाईको बारेमा कुरा गर्छन। अब त एयरपोर्ट पनि वन्ने भो। आइज गाउँमै रिसोर्ट खोलुला भन्छन। एयरपोर्ट निर्माणको लागि दाई को पनि धेरै मेहेनत देखेको छु। कामरेड प्रचण्डले त चीन गएर मैले मागेको २ वटा कुरामा ... बाँकी अंश»

कांग्रेसको एउटै विकल्प राजनीतिक सहमति

२०७३ बैशाख १० शुक्रबार, काठमाडौं । ‘(१) यस संविधान बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रावधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानून बमोजिम संसदीय सुनुवाई हुनेछ । (२) उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गरिनेछ ।’ यो नेपालको संविधान २०७२ को भाग–३२, धारा २९२ को व ... बाँकी अंश»

संसदीय सुनुवाईमा समेत नलाग्ने भो कांग्रेसको रोइकराई

२०७३ बैशाख ९ बिहिबार, काठमाडौं । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकाय र न्यायालय तथा कुटनीतिक निकायमा धमाधम नियुक्ति एवं सिफारिसलाई तीब्रता दिएको छ । जसले सत्ताधारी सबैको छाती चौडा बनाउँदा प्रमुख विपक्षी दल कांग्रेसलाई ठूलो चोट लागेको छ । कांग्रेस सबैतिरबाट ओझेलमा परेको छ ।    अहिले प्रधानन्यायाधीश र रादूत नियुक्तिको विषयलाई लिएर संसदीय सुनुवाई तथा नियमावली पारित गर्ने विषयको बहस चलेको छ । जसमा दलहरु समयमै गर्नु पर्ने काम वा लिन पर्ने निर्ण ... बाँकी अंश»

नेविसंघ विगत, वर्तमान र अबको बाटो

२०७३ बैशाख ९ बिहिबार, जहानिया राणा शासनको पञ्जाबाट मुलुकलाई मुक्त गर्दै मुलुक र जनतालाई स्वाधिन र स्वतन्त्र बनाउने राजनैतिक जागरणको मोर्चामा १९९७ देखी नै विभिन्न स्वरुप र भुमिकामा राणा बिरोधि संघर्षका आन्दोलन सञ्चालन गर्दै आएका तत्कालीन तरुण विद्यार्थीहरुकै योगदानको जगमा स्थापित विद्यार्थी आन्दोलनको संगठित रुवरुप हो नेविसंघ।   विसं. २००३ सालमा स्थापना भएको नेपाली छात्र संघ स्थापनापुर्व राणा विरोधि जयतु संस्कृतम आन्दोलनको माध्ययमबाट निंरकुशताको जग हल्लाएक ... बाँकी अंश»

साथ माग्दा भिक्षा नसम्झनु ! तिम्रो हैसियत मेरो भन्दा धेरै तल छ

२०७३ बैशाख १ बुधबार, तिमीले नजानिदो पाराले दिएको चोटबाट मुक्त हुन अझै पनि मैले धेरै स्रघर्ष गरिरहनु परेको छ। तिमीले मेरा लागि दिएको चोटले हेर त मेरा परिवार छिमेकी र सारा मेरा शुभेक्षुकहरू समेत कति चिन्तित भएका छन्। तिमी र म एक असल मित्र हौं भन्ने कुरा सयौ संसारले बुझिरहेको छ। तर तिमीले एक निमेषमा लिएको प्राण घाटक निर्णयले गर्दा हाम्रो त्यो सम्बन्धलाई कथि सतहमा पुर्‍याईदिएको छ तिमीले कुनैबेला कल्पनासम्म पनि गरेका छौं।  तिमीले यदि कल्पनासम्म गरेका थियौ भने म माथि त्य ... बाँकी अंश»

सधै राम्रो लेख्न पाइयोस; नयाँ बर्ष २०७३को शुभकामना

२०७३ बैशाख ४ शनिबार, काठमाडौँ। तपाई हाम्रो घर आँगनमा नयाँ बर्ष २०७३को पहिलो किरण परिसकेको छ। नयाँ बर्षको पहिलो किरणले तपाई हामीलाई नयाँ उत्साह दिएको छ। २०७२ साल प्राकृतिक, राजनीतिक र आर्थिक रुपले हामीमाथि जसरी वज्रिएपनि यस्तो नियती नदोहोरिने आशामा नयाँ बर्षको शुभारम्भ सबैले गरेका छन्। एक अर्कामा शुभकामना पनि २०७२ लाई भुलाउने प्रयास छ। देशले २०७२ सालमा दशकौदेखि नेपालीहरुले आफ्नै प्रतिनिधीबाट संविधान वनाउन देखेको सपना पुरा भयो।    संविधानसभाबाट संविधान जारी भ ... बाँकी अंश»

नयाँ