बिशेष

मधेशका मुद्धालाई सेन्टीमेन्ट बन्न नदिउ

२०७२ माघ २ शनिबार, तराई मधेशको आन्दोलनमा नेपाली काँग्रेस शान्त एवं धैर्यताका साथ समर्थनमा रहेको र नेतृत्वमा आउन नसकेको देखियो। संविधान जारी गर्दा काठमाडौंमा काँग्रेस विजयी भएको तर त्यो विजय तराई मधेशमा पुग्न नसकेको अवस्थामा देखियो। संविधन जारी गर्दा एकातिर मैनवत्ती बालेको र अर्कातिर टायर वालेको हेरेर आफू न मैनबत्ती बाल्न सकेको न टायर बाल्न नै जान सकेको द्धिविधाग्रस्त मनोविज्ञानमा रहेको पाइयो। मध्य तराई मधेशका ८ जिल्लाको अध्ययन भ्रमणमा रहँदा अन्तर्क्रयाका क्र ... बाँकी अंश»

सरकार जोकर र गफाडीको पसल होइन

२०७२ माघ २ शनिबार, सरकार जसको जवाफदेहिता र उत्तरदायित्व जनताप्रति हुन्छ। जसले जनताका आवश्यकता पूर्ति गर्छ। यदि सरकारले जनउत्तरदायी र जनजीविकाको सवालमा उदासीनता प्रकट गर्यो भने सरकार हुनु र नहुनुको कुनै औचित्य हुन्न। सरकारको सय दिन बोल्दैमा गयो गर्न सकेन। वास्तवमा भन्नुपर्दा राष्ट्रवादको नारा लिएर गठन भएको सरकारको अन्तत खोस्टोले छोपेको बिरालोको जस्तै हविगत भएको छ।   सरकार भूकम्पबाट पिल्सिएका र नाकाबन्दीबाट थिलथिलो भएका जनतालाई तत्काल अनुभूत हुने गरे राहत ... बाँकी अंश»

नकावधारी काँग्रेस र महाधिवेशन

२०७२ पौष २७ सोमबार, तारक केसी। मुलुकको ठुलो र लामो राजनैतिक ईतिहास बोकेको राजनैतिक शक्ति नेपाली काँग्रेस महाधिवेशनको सम्मुखमा छ। पार्टी भित्रका आन्तरिक संरचनाहरुलाई एक ठाउमा थन्काएर मात्र भन्ने हो भनेपनि विविध कानुनी र नैतिक बाध्यताका बाबजुद पनि चार पटक सम्म सरेर बल्ल महाधिवेशन हुने मितिसम्म आईपुगेको यो बुढो दलका आफ्नै निश्चित मान्यता, परम्परा, वैधानिक अभ्यास र त्यस्ता केही स्थापित नजिरहरु पनि पक्कै होलान तर लामो समयपछी खासगरी भातृ संस्थाहरुलाई अलपत्र पारेर हुन ... बाँकी अंश»

" गगन र प्रदिपसँगै नेतृत्व तहको कान्छो पुस्ता सँगै हिडोस भन्ने चाहना छ "

२०७२ पौष २६ आइतबार, काठमाडौं। तराई मधेशका विभिन्न जिल्लाका काँग्रेस नेता कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेर काठमाडौं आइपुगेका काँग्रेस नेता प्रदिप पौडेलले नेतृत्व तहमा रहेको कान्छो पुस्तालाई आम कार्यकर्ताहरुले सँगै हिडोस र पार्टीलाई सुदृढ बनाओस भन्ने चाहेको बताएका छन्।    काँग्रेसका अर्का नेता गगन थापासँगै मध्य तराई हुँदै पूर्वाञ्चलका विभिन्न जिल्ला भ्रमण गरेर काठमाडौं आइपुगेपछि हाम्राकुरा डटकमसँग कुरा गर्दै पौडेलले भने " यूवा पुस्ताका नेताहरु गगनजी ... बाँकी अंश»

बीपी चिन्तन र समाजवादी अर्थनीति

२०७२ पौष २६ आइतबार, राजनीतिमा लगावै नहुने मान्छे पनि बीपीको चिन्तनसँग परिचित छन्। बीपी २० औं शताब्दी वा त्यो समकालीन नेपाली समाजका एक बहुआयामिक व्यक्तित्व थिए। उनको साहित्य उनकै चौथो पुस्ताले समेत निक्कै रुची पुर्वक अध्ययन गर्छन्। राजनीतिमा मात्र सिमित भएका हुन्थे भने सायद यो पुस्ताले बीपीलाई बिर्सिसकेको हुने थियो। यसको निश्चित कारण छ। ०४६ पछिको चलायमान समयमा उनकै दर्शनमा आधारित पाटी सधैं केन्द्रीय राजनीतिमा छ। यो समयमा बदलिएका झन्डै २ दर्जन मध्यका अधिकांश सरका ... बाँकी अंश»

पृथ्वी अर्थतन्त्र नेपाल बदल्ने मुलमन्त्र

२०७२ पौष २५ शनिबार, खगेन्द्र राज सिटौला। के हुनसक्छ नेपाल बदल्ने मुलमन्त्र? यो मुल सवालको जवाफ हुन्छ पृथ्वीअर्थतन्त्र हुन सक्छ नेपाल बदल्ने मुलमन्त्र। अब अर्को सवाल अघि सर्छ के हो पृथ्वीअर्थतन्त्र र यो कसरी हुनसक्छ नेपाल बदल्ने मुलमन्त्र ? अब हामी छलफलको मुल बिषय यही सवालको जवाफलाई बनाऔं। तर्कपूर्ण निष्कर्ष सहित व्यबहारबाटै नेपाल बदल्ने मुलमन्त्र पृथ्वीअर्थतन्त्र हो भन्ने तथ्यलाई पुष्टि र प्रमाणित गरौं।   पृथ्वीअर्थतन्त्र भनेको नेपाल राष्ट्रका निर्माता ए ... बाँकी अंश»

नेपाली काँग्रेसको महाधिवेशन र युवा नेतृत्व

२०७२ पौष २५ शनिबार, विश्वराज काफ्ले। २०७२ साल फाल्गुण २६ देखि २९ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १३ औ महाधिवेशन हुँदैछ। यो महाधिवेशन नेपाल र नेपाली जनताको भबिष्यसँग गासिएको छ साथै नेपाली काँगेसको भबिष्यसँग पनि। किनकि यो महाधिवेशनले नयाँ नीति, योजनासँगै नयाँ नेतृत्व पनि चयन गर्ने छ। अहिलेसम्म नेतृत्वको लागि जति नेताहरुले आफ्नो उम्मेदारीको घोषणा गरेका छन् र जसको चर्चा छ उनिहरु सबै बहुदल पछि संसद, मन्त्री, प्रधानमन्त्री भइसकेका छन् र पार्टीमा पनि धेरै समयसम्म न ... बाँकी अंश»

विद्यार्थी राजनीतिलाई वद्नाम हुन नदिन मेरो उमेद्वारीः नविना लामा

२०७२ पौष २४ शुक्रबार, काठमाडौं। माघ २७ देखि २९ सम्म काठमाडौंमा हुने नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वको प्रत्यासीहरु विद्यार्थीहरुकहाँ पुग्ने क्रममा छन्। अनेरास्ववियूको असोजमै हुनुपर्ने सम्मेलन संविधान र आन्दोलनले गर्दा सरेपछि माघमा तय भएको थियो।    अखिलमा अध्यक्ष, चार उपाध्यक्ष, महाचिव, ३ समावेशीसहित ७ सचिव र कोषाध्यक्षसहितको पदाधिकारी निर्वाचित हुनेछन्। महाधिवेशनबाट १ सय ४१ सदस्यी ... बाँकी अंश»

विखण्डनकारी अतिवाद, मण्डले राष्ट्रवादका विम्ब र झुण्डले सिक्नै पर्ने पाठ

२०७२ पौष २२ बुधबार, काठमाडौं । ‘नेपाली उपनिवेश अन्त हो, मधेश देश स्वतन्त्र हो’–यो कुनै दार्शनिक अर्थात महापुरुषको भनाई होइन । आफ्नै दर्शन विर्सिएको उपज हो । विखण्डनको शंखनाद ! अहिले मधेसमा यही स्वतन्त्रताका लागि आन्दोलन, मारपीट आदि इत्यादी भइरहेको छ । भूमिको लडाई जे भने पनि । नेपाल राष्ट्रको तराई–मधेस चोइट्याउने स्वतन्त्रताको आवाज उठ्दै छ । विस्तारवादविरुद्धको आन्दोलनका नाउमा अतिवाद फस्टाउन उद्दत छन्, हिजो आजका विद्धान् । वुद्धिमानहरुको खडेरी भने कायम छ । नया ... बाँकी अंश»

दलितहरु देउवातिर किन ?

२०७२ पौष २२ बुधबार, मानबहादुर विश्वकर्मा, काठमाडौं। नेपाली काँग्रेसको सभापतिमा सुशील कोईराला निर्वाचित भएपछि दलितहरुका पक्षमा केही गर्नुहोला भन्ने धेरै दलितहरुले अपेक्षा गरेका थिए । तर उहाँको कार्यकालको अहिले समिक्षा गर्दा दलितहरुलाई बहिस्कार गर्ने सभापतिको रुपमा उनलाई चिन्नु पर्ने वाध्यता आईपर्यो । उनको कार्यकालमा कुनै दलितले कुनै ठाउमा अवसर पाएनन ।    सभापति कोईरालाले पार्टीको पदाधिकारी मनोनित गर्दा एक जना पनि दलितलाई अवसर दिएनन् । उनलाई हामीले संसद ... बाँकी अंश»

" शुसिल र शेर बहादुरले दायाँ बायाँ बसेर रामचन्द्रलाई सहयोग गर्नुपर्छ "

२०७२ पौष २१ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसका नेता मधु आचार्यले पार्टी सभापति शुसिल कोइराला र बरिष्ठ नेता शेर बहादुर देउवाले दायाँ बायाँ बसेर पार्टी सभापतिका उमेद्वार रामचन्द्र पौडेललाई सहयोग गर्नुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनुभएका आचार्यले हाम्राकुरा डटकमसँग कुरा गर्दै भने "अब शुसिल दाई र शेर बहादुर दाई सम्माननीय भएर बस्नुपर्छ। "   आसन्न १३औं महाधिवेशनमा सभापतिमा उमेद्वार बन्ने तया ... बाँकी अंश»

जम्बो मन्त्रीमण्डल–गरीबलाई बाँच्न धौ-धौ

२०७२ पौष २१ मंगलबार, राजु पौडेल ।करिव एकहप्ता अघि न्युक्ति पाएका छ जना राज्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले अल्छी मान्दै पद तथा गोपनियताको सपथ  खुवाएको भिडियो टेप भर्खर सार्वजनिक भयो । कतिपय मिडियाले आफ्ना समाचारका शिर्षक समेत यस्तै शब्दलाई रोजे । अहिले जो जो मन्त्री भएका छन् ती सवै व्यवस्थापीका संसदका सदस्य भएकाले मन्त्रीमण्डल जति नै जम्बो भएपनि थपिने मन्त्रीको तलब भत्तामा राज्यले अतिरिक्त आर्थिक व्ययभार बहन गर्नु नपर्ने प्रतिक्रिया दिएका प्रधानमन्त्रीले सपथ ख ... बाँकी अंश»

"निवर्तमान मन्त्रीहरुले महाधिवेशनमा पैसाको चलखेल व्यापक गर्दैछन"

२०७२ पौष २१ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्माले नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनलाई पैसाको बलमा प्रभावित पार्न चलखेल हुनसक्ने आशंका व्यक्त गरेका छन्। हाम्राकुरा डटकमसँग कुरा गर्दै शर्माले पैसाको चलखेल धेरै हुन सक्ने आशंका व्यक्त गर्दै पैसाको प्रभावमा केन्द्रिय समितिमा पुग्न लालायित हुनेहरुले नेतृत्व तहलाई पनि प्रभावित पार्न सक्ने बताएका हुन।    शुसिल कोइराला नेतृत्वको सरकारका निवर्तमान मन्त्रीहरुको नाम नलिइकनै ... बाँकी अंश»

तरुण दलका उमेदवार पार्टी तिर सर्दै

२०७२ पौष २१ मंगलबार, काठमाडौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको महाधिवेशन लामो समय सम्म पनि नभएपछि तरुण नेताहरु पार्टीकै महाधिवेशनमा प्रतिश्पर्धा गर्ने भएका छन् ।    तरुण दलको महाधिवेशनमा सहभागी हुन नपाएकाले दलको नेतृत्व हाँक्न खोज्ने नेताहरु नै  पार्टी तिर खुट्टा उचाल्न थालेका हुन् ।    हरेक तिन तिन बर्षमा महाधिवेशन हुनु पर्नेमा २०६४ साल देखि महाधिवेशन हुन नसकेपछि तरुण दलका नेताहरु पार्टी तिरै लाग्नु पर्ने वाध्यता आईपरेको तरुण दलको अध्यक् ... बाँकी अंश»

काँग्रेस संस्थापन पक्षको उमेदवार कोईराला की पौडेल ?

२०७२ पौष १८ शनिबार, काठमाडौ । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा तीन जना नेताले उमेदवारी दिने सार्वजनिक अभिव्यक्ति आएपछि भावी नेतृत्वको बारेमा काँग्रेस भित्र नयाँ नजिताको अनुमान  गर्न थालिएको छ। संस्थापन पक्षबाट पार्टी सभापति सुशील कोइरालाले समेत सभापतीमा उमेदवारी दिने संकेत स्याङजामा गएर गरेपछि नयाँ नतिजा आउने अनुमान गर्न थालिएको हो ।    उपसभापति रामचन्द्र पौडेलले संस्थापन पक्षबाट सभापतिको उमेदवार बन्ने भन्दै लामो समयदेखि चुनावी कसरत गरि ... बाँकी अंश»

राष्ट्रपति, जनकपुर भ्रमण र विधवा, गरिब मानसिकताको पराकाष्ठा : [टिप्पणी]

२०७२ पौष ७ मंगलबार, चन्द्र धामी, काठमाडौं । धर्मः अकाट्य । संस्कारः स्वभावना । परम्पराः परिवेश । धर्ममा विभेद छैन । गर्न हुँदैन । संस्कार आफ्नो शक्ति र विवेक हो । परम्परा परिवेश अनुसार बदल्न सकिन्छ । तर, सुहाँउदो । रामजानकी विवाह महोत्सवमा राष्ट्र प्रमुख सहभागी हुने परम्मपरा पहिले देखिनै चल्दै आएको छ । परम्परागत रुपमा विभिन्न काल खण्डमा राष्ट्र प्रमुख विवाह उत्सवमा सरिक हुँदै आए । राष्ट्र प्रमुखको भ्रमणलाई अछुत मान्ने घटना यसअघि घटेनन् । राष्ट्र प्रमुख भएपछि कस्लाई अ ... बाँकी अंश»

जनतालाई छल्न माओवादी टुक्याउँदै

२०७२ पौष ४ शनिबार, लेनिन बिष्ट। लडाई लडाउने बेलामा अनेकौं प्रलोभन र सपनाहरु देखाएर लडाई लडाएकै होईन त कमरेड? संघर्ष र परिवर्तनको संवाहक हजारौ हजार युवा युवतीहरुलाई राजनैतिक दलहरुले सामन्ती शोषणबाट नेपाली जनताहरुलाई मुक्ति दिलाउन जनाधिकार स्थापित गर्न आमूल परिवर्तनको दिशामा थालिएको आन्दोलनमा सहभागी मात्र गराएनन् हजारौंको संख्यामा शहादत पनि गराए अनि अंगभङ्ग, घाइते, वेपत्ता गराए। लाखौं मानिसहरुलाई घरबार विहिन बनाए भने हजारौं हजारलाई अनाथ।   आफ्नो राजनैतिक उद ... बाँकी अंश»

काँग्रेसमा समाबेशी लोकतान्त्रिक विधान निमार्णको वहस

२०७२ पौष २ बिहिबार, मानबहादुर नेपाली। नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास कायम गरेको एतिहासिक पार्टी नेपाली कांग्रेसको १३ औं महाधिबेशन संविधान निमार्ण प्रक्रियामा पार्टीले पूर्ण ध्यान लगाउनु पर्ने बाध्यताका कारण केही ढीलो गरि भएता पनि अब पार्टीको सम्पूर्ण ध्यान महाधिबेशनमा केन्द्रित भएको छ। वीपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरीजा प्रसाद कोइराला, सुवर्णशम्सेर, शैलेजा आचार्य जस्ता तमाम नेताहरुले नेत्तृव प्रदान गरेको यस पार्टी लोकतान्त्र ... बाँकी अंश»

बढ्दो प्रवासन र विप्रेषण उपयोगको चुनौती

२०७२ मङ्सिर २९ मंगलबार, राजु पौडेल  पृष्ठभूमि नेपालको अद्वितीय कलालाई प्रस्तुत गर्न सन् १२६० मा आफ्ना ८० सहयोगी सहित तिब्बत गएका कलाकार अरनिकोको विदेश यात्रा नेपाली इतिहासको पहिलो प्रवासन हो । सन् १२४५ मा जन्मेका उनी पन्ध्र वर्षकै उमेरमा बिदेसिँदा नेपालमा मल्ल शासन थियो । भीमदेव मल्लले उनलाई तिब्बतमा निर्माणाधीन पहेँलो स्तुप बनाउन पठाए । त्यहाँबाट प्रारम्भ भएको वैदेशिक रोजगारीको इतिहास त्यहीँ सम्मान जस्तै गरि  हाम्रो विद्यमान अभ्याससँग जोडिएको छैन ।   सन् ... बाँकी अंश»

नयाँ शक्ति: शंखघोषको प्रतिक्षामा

२०७२ मङ्सिर २४ बिहिबार, शरद ओझा। के गर्दै छस् त आज भोली ? के हुनु यार आइएलटिएसको डेट लिएर बसेको छु, त नि ? भिसाको पर्खाइमा, बिश्वबिद्यालयले त पक्का गरिसक्यो, पहिला नै आईज भन्नु भएको थियो दाईले गईन अब त नेपालमा बस्नै नसकिने भैसक्यो, कती छिटो जाउ हुन थालिसक्यो यार,  अनि कुन देशमा एप्लाइ गर्ने होस् तैले ? तेरो त लागि हाल्छ नि भिसा, अब हेर यार पिआर पाउन सजिलो जाहाँ हुन्छ त्यतै एप्लाइ गर्ने हो, कन्सल्टेन्सीमा नि बुझ्दै नै छु ।   क्याफेमा युवाहरुका यस्ता यस्ता कुरा सुन्दा लाग्छ, अ ... बाँकी अंश»

नयाँ