बिशेष

श्रीमद्भगवद् गीता र यसमा राजनीतिक चरित्रको चर्चा

२०७३ मङ्सिर २५ शनिबार, काठमाडौ । राजनीतिको जालोले पूर्णतः घेरिएको ग्रन्थ महाभारत हो । महाभारतमा भएका राजनीतिका चिन्तन एवम् उपदेशले विश्व राजनैतिक रङ्गमञ्चमा महाभारतले आफनो छुट्टै प्रभाव जमाएको छ । महाभारतमा भएका हजारौँ श्लोकहरू राजनितिसँग सम्बद्घ छन् तर महाभारतले एउटै मात्र नीति स्थापित गरेको छैन ।   हजाराँै नीतिबाट निष्कर्षमा शान्ति अभिष्टमा आएझँै ज्ञानी, राजनीतिज्ञ, सन्यासी, मुमुक्षु, विद्यार्थी सम्पूर्णमा महाभारतका फरक फरक नीति छन् । महाभारतरूपी दहिको ठेकी ... बाँकी अंश»

यत्तिगर्दा पनि नहोला त नेपालको अर्थतन्त्रमा विकास ?

२०७३ मङ्सिर २३ बिहिबार, काठमाडौं । गत शुक्रबार एउटा क्याफेमा बसेर चिया खाईरहँदा एक जना मित्रले नेपाल अब भने साँच्चिकै विकास हुन लागिरहेको छ भनेर एउटा ‘दन्त्य कथा’ सुनाए । दन्त्य कथाको पात्र भने थिए अहिले दैनिक समाचारको पात्र बनिरहने यिनै राजनीति दलका नेताहरु । उनको नजरमा राम्रो देखिएको दल उनको कथाको नायक थिए भने अरु सबै खल नायक ।  उनको सो तर्कको पछाडि कुनै बिकासको चित्तबुझ्दो आधार थिएन । तर उनले भने आफ्नो ‘कथा’मा राजनीतिक नेतृत्वको उदाहरण मात्रै दिन भ्याएनन्, अन् ... बाँकी अंश»

घोचेर नभन्नुस, मित्रहरु..

२०७३ मङ्सिर २३ बिहिबार, एक महिना लामो भ्याकेशनको तयारी थियो । नयाँ जुत्ता नकिनी पुरानै जुत्ता लगाएर घर जाने सुरमा थिएँ म । तर संगै काम गर्ने साथीले भन्यो— “हैन ! एयरपोर्टमा त चाहिन्छ यार”, मैले उसको कुरामा खासै चासो दिईन । पारिवारिक भेटघाटसँगै महिना दिनको छुट्टि मनाएर म पुनः रोजगारमा दुवाई फर्कने क्रममा थिएँ ।   “हजुर सर, यताबाट”— प्रस्थान द्वारमा भएका प्रहरी दाईले बाटो देखाए । हेर्दै भलादमी देखिने एकजना भद्र—भलादमी सुटकेश तान्दै अघि बढे । जब प्रहरी दाईले टिक ... बाँकी अंश»

त्यसै तुहाईयो नेपाललाई पूर्वीय वाङ्मय अध्ययनको केन्द्र बनाउने वीरेन्द्रको सपना

२०७३ मङ्सिर २० सोमबार, काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको मुख्य पहलमा वि सं २०४३ सालमा त्रिभुवन विश्वविद्यालयको संस्कृत अध्ययन संस्थानलाई फुटाएर एउटा छुट्टै अध्ययन संस्थान गठन गर्ने तयारी भयो । कात्तिक महिनामा यसको ऐन पारित गराएर राखिएको थियो तर, यसको सुरुवात कहिलेदेखि गर्ने भन्ने विषयमा बहस चल्दै गर्दा तत्कालीन राजा वीरेन्द्रले पुष २६ गते मेलमिलाप दिवशको दिन नै यसको शुभ मुहुर्त जुराईदिए र त्यहिदिन यसको स्थापना भयो । सोही दिन नै विश्वविद्यालयको पहिलो सिनेट बसेको थ ... बाँकी अंश»

जनताले नबचाए नेपाल भारतीय महासंघमा मिसिन्छ –केसी

२०७३ मङ्सिर १९ आइतबार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले नेपाललाई बचाउन नसके नेपाल भोलि गएर भारतीय महासंघमा मिसिने दावी गरेका छन् । संघीयताको विरोध गर्दै आइरहेका केसीले हाम्राकुरासंगको कुराकानीमा अब नेपाल बचाउने हो भने नेपाली जनता नै तात्नुपर्ने बताए । उनै केसीसंग गरिएको यो विशेष कुराकानीको सम्पादित अंश– राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सहभागी दलहरुलाई डाक्नु भएको छ, किन होला ?  मलाई आइतबार अपरान्ह ४ बजेभित्र राष ... बाँकी अंश»

संविधान संशोधन मनोगत र विखण्डनकारी सोचमात्र

२०७३ मङ्सिर १७ शुक्रबार, काठमाडौं । तीनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नु पर्ने आजको प्रमुख राष्ट्रिय कर्तव्य र कार्यभारलाई असफल पार्न यतिबेला संविधान संशोधनको विषय अघि सारेर नेपाल राष्ट्रलाई अन्यौलता र अस्थिरतातिर धकेल्ने काम हुंदैछ ।    संविधानसभाको प्रक्रियामा र विगत झन्डै एकदशकसम्म संविधानका विषयवस्तुको बारेमा पर्याप्त छलफल भएको छ । एउटा राष्ट्र सधैं एउटै विषयमा बिनाअर्थक ... बाँकी अंश»

मनुस्मृति : धर्मग्रन्थ कि राजनीतिक ग्रन्थ ?

२०७३ मङ्सिर ११ शनिबार, विषय प्रवेश   प्राचीन वैदिक संहिताको रूपमा रहेको ऋग्वेदले विश्वका सबै शासनादि घटनालाई ‘ऋत’ मानेको छ । ‘ऋत’ सार्वभौम नियम हो । यसैमार्फत् ब्रह्माण्डीय नियमान्तर्गत सम्पूर्ण विश्व घटना व्यवस्थित हुन्छ भनी मानेको छ । ऋत भनेको सार्वभौम ब्रह्माण्डीय नियम व्यवस्थाको अभिव्यक्ति हो । यसै ईश्वरीय सार्वभौम व्यवस्थाद्वारा सामाजिक ढाँचा निर्माण हुन्छ र सामाजिक राजनीतिक स्थिति निर्माण गर्दै औचित्य स्थापना गर्दछ ।   यसरी नै देशमा सार्वभौम, ब ... बाँकी अंश»

कुशल व्यवस्थापन तथा राष्ट्रप्रति इमान्दारीका प्रतिक कुलमान घिसिङ्ग

२०७३ मङ्सिर ३ शुक्रबार, डाडा खर्क ,दोलखा। नेपालमा आजभोली धेरै चर्चा र जनताको स्नेह प्राप्त गर्ने नाम हो विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्ग ।  कुलमान नेपाली जनताबीच एक चमत्कारिक व्यक्तित्वको रुपमा देखिनु भएको छ, अपार जलश्रोतको धनि राष्ट्र नेपालमा लोडसेडिङको प्रहारले त्रस्त भएका जनतामा एक आशाको किरणको रुपमा कुलमान को उदय भएको छ ।    कुलमान घिसिङ्गको दक्षता, अनुभव र राष्ट्रप्रतिको इमान्दारीले के देखियो भने नेपालको बेहाल सहि व्यक्ति सहि स ... बाँकी अंश»

गगनजी याद रहोस मैदानबाट भाग्नेहरु बहादुर होइनन् कायर हुन

२०७३ मङ्सिर ३ शुक्रबार, प्रजातान्त्रिक आन्दोलनको सशक्त, जिम्मेवार, बौदिक र क्षमतावान नेतामा गनिने गगन थापासँग स्वास्थ्य उपचारका लागि एक नेतालाई सरकारले दिने भनिएको पचास लाखको बिषय जोडेर निकै टिप्पणी भएका छन्। थापाको राजनीतिक जीवनसँग जोडेर पनि चर्चा गरिएको छ। तर नेपाली राजनीतिमा उनको अवस्थाको बारेमा हरकोहि जानकार हुँदा हुँदै यो बिषयलाई अतिरञ्जना गर्ने प्रयास यो उनीमाथिको अन्याय मात्र हुनेछैन इतिहासप्रति पनि बेइमानी हो।    मन्त्रीपरिषदले सुजाता कोइरालाको उपचा ... बाँकी अंश»

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर..

२०७३ मङ्सिर २ बिहिबार, नेपालदेखी अमेरिकासम्मको राजनीति गर्न समेत पछि नपर्ने नेपाली पत्रकारिता र जनशंकाको चक्रमा पर्दै गईरहेका नेपालमा सञ्चालित गैरसरकारी सामाजिक संस्थाहरु एउटै तराजुमा जोखिन्छन, कहिलेकाँहि । बिक्रम सम्बत १९५५ स्रावण महिनाबाट औपचारिक रुपमा नेपालबाटै सुधासागर मासिक पत्रिका र राज्य स्तरबाट १९५८ मा गोरखापत्र दैनिक प्रकाशन सुरुवात गरिएसंगै नेपाली पत्रकारिताको संस्थागत बिकाशमा जग बसाईयो । समय अन्तरालमा बिभिन्न राजनैतिक परिघटनासंगै यो पेशामा पनि उता ... बाँकी अंश»

दिलदार दिलजान मन्सूर

२०७३ मङ्सिर १ बुधबार, काठमाडौं ।सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई मन्त्रीपरिषदको बैठकबाट निर्णय गराएर ५० लाख रुपैया उपचार खर्च दिने भएपछि सामाजिक सञ्‍जालदेखि संसद्‌मा समेत चर्को प्रतिक्रिया उत्पन्न भएको छ । सुजातालाई उपचार खर्च दिने सरकारी निर्णयमा आम मानिसहरुको  चासोको विषय समेत बनिरहेको छ। उनीहरु आपसमा भेट्दा वा सामाजिक सञ्जालमा साथी भाइ र आफन्तसँगको कुराकानीमा पनि यही विषयलाई प्राथमिकतामा राख्‍ने गरेका छन्।    तर एक जना समाजसेवी युवा चिकित्सक ... बाँकी अंश»

नयाँ ट्रम्प मोडल

२०७३ मङ्सिर १ बुधबार, बर्लिन। बर्लिनको पर्खाल ढलेको २७ औं बार्षिकोत्सवमा संयुक्त राज्य अमेरिकाले त्यो भन्दा पनि ठूलो पर्खाल मक्सिकोसितको सीमामा निर्माण गर्ने योजना बनाउने राष्ट्रपति नियुक्त गरेको छ । अब, राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो विभाजनकारी एजेण्डालाई नै अघि बढाउने वा अमेरिकाको सर्वोत्तम हितलाई बढावा दिने भन्ने कुराको निर्णय गर्नुपर्ने छ ।   ट्रम्पको विजय र गत जुन महिनामा संयुक्त अधिराज्यको युरोपियन युनियन छोड्ने जनमतबीच धेरै समानत ... बाँकी अंश»

वार्षिक दुई लाख घाटामा रहेको उद्योग वाणिज्य महासंघ कसरी बन्यो ‘धनीहरुको संस्था’ ?

२०७३ कार्तिक ३० मंगलबार, काठमाडौं । आजको नेपाल उद्योग वाणिज्य महासंघको इतिहास खोज्दै जाने हो भने नेपालमा पहिलोपल्ट प्रजातन्त्र प्राप्त भएको समयसम्म पुग्न सकिन्छ ।  वि सं. २००७ सालदेखि सुरु भएको वाणिक मण्डल भन्ने संस्था देखि २००८÷०९ सालतिर अखिल नेपाल व्यापार संघको नामहुँदै २००९ सालदेखि नै नेपाल चेम्बर अफ कमर्स नामक आर्थिक संस्थाको गठन भयो । त्यसैको विकास हुँदै वि सं. २०२२ सालमा अहिलेको महासंघको उदय भएको हो ।    नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य संघको हैस ... बाँकी अंश»

व्यवहारिक राजनीतिको उत्कृष्ट रचना : शुक्रनीति

२०७३ कार्तिक २८ आइतबार, काठमाडौ । शुक्राचार्य प्राचीन भारतीय दर्शनका अत्यन्त महत्वपूर्ण मनिषी हुन् । प्राचीन भारतमा दैत्य सम्प्रदाय स्थापना गर्ने व्यक्तिको रूपमा शुक्राचार्य देखिएका छन् । त्यसैले अलग सम्प्रदाय नै सुरु गर्ने मनिषी शुक्राचार्यको राजनीतिशास्त्रमा महत्वपूर्ण स्थान रहेको कुरा स्वतः सिद्ध छ  ।  शुक्राचार्यले रचना गर्नुभएको कृति शुक्रनीति सार हो । यो ग्रन्थ मूलतः दण्ड नीतिप्रधान ग्रन्थ हो । शुक्रनीतिमा प्रत्येक विषयमा विस्तृत वर्णन गरेको र प्रत्ये ... बाँकी अंश»

ट्रप्पको विजयले अमेरिकी प्रभुत्वमा सङ्कट

२०७३ कार्तिक २७ शनिबार, नयाँदिल्ली। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर फैलिएको अमेरिकी दोस्रो वा नरम शक्तिमा ठूलै सङ्कट उत्पन्न हुँदैछ । निसङ्कोच भन्न सकिन्छ, यसलाई उल्ट्याउन ट्रम्प सायदै सक्षम हुनेछन् ।    परम्परागतरुपमा, मुलुकहरुको विश्व राजनीतिक शक्तिलाई सैनिक शक्तिका आधारमा मूल्याँकन गरिन्थ्यो, अर्थात जोसँग शक्तिशाली सैन्यबल छ उही सर्वाधिक शक्तिसम्पन्न हो । तर त्यो तर्क यथार्थमा सदैब प्रतिबिम्बित हुन सकेन । अमेरिकाले भियतनाम ... बाँकी अंश»

[अन्तर्वार्ता] कर्मचारीतन्त्रकाे दबदबा रोक्न भएको हो अहिलेकाे महासंघको उदय

२०७३ कार्तिक २६ शुक्रबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ नेपाली उद्यमी÷व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो छाता संगठन हो । तात्कालीन समयमा ‘३२ कोठी साहु महाजन’को प्रचलनदेखि ‘वाणिक मण्डल’ र ‘नेपाल चेम्बर अफ कमर्स’को नामबाट समेत सुरूभएको चेम्बरको इतिहासलाई अझ व्यवस्थित गराउन र त्यतिबेला निजामती कर्मचारीहरुको व्यवसायप्रति हुनेगरेको अनुदार व्यवहारलाई कम गर्नकोलागि वि. सं. २०२२ सालमा उद्योग वाणिज्य संघको अवधारणाको सुरूवात भएको थियो । त्यतिबेला राजा म ... बाँकी अंश»

वाटरगेट काण्ड, आमसञ्चारमाध्यम र ट्रम्पको भविष्य

२०७३ कार्तिक २४ बुधबार, काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिको लागि भएको आम निर्वाचनमा डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गर्दै विश्व शक्तिराष्ट्रको शक्तिशाली कार्यकारी प्रमुखको रूपमा आफ्नो नाम दर्ता गराएका छन् । नेपाली समय अनुसार नोभेम्बर ९ तारिकको मध्याह्नमा सार्वजनिक भएको मतपरिणाम पछि ट्रम्पलाई विजयी घोषणा गरिएको हो । ट्रम्पले कुल ५ सय ३८ इलेक्ट्रोल भोट मध्ये २ सय ७६ र हिलारीले २ सय १८ इलेक्ट्रोरल भोट पाईन् । अमेरिकामा राष्ट्रपति बन्नकोलागि कुल इलेक्ट्र ... बाँकी अंश»

मापदण्ड तोक्दा आयोगले रुकुमलाई उपेक्षा गर्‍यो: सभापति ओली

२०७३ कार्तिक २१ आइतबार, रुकुम । नेपाली काँग्रेसका जिल्ला सभापति प्रेम प्रकाश ओलीले स्थानीय तह पुनः संरचना गर्दा आयोगले रुकुमलाई उपेक्षा गरेको बताएका छन् । आईतबार जिल्लाका विभिन्न ठाउँबाट आफ्नो ठाउँमा गाउँपालीका हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाउन आएकाहरुसँग कुरा गर्दै सभापति ओलीले आयोगले रुकुममा गाउँ तथा नगरपालीकाको लागि दिएको संख्या  मापदण्ड भन्दा पनि विपरीत रहेको बताएका हुन् ।    रुकुम जिल्ला कर्णालीसँग जोडिएको जिल्ला भएको र यहाँ ६ वटा अग्ला हिमाल रहेका ... बाँकी अंश»

मुखर्जीको नेपाल भ्रमण : कहाँ चुक्यो महासंघ ?

२०७३ कार्तिक १९ शुक्रबार, काठमाडौं । उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि नेपालमा उद्योग व्यवसायीका दुईवटा छाता संगठनहरू अस्तित्वमा रहेका छन् । नेपालको सबैभन्दा बढी व्यापारिक कारोबार हुने छिमेकी मुलुक भारतमा पनि अहिले अस्तित्वमा सोही प्रकृतिका दुईवटा छाता संगठनहरु रहेका छन् । सन् १८९५ सालमा स्थापना गरिएको भारतीय उद्योग परिसंघ र सन् १९२७ सालमा स्थापना भएको भारतीय उद्योग वाणिज्य महासंघ भारतमा अहिले पनि अस्तित्वमा रहेका दुई आर्थिक संस्थाहरु हुन् । जसमा महासंघ अन ... बाँकी अंश»

उद्योग वाणिज्य महासंघ किन यस्तो निष्कृय बन्दैछ ?

२०७३ कार्तिक १८ बिहिबार, काठमाडौं । भारतीय राष्ट्रपति प्रणब मुखर्जी आफ्नो तीन दिने नेपाल भ्रमणको दोस्रो दिन बिहीबार काठमाडौंमा रहेका छन् । १८ वर्षपछि भारतीय राष्ट्रप्रमुखको हैसियतमा नेपाल आएका मुखर्जीले ३ दिनमा १८ वटा सानाठूला कार्यक्रममा सहभागिता जनाउँदैछन् । उनको यो व्यस्त कार्यतालिका राजनीतिक दलका नेताहरुसँगको भेटघाट, विभिन्न संस्थाले गरेको चियापान तथा अभिनन्दनमा व्यतित हुने परराष्ट्रद्वारा जारी विज्ञप्तमा उल्लेख गरिएको छ । तर दुखको कुरा भन्नुपर्छ कि राजनीतिक ... बाँकी अंश»

नयाँ