अर्थ

लेखा अधिकृत पोखरेल थलोमै पक्राउ

२०७७ श्रावण १ बिहिबार, इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने गरेको सूचनाका आधारमा आयोगले पोखरेलमाथि निगरानी गर्दै आएको थियो । ... बाँकी अंश»

१० करोड नाफाबाट एकै वर्षमा १९ करोड घाटामा गयो उदयपुर सिमेन्ट

२०७७ श्रावण १ बिहिबार, काठमाडौं। आर्थिक वर्ष २०७४/०७५ मा १० करोड ४१ लाख रुपैयाँ नाफामा रहेको उदयरपुर सिमेन्ट उद्योग एकै वर्षमा करिब दोब्बरले नोक्सानमा गएको छ। महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को लेखापरिक्षण प्रतिवेदन अनुसार राम्रो व्यवस्थापक नहुँदा आव २०७५/०७६मा १९ करोड ६२ लाख रुपैयाँ नोक्सानमा पुगेको हो। ... बाँकी अंश»

शिवम् सिमेन्ट अब मोवाईल एपबाट पनि खरिद गर्न सकिने

२०७७ श्रावण १ बिहिबार, काठमाडौं। नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले सिमेन्ट ग्राहकहरुलाई सिमेन्ट खरिद गर्नका लागि सहज हुने गरि एप ल्याएको छ। शिवम् सिमेन्ट्स लिमिटेडले सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाईल एप” सार्वजनिक गरेको हो। ... बाँकी अंश»

सन्तोष प्रसाई भए नेपाल लाइफको कार्यवाहक सिइओ

२०७७ श्रावण १ बिहिबार, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ। प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाएका छन्। असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो। ... बाँकी अंश»

रङ्गेहात पक्राउ परे इञ्जीनियर 

२०७७ श्रावण १ बिहिबार, बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।  ... बाँकी अंश»

नेपाल लाइफ इन्स्योरेन्सका सिईओ झाले लिए विदा

२०७७ श्रावण १ बिहिबार, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले साउन १ गतेबाट विदा लिने भएका छन्। ... बाँकी अंश»

लक्ष्मी बैंकको ५औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा

२०७७ असार ३१ बुधबार, काठमाडौं। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ५औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ । ... बाँकी अंश»

बाध्यकारी गराइएका नि:शुल्क सेवाको बारेमा निर्णय लिन बैंकहरु स्वतन्त्र

२०७७ असार ३१ बुधबार, बिहीबार देखि नयाँ आर्थिक वर्ष २०७७/०७८ सुरु हुनलागेसँगै लकडाउनमा संघले नै निर्णय गरेर दिइएका सेवामा शुल्क लिनसक्ने गरी बैंकहरुलाई स्वतन्त्र छाड्ने निर्णय गरेको छ । ‘चैत ७ मा निशुल्क दिइएका सेवामा शुल्क लिन बैंकहरु स्वतन्त्र हुनेछन्’ कार्यकारी निर्देशक शर्माले भने, ‘त्यतिबेला दिइएका निशुल्क सेवा आजसम्म मात्रै हो । भोलिदेखि बैंकहरुले आफैं निर्णय लिनसक्ने छन् ।’ ... बाँकी अंश»

दाङमा ३५ वटा क्रसर अबैधरुपमा सञ्चालित, स्थानीय नेता, प्रहरी र प्रशासनकै मिलेमतोमा तस्करी !

२०७७ असार ३१ बुधबार, बालुवा प्रशोधनको अनुमति पाएका प्रायः उद्योगले क्रसरको काम पनि गर्दै आएका छन् । जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर पौडेलले जिल्लामा थोरै उद्योगले मात्र क्रसरको काम गर्ने अनुमति पाए पनि सबैजसो उद्योगले अवैध रूपमा क्रसरको काम पनि गर्दै आएको भेटिएको बताए । उनीहरूले मापदण्ड पनि पूरा गरेका छैनन् । ... बाँकी अंश»

पौने ४ अर्ब राजस्व छल्ने ४ कम्पनी बिरुद्ध मुद्दा दायर

२०७७ असार ३१ बुधबार, काठमाडौं । राजश्व अनुसन्धान विभागले पौनै ४ अर्ब राजश्व छली गर्ने विभिन्न फर्म तथा व्यक्ति विरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । विभागले ३ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ विगोदावी गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । ... बाँकी अंश»

एक वर्ष नपुग्दै भत्कन थाल्यो बौद्ध क्षेत्रको सडक

२०७७ असार ३१ बुधबार, टुसाल चोकको मूल सडक पनि जीर्ण छ । टुसाल चोकमा भने अझै सम्म पनि कालो पत्र भएको छैन । टुसाल चोकबाट महाँकाल तिर निस्कने अमिताभ बुद्ध मार्गको अवस्था त झनै दयनीय बन्न पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताउनुभयो । बौद्ध क्षेत्र आउने धेरै पर्यटकले पैदल यात्रा समेत गर्ने यो सडकमा जताततै खाल्डा खुल्डी छ । वर्षाद्मा ती सडकमा आकाशबाट परेको पानी जम्दा पोखरीजस्तै हुन्छ । ... बाँकी अंश»

उद्यमी विनोद चौधरीद्वारा सिजी ल्यान्डमार्कका व्यवसायीलाई ४ महिनाको भाडा छुट 

२०७७ असार ३१ बुधबार, भरतपुर । चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कले उक्त कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर (चार महिना) को भाडा छुट दिने भएको छ । ... बाँकी अंश»

कोरोना प्रभावले धरासायी वन्दै ठुला लगानीका ९ सयभन्दा वढी उद्योग

२०७७ असार ३१ बुधबार, प्रदेशमा सबैभन्दा धेरै ठूलो लगानीमा सञ्चालनमा आएका रुपन्देहीमा ३ सय २०, बाँकेमा १ सय ८५, कपिलवस्तुमा १ सय १०, दाङमा ७८, बर्दियामा ६५, नवलपरासीमा ५३, अर्घाखाँचीमा २२, गुल्मीमा ८ वटा प्युठानमा ३ रुकुम पूर्वमा २ र सवैभन्दा न्युन रोल्पामा १ एउटा मात्रै उद्योग सञ्चालनमा रहेको प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसालले जनाएकी छिन् । ... बाँकी अंश»

चल्न थाले केही बस, यात्रु अझै आएनन् सडकमा

२०७७ असार ३१ बुधबार, अहिले महासङ्घले चालक, सहचालकसँगै यात्रुको स्वास्थ्य सुरक्षाका विषयमासमेत आवाज उठाएको महासङ्घका महासचिव सिटौलाले बताए । काठमाडौँ उपत्यकालगायत देशभरका विभिन्न स्थानमा कोभिड–१९ को संक्रमण बढिरहेकाले त्यसबाट सुरक्षित रहेर कसरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनी छलफल भइरहेको उनले बताए । अहिले केही बस, ट्याक्सी गुड्न थाले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएको पाइँदैन । सरकारले बनाएको मापदण्डानुसार पनि कसले सेनेटाइजरको व्यवस्था गर्ने र हात धुनका लागि साबुन पानी कसले व्यवस्था गर्ने भनी अहिलेसम्म यकिन छैन । ... बाँकी अंश»

धरहरा बनाउन ल्याइएका ७० कामदार क्वारेन्टाइनमा

२०७७ असार ३१ बुधबार, पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । ... बाँकी अंश»

सक्ने व्यवसायीले भुक्तानी गर्न उद्योग वाणिज्य महासंघको अपिल

२०७७ असार ३१ बुधबार, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सक्ने व्यवसायीले बैंकको ब्याज तथा किस्ता भुक्तानी गर्न अपिल गरेको छ। महासंघले वेवसाइटमार्फत एक सूचना जारी गर्दै महासंघसँग सम्बन्धित  व्यवसायीहरुलाई यस्तो अनुरोध गरेको हो। ‘हाल तिर्न सक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गर्दछौ’, महासंघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। ... बाँकी अंश»

धनकुटा उद्योग बाणिज्य संघको प्रर्दशन र धर्ना

२०७७ असार ३१ बुधबार, धनकुटा। ऋणको ब्याज मिनाहा गर्न र किस्ता बुझाउने म्याद पाच महिना पर सार्न माग गर्दै आज धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा प्रर्दशन गरी राष्टिय बाणिज्य बैक धनकुटा लगायत विभिन्न बैकहरुमा धर्ना लिई गर्भनरलाई ज्ञापन पत्र पठाएको छ। ... बाँकी अंश»

जिल्ला भित्रिदै गरेको अबैध चिनियाँ मदिरा बरामत

२०७७ असार ३० मंगलबार, हुम्ला। जिल्ला भित्रिदै गरेको ५१ कार्टुन अबैध चिनियाँ मदिरा प्रहरीले बरामत गरेको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएका सिमकोट गाउँपालिका १ नम्बर वडामा पर्ने दोजामको चुवाखोला नाकाबाट सिमकोट ल्याउने क्रममा गस्तीमा रहेको प्रहरीले चिनीयाँ अबैध मदिरा बरामद गरेको हो।  ... बाँकी अंश»

सरकार र नीजि क्षेत्र मिलेर आर्थिक चुनौति सामना गर्नुको विकल्प छैन : ढकाल

२०७७ असार ३० मंगलबार, काठमाडौं । नेपाल उद्योगा वाणिज्य महासंघको आसन्न चुनावका लागि वरिष्ठ उपाध्यक्षका रुपमा चन्द्र ढकालले आफ्नो प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् । ... बाँकी अंश»

३७ करोडबढिको नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली

२०७७ असार ३० मंगलबार, विभागका अनुसार युनिक वाइड तथा न्यू युनिक इन्टरनेशनलले भ्याटतर्फ रु १२ करोड ४२ लाख २८ हजार ६१७ र आयकरतर्फ रु २२ करोड ८० लाख ५९ हजार ३०९ तथा लाभांश करतर्फ रु दुई करोड ५७ लाख ४० हजार ७७३ बराबरको राजश्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ । ... बाँकी अंश»

नयाँ