अर्थ

बागलुङको मःम म्याग्दी, पवर्त र मुस्ताङसम्म

२०७६ फाल्गुण १७ शनिबार, बागलुङ। भारतीय सेनाको जागीरपछि स्वेदश फर्किएका रमेश खड्का पछिल्लो समय व्यवसायमा जमेका छन्। दुई वर्षअघि जिल्लामै पहिलोपटक काँचो तयारी मःमको व्यवसाय शुरुआत गर्नुभएका उहाँले शुक्रबारदेखि ‘सुसारा बिन्स क्याफे’ सञ्चालनमा ल्याएका छन् ... बाँकी अंश»

नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

२०७६ फाल्गुण १७ शनिबार, चितवन। धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ। गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि  चितवनसहित १३ जिल्लाका किसानले  यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए ।  ती जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको धानका कारण रु १७ करोड बराबरको लागत खर्च नोक्सान भएको  कृषि तथा पशुपन्छी विकास मन्त्रालयलयले जनाएको छ । त्यसको न्यूनतम समर्थन मूल्य रु २३ करोड रहेको छ। ... बाँकी अंश»

युवाको आकर्षण भएन मकै खेतीमा

२०७६ फाल्गुण १७ शनिबार, फिदिम। कृषि ज्ञान केन्द्रले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँचथरमा १३५ हेक्टर क्षेत्रफलमा विशेष कार्यक्रम लागू गरेको छ ।  मकैको सघन उत्पादनका लागि तीन प्रकारका कार्यक्रम कार्यान्वयन गरेको हो । जिल्लाको तुम्बेवा गाउँपालिकाको २०० रोपनी क्षेत्रफलमा मकैको पकेट क्षेत्रको कार्यक्रम सञ्चालनमा छ । पकेट क्षेत्र कार्यक्रममा कृषकलाई उन्नत जातिको मकैको बीउ, मल, मकै खेतीका लागि आवश्यक औजार उपकरण ५० प्रतिशत छुटमा उपलब्ध गराइएको छ ।  ... बाँकी अंश»

पाँच करोड लगानीमा ‘रेष्टुराँ’

२०७६ फाल्गुण १७ शनिबार, काठमाडौं। काठमाडौ महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्टो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ। दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई स्वस्थकर खाना प्रदान गर्नका लागि रेष्टुराँभित्रै ती मासुजन्य पशुपंक्षी पालेको हो। आगामी दिनमा कालिज, अष्ट्रिज र खरायो पाल्ने योजना बनाएको रेष्टुराँका सञ्चालक विष्णु भण्डारीले जानकारी दिए। एक वर्ष लगाएर रु पाँच करोड लगानीमा निर्माण गरिएको उक्त रेष्टुराँमा १० देखि ३०० जना अट्ने गरी सभाहल निर्माण गरिएको  छ। ... बाँकी अंश»

मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो

२०७६ फाल्गुण १७ शनिबार, सुर्खेत। मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ । सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतको पहलमा शुक्रबार उक्त विवाद समाधान भएको हो ।  ... बाँकी अंश»

कर वृद्धिले उपभोक्ता मूल्यमा प्रभाव पार्दैन : अर्थ मन्त्रालय

२०७६ फाल्गुण १६ शुक्रबार, काठमाडौ। पेट्रोलियम पदार्थमा लगाइएको करको दर पुनरावलोकनले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपार्ने सरकारले प्रष्ट पारेको छ। करको दर पुनरावलोकनका कारण निगमको स्वचालित मूल्य प्रणालीबाट कायम हुने मूल्यमा असर नगर्ने व्यवस्था मिलाइएको अर्थ मन्त्रालयले जनाएको छ। ... बाँकी अंश»

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसंघको आग्रह

२०७६ फाल्गुण १६ शुक्रबार, पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसंघको आग्रह ... बाँकी अंश»

बिश्वको दोस्रो ठूलो ब्राण्ड टीसीएलको स्मार्ट टीभीमा ग्राहकको आकर्षण बढ्दो

२०७६ फाल्गुण १६ शुक्रबार, काठमाडौं। उत्पादनको आधारमा बिश्वमा दोस्रो ठूलो ब्राण्ड टीसीएलका विद्युतीय उपकरणको माग नेपालमा ह्वातै बढेको चौधरी ग्रुप अन्तर्गतको इओएल प्रालीले  जनाएको छ। अघिल्लो ३ वर्षको तुलनामा टीसीएल एलईडी टीभीको माग ५० प्रतिशतले बढेको कम्पनीको दावी रहेको छ। कम्पनीका अनुसार नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरण नेपाली बजारमा बिक्री हुने जनाइएको छ। नेपालमा टीसीएल ब्राण्डको बिक्री चौथौं स्थानमा रहेको बताइएको छ। ... बाँकी अंश»

जयनगरसम्म रेल सञ्चालनका लागि २२६ कर्मचारीको विज्ञापन खुल्दै

२०७६ फाल्गुण १६ शुक्रबार, नेपाली रेल्वे कम्पनीका लागि २२६ जना कर्मचारीको विज्ञापन खुल्दैनेपाली रेल्वे कम्पनीका लागि २२६ जना कर्मचारीको विज्ञापन खुल्दै ... बाँकी अंश»

सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा अवरोध

२०७६ फाल्गुण १६ शुक्रबार, प्रसारण लाइनको रुट सार्नु पर्ने र त्यसो गर्न नसकिएमा मुआब्जा तथा क्षतिपूर्ति रकम बढाउन माग गर्दै स्थानीयले झिंगानेमा ४ वटा टावर निर्माण गर्न दिएका छैनन् । स्थानीय सन्तोष तामाङले आफ्नो जग्गामा टावर निर्माण गर्न नदिएपछि निर्माण प्रभावित भएको हो । अन्य प्रभावितले पहिले तामाङको जग्गामा निर्माण गरेपछि मात्रै आफ्नो जग्गामा निर्माण गर्न दिने अडान राखेका छन् । ... बाँकी अंश»

एनआइसी एशिया बैकका ग्राहकलाई वाल क्लाइमिङमा बिशेष छुट

२०७६ फाल्गुण १६ शुक्रबार, काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड र एस्ट्रेक क्लाइमिङ वाल प्रालिबीच यस बैंकका ग्राहक र कर्मचारीहरूलाई विशेष छुट उपलब्ध गराउन समझदारी भएको छ। उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्री श्याम लामिछाने र  कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका छन्। ... बाँकी अंश»

कोरोनाले नेपाली कामदार प्रभावित भएकोप्रति ट्रेड युनियन काँग्रेसको चिन्ता 

२०७६ फाल्गुण १६ शुक्रबार, नेपाल ट्रेड युनियन काँग्रेसले कोरोना भाइरसले विश्वकै बजारमा असर परेको भन्दै मजदूर वर्गको मजदूरी र जीवनरक्षाको लागि सरकारसंग अपिल गरेको छ ।  ... बाँकी अंश»

बाघ हेर्ने मन छ :  बाँके निकुञ्ज आउनुहोला

२०७६ फाल्गुण १६ शुक्रबार, बाँके। तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। ... बाँकी अंश»

माथिल्लो तामाकोशी : ठाडो सुरुङले रोकिरहेको छ प्रगति

२०७६ फाल्गुण १५ बिहिबार, काठमाडौं। सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ। कूल विनियोजित रु एक खर्ब बजेटमध्ये चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै २० प्रतिशत मात्रै खर्च भएको छ। ... बाँकी अंश»

धितोपत्र बजार : साढे चार अर्बको कारोवार

२०७६ फाल्गुण १५ बिहिबार, काठमाडौं। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुगेर रोकियो। यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुगेको छ। जुन प्रतिशतका आधारमा ३.४६ हो। ... बाँकी अंश»

वीरगञ्ज चिनी कारखानाको छ बिघा जग्गा बिक्री

२०७६ फाल्गुण १५ बिहिबार, काठमाडौं। सरकारले सम्पत्ति शुद्धिकरण तथा आतङ्कारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एशिया प्रशान्त क्षेत्र समूह (एपिजी) बाट हुने नेपालको पारस्परिक मूल्याङ्कनको तयारीसम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ। यही फागुन ५ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकले हेजिङसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ मा स्वीकृति प्रदान गर्ने गरेको सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए। ... बाँकी अंश»

पानीको स्रोतको खोजी र संरक्षण शुरु

२०७६ फाल्गुण १५ बिहिबार, काठमाडौं। मेलम्चीको पानी ल्याउने तयारी अघि बढिरहँदा काठमाडौँ उपत्यकामा नै भएका स्रोतको खोजी र संरक्षण शुरु भएको छ। पहिलो चरणको पानी आगामी असार मसान्तसम्ममा आउँदा त्यसको व्यविस्थत वितरणको तयारीसँगै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाभित्रको स्रोत संरक्षणमा समेत ध्यान दिन थालेको हो। उपत्यकाभित्रको पानीको परिमाण बढाउन अहिले १२ स्थानमा ट्युबवेल खन्न शुरु गरिएको लिमिटेडले जनाएको छ।  ... बाँकी अंश»

वीरगञ्ज फ्रेन्ड्सको उद्धेश्यमूलक साहित्यिक एवं मनोरञ्जनपूर्ण साँझ

२०७६ फाल्गुण १४ बुधबार, वीरगञ्ज । राउण्ड टेबल नेपाल (छाता संगठन) अन्तर्गत रहेको वीरगंज फ्रेन्ड्स राउण्ड टेबल ८ (बीएफआरटी–८) ले साहित्यिक एवं मनोरञ्जनपूर्ण साँझ ‘एन इभिनिङ विथ डा कुमार विश्वास’आयोजना गरेको छ। ... बाँकी अंश»

स्रोत नखुलेको रकम बरामद

२०७६ फाल्गुण १४ बुधबार, वीरगंज। प्रहरीले वीरगंजबाट स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन्। रौतहट पिपरा पोखरिया–१ घर भइ हाल पर्साको वीरगंज महानगरपालिका वडा नंम्बर १६ नगवा बस्ने ४१ वर्षीय संजय कुमार साह, सोही ठाउँका ३० वर्षीय जयलाल महतो, ३१ वर्षीय राजुकुमार कलवार र भारत रक्सौल डुमरिया टोल बस्ने ३५ वर्षीय विजय कुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो। ... बाँकी अंश»

६४ जिल्लाका अध्यक्षको उपस्थितिमा चन्द्र ढकालले गरे उम्मेदवारी घोषणा   

२०७६ फाल्गुण १४ बुधबार, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौमा बुधबार आयोजित घोषणासभा कार्यक्रममा ढकालले आगामी चैत्रमा हुने महासंघको ५४औं वार्षिक साधारणसभामा महासंघको वरिष्ठ उपाध्यक्षमा ६४ जिल्लाका अध्यक्षको उपस्थितिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। ... बाँकी अंश»

नयाँ