अर्थ

मेलम्ची सुरुङ निर्माण मासिक नौ सय मिटर; काठमाडौंमा पानी आउन थप १ बर्ष

२०७२ चैत २१ आइतबार, मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणकार्य गत मार्च महिनामा लगभग ९०० मिटर खनिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।    विसं ०७० साउनमा इटालियन कम्पनी सिएमसी र भारतीय कम्पनी डि–रेभेन्नाले सुरुङ निर्माण गर्ने ठेक्का लिएका थिए । सुरुङ निर्माण सुरु गरेदेखि हालसम्मको अवधिमा जम्मा १५ किमी सुरुङ खनिएको छ ।    आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार मासिक एक हजार २०० मिटर सुरुङ खन्ने लक्ष्य भए पनि ... बाँकी अंश»

कृषकलाई राष्ट्रपति पुरस्कार

२०७२ चैत २१ आइतबार, पाँचथर। पशुपालन क्षेत्रमा महत्वपुर्ण योग्दान पुरयाएको भन्दै जिल्लाका कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरुस्कार प्रदान गरिएको छ। शनिबार फिदिममा आयोजित एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले उक्त पुरुस्कार राशी र कदरपत्र प्रदान गरेका थिए।   लोपोन्मुख चौरी पालनतर्फ फालेलुङका चौरी पालन तथा दुग्ध उत्पादन सहकारीका कृषक लाल चन्द्र नेपाल, अण्डा उत्पादनमा पाथिभरा पोल्ट्र हाउसकी सञ्चालीका टीका देवी पाठक र देउराली गाइ फर् ... बाँकी अंश»

सहकारी दिवसमा हाम्राकुरा डटकमकर्मी सिग्देललाई सम्मान

२०७२ चैत २० शनिबार, स्याङ्जा। सहकारी दिवसको अवसरमा नेपाल सरकारकी सामान्य प्रशासन मन्त्री रेखा शर्माले विभिन्न सहकारी र पत्रकारहरुलाई सम्मान गरेकी छन्। सहकारीका बारेमा कमल चलाएर सुसुचित गरेको भन्दै हाम्राकुरा डटकमकर्मी श्रीकृष्ण सिग्देललाई सम्मान गरिएको हो। हाम्राकुरा डटकममा स्याङ्जाको सहकारीका बारेमा कलम चलाएको भन्दै सामान्य प्रशासन मन्त्री शर्माले स्याङ्जा सम्वाददाता सिग्देललाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेकी हुन्। प्रेस युनियन स्याङ्जाका अध्यक्ष स ... बाँकी अंश»

बूढीगण्डकी आयोजना क्षेत्रको जग्गा किनबेच बन्द, ३५ दिनभित्र जग्गा पहिचान हुने

२०७२ चैत २० शनिबार, काठमाडौँ । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले आयोजना प्रभावित धादिङ र गोरखाको जग्गा बिक्रीवितरण बन्द गर्ने भएको छ । आयोजना विकास समितिले आज सार्वजनिक सूचना प्रकाशन गरी प्रभावित क्षेत्रको जग्गाको बिक्रीवितरण बन्द गर्न र ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न स्थानीयवासीलाई आग्रह गरेको हो ।    प्रभावित क्षेत्रका जनतालाई आफ्नो जग्गाको प्रमाणसहित सम्बन्धित जिप्रकामा सम्पर्क राख्न सूचना प्रकाशन भएपछि जग्गाको कारोबार ... बाँकी अंश»

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

२०७२ चैत २० शनिबार, काठमाडौँ। पर्यटकीय क्षेत्र चन्द्रागिरिको आकर्षण र सौन्दर्यता थप चम्किँदैछ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको चन्द्रागिरि डाँडामा निमार्णाधीन केबलकारले यसको सौन्दर्यलाई बढाएको छ।   प्राकृतिक सम्पदाको सौन्दर्यमात्र नभई त्यहाँ निर्माण गरिएका आधुनिक भौतिक पूर्वाधारका संरचनाले चन्द्रागिरिको सौन्दर्यलाई थप चम्काएको हो।   काठमाडौँ फनपार्कअन्तर्गतको काठमाडौँ–चन्द्रागिरि केबलकार प्रालिले निर्माण गरिरहेको केवलकारको ९५ प्रत ... बाँकी अंश»

मध्य भोटेकोसी डेढ वर्ष टाढा

२०७२ चैत २० शनिबार, चौतारा। सिन्धुपाल्चोकमा हालसम्मकै ठूलो मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ठप्प भएको काम ११ महिनापछि पुनः सुरु भएको छ।   गत वैशाख १२ गतेको भूकम्प, त्यसपछिका परकम्प तथा भारतको अघोषित नाकाबन्दीले ठप्प भएको काम चिनियाँ ठेकेदार अयोजनास्थलमा फर्केपछि काम सुरु भएको हो। एक सय दुई मेगावाटको उक्त आयोजना सन् २०१३ मा सुरु भई सन् २०१७ को जुनमा सम्पन्न गरिने लक्ष्य रहेकामा जुरे पहिरो, भूकम्प र नाकाबन्दीले गर्दा ११ महिना काम रोकिएको हुँदा डेढ वर्षपछि धकेलि ... बाँकी अंश»

काबेली ‘बि वान’ ‘काबेली करिडोर’को पूर्णतालाई पर्खंदै

२०७२ चैत २० शनिबार, पाँचथर। तराईमा चलेको आन्दोलन र भारतीय नाकाबन्दीको समेत पर्वाह नगरी आयोजना निर्माणलाई तीव्र पारेको काबेली ‘बि वान’ जलविद्युत् आयोजनाले यति बेला ‘काबेली करिडोर’को पूर्णतालाई पर्खिरहेको छ।   निर्माणाधीनमध्ये मेची अञ्चलकै ठूलो जलविद्युत् आयोजनाका रुपमा रहेको सो आयोजनाले करिडोरको पूर्णतापछि मात्र विद्युत् उत्पादन सुरु गर्ने रणनीतिअनुसार निर्माण अघि बढाएको हो। अरुण कोलबी पावर लिमिटेडले निर्माण गर्दै गरेको २५ मेगावाटको काबेली ‘बि व ... बाँकी अंश»

आइएमई समुहको कार्यशाला इलाममा सम्पन्न

२०७२ चैत १९ शुक्रबार, काठमाडौ । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई लिमिटेड, आईएमई को–अपरेटिभ्स सर्भिस लिमिटेड र आइएमई अटोमोटिभ्सको संयुक्त आयोजनामा ‘ रेमिटेन्समा सहकारीको भूमिका’ विषयक एकदिवसीय कार्यशाला गोष्ठी इलाममा सम्पन्न भएको छ  । गोष्ठीमा सहकारी विभागका रजिष्ट्रार काशीनाथ मरासिनीको, उप–रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, केन्द्रीय चिया सहकारी संघका  अध्यक्ष, डिभिजन सहकारी कार्यालय झापा र इलामका ... बाँकी अंश»

'वार्षिक दस करोडको फूल आयात हुनु लाजमर्दो'

२०७२ चैत १९ शुक्रबार, काठमाडौँ। झट्ट सोच्दा १० करोड रुपैयाँ केही होइन भनिएला ! तर कृषि प्रधानमुलुकले अझै १० करोड मूल्य बराबरको फूल आयात गर्छ भन्नुचाहिँ लाजमर्दो विषय हो।   दीपावली र प्रेमदिवस (भ्यालेन्टाइन डे) का दिन प्रायः फूलको अभाव हुने गर्छ। त्यसो त शीर्ष व्यक्तित्वको मरणमा काठमाडौँमा फूलको हाहाकार नभएको पनि होइन। यसअघि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पार्थिव शरीरमा फूल चढाउन नपाउँदा मानिस दुःखी भएका थिए। र, त्यो समय काठमाडौँमा फूलको हाहाकार थियो। ... बाँकी अंश»

नारायणी डेभलपमेन्ट बैंकका फरार अध्यक्ष द्वा राष्ट्र बैंकको कार्यक्रमबाटै पक्राउ

२०७२ चैत १८ बिहिबार, काठमाडौँ। नेपाल राष्ट्र बैंक, प्रोब्लम बैंक रिजोलुसन डिभिजनले दोषी ठहर गरेपछि फरार रहेका व्यक्ति सोही डिभिजनले आज आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि त्यहाँ सहभागीबीच कानेखुसी चल्यो । डिभिजनले आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयक एकदिवसीय गोष्ठीमा भाग लिन पुगेका नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष उत्तमप्रसाद द्वाविरुद्ध बैंकिङ कसुर गरेको भन्दै महाशाखाले २०७१ माघ १५ गते जाहेरी दिएको थियो ।    अध ... बाँकी अंश»

शराब, शबाब र कबाबका शौखिन, कपडा तस्करीका ‘राजा’, यिनै हुन् निरज चाचान !

२०७२ चैत १८ बिहिबार, वीरगंज । नेपालको कपडा तस्करहरु मध्ये सबै भन्दा बढी र छिटो छरितो पैसा कमाएर ‘कपडा किङ्ग’को रुपमा निरज चाचान ले आफनो पहिचान स्थापित गर्न सफल भएका छन्। वीरगंजको मेनरोडमा शिवम इम्पोरियम नामक कपडा पसल संचालन गरेका निरज चाचानको सामान सोझै भारतको सुरतबाट आएर रक्सौलको गोदाममा राखिन्छ। रक्सौल गोदामबाट वीरगंज ल्याउन यिनले तीन सय पोके तस्करहरुलाई खटाएका छन् । यी पोके तस्करहरु विहान झिसमिसे उज्यालो नहुँदै बेलुकी रात परुन्जेलसम्म रक्सौलबाट माल ओसारेर न ... बाँकी अंश»

सांसद गगन थापा क्षेत्रको विकासे कामबारे बुझ्दै टोल टोलमा

२०७२ चैत १८ बिहिबार, काठमाडौं। कांग्रेस नेता गगन थापाले काठमाडौं महानगरपालिका-७ कुमारीगालमा भइरहेको सडक विस्तार र निर्माण कार्यबारे स्थानीय तथा सरोकारवालासंग भेटघाट गरेका छन्। भेटका क्रममा नेता थापाले सरकारी योजनामा नपरेको बाटो विस्तार गर्दा स्थानीयको मर्का र क्षति न्यून गर्न भनेका छन्। स्थानीयले समेत काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सोही आग्रह गरेका छन्। स्थानिय र सरोकारवालाबीचको आपसी समझदारी जुटाइदिन थापा कुमारीगाल पुगेका हुन्।    सो क्रममा थापाल ... बाँकी अंश»

आईएमई- क्योदाईको ३ महिने सेवाग्राही योजना, हरेक हप्ता एक जना विजेतालाई जापान

२०७२ चैत १८ बिहिबार, काठमाडौ। आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि ३ महिने योजना ल्याएको छ । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान – नेपालका लागि रोउन्ड ट्रिप टिकेट जित्न सक्नुहुनेछ । उक्त टिकेट विजेता घोषणा गरिएको मितीबाट एक वर्ष सम्मका लागि मान्य हुने छ । विजेताहरुको छनौट साप्ताहिक रुपमा सफ्टवेर ... बाँकी अंश»

असिनाबाट कास्कीमा ७० प्रतिशत सुन्तला खेती नस्ट

२०७२ चैत १८ बिहिबार, पोखरा। बुधबार कास्कीमा परेको असिनापानीका कारण सुन्तला खेतीमा रु एक करोडभन्दा बढीको क्षति पुगेको छ।   जिल्लाका कृष्तिनाच्ने चौर, निर्मलपोखरी, भरतपोखरी र पुम्दीभुम्दीलगायत स्थानमा सुन्तलाको फूल र चिचिला पूर्णरुपमा झरेको छ। सुन्तला उत्पादक सङ्घका उपाध्यक्ष उमानाथ सुवेदीका अनुसार असिनापानीबाट कृष्तिनाच्ने चौरमा ७० प्रतिशत, निर्मलपोखरीमा ५५, भरतपोखरीमा ४० र पुम्दीभुम्दीमा ३५ प्रतिशत क्षति पुगेको छ।   असिनापानीबाट सुन्तलाका साथै तरकारी ... बाँकी अंश»

पोखरामा उद्यमशील कार्यक्रम शुरु; रामेश्वर थापा पहिलो अतिथि

२०७२ चैत १८ बिहिबार, पोखरा । उद्यमशीलता जगाउने हेतु राखेर होटल स्नोल्यान्डले ‘उद्यमशील कार्यक्रम शृंखला’ सुरु गरेको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम हरेक अंग्रेजी महिनाको अन्तिम दिन साँझ ४ बजे पोखरा—६ लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै सेमिनार कक्षमा हुनेछ । ‘संघर्षले रोलमोडल बनेका उद्यमीको सफलताको कथा र उत्प्रेरणादायी मन्तव्य कार्यक्रमको मुख्य विशेषता हो,’ होटलका अध्यक्ष गणेशबहादुर थापाले भने, &lsquo ... बाँकी अंश»

नामार्जुन जलविद्युत् आयोजनामा छवटा बैंकले लगानी गर्ने

२०७२ चैत १६ मंगलबार, काठमाडौँ । हिमालय हाइड्रोपावरले निर्माण गर्न लागेको नामार्जुन जलविद्युत् आयोजनामा जनता बैंकको अगुवाइमा विभिन्न छ वटा बैंकले लगानी गर्ने भएका छन् । कास्कीको नामार्जुन गाविसमा आयोजना स्थल रहेको सो आयोजनामा नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, कैलास विकास बैंक, विभोर विकास बैंक, त्रिवेणी विकास बैंक र काष्ठमण्डप बैंकले संयुक्तरुपमा लगानी गर्ने भएका छन् ।    लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर भएको प्रमुख कार्यकारी अ ... बाँकी अंश»

बूढीगण्डकी जलबिद्युत् आयोजनाः काम थोरै, हल्ला धेरै

२०७२ चैत १६ मंगलबार, दर्वुङ्ग (गोरखा)। गोरखा र धादिङको सीमा भइ बगिरहेको बूढीगण्डकी नदीमा जलाशययुक्त बाँध बनाएर एक हजार २ सय मेगावाट बिद्युत् उत्पादन गर्ने तयारी भएपनि आयोजना क्षेत्रमा तीव्ररुपमा काम अघिबढेको छैन।   सो आयोजना कुन मोडल विकास समिति कि कम्पनी अनुसार बनाउने टुङ्गो लागेको छैन। यद्यपी आयोजनाले प्रभावित बनाउने जिल्लाका १४ गाविस र धादिङका १३ गाविसमा जग्गा किनबेच कारोबार भने बढेको छ। बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले शेयर, मुआब्जा र रोजगारी पाइन ... बाँकी अंश»

नेपालमै पहिलो पटक उखु खेतीमा ‘चिप कटर’ प्रविधि भित्रियो

२०७२ चैत १५ सोमबार, कञ्चनपुर। नेपालमै पहिलो पटक उखु खेतीको बेर्ना तयार गर्नका लागि कञ्चनपुरको देखतभूली–६ तिलकीका कृषकले ‘चिप कटर’ प्रविधि भित्र्याएका छन् ।   प्रविधिअन्तर्गत उखुको आख्ला मेसिनको सहायताले काटी ग्रिनहाउसमा पोलिमर ब्यागमा राखी बेर्ना तयार गर्ने कार्य यहाँका कृषकले गरेका छन् ।   ग्रिनहाउसमा पोलिमर ब्यागमा राखिएका आख्लाबाट १० हजार उखुका बेर्ना तयार गरिएको इटाहा विपद् व्यवस्थापन समितिका सचिव मङ्गलप्रसाद चौधरीले बताए।   परम्परागत प् ... बाँकी अंश»

कृषि तथा जलस्रोत समितिले सरकारलाई केके दियो निर्देशन?

२०७२ चैत १४ आइतबार, काठमाडौं। व्यवस्थापिका–संसद अन्तर्गतको कृषि तथा जलस्रोत समितिले सरकारका विभिन्न निकायलाई ५ बुँदे निर्देशन दिएको छ। समितिमा सभापति गगन कुमार थापाको अध्यक्षतामा २०७२ साल चैत्र १४ गते बसेको वैठकले दिएका निर्देशन र निर्णयहरु यस प्रकार छ।    १.कृषि विकास मन्त्रालयका विभिन्न निकायबाट प्रदान गरिने अनुदानलाई पारदर्शी,प्रभावकारी र व्यवस्थित बनाउने सन्दर्भमा अनुदानसँग सम्बन्धित सम्पुर्ण जानकारी Website मा राख्न, नियमितरुपमा अपडेट गर्न,प्रत्येक व ... बाँकी अंश»

खिम्ती– ढल्केबर प्रसारण लाइनः दश वर्ष बित्दा पनि समस्या उस्तै

२०७२ चैत १४ आइतबार, काठमाडौँ। सात वर्षभन्दा अगाडि नै सम्पन्न भएर सञ्चालनमा आइसक्नुपर्ने खिम्ती ढल्केबर प्रसारण लाइन निर्माणमा उत्पन्न अवरोध हालसम्म समाधान हुन नसक्दा समस्या यथावत् छ।   उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध तत्काल हटाउन र निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको दुई महिना पूरा भइसकेको छ। तर समस्या समाधान गर्नेतर्फ हालसम्म ठोस प्रयास हुन सकेको छैन।   खिम्ती ढल्केबर प्रसारण लाइन ... बाँकी अंश»

नयाँ