अर्थ

१० हजारले बढेको सुन तोलामा चार सयले घट्यो

२०७७ असार ९ मंगलबार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला तेजाबी सुनको मूल्य रु ९० हजार १६० कायम भएको छ भने सोही परिमाणको चाँदी रु ९४० मा खरिदबिक्री भइरहेको छ । ... बाँकी अंश»

खर्च गर्न बाँकी रकम कोरोनामा लगाउन निर्देशन

२०७७ असार ९ मंगलबार, उनका अनुसार कार्यक्रमको कुनै आयोजनामा खर्च नभई बचत रहेको रकम स्थानीय तहमा रहेको कोभिड–१९ को व्यवस्थापनको लागि खोलिएको खातामा राखी कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि खर्च गर्ने छन् । ... बाँकी अंश»

सरकारीले योजना अनुसार मल खरिद नगर्दा बर्खेबालीको लागि मलको चरम अभाव

२०७७ असार ९ मंगलबार, काठमाडौं। सरकारको आफ्नै योजना अनुसार रसायनिक मल (युरिया, डीएपी र पोटास) आपूर्ति गर्न नसक्दा यस वर्ष बर्खेबालीलाई मलको चरम अभाव हुने देखिएको छ। ४ लाख ४८ हजार मेट्रिक टन रसायनिक मल आयात गरेर किसानलाई वितरण गर्ने सरकारी योजना भएपनि योजना अनुसार मलको आपूर्ति गर्न नसक्दा किसान चर्को मारमा पर्ने भएका हुन् । यससँगै कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिमा आकर्षित गर्ने आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारी योजनामा पनि धक्का लाग्ने भएको छ। ... बाँकी अंश»

काठ तस्करी आरोपमा प्रहरी निरीक्षक र वन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

२०७७ असार ९ मंगलबार, जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकामा रहेको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउदविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । ... बाँकी अंश»

सेती नदी जलविद्युत् आयोजनाको निर्माण व्यवस्थापन हाइड्रो कन्सल्टले गर्ने   

२०७७ असार ९ मंगलबार, सेती नदी जलविद्युत् आयोजनाको परामर्श सेवा तथा निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इञ्जिनियरिङले गर्ने भएको छ ।  ... बाँकी अंश»

सोमबार कहाँकहाँ भए चार्टर्ड उडान ?

२०७७ असार ८ सोमबार, जजीरा एयरले कुवेतबाट १६०, एयर अरेबियाले सारजहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ । हिमालयले चीनको कुम्लिंमा दुई कार्गो उडान गरेको छ । ... बाँकी अंश»

असार लागेसँगै बजेट निकासाको चटारो, शनिबार पनि निकासा

२०७७ असार ८ सोमबार, काठमाडौं। चालु आर्थिक वर्ष २०७६/०७७ को अन्तिम महिना असार सुरु भएसँगै सरकारले बजेट निकासालाई तिब्रता दिएको छ। चालु आर्थिक वर्षको अन्तिम महिना असार सुरु भएसँगै शनिबार पनि बजेट निकासा गरेर सरकारले खर्चको गति बढाएको हो। गत जेठ मसान्तसम्म कुल ८ खर्ब ७६ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ निकासा गरेको सरकारले आइतबारसम्म ९ अर्ब ६२ करोड ३ लाख रुपैयाँ निकासा गरेको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तयता पछिल्लो एक हप्तामा दैनिक ३ अर्ब बढीका दरले २४ अर्ब १६ लाख रुपैयाँ निकासा गरिएको छ। ... बाँकी अंश»

कोरोना उपचार कोषमा दुई अर्ब ३४ करोड

२०७७ असार ८ सोमबार, सरकारको प्रणालीबाट विनियोजिन र केन्द्रीय बजेट प्रणाली, प्रदेश सरकार र स्थानीय तहको समग्र लेखाको अद्यावधिक खर्चको विवरण भने केही दिनमा समितिसमक्ष प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो । सरकारले मुलुकका १७६ स्थानीय तहलाई रु १३ करोड २२ लाख ५६ हजार तथा भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई रु दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ । ... बाँकी अंश»

‘अर्को महिना देखि अनलाइनबाट पनि कक्षा चलाउन सकिँदैन’ : निजी बिद्यालय

२०७७ असार ८ सोमबार, काठमाडौं। निजी विद्यालय सञ्चालनमै नरहेका बेलाको सुल्क तिर्न विद्यालय सञ्चालकले अपिल गरेपछि सरोकारवालाहरुले निजी विद्यालयलाई मर्ज गरिनुपर्ने बताएका छन्। निजी विद्यालयहरुका छाता संगठन प्याब्सन र एनप्याब्सनले आइतबार संयुक्त अपिल गर्दै चैतयता लकडाउनका कारण पढाइ हुन नसकेको बेलाको सुल्क तिर्न अभिभावकलाई आग्रह गरेका थिए । प्याब्सन र एनप्याब्सनले विद्यालयका कर्मचारी तथा शिक्षकलाई तलब खुवाउन, घर भाडा तिर्न र बैंकको लोन तिर्न समस्या भएको भन्दै विद्यार्थीका अभिभावकलाई चैतयताको सुल्क तिर्न आग्रह गरेका थिए। ... बाँकी अंश»

‘बजेटसक्न असारे विकास हुन छाडेन’

२०७७ असार ८ सोमबार, समितिका सदस्य गौरीशंकर चौधरीले पहिले पैदलयात्रु मार्ग र ढल बनाएर पछि सडक बनाउनुपर्नेमा त्यसको ठीक विपरित भइरहेको तर्फ सरकारको ध्यान जावोस भने । उनले भने, “समन्वयको अभावमा पहिले सडक चिल्लो बनाउने पछि भत्काउने भइरहेको देखिएको छ ।” ... बाँकी अंश»

‘कृषि क्षेत्रका लागि मात्रै ५० अर्बको पुनर्कर्जाको व्यवस्था हुनुपर्छ’

२०७७ असार ८ सोमबार, काठमाडौं। आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रका लागि मात्रै ५० अर्बको पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्। आगामी मौद्रिक नीतिमा कृषि क्षेत्र विषय नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अन्तरक्रियामा गोल्यान गु्रपका अध्यक्ष पवन गोल्यानले कृषि क्षेत्रका लागि मात्रै ५० अर्बको पुनर्ककर्जाको व्यवस्था हुनुपर्ने बताए। ... बाँकी अंश»

सिजी बाण्डका सामानमा एकलाख पचासहजार सम्मको कोभिड बिमा योजना

२०७७ असार ८ सोमबार, काठमाडौं। सिजी ब्राण्डले सबै ग्राहकवर्गहरुमा कोरोना भाइरससंग सम्बन्धित सिजी लिड टेलिभिजन तथा घरायसी इलेन्ट्रिक सामानहरुको “बिमा योजना” ल्याएको जनाएको छ। यस योजना अन्र्तगत ग्राहकहरुले टेलिभिजन तथा घरायसी इलेन्ट्रिक सामानहरुको खरिदमा एकलाख पचासहजार सम्मको सुरक्षा पाउनेछन्। यो योजना सबै स्टोर तथा अनलाइनहरुमा आगामी ३१ चैत्र, २०७७ सम्म लागू हुने जनाइएको छ। ... बाँकी अंश»

माथिल्लो तामाकोशी : जटिल काम सकिँदै

२०७७ असार ८ सोमबार, काठमाडौं। सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ। आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेका अनुसार कूल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२.५ मिटर मात्रै बाँकी छ। गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो। वर्षदिनमा जटिल काम सम्पन्न हुन लागेको हो। ... बाँकी अंश»

दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति

२०७७ असार ७ आइतबार, काठमाडौं। नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ। ... बाँकी अंश»

कनेण्ट आईपिएसबाट गरिने भुक्तानीको सिमा हटाउँन सुझाब

२०७७ असार ७ आइतबार, काठमाडौं। सेयर बजारमा अनलाईन कारोबार गर्दा कनेण्ट आईपिएसबाट गरिने भुक्तानीको सिमा हटाईनु पर्ने सुझाव दिएका छन्। आईतबार आगामी मौद्रिक नीतिमा पूँजी बजारका समावेश हुनुपर्ने बिषय आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको वेबिनारमा सहभागी लगानीकर्ताहरुले यस्तो सुझाव दिएका हुन्। त्यस्तै, मार्जिन कर्जाको सिमालाई ८० प्रतिशत राख्नुपर्ने पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताईन्। कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले शेयर कर्जामा असुल्दै आईएको चर्को ब्याजलाई पनि घटाउनुपर्नै माग गरेकी छिन्। “लगानीकर्ताको मागलाई बोर्डले अनिवार्य रुपमा पुरा गर्नुपर्छ,” उनले भनीन्। ... बाँकी अंश»

लक्ष्मी बैंकले दोहा बैंकबाट २ अरब ४१ करोड बराबर ऋण प्राप्त

२०७७ असार ७ आइतबार, काठमाडौं। लक्ष्मी बैंकले दोहा बैंकबाट २० मिलियन अमेरिकी डलर बराबरको २ अर्ब ४१ करोड ऋण प्राप्त गरेको छ। लक्ष्मी बैंकले दोहा बैंक दुबईबाट ३ वर्षका लागि २० मिलियन अमेरिकी डलर बराबरको बैदेशिक मुद्रामा ऋण प्राप्त गरेको हो। ... बाँकी अंश»

आइएमएस ग्रुपले अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’ नेपाल भित्रायो

२०७७ असार ७ आइतबार, काठमाडौं। बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिमबेबी आइएमएस ग्रुपले नेपाल भित्राएको छ। यी सामानहरु असार ३ गते बिक्रीबितरण सुरु गरेको छ । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीमबेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध  भएको जनाएको छ। ... बाँकी अंश»

तराईमा स्याउ फलाए रमेशले

२०७७ असार ७ आइतबार, रुपन्देही । तराईमा स्याउ फल्यो भन्ने कुरा सुन्दा जो कोहीलाई अचम्म र अपत्यारिलो लाग्न सक्छ । हिमाली क्षेत्र जहाँ चिसो ठाउँमा मात्रै हुने स्याउ प्रचण्ड गर्मी ठाउँमा फल्दा अचम्म लाग्नु स्वभाविकै हो । तर रुपन्देहीका एक नर्सरी किसानले स्याउ फलाउन सफल भएका छन् । ... बाँकी अंश»

एकै दिन १६ उडान

२०७७ असार ७ आइतबार, अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्पm नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो । ... बाँकी अंश»

बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकको नगद तथा खाद्यान्न सहयोग

२०७७ असार ६ शनिबार, काठमाडौं। देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण लगायत बिषयमा शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रमलाई सनराइज बैंकले सहयोग गरेको छ।  ... बाँकी अंश»

नयाँ