अर्थ

क्रिकेटको टिकटमा इ–सेवा किन ? ‘कसलाई कति फाइदा हुन्छ ?’

२०७३ बैशाख २ बिहिबार, काठमाडौं । नेपालमा वैैशाख ४ र ६ गते हुने ‘आइसीसी विश्व क्रिकेट लिग डिभिजन’ले उत्साहजनक माहोल सिर्जना गरेको छ । विविध कठिनाई तथा शंका उपशंकाबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालमै प्रतियोगिता आयोजना गर्नु मुलुककै लागि गौरवको विषय मात्र नभई राष्ट्रिय आम चाँसोको विषय हो ।    क्रिकेट समर्थक मात्र नभई आम नागरिकको यसमा उत्साह र चासो छ । नेपाल र नामिवियाबीच दुईवटा श्रृङ्खलामा हुन लागिरहेको सो प्रतियोगितामा परम्परागत टिकट प्रणा ... बाँकी अंश»

विसं २०७२ : भूकम्प र नाकाबन्दीको चपेटामा ऊर्जा क्षेत्र

२०७३ बैशाख २ बिहिबार, काठमाडौँ । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा सङ्कटकालसम्बन्धी अवधारणा अगाडि सारे पनि गत वर्ष मुलुकको ऊर्जा क्षेत्रमा अन्य सकारात्मक गतिविधि भने अगाडि बढ्न सकेनन् । भारतको नाकाबन्दीपछि मुलुकमा विद्युत् उत्पादनलाई नै विशेष जोड दिनुपर्ने आवाज उठे पनि सैद्धान्तिक कार्यक्रमभन्दा अरु कार्यक्रम आउन सकेन । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि एक वर्षभित्र विद्युत्भार कटौती मुक्त गर्ने योजना सार्वजन ... बाँकी अंश»

प्रधानमन्त्री ओलीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

२०७३ बैशाख १ बुधबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् । पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ । चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर् ... बाँकी अंश»

इन्भेष्टमेन्ट बैंकको सेयर बाँडफाँड

२०७२ चैत ३० मंगलबार, काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट बैंकले साना लगानीकर्तालाई न्यूनतम दश कित्ता सेयर प्रदान गरेको छ ।    बैंकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरेर एफपिओ सेयरमा लगानीकर्तालाई माग गरिएको सङ्ख्याको ३२.५ प्रतिशत र ठूला लगानीकर्तालाई ८.५ प्रतिशतका दरले बाँडफाँड गरिएको जानकारी दिएको हो ।    नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ अर्ब चुक्ता पुँजी पुर्‍याउन गरेको निर्देशनअनुसार बैंकले साधारण लगानीकर्तालाई एफपिओमार्फत लगा ... बाँकी अंश»

‘एक वर्ष भित्र आधारभूत बस्तुमा नेपाल आत्मनिर्भर बन्छ’

२०७२ चैत ३० मंगलबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको एक वर्ष भित्र मुलुक आधारभूत विषयमा आत्मनिर्भर बन्ने दाबी गरेका छन्। सिंहदरबार स्थित आफ्नै कार्यालयमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आधारभूत खाद्यबस्तु, आधारभूत, औषधी तथा उर्जा क्षेत्रमा एकवर्षभित्र मुलुक आत्मनिर्भर बन्ने दाबी गरेका हुन्। मुलुक आधारभूत विषयमा समेत आत्मनिर्भर बन्न नसक्दा एशियाली रंगमञ्च तथा विश्वकै रंगमञ्चमा समेत उच्च रहेको स्वाभिमान माथि छिमेकी समेतले धाव ... बाँकी अंश»

के छ अडिट समेत गर्न नमिल्ने कर फर्छ्यौट आयोगको प्रतिवेदनमा?

२०७२ चैत ३० मंगलबार, काठमाडौं। सामान्यतया सरकारी कार्यालयका गतिविधिहरू आम जनताको लागि स्पष्टसँग सार्वजनिक गर्नु पर्ने हो। कतिपय राष्ट्रिय सुरक्षाका विषय र संविधानले निर्देशित गरेका केही विषय बाहेक अन्य गतिविधिको बारेमा स्पष्ट जानकारी दिनुपर्ने भएपनि सरकारले अघिल्लो आर्थिक वर्षमा गठन गरेको कर फर्छ्यौट आयोगले भने महालेखा परीक्षकलाई गोपनियताको सवाल भन्दै अडिट गर्न दिएन। अर्थमन्त्रालयले सो आयोगको प्रतिवेदनको अडिट गर्न सूचना उपलब्ध नगराएको कुरा स्पष्टसँग आफ्नो ... बाँकी अंश»

गार्मेन्टलाई अमेरिका निर्यातमा भन्सार छुट गराउन सरकारले पहल गर्छ: प्रधानमन्त्री ओली

२०७२ चैत ३० मंगलबार, काठमाण्डौ । प्रधानमन्त्री के.पी.शर्मा ओलीले गार्मेन्टलाई अमेरिका निर्यातका लागि  भन्सार छुट गराउन सरकारले पहल गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ६५ औं बार्षिक साधारणसभाको आज राजधानीमा  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गार्मेन्टको उत्पादन बढाउन व्यावसयीहरुलाई आग्रह गरे ।‘अमेरीकाले ६६ वटा बस्तुमा कोटा छुट गरिदिएको छ । त्यसमा गार्मेन्ट परेनछ’ प्रधानमन्त्री ओलीले भने ‘तपांइहरु गार्मेन्टको उत्पादन बढाउनुहोस भन्सार छुटको पहल सर ... बाँकी अंश»

ढोरपाटनमा नाउरको गणना गरिने

२०७२ चैत ३० मंगलबार, बागलुङ ।ढोरपाटन सिकार आरक्षमा यो वर्ष नाउरको सङ्ख्या गणना गरिने भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका अनुसार आरक्षभित्र रहेका नाउरको गणना आगामी जेठभित्र हुनेछ । कार्यालयले प्रत्येक पाँच वर्षको अन्तरालमा नाउरको सङ्ख्या गणना गर्ने गरेको छ । स्थानीय जनताको सहयोगमा कार्यालयका कर्मचारी खटाएर नाउरको गणना गरिने कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए  ।    ‘यो वर्ष नाउर गणना नगरे अर्को वर्षदेखि सिकारका लागि अनुमति रोकिन्छ, जेठभ ... बाँकी अंश»

स्याङ्जाका महिला बाख्रापालनमा सक्रिय

२०७२ चैत ३० मंगलबार, स्याङ्जा। पश्चिम स्याङ्जाको सेखाम गाविसकी रुपा मानन्धरले सामान्य रुपले बाख्रा पालन गर्दै आएकी थिइन्। उनलाई बाख्रा सम्वन्धी केही ज्ञान थिएन। महिला तथा वालवालिका कार्यालय स्याङ्जाले ७ दिने बाख्रापालन तालिम उपलव्ध गराउदा मानन्धर पनि तालिममा सहभागि हुने अवसर पाईन्। ७ दिन सम्म घर छाडेर तालिममा सहभागि भएकी मानन्धरले अहिले सम्म बाख्रा पालनमा हामीले केही पनि ध्यान पुर्‍याएका रहेनछौ भन्ने तालिमबाट थाहा पाइन्। बाख्रामा लाग्ने रोग र त्यसको निधान कसरी ... बाँकी अंश»

भूकम्प पीडितले विना धितो कर्जा नपाउने

२०७२ चैत ३० मंगलबार, काठमाडौं। के तपाई विनाधितो बैकहरूबाट कर्जा लिएर भूकम्पबाट क्षतिग्रस्त घर निर्माण गर्ने योजना बनाउनु भएको छ । यदि छ भने भूकम्पपीडितले पाउने भनिएको विना धितो तीन लाखसम्मको ऋणको भर परेर आफ्नो घर बनाउने काम रोक्नु भन्दा आफैंले पैसाको जोहो गर्नु उपयुक्त होला । बैक तथा वित्तिय संस्थाहरूले विनाधितो कर्जाको सम्भावना नै नरहेको स्पष्ट पर्दै ऋणको लागि धितो अनिवार्य हुनुपर्ने स्पष्ट बताएका छन्   भूकम्प पछिको पुनर्निर्माणको लागि चालू आर्थिक वर्षको बजे ... बाँकी अंश»

चर्चित आर्थिक अपराधका ७२ सालको कुण्डली

२०७२ चैत ३० मंगलबार, काठमाडौं । नेपालमा लामो समयदेखि संगठित रूपमा आर्थिक अपराधमा संलग्न रहेकाहरूमध्ये यो वर्ष केही प्रहरीको फन्दामा परेका छन् । आर्थिक वर्ष सुरू हुनुभन्दा एक महिना अगाडि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंका प्रमुख बनेर भित्रिएका सर्वेन्द्रको छोटो समयमा नै गरिएका कतिपय कदमहरू एउटा दूरगामी महत्व राख्ने खालका थिए भने सो कदमबाट लामो समयदेखि संगठीत रूपमा अपराधमा संलग्न रहेकाहरूकोलागि यो वर्ष त्यति सुखद् रहेन भने त्यस्ता व्यक्ति तथा समुहहरूबाट पी ... बाँकी अंश»

एनसेल बिक्रीको पैसा लग्यो टेलियासोनेराले

२०७२ चैत ३० मंगलबार, काठमाडौं। नेपालको कर्पोरेट इतिहासको सबैभन्दा ठूलो कारोबार एनसेल बिक्री गरि टेलियासोनेराले लगानी फिर्ता लगेको छ। स्वीडिस कम्पनी टेलिया सोनेराले लगानी फिर्ता गर्ने प्रक्रियाले पूर्णता प्राप्त गरेको जनाएसँगै उसले औपचारीक रुपमै लगानी फिर्ता लगेको घोषणा गरेको हो।   टेलियासोनेराको बेवसाइटमा राखिएको जानकारीअनुसार मलेसियाली कम्पनी एक्जिटियालाई विक्री गरेपछि शुरु भएको लगानी फिर्ता लिने प्रक्रिया सोमबार पूरा भएको जनाएको हो। टेलियासोनेराले ए ... बाँकी अंश»

सम्पत्ति शुद्धीकरण र महानगरीय अपराध महाशाखाबीच महत्वपूर्ण सम्झौता

२०७२ चैत २९ सोमबार, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभाग र महानगरीय अपराध महाशाखाबीच सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारणका लागि सझ्दारी भएको छ । ती दुई निकायबीच भएको समझ्दारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुग्ने विश्वास गरिएको छ ।    सम्पत्ति शुद्धीकरण विभाग सक्रिय हुन नसकेपछि अवैध रुपमा आर्जित सम्पत्ति वैध व्यवसायमा लगाउने र आतंकवादी गतिविधिबाट वित्तिय ल ... बाँकी अंश»

गच्छदार र थापा बेरुजु फर्छयौट नगर्नेको अग्रपङतिमा

२०७२ चैत २९ सोमबार, काठमाडौँ। महालेखा परीक्षकको कार्यालयले सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिल्ला विकास समितिले सार्वजनिक वित्तीय व्यवहारमा जिम्मेवारी र जवाफदेहीपन नदेखिएको औँल्याएको छ।   उक्त कार्यालयले आज राष्ट्रपतिसमक्ष पेस गरेको आर्थिक वर्ष ०७१-७२ को आर्थिक कारोबारको लेखापरीक्षण प्रतिवेदनमा रु तीन खर्ब २८ अर्ब ५२ करोड कारबाही गरी टुङ्गो लगाउनुपर्ने देखाइएको छ।   गत वर्षको तुलनामा टुङ्गो लगा ... बाँकी अंश»

आगामी पुसदेखि बाहिरी चक्रपथको काम स्थलगत रुपमै सुरु हुने

२०७२ चैत २८ आइतबार, काठमाडौँ । चालु आवभित्रमा उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अध्ययन सकेर आगामी आवको मध्यबाट स्थलगत रुपमै काम सुरु हुने भएको छ । अव्यवस्थित रुपमा बढेको उपत्यकाको बस्तीलाई व्यवस्थित बनाउन सरकारले विसं २०६२ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो । ७२ किमीको चक्रपथ काठमाडौँमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किमी बनाइने गरी प्राविधिक नाप जाँच गरिएको बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख रमामैयाँ मानन्धरले राससलाई जान ... बाँकी अंश»

सरकारको असक्षमताले यो वर्ष २५ प्रतिशतले व्यापार गुम्यो

२०७२ चैत २८ आइतबार, काठमाडौ। २०७२को सुरूवातदेखि नै व्यापार प्रतिकूल वातावरणले यो वर्ष कूल व्यापारको २५ प्रतिशत पहिलो आठ महिनामा गुम्न पुगेको छ। अघिल्लो वर्ष सधैं भरी व्यापारको बृद्धिदर बढ्दै जाने गरेको भएपनि यो वर्ष प्रतिकूल वातावरण र असक्षम सरकारका कारणले कूल व्यापारको २५ प्रतिशत व्यापारमा कमि आएको सरकारी तथ्याङ्कले देखाएको छ। जसका कारण बैदेशिक व्यापारको लागि यो वर्ष अर्थात् २०७२ साल उत्साहजनक भन्दा पनि निराशा जनक बन्न पुगेको टिप्पणी गर्न सकिन्छ।   भूकम्पल ... बाँकी अंश»

बेरोजगारी अन्त्य गर्न चलखेल बजार

२०७२ चैत २८ आइतबार, काठमाडौँ। बेरोजगारी अन्त्य तथा दक्ष जनशक्ति निर्माणका लागि धार्मिक र सांस्कृतिक प्रवद्र्धनसहित चन्द्रागिरि नगरपालिकास्थित चुन्देवी, चन्नेपाटीमा चलखेल बजार सुरु भएको छ।   सो बजारले युवा विदेश पलायन रोक्ने, महिला हिंसा अन्त्य र आर्थिक विकासको लक्ष्यसहित विभिन्न १० कोठामा सो बजार सुरु भएको हो। बजारको शनिबार उद्घाटन गर्दै नगरपालिकाका कार्यकारी प्रमुख गोविन्दप्रसाद पाण्डेले आर्थिक र सामाजिक विकासमा बजारको स्थापनाले भूमिका खेल्ने विश्वास व ... बाँकी अंश»

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी

२०७२ चैत २७ शनिबार, काठमाडौँ । जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना गरिएको जलविद्युत् लगानी तथा विकास कम्पनीले हालसम्म विभिन्न ११ वटा जलविद्युत् आयोजनामा सहवित्तीयकरणका आधारमा लगानी गरेको छ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र उल्लेख्य सुधार गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको सो कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड ८० हजार लगानी गरेको छ ।    कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ३८८ मेगावाट रहेको छ । प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका ... बाँकी अंश»

पर्यटनका लागि सकसपूर्ण वर्ष २०७२

२०७२ चैत २७ शनिबार, काठमाडौँ। मुलुकको अर्थतन्त्रको मूल आधार मानिने पर्यटन क्षेत्र २०७२ का लागि सकसपूर्ण बन्यो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’ र असोजमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको पर्यटन क्षेत्र थला पर्‍यो ।      आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको दयनीय अवस्थाले समग्र व्यवसायी मात्र नभई देशलाई नै असर पुग्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै प्राक ... बाँकी अंश»

बैशाखदेखि लोडसेडिङ ३ देखि ५ घण्टामा सिमित हुने उर्जामन्त्रीको घोषणा

२०७२ चैत २७ शनिबार, काठमाडौं। उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (बैशाख) मा लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् ।    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने उद्घोष गरेका हुन् ।    उनले भने,‘उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भ ... बाँकी अंश»

नयाँ