अर्थ

कलङ्की–कोटेश्वर चक्रपथ विस्तारको समय डेढ वर्ष थप

२०७३ असार १३ सोमबार, काठमाडौँ । कलङ्की–कोटेश्वर १० किमी चक्रपथ विस्तारको अवधि एक वर्ष छ महिना २५ दिन थप गरिएको छ ।    विसं २०७३ पुसमा सम्पन्न हुनुपर्ने भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दी, बिजुली, टेलिफोनका तार एवम् खानेपानीको पाइप र कलङ्कीमा काठमाडौँ महानगरपालिकाले निर्माण गरेको आकाशेपुलको संरचना हटाउन नसक्दा निर्माण समय थप गर्नुपरेको चक्रपथ सुधार आयोजनाले जनाएको छ ।    पहिलो चरणको काम सम्पन्न गर्ने अवधि २०७५ साउनसम्मलाई थप गरिएको आयोजना प्रमुख राजे ... बाँकी अंश»

मुलुककै उत्कृष्ट सहकारी बन्ने होडमा उपकार

२०७३ असार १३ सोमबार, स्याङ्जा। पश्चिमाञ्चलमै उत्कृष्ट बन्न सफल भएको उपकार वचत तथा ऋण सहकारी मुलुककै सहकारीहरु मध्येको उत्कृष्ट बन्ने होडमा छ । सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ लागु भएपछि २०५० सालमा स्थापना गरिएको उपकार सहकारी पछिल्लो समय संस्थालाई परिमार्जित गर्दै अगाडी बढ्न थालेको छ ।    संस्थामा आवद्ध रहेका शेयर सदस्यहरुको आर्थिक उपार्जन, स्वास्थ्य सेवा, सहकारी शिक्षा लगायतका कार्यक्रमहरु अगाडी सारेर शेयर सदस्यहरुको हितकारी कामका कारण मुलुककै नमुना स ... बाँकी अंश»

गौतम बुद्ध विमानस्थलको लक्ष्यः दैनिक साठी अन्तर्राष्ट्रिय उडान

२०७३ असार १३ सोमबार, भैरहवा। सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो।   सन् २०१८ मा निर्माण सम्पन्न गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा सो विमानस्थल निर्म ... बाँकी अंश»

संघीय नेपालको कर प्रणालीः संविधानले तोकेको पद्धति विवादमुक्त बन्न सक्ला ?

२०७३ असार १३ सोमबार, काठमाडौं। प्रक्रियावद्ध ढङ्गले राजनीतिक परिवर्तनको सिँढी चढ्दै जाँदा राजनीतिक परिवर्तनले हाल विश्वमा प्रचलनमा रहेको उच्च राजनीतिक परिवर्तनको विन्दू गणतान्त्रिक शासन व्यवस्था नेपालले अँगालीसकेको छ। शान्तिप्रक्रियाको अन्तिम चरणको रूपमा रहेको संविधान निर्माण र संविधानले बोकेर आएको संघीय गणतन्त्रको बाटो नेपालले तय गरिसकेको छ भने त्यही संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा लैजानको लागि संघीयता र गणतन्त्रात्मक शासन व्यवस्थाको मुनालाई हुर्क ... बाँकी अंश»

मुगु–गमगढी सडक निर्माण कार्य सुरु भएन

२०७३ असार १३ सोमबार, जुम्ला। चालु आव ०७२-०७३ को अन्त्यसम्म पनि नाक्चेलाग्ना–मुगु–गमगढी सडक निर्माण कार्य सुरु हुन सकेन।   मैनाचुली–सिद्धि शाही अन्जना जेभीले डिभिजन सडक कार्यालय जुम्लामा माघ ७ गते दुई वर्षका लागि सडक निर्माणको सम्झौता गरेको थियो।   सम्झौता गरेको छ महिना बित्न लाग्दा पनि निर्माण कार्य सुरु नभएपछि यो वर्ष रु तीन करोड ८० लाख बजेट फ्रिज हुने अवस्थामा रहेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख नारायणदत्त भण्डारीले बताए।   हामीले यो सडक नि ... बाँकी अंश»

सोमबारदेखि ऊर्जा सचिवस्तरीय बैठक नयाँ दिल्लीमा

२०७३ असार १२ आइतबार, काठमाडौँ । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता(पिटिए)को कार्यान्वयनको अवस्था र सुधार गर्नुपर्ने प्रावधानलगायत विषयमा छलफल गर्न सोमबारदेखि नयाँ दिल्लीमा ऊर्जा सचिवस्तरीय बैठकको आयोजना गरिएको छ ।    पिटिए कार्यान्वयनमा देखिएको अवरोध हटाउने, अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा सुदृढीकरणका विषयमा समेत संयुक्त बैठकमा छलफल गर्ने कार्ययोजना रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।    ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थ ... बाँकी अंश»

उपत्यकामा स्याटेलाइट सिटी निर्माण तयारी सुरु

२०७३ असार १२ आइतबार, काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले ‘स्याटेलाइट सिटी’ निर्माणका लागि तयारी सुरु गरेको छ ।    सरकारले आगामी वर्षको बजेटमा उपत्यकामा तीनवटा स्याटेलाइट सिटी निर्माण गरिने कार्यक्रम ल्याएको थियो । एक लाख रोपनीको क्षेत्रलाई स्याटेलाइट सिटी निर्माणका लागि अध्ययन गर्न परामर्शदातालाई कामको विवरण तोक्ने गृहकार्य सुरु भएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले  जानकारी दिए।    “सिटीमा आधारभूत आवश्यकताका सबै सेवा सु ... बाँकी अंश»

काँचो सुन प्रतिवन्धमा सुनचाँदी व्यवसायीको आपत्ति

२०७३ असार १२ आइतबार, काठमाडौं। सरकारले लागू गरेको निजी गुण्टा, झिटी भारी आदेश बमोजिमको सुननचाँदी आयातमा गरिएको सुविधा कटौती प्रति नेपाल सुनचाँदी व्यवसायी महासंघले आपत्ति जनाएको छ। सरकारले तस्करी रोक्ने नाममा जनताको सुविधा कटौती गर्ने काम गरेको महासंघको आरोप छ। भन्सार तिरेरै पनि ५ सय ग्राम सुनचाँदी ल्याउँदा तस्करी बढ्छ भन्ने सरकारी निर्णय अपरिपक्व रहेको महासंघको ठहर छ। विद्यमान नियम अनुसार ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार महशुसल बुझाउन नपर्ने र ५सय ग्राम सम्म खुल ... बाँकी अंश»

कहाँ पुग्यो बजेटको सूचना चुहावटको छानविन ?

२०७३ असार १२ आइतबार, काठमाडौं। गत जेठ १५ गते सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७३-७४ को वार्षिक आय तथा व्यवको विवरण संसद्मा प्रस्तुत गरेको बजेट अगाडि नै सार्वजनिक भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसद् अवरूद्ध गर्‍यो। दुई दिनसम्म निरन्तर संसद् अवरूद्ध गरेपछि संसद्ले नौ सदस्य रहने गरी बजेटको सूचना छानविनको लागि समिति गटन गर्‍यो।    नेपाली काँग्रेसका सांसद् रमेश लेखकको नेतृत्वमा रहनेगरी नौ सदस्य रहने भनेर सभापति मात्रै तोकेको यो समिति अहिले ... बाँकी अंश»

सेयर बजार अठार अंकले वृद्धि

२०७३ असार १२ आइतबार, काठमाडौँ। सेयर बजार आज १८ अंकले वृद्धि भई एक हजार ६ सय ८४ विन्दुमा पुगेको छ। बजार खुल्ने बित्तिकै चम्किएको नेप्से २२ अंकले वृद्धि भई एक हजार ६ सय ८८ विन्दुमा पुगेको थियो। तर बजार बन्द हुनु अगाडि नेप्से पुनः घटेर एक हजार ६८४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।   आज कुल कारोबार रकम भने घटेको छ। स्टकका अनुसार कुल १३५ कम्पनीको रु एक अर्ब ६० करोड ५७ लाख ६३ हजार ५८ को करोबार भयो भने ६३ लाख ९३ हजार ५८२ कित्ता सेयर किनबेच भयो।   आज सबै ... बाँकी अंश»

'लो बिडिङ' निरुत्साहित गर्ने कानुन आयो

२०७३ असार १२ आइतबार, काठमाडौ। सार्वजनिक खरिद ऐन २०६३ लाई गत मंगलबार ब्यवस्थापिका संसदले संशोधन गर्न बनेको बिधेयक २०७२ पारित भएसगै निर्माण क्षेत्रका आमूल परिर्वतन हुने अपेक्षा लिइएको छ । लामो समय सार्वजनिक खरिद ऐन संशोधन नहुदाँ निमार्ण ब्यवसायी आफै ऐन कै कारण प्रताडित भएको भन्दै संशोधनको आवाज उठाउदै आएका थिए । राष्ट्रिय स्तरको बोलपत्रको माध्यमबाट हुने निर्माण कार्यको खरिदमा घरेलु निर्माण कम्पनीलाई प्राथमिक्ता दिन सकिने ब्यवस्था समेत गरिएको छ । सार्वजनिक खरिद ऐनला ... बाँकी अंश»

बूढीगण्डकी प्रभावितले अस्थायी आवास बनाउन पाउने

२०७३ असार ११ शनिबार, काठमाडौँ। बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने धादिङ र गोरखाका भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु दुई लाख पाउने भएका छन् ।    आयोजना प्रभावित क्षेत्रका भूकम्पपीडितले घर तथा आवास निर्माण गर्ने कि नगर्ने भन्ने अन्योल छाइरहेका बेला राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शुक्रबार राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । आयोजना प्रभावित क्षेत्रका जनतामा प्रस्ट निर्णय हुन नसक्दा आफूहरुको थातथलो कहाँ रहने ह ... बाँकी अंश»

राष्ट्र बैंकले आइतबार १० अर्बको ऋणपत्र जारी गर्दै

२०७३ असार ११ शनिबार, काठमाडौँ । नेपाल राष्ट्रबैंकले भोलि अर्थात् आईतबार १० अर्बको ऋणपत्र जारी गर्ने भएको छ । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि राष्ट्र बैंकले सो परिणाममा राष्ट्र बैंक ऋणपत्र जारी गर्न लागेको हो ।    आइतबार अहराह्न ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त ऋणपत्र खरिद गर्न सक्ने जनाएको छ । तरलतालाई केही हदसम्म भए पनि नियन्त्रण गर्ने लक्ष्यका साथ बैंकले ऋणपत्र मार्फत बजारबाट रकम उठाउन लागेको हो । बैंकले एक सूचना मार्फत ऋणपत्र खरि ... बाँकी अंश»

साताको नेप्से : सात अर्ब बढीको कारोबार

२०७३ असार ११ शनिबार, काठमाडौँ । सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर एक हजार ६६६.९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको रु सात अर्ब ८२ करोड बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् ।    नेप्से परिसूचक बढेको देखिए पनि कारोबार भने अघिल्लो साताको तुलनामा १५.७६ प्रतिशत कम रहेको छ । गतसाता १४९ कम्पनीको रु नौ अर्ब ३० करोड बराबरको एक करोड ५२ लाख कित्ता सेयर खरिद बिक्री भएका थिए ।    समूहगत रुपमा यस साता बिमा समू ... बाँकी अंश»

सरकार यातायात व्यवसाय समाप्त पार्ने खेलमा

२०७३ असार ११ शनिबार, स्याङ्जा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबहाक अध्यक्ष डोलनाथ खनालले सरकार यातायात व्यवसाय समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । “सरकार भन्दा बाहिर रहदा दलका नेताहरु यातायात व्यवसायी मैत्री भए जस्तो देखाउँछन् ।”    कार्यबहाक अध्यक्ष खनालले स्याङ्जाको काली गण्डकी यातायात व्यवसायीको नबौं साधारण सभा तथा चाथौं अधिबेशनको उद्घाटन गर्दै भने, “नेताहरु जब सरकारमा पुग्छन्, व्यवसायीलाई पेल्न थाल्छन् ।” सरकार यही रुपल ... बाँकी अंश»

अनुदानको पैसा पाउनेको सूचीमा तपाईंको नाम परेन ? यस्तो छ भने तपाईले पाउनै पर्छ पैसा

२०७३ असार ११ शनिबार, काठमाडौं । सरकारले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट घर बिहीन बनेकाहरूको लागि भनेर दिने भनेको अनुदानको पहिलो किस्ताको रकम दिनको लागि लाभग्राही छनौटको काम कतिपय ठाउँमा सकिसकेको छ भने कतै अझै चलिरहेको पुनर्निर्माण प्राकिरणले जानकारी दिएको छ । यसरी लाभग्राही छनोट गरिएको जिल्लाका स्थानीयहरूमा को लाभग्राहीको सूचीमा समावेश भयो त ? र को समावेश भएन भन्ने विषयमा अझै पनि बहस सेलाएको छैन ।    सरकारले लाभग्राहीको रूपमा छनोट गरेको खण्डमा भ ... बाँकी अंश»

साठी लाखमा धार्मिक पैदलमार्गको स्तरोन्नत्ति

२०७३ असार ११ शनिबार, बागलुङ। प्रशिद्ध धार्मिकस्थल बागलुङकालिका भगवती मन्दिर जाने पैदलमार्गको स्तरीकरण सुरु भएको छ । मुख्य प्रवेशद्वारदेखि मन्दिर परिसरसम्मको ६०० मिटरको बाटोमा आर्कषक ‘स्लेट’ ढुङ्गा विच्छाउन लागिएको छ ।    भक्तजनको सहज आवागमनको लागि पैदलमार्गको स्तरोन्नत्ति सुरु गरिएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । रु साठी लाखको लागतमा अघि बढेको योजनाको ५० प्रतिशत काम चालु आवभित्रसक्ने लक्ष्य लिइएको छ । समितिका अध्यक्ष राजु खड्काका अनुसार दु ... बाँकी अंश»

बुढीगण्डकीको लागि १६ दिनमै उठ्यो ४३ करोड

२०७३ असार १० शुक्रबार, काठमाडौं। सरकारले यसै वर्षदेखि लगाएको पूर्वाधार विकास कर बापत पहिलो १६ दिनमा नै झण्डै ४३ करोड रूपैयाँ संकलन भएको छ। सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमा प्रति लिटर पेट्रोलियम पदार्थबाट ५ रूपैयाँको दरमा पूर्वाधार विकासको नाममा कर उठाउने घोषणा गरेको थियो।    यसरी बजेट भाषण पछि जेठ मसान्तसम्मको १६ दिनमा मात्रै पूर्वाधार विकास करको शीर्षकमा ४३ करोडको हाराहारीमा राजश्व संकलन भएको विभागका निर्देशक एवं तथ्याङ्क शाखाप्रमुख विनोदशरण आचार ... बाँकी अंश»

विज्ञापन गरेर करोडौं कर छलि गर्ने कम्पनीहरु (नामावली सहित)

२०७३ असार १० शुक्रबार, काठमाडौं। स्थानीय सरकारको रूपमा आफ्नो क्षेत्रभित्र विज्ञापन गरेबापत काठमाडौं महानगरपालिकाले कर लगाउने गरेको छ। शहरमा जथाभावी विज्ञापनका प्रचार सामग्रीय राख्दा शहरको सौन्दर्यतामा नै नकारात्मक असर पर्ने भन्दै महानगरपालिकाले विभिन्न मापदण्ड राखेर निश्चित क्षेत्रभित्र गरिएको विज्ञापनबापत कर उठाउने गरेको हो।   काठमाडौं महानगरपालिकाले फ्क्स प्रिन्टमार्फत् विज्ञापन गर्नेलाई प्रति वर्गफिट प्रति वर्ष ५ सयको दरमा कर लगाउने व्यवस्था गरेको छ ... बाँकी अंश»

डलरको मूल्य वृद्धि भएसँगै सुनमा प्रतितोला तीन हजारले वृद्धि

२०७३ असार १० शुक्रबार, काठमाडौँ। नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ ।    चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ७९५ मूल्य कायम भएको चाँदी आज रु २५ ले ... बाँकी अंश»

नयाँ