अर्थ

माथिल्लो कर्णाली जलविद्युत् आयोजना : प्रभावित क्षेत्रमा समर्थन, सुगम क्षेत्रमा विरोध

२०७३ असार ५ आइतबार, काठमाडौँ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ ।    आयोजना अगाडि बढाउँदा स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्नुपर्ने स्थानीय प्रभावितको धारणा छ भने सुगम क्षेत्रका नागरिकले क्षमताको विषयमा कुरा उठाएर विरोध गर्ने गरेका छन् । स्थानीयवासीलाई मुआब्जा वितरण पारदर्शी हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । स्थानीयवासीको रोजगा ... बाँकी अंश»

माथिल्लो कर्णाली आयोजनाका प्रभावित भन्छन् –हामीलाई चित्त बुझाऊ

२०७३ असार ४ शनिबार,  दैलेख । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रभावितले आफूहरुलाई चित्त बुझाएर तत्काल परियोजना अगाडि बढाउन भारतीय लगानीकर्ता ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर)लाई ध्यानाकर्षण गराएका छन् ।    व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समिति र लगानी बोर्डको कार्यालयले आयोजना प्रभावित क्षेत्रमा गरेको स्थलगत अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले सो आग्रह गरेका हुन् । भारतीय लगानीकर्ता कम्पनी जिएमआरले आगामी असोज ३ गतेभित्र वित्त ... बाँकी अंश»

ठगी गर्ने मेनपावर सरकारको निगरानीमा छ–श्रममन्त्री

२०७३ असार ४ शनिबार, बुटवल । श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन् । सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताए ।    रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको आज बुटवलमा उद्घाटन ग ... बाँकी अंश»

बजेटले महंगी बढाउँछ, अहिलेबाटै छलफल सुरु गर्नु पर्छः प्राडा प्याकुरेल

२०७३ असार ४ शनिबार, काठमाडौ । अर्थराज्य मन्त्री दामोदर भण्डारीले बजेट कार्यान्वयनको चरणमा गएपछि मुल्य बृद्धि आफै घट्दै जाने दावी गरेका छन ।  रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले मुल्य बृद्धिप्रति सरकार सचेत रहेको भन्दै मुल्य बृद्धि कम गर्ने योजनामा सरकारले छलफल थालिसकेकोले बजेट कार्यान्वयनमा जाने वित्तिकै मुल्य बृद्धि घट्ने स्पष्ट पारे ।    साक्षात्कारमा मन्त्री भण्डारीले भने,‘ मुल्य बृद्धि घटाउन सरकारले ठोस योजना छिट्टै ल्य ... बाँकी अंश»

हावाबाट साढे १ किलोवाट विद्युत उत्पादन

२०७३ असार ४ शनिबार, म्याग्दी । मुस्ताङ सदरमुकाम जोमसोममा हावाबाट साढे १ किलोवाट विजुली उत्पादन गरिएको छ । बुद्ध पावर प्रा.लि पोखराको पहिलो प्ररिक्षण गरि साढे १ किलोवाट क्षमताको विद्युत उत्पादन भएको जनाएको छ । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मुस्ताङमा दिउसोको समयमा बढी हावा चल्ने भएकाले अन्य समयका लागि व्याकअपको रुपमा सोलार प्रणाली पनि जडान गरिएको छ ।  मदानी प्रकृतिको पँखा राखेर विद्युत उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर त ... बाँकी अंश»

पाँच करोडको लागतमा पोखरा–बागलुङ सडक मर्मत हुँदै

२०७३ असार ४ शनिबार, फलेवास (पर्वत)। लामो समयदेखि जीर्ण पोखरा–बागलुङ राजमार्गको मर्मत कार्य सुरु गरिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा झन्डै रु पाँच करोडको लागतमा उक्त सडक मर्मत गर्न लागिएको हो । अधिकांश स्थानमा कालोपत्र उप्केको र धेरै सडक पहिरोका कारण भत्केकाले उक्त सडकलाई मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।    भूकम्पका कारण क्षति पुगेको सडक संरचना निर्माणका लागि रु एक करोड ५० लाख र सडकको स्तरवृद्धिका लागि झन्डै रु साढे तीन करोड खर्चिने भए ... बाँकी अंश»

रुकुमकोट धार्मिक महोत्सवमा डेड करोड संकलन

२०७३ असार ३ शुक्रबार, रुकुम। जिल्लाको पुर्वी भेगमा अवस्थित रुकुमकोटमा गत जेष्ठ २६ देखी सुरु भएको प्रथम रुकुमकोट शैक्षिक तथा धार्मिक महोत्सवमा डेड करोड बढी नगद तथा भुमी दान संकलन भएको छ। रुक्मणी उच्च माध्यामिक बिद्यालयको शैक्षिक, भौतिक र प्राबिधिक सहयोगका लागी बिद्यालयले १०८ राष्ट शान्ति बृहत ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ। विद्यालयको सुविधा सम्पन्न पुर्वाधार विकासका लागी १०८ शान्ति महायज्ञ तथा धार्मिक महो ... बाँकी अंश»

झापाका सडकमा सौर्य बत्ती जडान गर्न रु १३ करोड

२०७३ असार ३ शुक्रबार, सुरुङ्गा (झापा)। झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले रु १३ करोड सात लाख विनियोजन गरेको छ।   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि उक्त रकम विनियोजन गरेको हो।   सौर्य सडक बत्ती कार्यक्रम सञ्चालन गर्न उपप्रधानमन्त्रीस्तरीय बैठकको निर्णयअनुसार रकम बाँडफाँड गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन अनुदान रकमसहितको विवरण कनकाई नगरपालिकाला ... बाँकी अंश»

सरकारलाई सबैभन्दा आजित पार्ने कन्सल्टेन्सी, करै नतिर्ने ६ वटा क्षेत्र यस्ता छन्

२०७३ असार २ बिहिबार, काठमाडौं । सरकार सञ्चालनको सबैभन्दा महत्वपूर्ण आधार एवं मेरूदण्ड हो, कर । कुनैपनि व्यापार–व्यवसाय, पेशा एवं जागिरको नै किन नहोस् सबैको केही हिस्सा सरकारलाई सबैले तिर्नुपर्ने व्यवस्थाको बारेमा सबैजना जानकार नै होलान् । तर, यही कर निजी क्षेत्रले सरकारलाई तिरेनन् भने सरकार त्यसलाई आफ्नो कमजोरी स्वीकारेर बस्ने कि कारबाहीको दायरामा ल्याएर कार्यान्वयन गर्ने ?   त्यस्तै, स्वायत्त निकायको रूपमा रहेको काठमाडौं महानगरपालिका भने आफ्नो कमजोरी स्वीक ... बाँकी अंश»

विप्रेषण आयमा ह्रास, आर्थिक वृद्धिमा चिन्ता : विश्व बैंक

२०७३ असार १ बुधबार, काठमाडौँ। विश्व बैंकले भूकम्पपछि अत्यावश्यक वस्तुको आपूर्तिमा भएको अवरोधले थलिएको नेपालको अर्थतन्त्र विप्रेषण आयमा आएको ह्रासले आर्थिक वृद्धिमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेको छ।   विश्व बैंक समूहले आज यहाँ ‘नेपालको विकास अद्यावधिक’ प्रतिवेदन सार्वजनिक गर्दै कुल गार्हस्थ्य उत्पादनमा झन्डै ३० प्रतिशतले योगदान हुँदै आएको विप्रेषण आय घट्दा अर्थतन्त्रमा प्रभाव पर्ने जनाएको हो।   यहाँस्थित उक्त बैंकका देशीय प्रबन्धक ताकुय ... बाँकी अंश»

बजेट छलफल असार ६ गतेदेखि

२०७३ असार १ बुधबार, काठमाडौँ। विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ।   व्यवस्थापिका–संसद्ले आज प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२ गतेसम्ममा दिनुहुनेछ।   संसद् सचिवालयका अनुसार शनिबारबाहेक हरेक दिन सदन बिहान ११:०० बजेदेखि अपराह्न १७:०० बजेसम्म बस्ने कार्यसूची निर्धारण ... बाँकी अंश»

रोल्पाका २२ गाविसमा मात्र विद्युत लाइन विस्तार

२०७३ असार १ बुधबार, रोल्पा। बजेट अभावका कारण जिल्लाका कुनैपनि गाविसहरुमा अझैसम्म पूर्ण रुपले विद्युतीकरण हुन नसकेको नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका प्रमुख ईश्वरबहादुर विष्टले बताए। उनका अनुसार हाल सम्म जिल्लाका २२ गाविसमा मात्र आंशिक रुपमा विद्युत लाइन विस्तार भएको छ।    जस अन्तर्गत घोडागाऊँ, जेदबाङ,  सिर्प, बडाचौर, तेबाङ, गुम्चाल, फगाम, मिभिङ, गजुल, ह्वामा, जंकोट, कोटगाउँ, डुब्रिङ, दुबिडाँडाँ, मसिना, गैरीगाउँ, सखी, झेनाम, नुवागाउँ, बुढागाउँ र जिना ... बाँकी अंश»

मर्मत पछि गाउँमा नियमित सिंचाई

२०७३ जेठ ३२ मंगलबार, रुकुम । रुकुमको मग्मा गाविस वडा नं. ३ र ४ मा रहेको रेरेखोला सिंचाई आयोजना मर्मत गरिएपछि त्यस क्षेत्रमा उत्पादनमा बृद्धि भएको छ । निर्माण भएको लामो समय वितिसकेको पनि सिंचाई मर्मत नहुदा समस्या झेल्दै आएका स्थानीयहरुको समस्या सिंचाई मर्मत गरेपछि हट्नुका साथै उत्पादनमा समेत बृद्धि भएको छ । गाउँ नजिकै पानीको मुहान नहुँदा निकै टाढा खोलाबाट गाउँसम्म सिंचाई ल्याएको थियो भएपनि निर्माण भएको लामो समयसम्म सिंचाई मर्मत नहुँदा ठाउँ ठाउँमा पानी चुहिएर गाउँम ... बाँकी अंश»

नेप्सेको इतिहासमै बढी सेयर कारोबार

२०७३ जेठ ३२ मंगलबार, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को इतिहासमा पहिलोपटक रु दुई अर्बभन्दा बढी मूल्यको सेयर कारोबार भएको छ । नेप्से परिसुचक १६ दसमलव १४ पुगेको छ ।    नेप्सेमा आज सबैभन्दा बढी रु दुई अर्ब १९ करोड ७८ लाख ५९ हजार ८५७ मूल्यको सेयर कारोबार भएको नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले जानकारी दिए । नेप्से अहिलेको स्वरुपमा विसं २०५० देखि सञ्चालनमा आएको हो ।    आज १३४ कम्पनीका ३७ लाख ५१ हजार ६३५ कित्ता सेयर किनबेच भएका छन् । यसअघि नेप्सेमा सबैभन् ... बाँकी अंश»

सरकारले ३३ प्रतिशतसम्म कर बढाएपछि मदिराको पनि भाउ बढ्यो (विवरण सहित)

२०७३ जेठ ३२ मंगलबार, काठमाडौं। सरकारले आर्थिक वर्ष २०७३-७४ देखि लागूहगरी २२ किसिमको रक्सीमा झण्डै ३३ प्रतिशतसम्म राजश्व बढाए पछि मदिरा व्यासायीहरू पनि आफ्नो उत्पादन तथा आफूले बेच्ने मदिाराको भाउमा बृद्धि गरेका छन्। गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयकबाट सरकारले मदिराजन्य उत्पादनमा ३३ प्रतिशतसम्म कर बृद्धि गरेको थियो। सो लगत्तै विभिन्न कम्पनीबाट उत्पादित मदिराहरुको भाउ बढेको छ।    नेपालमा लामो ... बाँकी अंश»

बजेट संशोधनमा एनआरएनए अमेरिकाले अघि सार्‍यो १९ बुँदे सुझाव

२०७३ जेठ ३१ सोमबार, काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाले सरकारले प्रस्तुत गरेको बजेटमा आफ्ना योजनाहरु समेट्नुपर्ने माग गरेको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एनआरएनए–अमेरिकाले मुलुकको अग्रगामी दिगो विकास र आर्थिक स्वावलम्बनको लागि गैरआवासीय नेपालीहरुको अनुभव, सिप र क्षमतालाई नेपालमा रहेका नेपालीहरुसँग सहकार्य गरि हरेक ३ हजार जनतामा एक  बंैकिङ् व्यवस्था, एक हुलाक, स्थानीय तहमा रोजगारीको साथै वृद्ध सामाजिक सूरक्षा भत्ता, स्व– ... बाँकी अंश»

वालिङमा सडक कार्यालयको माग

२०७३ जेठ ३१ सोमबार, स्याङ्जा। वालिङ उद्योग वाणिज्य संघले वालिङमा सडक डिभिजन कार्यालय माग गरेको छ। संघले नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका संसद धनराज गुरुङ र स्याङ्जा क्षेत्र नं. १ बाट निर्वाचित संसद राजु थापालाई वालिङमा सडक कार्यालयको सव डिभिजन कार्यालयको माग गर्दै ज्ञापनपत्र बुझाउदै माग गरेको हो। वालिङमा भौतिक पुर्वाधार भएको सडक कार्यालयको बेस क्याम्प रहेर पनि उक्त कार्यालयबाट कुनै काम नभएकाले यसको पुर्णताको लागि संघका अध्यक्ष शोभाकान्त पौडे ... बाँकी अंश»

तरकारी खेतीबाट मासिक १० हजार आम्दानी

२०७३ जेठ ३१ सोमबार, रुकुम। देशमा काम छैन बेरोजगार भईयो भन्दै दैनिक रुपमा विदेश जानेको लरकोनै लाग्ने गर्दछ। ततर रुकुमको चौखावाङ्ग गाविस वडा नं. ४ होलामा बस्ने रुपलाल ओलीले हिजो आज तरकारी खेतीबाट नै मासिक १० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। केहि समय पहिलेसम्म आफ्नो घर परिवार चलाउनको इन्डीया गएर पैसा कमाउने यात अर्काको काम गरेर पैसा कमाउनु पर्ने बाध्यतामा रहेका ओलीले हिजो आज तरकारी खेती गर्न सुरु गरेपछि मासिक रुपमा १० हजारसम्म आम्दानी गर्न लागेका हुन।   केह ... बाँकी अंश»

भन्सार छुटमा पाइने चार पाङ्ग्रे स्कुटर कसरी लिने ? के छ प्रक्रिया ?

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरुलाई सहज हिड्ढुल गर्नको लागि चार पाङ्ग्रे स्कुटरमा सरकारी भन्सार तथा अन्य शुल्क नलाग्ने भन्ने धेरैलाई थाहा नहुन सक्छ । तर सरकारले हिड्ढुल गर्न सहज होस भनेर बिगत केही बर्ष देखि चार पाङ्ग्रे स्कुटरमा भन्सार छुट दिइदै आएको छ । भन्सार छुटको चार पाङ्ग्रे स्कुटर  कसरी लिने भन्ने प्रक्रिया नजान्दा धेरैले प्रयोग गर्न पाएका छैनन् । यस्ता स्कुटरहरुलाई उच्च प्राथमिकता दिएर लाइन नराखिकनै इन्धन दिने ब्यवस्था सम ... बाँकी अंश»

दुई दिनमा एनसेलका २४ बेस स्टेसनमा आक्रमण

२०७३ जेठ ३१ सोमबार, काठमाडौं। देशकै प्रमुख मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसंचार पुर्वाधारमा भौतिक क्षति पुर्‍याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ। उसले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादीले गरेको आक्रमणलाई नाम उल्लेख नगरि विरोध जनाएको हो।   संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध भए पनि केहि अज्ञात समूहले शनि ... बाँकी अंश»

नयाँ