अर्थ

भारतसँगको वाणिज्य सन्धि सात वर्षका लागि नवीकरण

२०७३ कार्तिक ११ बिहिबार, काठमाडौँ। नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ।   दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो। सन्धिको धारा १२ को उपधारा ख अनुसार स्वतः आजदेखि अर्को सात वर्षका लागि सन्धि हुबहु नवीकरण भएको वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले राससलाई जानकारी दिए।   सन्धिमा ... बाँकी अंश»

विवरण पेश नगर्ने ६ धितोपत्र र ४ मर्चेन्ट वैंकरहरुको कारोबार रोक

२०७३ कार्तिक ११ बिहिबार, काठमाडौँ ।  धितोपत्र बोर्डले विवरण पेश नगर्ने ६ धितोपत्र व्यवसायीको कारोबारमा रोक लगाएको छ ।  बोर्डले रोक लगाएका धितोपत्र  व्यवसायिहरुमा धितोपत्र दलालहरु (ब्रोकर नं. ३२ प्रिमियर सेक्युरिटिज, ब्रोकर नं. ५ मार्केट सेक्युरिटिज, ब्रोकर नं. ३ अरुण सेक्युरिटिज, ब्रोकर नं. ७ जे. एफ. सेक्युरिटिज, ब्रोकर नं. ३९ सुमेरू सेक्युरिटिज र ब्रोकर नं. ५२ सुन्धारा सेक्युरिटिज)  रहेका छन् । साथै बोर्डले मर्चेन्ट वैंकरहरु नागरिक लगानी कोष, बिड इन्भेष्टमेन्ट लि., भिवोर ... बाँकी अंश»

बाजुराको स्याउले बजार पाएन

२०७३ कार्तिक ११ बिहिबार, भीमदत्तनगर । पाँच वर्षअघि सरकारले दीर्घकालीन कृषि आयोजना सहयोग कार्यक्रममार्फत बाजुराका स्याउ खेती गर्ने किसानलाई बिरुवा वितरण गर्‍यो । त्यहाँका छवटा गाविसमा स्याउ खेती फष्टायो । तर उत्पादन भएको स्याउ किसानले बिक्री गर्न भने पाएनन् ।    जिल्ला कृषि विकास कार्यालय बाजुराका अनुसार कुल २०० हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुन्छ । जुकोट र पाण्डुसेन गाविसमा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको कार्यालयका बागवानी विकास अधिकृत सविता जोशी बत ... बाँकी अंश»

भारतीय दूतावासले जुम्लामा दुई करोड ६३ लाख सहयोग गर्दै

२०७३ कार्तिक ११ बिहिबार, जुम्ला । साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण भएको २०० किलोवाट बत्ती घटेर १०० किलोवाट पुगेको छ । अहिले उपभोक्ता बढेर दुई हजार ७०० पुग्दा विद्युत्भार कटौतीको चरम मार खेप्नुपरेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर महतल ... बाँकी अंश»

पञ्चायती कालखण्डमा समेत लोकतान्त्रिक अभ्यास थियो महासंघमा

२०७३ कार्तिक ११ बिहिबार, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघमा अहिले १७ औं नेतृत्व चलिरहेको छ। तात्कालीन समयमा राजा महेन्द्रको स्वीकृति तथा सक्रियतामा लोकनाथ जोशी प्रथम अध्यक्ष भएर स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघ अहिले आफ्नो आधा शताब्दी पुरानो इतिहास बोकेर निजी क्षेत्रको सबैभन्दा ठूलो संस्थाको रूपमा आफूलाई विकास गरेको छ।   २०२२ सालमा तदर्थ समिति गठन गरेर २०२३ सालमा आधिकारिक रूपमा स्थापना भएको महासंघ त्यतिबेला राष्ट्रिय निर्देशनालय ऐन अन्तर्गत सञ्चा ... बाँकी अंश»

एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’, अब सुलभ शुल्कमा अनलाइन टिभी हेर्न सकिने

२०७३ कार्तिक १० बुधबार, काठमाडौं। देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ। चाडपर्वको शुभ अवसरमा ल्याइएको यो प्याक अन्तर्गत एनसेलका सम्पुर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् ।   नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलो पटक टिभी प्याक जस्तो नविन सेवा सुरु गर्दै एनसेलले एउटा कोसेढुङ्गा स्थापना गरेको छ। यो प्याक सुचारु गर्ने ग्राहकहरुले नेट टिभी एप मा ... बाँकी अंश»

विश्वका पाँच अर्ब मानिस विद्युत् ऊर्जाबाट वञ्चित

२०७३ कार्तिक १० बुधबार, काठमाडौँ । परम्परागत ऊर्जा स्रोतमा निर्भर नेपाली जनता मात्र होइन विश्वका ठूलो जनसङ्ख्या पनि ऊर्जाको सङ्कट व्यहोर्न बाध्य छन् ।    नेपाल ग्रामीण पुनःनिर्माण संस्थाको तत्वावधानमा बुधबार आयोजित ऊर्जा तथा जलवायु न्यायसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा विज्ञले विश्वका पाँच अर्ब मानिस अझै विद्युत्जस्ता ऊर्जाको पहुँचबाट वञ्चित छन् ।    सन् २००९ मा नौ हजार ५३२ मिलियन टन ऊर्जा खपत भएकामा सन् २०११ मासम्म आउँदा यसको खपत विश्वभर १४ हजार ९२ मिलि ... बाँकी अंश»

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम सम्बन्धी छुट्टै कोष स्थापना गरिने

२०७३ कार्तिक १० बुधबार, काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि छुट्टै कोष निर्माण गर्ने भएको छ । अहिले विभिन्न १७ मन्त्रालयमार्फत सीप विकास सम्बन्धि कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । सीप विकास तथा तालिमसम्बन्धि सबै कार्यक्रमहरुलाई समन्वयकारी ढङ्गले सञ्चलन गरी बढी प्रतिफल हासिल गर्ने उद्देश्यले छुट्टै कोषमार्फत कार्यक्रमहरु सञ्चालन गर्न लागिएको हो । सरकारी, गैर सरकारी र दातृ निकाय समेतको स्रोत परिचालन गर्दा प्राविधिक शिक्षा, सीप विकास तथा ... बाँकी अंश»

सिन्धुलीगढी प्रवर्द्धनका लागी म्याराथुन प्रतियोगीता

२०७३ कार्तिक १० बुधबार, सिन्धुली। नेपाल र नेपाली हुनुको गौरबको रुपमा रहेको ऐतिहासीक सिन्धुलीगढीको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले २ सय ५० औं सिन्धुलीगढी विजय उत्सवको अवसरमा कमलामाई नगरपालिका कार्यालयले खुल्ला हाफ म्याराथुन प्रतियोगीताको आयोजना गरेको जनाएको छ ।   बुधबार कार्यालयले पत्रकार सम्मेलन गरी म्याराथुन प्रतियोगीताको कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ, “प्रतियोगीता सञ्चालनबाट ... बाँकी अंश»

पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक स्थगित

२०७३ कार्तिक १० बुधबार, काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक विहीबार फेरि बस्ने गरी स्थगित भएको छ । बुधबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा प्राधिकरणले हालसम्म गरेका काबारे  जानकारी गराउनुका साथै राहत र पुनःनिर्माणका विविध विषयमा छलफल भएको बताइएको छ । बैठकमा भूकम्पबाट बढी क्षति पुगेका जिल्लामा राहतको काम करिब अन्तिम चरणमा पुगेको र बाँकी प्रभावित जिल्लामा अनुदान वितरण गर्ने विषयमा छलफल भएको छ । बैठकमा समिति अध्यक्ष पुष्पकमल दाहाल सदस् ... बाँकी अंश»

नेप्सेमा दुई अङ्कले बढ्यो

२०७३ कार्तिक १० बुधबार, काठमाडौँ । मङ्गलबार दोहोरो अङ्कले झरेको नेप्से बुधबार २.४६ अङ्कले माथि उक्लिएको छ । होटल, फाइनान्स, बिमा र अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाणिज्य बैंक, विकास बैंक, जलविद्युत् समूहको परिसूचक ओरालो लागेको छ ।    सबैभन्दा बढी बिमा समूहको परिसूचकमा १०५ अङ्कले बढेकाले समग्र नेप्सेमा सुधार आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । जलविद्युत् आधा र विकास बैंक ६.३९ अङ्कले ओरालो लागेको छ ।    बुधबार दिनभर १३० कम्पनीको रु ८१ करोड ८२ लाख सेयर कारो ... बाँकी अंश»

उद्योग बाणिज्य महासंघले २२ करोड यसरी खर्चियो

२०७३ कार्तिक १० बुधबार, काठमाडौं । सरकारले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत् रहेको कृषि उद्यम केन्द्र मार्फत् साँढे २२ करोड रूपैयाँको बजेट निकासा गरेको छ । सरकारले केन्द्र मार्फत् देशभरका कूल १४ जिल्लामा सञ्चालित एक जिल्ला एक उत्पादन शीर्षकको लागि मात्रै निकासा गरेको रकम हो । केन्द्र स्थापनाको ५ बर्षमा सरकारले यो रकम निकासा गरेको हो ।    कृषि विकास मन्त्रालय अन्तर्गत् विनियोजन गरिने बजेट मार्फत् रसुवा, धादिङ, रौतहट, ओखलढुङ्गा लगायतका कूल १४ जिल्लामा अहिलेसम्म ... बाँकी अंश»

असोजसम्मको राजस्व सङ्कलनमा ३८ प्रतिशतले वृद्धि

२०७३ कार्तिक १० बुधबार, काठमाडौँ । आर्थिक वर्ष २०७३÷७४ असोज मसान्तसम्मको राजस्व सङ्कलनमा गत वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ ।    आव २०७३÷७४ असोज महिनासम्मको राजस्व सङ्कलनको लक्ष्य रु ४० अर्ब २८ करोड ५५ लाख १९ हजार रहेकामा रु ४१ अर्ब ३७ करोड २८ लाख ६९ हजार सङ्कलन भई लक्ष्यको तुलनामा १०३ प्रतिशतको प्रगति भएको छ ।    आयकरतर्फ रु १७ अर्ब १६ करोड ७२ लाख ३३ हजार, मूल्य अभिवृद्धि कर रु १४ अर्ब ५७ करोड एक लाख ८७ हजार र अन्तःशुल्कतर्फ रु नौ अर्ब २२ कर ... बाँकी अंश»

भरपर्दो र दिगो ऊर्जामा जोड

२०७३ कार्तिक ९ मंगलबार, काठमाडौँ। ‘गोरखा भूकम्प’पछि मुलुक पुनर्निर्माण तथा नवनिर्माणको क्रममा रहेको अवस्थामा भूकम्पपीडितका लागि निर्माण हुने वस्तीमा दिगो ऊर्जाको पहुँच तथा ऊर्जा सुरक्षाको सुनिश्चितता गरिनुपर्नेमा सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । भूकम्प प्रभावित क्षेत्रका जनताको जीविकोपार्जन तथा गरिबी निवारणका लागि गरिने पूर्वाधार निर्माण कार्यमा दिगो ऊर्जाको प्रत्याभूति हुने गरी कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने मंगलबारदेखि यहाँ सुरु भएको राष्ट्रिय का ... बाँकी अंश»

सरकारले आर्थिक क्रान्ति थालिसक्यो : उद्योगमन्त्री जोशी

२०७३ कार्तिक ९ मंगलबार, विराटनगर । उद्योगमन्त्री नविन्द्रराज जोशीले संविधान निमार्णसंगै राजनितिक क्रान्ति समाप्त भएकाले अव आर्थिक क्रान्तिको एजेन्डामा सरकार अघि बढ्ने बताएका छन् ।    विदेशी लगानी सम्बन्धि कानुन संसोधन र एकिकरण गर्न बनेको विधेयकका सम्बन्धमा विराटनगरमा मंगलबार भएको छलफलमा मन्त्री जोशीले रोजगार मुलुक उद्योग स्थापनाका लागि वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेकामा जोड दिए ।   वर्षेनी हजाराैँ युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेकाले त्यस ... बाँकी अंश»

बाह्रवटा सहकारी खारेज

२०७३ कार्तिक ९ मंगलबार, भीमदत्तनगर । नियमित लेखापरीक्षण र कारोबार विवरण नपठाउने तथा ऐन नियम पालना नगर्ने यहाँका १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ ।    डिभिजन सहकारी कार्यालय कञ्चनपुरले गत आवमा कञ्चनपुरका सात र डडेल्धुराका पाँचवटा सहकारी खारेज गरेको हो । नियमित लेखापरीक्षण नगर्ने तथा कारोबार विवरण नपठाउने दुवै जिल्लाका ९१ वटा सहकारीलाई सजग गराएको डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीले जानकारी दिए ।    कार्यालयले डडेल्धुराका ४७ र ... बाँकी अंश»

उत्पत्तिको प्रमाणपत्र महासंघबाट खोस्न पटक पटक आक्रमण

२०७३ कार्तिक ९ मंगलबार, काठमाडौं। अहिले नेपाल उद्योग वाणिज्य महासंघले जारी गर्दै आएको उत्पत्तिको प्रमाणपत्र सरकार आफैंले जारी गर्ने कुरा सार्वजनिक भएसँगै नेपाल उद्योग वाणिज्य महासंघले यसलाई कसरी लिन्छ होला भन्ने चासो सबैमा परिरहेको छ।   वि सं. २०१७ सालदेखि अविछिन्न रूपमा नेपालमा उत्पादित बस्तु निकासीको लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको निजी क्षेत्र र वि स‌ं २०४४ सालदेखि अहिलेसम्म अभिछिन्न रुपमा उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको नेपाल उद्योग वाणि ... बाँकी अंश»

कानुनी प्रक्रिया पूरा गरेर एनसेलले लाभांश लगेको राष्ट्र बैंकद्वारा स्पष्ट

२०७३ कार्तिक ८ सोमबार, काठमाडौँ। विगत पाँच वर्षअघिदेखि रोकिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनी मापदण्ड पूरा गरेर लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।   राष्ट्र बैंकले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०६८/६९ को रु आठ अर्ब ३६ करोड नगद लाभांश लगेको स्पष्ट गरेको हो।   राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने, “कानुनी सर्त पूरा गरेकाले एनसेललाई हामीले स्वीकृति दिएका हौँ।” उनले नेपाल ... बाँकी अंश»

कर छली नियन्त्रणका लागि समझदारी

२०७३ कार्तिक ८ सोमबार, काठमाडौँ । आन्तरिक राजस्व विभाग तथा राजस्व अनुसन्धान विभागबीच कर छली तथा राजस्व चुहावट नियन्त्रणका लागि सूचना आदानप्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ ।    महानिर्देशक चूडामणि शर्मा र निर्मलहरि अधिकारीबीच भएको त्यस समझदारीपत्रमा कर छली तथा राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्न प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानुनको परिधिभित्र रही आवश्यकतानुसार एकापसमा सूचना आदानप्रदान गरिने, कर छली तथा राजस्व चुहावटसम्बन्धी जोखिमका क्षेत ... बाँकी अंश»

बुद्ध बिहार निर्माण गर्न प्रवासीबाट आर्थिक सहयोग

२०७३ कार्तिक ८ सोमबार, बागलुङ  । जिल्लाको रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध बिहार’लाई प्रवासमा बस्ने नेपालीहरुले २३ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन् । बिभिन्न ४७ मुलुकबाट संकलित कुल २३ लाख ८० हजार १ सय २१ रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो ।   अन्तराष्ट्रिय आर्थिक सहयोग अभियान समितिका संयोजक सोम सापकोटाले सो रकम बराबरको चेक बिहारका अध्यक्ष शेरबहादुर घर्तीमगरलाई प्रदान गरेका थिए ।  गैरआवसिय नेपाली संघका केन्द्रिय सदस्य समेत रहेका सापकोटाको पहलमा उ ... बाँकी अंश»

नयाँ