अर्थ

मेवाखोलाको परीक्षण प्रसारण

२०७३ मङ्सिर १५ बुधबार, खोटाङ। एक मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु गरिएको छ ।    दिक्तेल नगरपालिका– १० स्थित मेवाखोलाबाट समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ६० र बैंक अफ काठमाडौँको ४० प्रतिशत गरी करिब रु २२ करोडको लागतमा सो आयोजना सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए ।    विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला सञ्चालनमा आएपछि हर्षित बनेका छन् ... बाँकी अंश»

दोहोरो कर तत्काल वन्द गर्न व्यवसायीहरुको माग

२०७३ मङ्सिर १५ बुधबार, यातायात व्यवसायीहरुले विभिन्न वहानामा खेप्नु परेको दोहोरो कर प्रणाली तत्काल वन्द गर्न स्थानिय प्रशासनको ध्यानाकर्षण गरेका छन् । दाङ जिल्ला ट्रेक्टरव्यवासायी समितिको १६ औं वार्षिक साधारण सभामा वोल्ने वक्ताहरुले राज्यलाई तिर्ने कर वाहेक विभिन्न क्लव तथा संस्थाको नाममा उठाईने अवैधानिक कर पूर्ण रुपमा रोक्नु पर्ने वताएका छन् ।    उनीहरुले खोलाजन्य वस्तुहरु निकासीमा व्यवसायीहरु मारमा परिरहेको र अर्को तिर उपभोक्ताहरुले चर्को रकम तिर्नु ... बाँकी अंश»

आर्थिक समृद्धिको लागि संविधान कार्यान्वयन : उपराष्ट्रपति पुन

२०७३ मङ्सिर १५ बुधबार, काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनपछि देशमा आर्थिक समृद्धिको ढोका खुल्ने बताएका छन् ।    नेपाल आर्थिक पत्रकार समाजको १९ औँ स्थापना दिवसको बुधबार गर्दै पुनले गत वर्ष आर्थिक वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमा खस्केको भए पनि अहिले देशमा विद्युत्भार कटौतीमुक्त भएको, माछामा भारतको एकाधिकार तोडिएको तथा खराब कर्जा आधा घटेको जस्ता सुखद समाचार आइरहेकोमा खुसी व्यक्त गरे।    उपराष्ट्रपति पुनले आर्थिक समृद्धिका लागि प ... बाँकी अंश»

मेलामा १० करोड बराबरको कारोबार

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ। नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १४ औँ हस्तकला व्यापार मेला तथा १२औँ हस्तकला प्रतियोगितामा  १० करोड बराबरको आर्थिक कारोबार भएको छ । यही मङ्सिर १० गतेदेखि आजसम्म जारी मेलामा करिब दुई लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।    त्यसैगरी उत्कृष्ट प्याभिलियनतर्फ सवा नेपाल नामक संस्थाले रू एक लाख पुरस्कार प्राप्त गरेको छ । उत्कृष्ट बिक्री कक्षतर्फ आरजेस बेतबाँस फर्निचर लघुउद्योग राजापुर बर्दियाले रू २५ हजार पु ... बाँकी अंश»

सेयर बजार उकालो लाग्यो

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ । लगातार घट्दै आएको सेयर बजार आज भने ४३.५२ अङ्कले बढेर लगानीकर्तालाई केही राहत मिलेको छ । लगातार घट्दै आएको र पटक पटक सर्किट ब्रेकसमेत लगाउनुपरेको बजार आज २ दशमलव ८८ प्रतिशतले उकालो लाग्दा नेप्से परिसूचक एक हजार ५५३ बिन्दुमा पुगेको छ ।    कुल १३१ कम्पनीको १४ लाख १४ हजार ३२८ कित्ता सेयर रु एक अर्ब १९ करोड १९ लाख १२ हजार २१३ मूल्यमा खरिद बिक्री भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । ‘बियरिस ट्रेन्ड’मा रहेको बजारमा सोमबारदेखि सुधार देख ... बाँकी अंश»

बूढीगण्डकी आयोजना : उचित मुआब्जा र पुनर्वासको माग

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ। एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा पानीको सतहले डुबाउने जग्गाको मुआब्जा निर्धारण गरी सार्वजनिक गरेपछि प्रभावित क्षेत्रका बासिन्दाले त्यसको विरोध गरेका छन् ।    गोरखाका प्रजिअ नारायणप्रसाद भट्ट संयोजक रहेको मुआब्जा निर्धारण समितिले डुबान क्षेत्रको जग्गालाई एघार भाग लगाएर मुआब्जा तोकेपछि बूढीगण्डकी राष्ट्रिय सरोकार समितिमार्फत विरोध सुरु भएको हो ।    आयोजना प्रभावित क्षेत्रका १४ गा ... बाँकी अंश»

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै महानगरपालिका

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले प्रथम चौमासिकमा लक्ष्यभन्दा करिब  ७ करोड बढी राजस्व सङ्कलन गरेको छ । कामपाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार चालु आवको प्रथम चौमासिकमा  ५१ करोड ४५ लाख लक्ष्य लिइएकामा करिब  ५८ करोड ४९ लाख असुल गरिएको छ ।    उक्त रकम गत वर्षको सोही समयका तुलनामा बढी हो । अघिल्लो वर्ष प्रथम चौमासिकमा करिब ५२ करोड १४ लाख राजस्व सङ्कलन भएको थियो । हरेक वर्ष आवको छ महिनापछि मात्र मनोरञ्जन क्षेत्रबाट राजस्व सङ्कलन ह ... बाँकी अंश»

उपत्यकाबासीले अब लोडसेडिङ तालिका हेर्नु पर्दैन : मन्त्री शर्मा

२०७३ मङ्सिर १३ सोमबार, भक्तपुर । उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताएका छन् । सोमबार रफत सञ्चार क्लबमा बोल्दै मन्त्री शर्माले उपत्यकाभित्र देखिएको बिद्युत चुहावट र आफ्नो मन्त्रालका कर्मचारीहरुले लोडसेडिङ चुहावटमा देखाएको नियन्त्रणका साथै ब्यक्तिगत लाभ भन्दा जनहितका लागि काम गरिरहेकाले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताए ।   उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तया ... बाँकी अंश»

ढल्केबर सवस्टेसनको काम सम्पन्न हुँदै, थप ८० मेगावाट विद्युत् आउँदै

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौँ। बहुप्रतिक्षित एवम् महत्वपूर्ण आयोजना मानिएको ढल्केबर सवस्टेसनको काम आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ । हिउँदमा बढदो विद्युत् माग पूरा गर्न सहज हुने सो सवस्टेसनको करिब ९० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।    ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल आइरहेको ८० मेगावाट विद्युत् बढाएर तत्काल थप ८० मेगावाट विद्युत् ल्याउन सो सवस्टेसन निर्माण सक्नैपर्ने बाध्यता छ । भारतको मुजफ्फरपुरबाट जोडिएको चार सय केभिएक ... बाँकी अंश»

कारोबार सुरु भएको ४० मिनेटमा नै सर्किट ब्रेक

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौँ। नेपाल स्टक एक्स्चेन्जले सेयर कारोबार अस्वाभाविक रुपमा घटेपछि आज पुनः सर्किट ब्रेक लगाएको छ।   कारोबार सुरु भएको ४० मिनेटमा नै नेप्से परिसूचक ३ प्रतिशतभन्दा बढीले घटेपछि स्टकले ब्रेक लगाएको हो।   नेप्सेका अनुसार कारोबार सुरु हुनेबित्तिकै ५२दशमलव ७६ बिन्दुले परिसूचक घटेको हो। आइतबार दुईपटक ब्रेक लागेको नेप्से परिसूचक आज पनि कारोबार सुरु हुने बित्तिकै ब्रेक लागेको हो । सबै समूह घटेपछि कारोबार बन्द गर्नुपरेको हो।   एक हजार ४ ... बाँकी अंश»

हेवा ‘ए’ जलविद्युत् आयोजना परीक्षण प्रसारणमा

२०७३ मङ्सिर १३ सोमबार, पाँचथर । पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ । आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाका अनुसार ड्राइ टेस्ट सकिएको छ भने अहिले पानी जम्मा गर्ने काम भइरहेको छ ।    यसअघिनै आयोजनाले स्थानीयवासीका लागि सूचना जारी गर्दै मङ्सिर १० गतेदेखि मङ्सिर मसान्तसम्म उत्पादन र प्रसारण परीक्षण गर्ने जनाएको थियो ।&nbs ... बाँकी अंश»

घलेम्दी हाईड्रोको पुर्वाधारका काम तिब्र

२०७३ मङ्सिर १२ आइतबार, म्याग्दी। म्याग्दीको जिल्लाको उत्तरी नारच्याङ्गमा निर्माण हुन लागेको जलबिद्युत आयोजनाको पुर्वाधार निमार्णको काम तिव्र बनाईएको छ  । घलेम्दी हाईड्रो पावर कम्पनी लिमिटेड प्रालिको आयोजनामा निर्माण हुन लागेको आयोजनाको टनेल खन्ने काम ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिइएको छ ।   बिद्युत उत्पादनको लागि पानी लिईने १७ सय मिटर सुरुङमार्ग रहने आयोजनाको हाल  सम्म ईन्टेक देखि आउटलेट सम्म ३ सय ३४ मिटर र आउलेट देखि ईन्टेक सम्म ६ सय ५५ ... बाँकी अंश»

राहत रकम वितरण

२०७३ मङ्सिर १२ आइतबार, कपिलवस्तु।  विगत साउनमा आएको वाढि वाट प्रभावितहरुका लागि आवासका लागि वितरित जस्ता पाताले निर्माण कार्य सम्पन्न गरेकाहरुलाई नगद र वाढि प्रभावित विद्यार्थीहरुको पोशाक सिलाई खर्चको  रकम वितरण गरिएको छ । गरिवी निवारण केन्द्र (पिस नेपाल ) कपिलवस्तुको आयोजना जिल्ला विपद व्यवस्थापन समितिको समन्यव र कारितास नेपाल- कारितास जर्मनीको सहयोगमा उक्त रकम वितरण गरिएको हो ।     जिल्लाको भुकुटी नगरपालिका, हरदौना, कजरहवा र   गाविसका ४० घरधुरी मध्ये १४   घ ... बाँकी अंश»

दाङमा आन्तिरिक लाडसेडिङ घटाउन अभियान सुरु

२०७३ मङ्सिर १२ आइतबार, दाङ ।दाङमा आन्तिरिक लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले अभियान सुरु गरेको छ । आइतवार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विद्युत प्राधिकरण र व्यवसायीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा सवै खालका उद्योग तथा वढी विद्युत खपत गर्ने विद्युतिय उपकरणहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ ।    कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले आम सर्वसाधरणको मागलाई मध्यनजर गर्दै देश भरी लोडसेडिङ झन्डै झन्डै कम भैसके ... बाँकी अंश»

स्टकले लगायो सर्किट ब्रेक, ५६ अङ्कले घट्यो नेप्से

२०७३ मङ्सिर १२ आइतबार, काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक अस्वाभाविक रुपमा घटेपछि नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेक लगाएको छ ।    कारोबार सुरु हुने बित्तिकै घट्न थालेको नेप्से परिसूचक एक हजार पाँच सय ३४ बाट ५६ अङ्कले घटेर एक हजार चार सय ७८ बिन्दुमा कायम रहेको छ । साताको पहिलो दिन कारोबार सुरु हुने बित्तिकै प्रत्येक मिनेटमा एक अङ्कभन्दा बढीको दरले नप्से घटेपछि सर्किट बे्रक लगाउनु परेको स्टकले जनाएको छ ।    नेप्सेले १५ मिनेट कारोबार रोकेर पुनः कारोबार स ... बाँकी अंश»

पुनःनिर्माणको काममा इन्जिनियर अपुग

२०७३ मङ्सिर १२ आइतबार, दोलखा । जिरी नगरपालिकालाई इन्जिनियर पर्याप्त नहुँदा पुनःनिर्माणको काम प्रभावित बनेको छ । यसअघि नै पुनःनिर्माणका लागि गाउँ गाउँमा इन्जिनियरको टोली राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट खटिएको बताइए पनि नगरपालिकामा दुई मात्र इन्जिनियर छन् ।    नगरपालिकामा तीन हजार ६१० लाभग्राही छन् । सोका लागि पाँचभन्दा बढी इन्जिनियरको अवश्यकता पर्छ । अहिले दुई इन्जिनियरले मात्र काम गर्नुपर्दा समस्या भएको इन्जिनियर प्रभाष यादवले बताए ।    प्राधिकरणक ... बाँकी अंश»

ढोरपाटनको स्याउले उचित बजार पाएन !

२०७३ मङ्सिर १२ आइतबार, गुल्मी । बाग्लुङ्गको ढोरपाटनमा उत्पादित स्याउले उचित बजार पाउन सकेको छैन् ।बोवाङ्गका स्याउ व्यापारी भानवीर बिसुले ढोरपाटनदेखि आफुले उत्पादन गरेको स्याउ लिएर न्वागी मेलालाई केन्द्रित गदै ग्वालीचौरसम्म आएका छन् तर दिनभर आफ्नो स्याउ नविकेपछि यता उता टोलाउदै र ग्राहक पर्खदै दिनभरी नै बसे।   विसुले भने सबैले राम्रो राम्रो भन्दछन् तर स्याउ किन्न भने कोही पनि आउदैनन् । उनले गुनासो गरे।ढोरपाटनदखि  तिन दिनको बाटो भएर तिस-पैतिस केजी स्याउ गाडीमा र ... बाँकी अंश»

नेपाल निजामति कर्मचारी संगठन पाँचथरको अध्यक्षमा अधिकारी

२०७३ मङ्सिर १२ आइतबार, पाँचथर। नेपाल निजामति कर्मचारी संगठन पाँचथरको १० औ जिल्ला अधिवेशनले प्रकाश अधिकारी संयोजकत्वमा २१ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । गएराती सदरमुकाम फिदिममा सम्पन्न अधिवेशन नवगठित समितीको उपाध्यक्षद्धयमा सूर्य अधिकारी र रंजना लुइटेल,सचिव किशोर आचार्य,सहसचिव कमल राउत,कोषाध्यक्षमा पुरुषोत्तम पौड्याल लाई चयन गरिएको हो ।    यस्तै केन्द्रिय प्रतिनिधीमा सुरेन्द्र दाहाल,कर्णध्वज भूजेल,खड्ग बहादुर बोहोरा र भीमा सुवेदीलाई चयन गरिएको नवगठित ... बाँकी अंश»

डोजर ल्याउन चीनले दियो अनुमति

२०७३ मङ्सिर ११ शनिबार, ताप्लेजुङ। चीन सरकारले ताप्लेजुङको ओलाङ्चुङ्गोलाबाट टिपताला पाससम्मको भागमा आफ्नो भूमि हुँदै डोजर ल्याउन नेपाललाई अनुमति प्रदान गरेको छ ।    तिब्बतस्थित तिङ काउन्टीको रिउ बजार क्षेत्रमा रहेका डोजर तथा औजार प्रयोग गरी टिपतालापास हुँदै ओलाङ्चुङ्गोलातर्फको भागमा सडक खन्न अनुमति दिएको हो । सो अनुमतिसँगै उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्यले गति लिने सम्भावना बढेको छ ।    यसअघि टिपतालापाससम्मको भागमा सडकको ट्र्याक खोल्ने तयारी गरे ... बाँकी अंश»

रसुवा–केरुङ राजमार्गमा अब 'टोकन सिस्टम'

२०७३ मङ्सिर ११ शनिबार, रसुवा । राजमार्गको साँघुरो सडकलाई व्यवस्थित र मर्यादित बनाई नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्धिमा सहजता ल्याउन मालबाहक सवारी साधनलाई टोकन प्रणाली लागू गरिएको छ ।    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार राजमार्गको रसुवा प्रवेशद्वार बेत्रावती, स्याफ्रुबेसी र रसुवागढीमा पार्किङस्थल तोकिएको र मितेरी पुलबाट एकपटकमा ५० वटा ट्रक कन्टेनर चीनको केरुङतर्फ छोड्ने व्यवस्था मिलाइएको हो ।    एकातिर नेपाल–चीनको व्यापारिक न ... बाँकी अंश»

नयाँ