अर्थ

विद्युत्भार कटौती अन्त्यका लागि नवीकरणीय ऊर्जा: मन्त्री जोशी

२०७३ मङ्सिर ११ शनिबार, काठमाडौँ। जनसङ्ख्या तथा वाातावरणमन्त्री जयदेव जोशीले विद्युत्भार कटौती अन्त्य गर्ने सरकारको लक्ष्य हासिल गर्न सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।    नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको १६औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दै उनले भारतबाट विद्युत् आयात गरेर गरिने विद्युत्भार कटौती दिगो नहुने भएकाले सौर्य ऊर्जाबाट ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकिने बताए। मन्त्री जोशीले सरकार, निजी क् ... बाँकी अंश»

किसानले भैँसी सुत्केरी भत्ता पाएनन्

२०७३ मङ्सिर ११ शनिबार, बैतडी । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् ।    सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भैँसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् ।  जिल्लामा थुप्रै भैँसीपालक किसान रहेपनि अहिलेस ... बाँकी अंश»

व्यूटिपार्लर व्यावसायले दियो महिलालाई आम्दानी

२०७३ मङ्सिर ११ शनिबार, उदयपुर । सामान्य खर्चमै सिकिने सीप र थोरै लगानीले सोचेभन्दा बढी कमाइ गर्न सकिने भएपछि यहाँका बेरोजगार महिला व्यूटिपार्लर व्यावसायमा लागेका छन् । महिलाको आकर्षण बढेकै कारण सदरमुकाम गाईघाटमा मात्रै पाँच दर्जन बढी व्यूटिपार्लर खुलेका छन् । जिल्लाका दुई ठूला व्यापारीक बजार बेल्टार र कटारीमा मात्र होइन, रामपुर, जलजले, मुर्कुची, हडियालगायतका सामान्य बजारहरुमा समेत व्यूटिपार्लर खोलेर स्वरोजगार बन्ने महिलाहरुको संख्या बढ्दै गएको छ ।    तीन बर्ष ... बाँकी अंश»

गुल्मी जालापा महोत्सव हुने

२०७३ मङ्सिर ११ शनिबार, गुल्मी ।गुल्मीको हस्तिचौरमा रहेको हिमालय उच्च माध्यमिक विद्यालयले सञ्चालन गर्न लागेको गुल्मी जालापा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव नजिकीदै गर्दा आर्थिक संकलन अभियानलाई तिव्रता दिएको छ ।    विद्यालयलाई जिल्लाकै नमूना प्राविधिक युक्त शैक्षिक संस्था तथा क्याम्पस सञ्चालनार्थको लागि यहि मंसिर २५ गतेदेखि पौष २ गतेसम्म महोत्सव सञ्चालन हुदै छ । हालसम्म शान्ति कलश मार्फत ७ लाख,७० हजार र नगद २ लाख ५० हजार गरि हाल सम्म १० लाख,२० हजार आर्थिक सहय ... बाँकी अंश»

संस्था भागेपछि साठी लाखको योजना अलपत्र

२०७३ मङ्सिर ११ शनिबार, इलाम। साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ ।    विसं २०६४ बाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा योजना छाडेको पाइएको छ । फण्डबोर्ड मार्फत राजधानीको छिमेक सेवा संस्थाले निर्माण सुरू गरेको आयोजनामा उपभोक्ताबाट घरलौरी  एक हजार २०० र ... बाँकी अंश»

हेवा खोला जलविद्युत् परियोजना ‘ए’को काममा अवरोध

२०७३ मङ्सिर ११ शनिबार, पाँचथर । हेवा खोला जलविद्युत् परियोजना ‘ए’ का लागि स्थानीयवासी र पाँचथर पावर कम्पनीबीच भएको सम्झौता कार्यान्वयन नभएको जनाई स्थानीयवासीले अवरोध गरेपछि परियोजनाको काम ठप्प भएको छ । स्थानीयवासीले केही दिनदेखि कार्यालयको मूलढोकामै तालाबन्दी गरेका छन् । परियोजनाको कार्य क्षेत्रभित्र कालो झन्डा समेत गाडिएको छ । वार्ताका लागि प्रहरी प्रशासनले बोलाए पनि स्थानीयवासी वार्तामा बस्न नमानेको कम्पनीले जनाएको छ ।    परियोजना सञ्चालनका क्रममा लिख ... बाँकी अंश»

११ करोडको मझौला सिँचाइ आयोजना सम्पन्न हुँदै

२०७३ मङ्सिर ११ शनिबार, भद्रपुर । मझौला सिँचाइ आयोजनाअन्तर्गत झापाको गौरादह गाविसको किस्ने खोलामा सुरु भएको किस्ने खोला बाँध सिँचाइ योजनाको काम लगभग ८० प्रतिशत सम्पन्न भएको छ । गौरादह गाविसका वडा नं ३, ४, ५, ८ र ९ मा करिब एक हजार ४२२ बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो योजना सुरु भएको सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका डिभिजन प्रमुख ईश्वरी तिवारीले जानकारी दिए । सिँचाइका लागि किस्ने खोला मूल नहरको लम्बाइ ७.२५ किमी हुने छ ।    सो योजनाबाट नौ सय ७० घरधु ... बाँकी अंश»

संविधान कार्यन्वयनको लागि निर्वाचन : पाण्डे

२०७३ मङ्सिर १० शुक्रबार, स्याङ्जा। नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा सांसद सुरेन्द्र पाण्डेले सरकार संविधान कार्यन्वयनको दिशा तर्फ उन्मुख नभएको बताएका छन् । स्याङ्जाको वालिङमा रहेको उपकार वचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधरण सभाको उदघाटन गर्दै पुर्व अर्थ मन्त्री समेत रहेका पाण्डेले संविधान कार्यन्वयनको लागि सरकारले छिटै स्थानीय तहको निर्वाचन गराउनु पर्ने बताए । एमाले पाटीलाई बाहिर राखेर संविधान संशोधन गर्ने प्रयास सरकारले गर्दै छ सांसद पाण्डेले भने,&ldq ... बाँकी अंश»

नेपाली बजारमा भारतीय टायरको वर्चश्व

२०७३ मङ्सिर १० शुक्रबार, काठमाडौँ। स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदा रहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेशीने गरेको छ । सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि विस्तारित भइरहेको छ । स्वदेशमा सवारी साधन उत्पादन हुँदैन । त्यसका लागि आवश्यक पर्ने अन्य पार्टपुर्जा आयात गर्नुपर्ने बाध्यता पनि छँदैछ ।    नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७२-७३ मा  चार अर्ब १६ करोड ३४ लाख १९ हजार बराबरका टायर नेपाल भित् ... बाँकी अंश»

माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजना : ऋण अवधि पाँच वर्ष थपियो

२०७३ मङ्सिर १० शुक्रबार, काठमाडौँ। गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ । कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक-पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि कसरी अगाडि बढाउने भन्नेबारे निर्णयमा नपुग्दा समस्या भएको छ ।    आयोजनाका लागि ऋणदाता चिनियाँ आयात निर्यात बैंकलाई पाँच वर् ... बाँकी अंश»

७० लाख राजस्व सङ्कलन

२०७३ मङ्सिर १० शुक्रबार, सुरुङ्गा (झापा) । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आव २०७३/७४ को प्रथम चौमासिकमा  ७७ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ ।    ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार १०० सवारी चालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।    ट्राफिक प्रहरीले पाँच हजार नौ सय दुई मोटरसाइकल चालक तथा मादक पदार्थ सेव ... बाँकी अंश»

ठेकेदारको लापर्वाही : बझाङका विकास निर्माण अलपत्र

२०७३ मङ्सिर १० शुक्रबार, बझाङ। जिल्लाका प्रमुख विकास निर्माणका कामहरुमा ठेकेदारहरुको चरम लापर्वाहीका कारण अलपत्र परेका छन् । जिल्लाका ठूला हुन् या साना विकास निर्माणको कामको  टेरन्टर आह्वान गर्दा  ठेक्का लिनलाई हानाथाप गर्ने ठेकेदारहरुले कामको जिम्मा पाए पछि बेवास्ता गर्ने गरेको ब्यापक जनगुनासोहरु आउन थालेका हुन् ।   सड्क  होस या पुल, सिचाई कूलो होस भवन निर्माण,जिल्लामा हुने अन्य विकास निर्माणका काम भने ठेकेदारहरुको ढिला सुस्तीका कारण अलपत्र परेका छन् । ठेकदा ... बाँकी अंश»

'बूढीगण्डकी डुबान क्षेत्रका जनताको जीवनस्तर राम्रो बनाउने गरी मुआब्जा निर्धारण'

२०७३ मङ्सिर १० शुक्रबार, गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजनाको पानीको सतहले डुब्ने क्षेत्रका जग्गाको मुआब्जा निर्धारण गरिएको छ। जग्गा वर्गीकरणका आधारमा न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु आठ लाखसम्म मुआब्जा दिने निर्णय भएको हो। गोरखा र धादिङको सीमा भई बगिरहेको बूढीगण्डकी नदीमा १२ सय मेगावाट क्षमताको जलाशययुक्त निर्माण हुने भएको छ।   जिल्ला मुआब्जा निर्धारण समितिका संयोजक एवम् गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, बूढीगण्डकी विकास समितिका कार्यकारी निर्द ... बाँकी अंश»

अनुदानमा च्याउको वीउ वितरण

२०७३ मङ्सिर ९ बिहिबार, लिबाङ (रोल्पा)। जिल्ला कृषि विकास कार्यालय रोल्पाले यस आर्थिक वर्षको प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकहरुका लागि ७०० बोत्तल च्याउको वीउ वितरण गरेको जनाएको छ । जस अन्तर्गत कृषि सेवा केन्द्र घोडागाउमा ५० बोत्तल, कृषि सेवा केन्द्र सुलिचौरमा १२० बोत्तल, कृषि सेवा केन्द्र होलेरीमा १०० बोत्तल, कृषि सेवा केन्द्र इरिबाङमा १०० बोत्तल, जंकोट गाविसमा ६० बोत्तल, जिनाबाङ गाविसमा ५० बोत्तल र जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट प्रत्यक्ष रुपमा अन्य गाव ... बाँकी अंश»

न्वागी मेलामा करिब २ करोडको आर्थिक कारोवार

२०७३ मङ्सिर ९ बिहिबार, गुल्मी।गुल्मी र बाग्लुङको सिमाना अन्तर्गत खारबजारमा सञ्चालन भएको न्वागी मेलामा एक करोड भन्दा माथिको आर्थिक कारोवार भएको छ ।  मेलामा सामान्य फलफूल पसल अन्तर्गत सुन्तला,स्याउ देखि लिएर होटल व्यवसाय र झुला पिङ्ग र जाडोमा लगाउने न्यानो कपडा ,फेन्सी,बालबच्चाहरुका खेलौना,कस्मेटिक लगायत कृषिजन्य बस्तुहरु समेत गरि पाँच दिने मेला अवधिभर करिव २ करोड बरावर आर्थिक कारोवार भएको न्वागी मेला संरक्षण समितिका कोषाध्यक्ष प्रदिप खरेल जानकारी दिए।   परम्प ... बाँकी अंश»

पाँचथरमा १२ प्रतिशतले धान उत्पादनमा वृद्धि

२०७३ मङ्सिर ९ बिहिबार, पाँचथर।  गत वर्षको तुलनामा यस वर्ष पूर्वी पहाडि जिल्ला पाँचथरमा धान उत्पादनमा वृद्धि भएपछि कृषकहरु हर्षित भएका छन् । यस वर्ष १२ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकाश कार्यालय पाँचथरले जनाएको छ ।    गत वर्ष १९ हजार ७ सय ६७ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष २२ हजार १ सय ४० मेट्रिकटन धान उत्पादन भएको छ । नाँगिका कृषक चन्द्रमणि वास्कोटाले भने,“यस वर्ष समय समयमा पानी परेको र धानमा रोगमा पनि नदेखिएकोले धान राम्रो फलेको छ ।”   ... बाँकी अंश»

लाइसेन्सका लागि यातायात कार्यालयमा भीड, फाराम भर्न अघिल्लो रातबाटै लाममा

२०७३ मङ्सिर ९ बिहिबार, ललितपुर। सवारी चालक अनुमतिपत्रको फाराम भर्न नसकेर बुधबार फर्किएका सिन्धुपाल्चोकका रमेश तामाङ बिहीबार पनि फर्कन बाध्य भए । बुधबार बिहान ७ बजे नै एकान्तकुना पुगेका उनि भीड देखेर फर्किएा थिए तर बिहीबार पुनः कार्यालय पुग्दा त्यहाँका कर्मचारीले हलुका सवारी साधनको शुक्रबारसम्मको टोकन सकियो भनेपछि उनि फर्कन बाध्य भएका हुन् ।    बुधबार बाग्मती यातायात व्यवस्था कार्यालयमा नै भेटिएका मकवानपुरका विकास चम्रेल भने फाराम भर्न पाएकामा दङ्ग देखिए । उन ... बाँकी अंश»

कच्चा पदार्थ सोयाविनको ५ गुणा बढी, तेल भने सनफ्लावरको छ्याप्छ्याप्ती !

२०७३ मङ्सिर ९ बिहिबार, काठमाडौं । नेपाललाई कृषि प्रधान मुलुक भनिएपनि यहाँ माग भएका कृषि उपजको प्रयोगको लागि अन्य मुलुकबाट नै सामान आयात गर्नुपर्ने बाध्यता रहेको कुरा धेरै पहिलेदेखि उठ्दै आएको हो । नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई मुल्याङ्कन गर्ने हो भने धेरै बस्तुमा हामीहरु अन्य मुलुकसँग परनिर्भर हुनुपर्ने अवस्था रहेको सरकारी तथ्याङ्कले देखाउँछ ।    नेपालमा नेपालीब्राण्डको लोगो लगाएका धेरैजसो तेलहरु विदेशी कच्चापदार्थबाट नै बन्ने गरेको तेल उत्पादकहरु बत ... बाँकी अंश»

पूर्व अर्थमन्त्रीहरु भन्छन्–उपर्युक्त नीति नहुँदा बजेट कार्यान्वयन भएन

२०७३ मङ्सिर ८ बुधबार, काठमाडौं । ।उपर्युक्त नीति र प्रणाली अभावका कारण हरेक वर्ष प्रभावकारी रुपमा बजेट कार्यान्वयन हुन नसकेको पूर्व अर्थमन्त्रीहरुले बताएका छन् । आर्थिक वर्षको अन्त्यमा हतारिएर बजेट खर्च गर्ने परिपाटीले समग्र मुलुकको विकास सुस्ताएको उनीहरुको भनाई थियो । मिडिया इन्टरनेसनलले काठमाडौँमा वुधबार आयोजना गरेको ‘बजेट कार्यान्वयनको अवस्था र पुँजीगत खर्च’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीहरुले सांसदहरुको भागबण्डाका आधा ... बाँकी अंश»

सुस्ताएको नेपाली उद्योग क्षेत्रमा सफल होला रामदेवको उदय ?

२०७३ मङ्सिर ८ बुधबार, काठमाडौं । ६ महिना अगाडि भारतमा पतञ्जलि ट्रस्टविरूद्ध भइरहेको बहुराष्ट्रिय कम्पनीहरूको चलखेलप्रति ध्यानाकर्षण भएको जनाउँदै बाबा रामदेवले पतञ्जलिको कारोबारमा एक सय ५० प्रतिशतले बढोत्तरी भएपछि आत्तिएका विदेशी कम्पनीहरूले आफूविरूद्ध झुठा अफवाह फैलाएको आरोप समेत लगाउन भ्याएका थिए ।    पतञ्जलिमा पाईएका केही खराबीहरुको विषयमा व्यापक चर्चा चलेपछि भारतमा झण्डै ६ महिना पहिले त्यसको बचावट गर्दै पत्रकार सम्मेलन गरेका रामदेवले मंगलबार नेपाल उद ... बाँकी अंश»

नयाँ