अर्थ

पूर्व युवराज पारसद्धारा मोबाइल मेला उद्घाटन

२०७२ माघ ८ शुक्रबार, ललितपुर। ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले शुभारम्भको अवसर पारेर आयोजना गरेको मोबाईल मेला आजदेखि शुरु भएको छ। कम्प्लेक्सको ग्राण्ड ओपनिंगको अवसर पारेर यहि माघ ८ गते शुक्रबारदेखि माघ १६ गतेसम्म तद्अनुसार जनवरी २२ तारिखदेखि जनवरी ३० तारिखसम्म आयोजना हुने नेपालकै सबैभन्दा ठूलो मोबाइल मेला एक कार्यक्रमका बिच पूर्व यूवराज पारस विक्रम शाहले उद्घाटन गरेका छन्।    ललितपुर मोबाइल कम्प्ल ... बाँकी अंश»

यूवाहरुद्धारा ब्यवसायिक बाख्रा र कुखुरा पालन सुरु

२०७२ माघ ७ बिहिबार, म्याग्दी । म्याग्दीको परिबेशमा हेर्दा परिवारमा भएका यूवाहरु धेरै जस्तो बैदेशिक रोजगारमा जाने प्रचलन छ । त्यहि प्रचलनका बाबजुद पनि म्याग्दीको बेनी नगरपालिका–७ एक्लेखोरियामा चार जना युवाहरुले सामुहिक उद्यमशिलता सुरु गरेका छन् । बेनीका दिल बहादुर चर्माकार, सन्तोष श्रेष्ठ, मनवीर पुन र सन्दीप श्रेष्ठले सामुहिक लगानीमा बाख्रापालन र कुखुरापालन सुरु गरेका हुन् ।    चार जना युवाहरुले ‘हाम्रो कृषि फर्म’ स्थापना गरि व्यवसायिक बाख्रापालन र कुख ... बाँकी अंश»

शिखर शुको नयाँ शोरुम कोटेश्वरमा

२०७२ माघ ७ बिहिबार, काठमाडौ । नेपालको नं. १ फुटवेयर ब्राण्ड शिखर शुले कोटेश्वर महादेवस्थान जाने बाटोमा नयाँ शोरुम सन्चालनमा ल्याएको छ । माघ ७ गते उक्त शोरुमको उद्घाटन कम्पनिका प्रबन्ध सन्चालक राम कृष्ण प्रसाई तथा अमुदि फुड्स प्रा. लि. का सन्चालक अच्युत बस्नेतले सामुहिक रुपमा उद्घाटन गरे । यसभन्दा अघि सन्चालनमा आएको डिल्लिबजारको शोरुम सहित शिखर शुका २८ वटा शोरुमहरु पुगेका छन् ।   ग्राहकहरुको सुबिधाको लागि हरेक महत्वपूर्ण स्थानहरुमा शोरुम खोल्ने वा स्थानिय ब्याप ... बाँकी अंश»

चार विधामा गरीबी निवारण कोष पत्रकारिता पुरस्कार २०७२ प्रदान

२०७२ माघ ६ बुधबार, काठमाडौं । विभिन्न सञ्चार माध्यमका चार जना पत्रकारलाई यस बर्षको गरीबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ प्रदान गरिएको छ । बुधबार गरीबी निवारण कोषको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई पुरस्कृत गरिएको हो ।पुरस्कृत हुनेहरुमा नेपाली राष्ट्रिय छापा माध्यम विधामा कारोबार दैनिकका गजेन्द्र बुढाथोकी, अङ्ग्रेजी राष्ट्रिय छापा माध्यममा दी राइजिङ नेपालका योगेश पोखरेल, विद्युतीय सञ्चार माध्यम विधामा इमेज टेलिभिजनकी प्र ... बाँकी अंश»

एनएमबी क्यापिलटको लापर्वाहीले डिम्याट खातावालाले सेयर बेच्न पाएनन्

२०७२ माघ ५ मंगलबार, लामो समय सम्म पनि डिम्याट (सेयर प्रमाणपत्रलाई अभौतिक गर्ने काम) गरेको खातामा सेयर नआउदा सेयर कारोवार गर्नबाट सर्वसाधारण बन्चित हुन थालेका छन्।    एनएमबी क्यापिटलमा  डिम्याट रिक्वेष्ट फारम भरेका ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा नपठाउँदा तथा त्यहाबाट पठाएका फाइल प्रमाणित भएर नआउँदा कतिपय सेयर सर्वसाधारणले चाहेर पनि सेयर बेच्न सकेका छैनन्। ४-५ महिना अगाडि डिम्याट एकाउन्ट खोलेर सेयर जम्मा गरे पनि सेयर कारोबा ... बाँकी अंश»

व्यक्तिगत लगानीमा विद्युतको नहर निर्माण

२०७२ माघ ५ मंगलबार, पुष्पराज भट्टराई कालीकोट । कालीकोट जिल्लाको अवरुद्ध विद्युत सञ्चालनका लागि व्यक्तिगत लगानीमा विद्युतको नहर निर्माण गरिएको छ । स्थानीय निर्माण व्यवसायी तथा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य प्रेमबहादुर शाहीको लगानीमा विद्युत निर्माणको काम भइरहेको हो । ‘करिब ९० प्रतिशत काम सकिएको छ’ शाहीले हाम्रो कुरा डटकमसंग भने, ‘कालीकोटबासीले अब छिट्टै विजुली बाल्न पाउने छन् ।’ नहर निर्माणको काम सकिएको र ढलान मात्र बाँकी रहेकाले अबकोे १० दिनम ... बाँकी अंश»

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०७२ माघ ४ सोमबार, काठमाडौँ । नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।    इन्डियन आयल कर्पोरेसनले यही माघ २ गते पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा रु पाँच र डिजेल र मट्टितेलमा रु ६ घटाएको छ ।    निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ९९ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु ७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर रु १०४ र डिजेल र मट्टितेल रु ... बाँकी अंश»

नाका खुलेपछि विराटनगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

२०७२ माघ ४ सोमबार, कुमोद अधिकारी, विराटनगर । विराटनगर भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । नाका सहज भएसंगै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा बृद्धि भएको हो । पुस महिनामा एक अर्ब ६५ करोड राजस्व संकलन गर्ने लक्ष्य थियो । भन्सार कार्यालयले यो महिनामा तीन अर्ब ३ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयका अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए । पुस महिनामा लक्ष्य भन्दा एक सय ८२ प्रतिशतले बढि राजस्व संकलन भएको ढुंगानाले बताए । का ... बाँकी अंश»

नाङ्लो बेकरीको केक पेस्ट्रि उत्पादन केन्द्रमा सिलबन्दी

२०७२ माघ ४ सोमबार, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलले नाङलो बेकरी प्रा.लि.को सानेपा स्थित उक्त केक पेस्ट्रि उत्पादन स्थलमा सिलबन्दी गरेको छ । दि बेकरी क्याफे, नयाँबानेश्वरबाट खरिद गरेको केक खाएर बान्ता भएको भन्ने उपभोक्ताको उजुरीको आधारमा विभागको निरिक्षण टोलीले दि बेकरी क्याफे, नयाँ बानेश्वरमा निरिक्षण गर्दा नाङलो बेकरी प्रा.लि., सानेपाबाट दैनिक रुपमा केक खरिद गर्ने र विक्री नभएको अर्को दिन फिर्ता गर्ने गरेको भनिए पनि सोको अभिलेख प्रमाण क ... बाँकी अंश»

मुस्ताङ घुम्नेमा भारतीय अग्रस्थानमा

२०७२ माघ ४ सोमबार, निर्मल खत्री, मुस्ताङ । नेपालको सबै भन्दा धेरै पर्यटक बित्रिने मुस्ताङमा वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्प र लामो समदेखि भारतले गरेको अघोषित नाकाबन्दीले मुस्ताङको पर्यटन ठप्प बनेको छ ।अघिल्लो वर्ष  सहि ढंगले अघि बढेको पर्यटन व्यवसाय भुकम्प यता धराशायी बन्दै गएकोे छ । एक्याप जोमसोमका पर्यटन सहायक बेल पुनले जानकारी दिएका छन । सन् २०१४ मा ४१ हजार भन्दा बढी पर्यटक भित्रिएको जिल्लामा सन् २०१५ मा २३ हजार पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र ... बाँकी अंश»

बीएनसीसीले साताव्यापी अभियान सञ्चालन गर्ने

२०७२ माघ ४ सोमबार, काठमाडौं । नेपाल र बेलायत सम्बन्धको २ सयौं वर्ष गाँठको अवसर पारेर ब्रिटेन नेपाल चेम्वर अफ कमर्स (बीएनसीसी)ले नेपाल र बेलायतको व्यवसायीक सम्बन्ध थप मजबुत बनाउन आगामी मार्च १४ देखि साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।   बीएनसीसीले आगामी मार्च १४ देखि एक साता नेपालका विभिन्न व्यवसायीक एवं प्रतिनिधिमुलक संस्थाहरुसँग नेपाल र बेलायतको व्यवसायी सम्बन्ध थप मजबुत बनाउने उदेश्यले छलफल गर्न लागेको बताएको छ ।  त्यस अवसरमा नेपाल व्रिटेन चेम्बर अफ कम ... बाँकी अंश»

नाट्टामा मधुसूदन आचार्य समूह प्यानलै विजयी

२०७२ माघ ४ सोमबार, काठमाडौं । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को आइतबार सम्पन्न निर्वाचनमा मधुसूदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ। नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा निर्वाचनबाट अत्याधिक मत ल्याई आचार्य समूह विजयी भएको हो। आईतबार साँझसम्म सम्पन्न निर्वाचन र तत्पश्चात् मध्यरातसम्म भएको मतगणनापछि आचार्य समूह भारी मतले विजयी भएको हो ।    आईतबार सम्पन्न निर्वाचनमा कुल ४ सय ३२ मत खसेको थियो। ४ सय ५४ मतदाता रहेकोमा जम्मा ४ सय ३२ ले ... बाँकी अंश»

पाँच ‘चर’ र सात ‘स’अवधारणामा पर्यटन अभियान

२०७२ माघ ३ आइतबार, काठमाडौँ । मुलुकको अर्थतन्त्रको दरिलो आधार मानिने पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पाँच ‘चर’ र सात ‘स’को नयाँ अवधारणाको आवश्यकता औँल्याइएको छ । भूकम्प र नाकाबन्दीबाट थलिएको पर्यटनलाई गति दिन विगतका वर्षमा विभिन्न नाराका साथ अभियानको रुपमा चलाइको मिसन पर्यटनजस्तै अहिलेको सन्दर्भमा नयाँ अवधारणा ल्याइएको हो । पर्यटन प्रवद्र्धनका लागि नीतिगत योजनाका साथ मिसनमा लागेको सरकारले विगतका विभिन्न विपद्को सामना र सङ्क्रमणबाटै सम्भावना खोज्ने ... बाँकी अंश»

बोधिचित्त माला चीन लैजाने तयारीमा व्यवसायी

२०७२ माघ ३ आइतबार, बनेपा । बोधिचित्त मालाको फल करोडौँ मूल्यमा खरिद गरेर नाफा कमाउने आशामा बसेका काभ्रेपलाञ्चोक बोल्देफेदिचे– २ का चन्द्रध्वज लामा अहिले तनावमा हुनुहुन्छ । उहाँ आफूले किनेको बोधिचित्तको माला पैठारी हुन नसकेपछि आफ्ना छोरामार्फत चीन लगेर बेच्ने तयारीमा हुनुहुन्छ । “चिनियाँ लामा नेपाल आउँछन् तर बोधिचित्तको मालाको मूल्य असाध्यै कम दिन थालेका छन्” जिल्लाको तिमाल क्षेत्रका पुराना व्यवसायी लामाले भन्नुभयो । चीनमा लाग्ने महोत्सवमा स्टल बुकिङ्को त ... बाँकी अंश»

एसियाली पूर्वाधार विकास बैंकको बोर्डमा नेपाल

२०७२ माघ २ शनिबार, काठमाण्डौ । चीनको बेइजिङमा भईरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नौ देश र गैह्र क्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् ।   बेइजिङबाट अर्थमन्त्रालय सम्बद्ध अधिकारीहरुले दिएको जानकारी अनुसार एसियाबाट नेपालसहित चीन, युएई, इन्डोनेसिया, अष्ट्रेलिया, रसिया , भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकहरुबाट संयु ... बाँकी अंश»

माइकिङ सुविधा नहुँदा लुक्ला विमानस्थलका यात्रु मर्कामा

२०७२ माघ २ शनिबार, सोलुखुम्बु । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय सिजनमा एकै दिनमा ८०-९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकै पटक तीन-चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्ने जस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गर ... बाँकी अंश»

कोरिया जान नपाएकालाई पुनःनिर्माणमा खटाइने

२०७२ पौष ३० बिहिबार, काठमाडौँ । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ । शाखाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष सो प्रस्ताव पठाउँदै करिब बीसदेखि तीस हजार अदक्ष श्रमिकलाई स्वयम्सेवकको रुपमा छनोट गर्न सकिने जनाएको छ । शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षामा असफल भएका परीक्षार्थीलाई छनोट गर्दा राजनीति ... बाँकी अंश»

इटहरी उपमहानगरको बजेट सत्ताइस करोड

२०७२ पौष ३० बिहिबार, इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३-७४ का लागि रु २६ करोड ९४ लाख ७८ हजार ६६० को बजेट प्रस्ताव गरेको छ । उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाका अनुसार यो बजेट अघिल्लो वर्षको तुलनामा रु चार करोडले कमी हो । बजेट सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्ने वातावरण बन्यो त्यही गतिमा विकासका कार्य जनतासम्म पुग्ने बताउनुभयो ।    सो अवसरमा सा ... बाँकी अंश»

समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

२०७२ पौष ३० बिहिबार, कृष्ण पौडेल, सिमरा ।सिमरास्थित समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको हो । आज वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष डम्मरमणि थेवे लिम्वुले गत आर्थिक वर्ष करीव ४३०० सदस्यहरुलाई करीव ११ करोड लगानी गरेको बताउनुभयो । गत आर्थिक वर्ष संस्थाले झण्डै १२ करोडको कारोवार गरी २२ लाख रुपैया मुनाफा गरेको छ । & ... बाँकी अंश»

अन्तर्राष्ट्रिय सम्मेलन गरी २५६० औँ बुद्धजयन्ती मनाउने तयारीमा सरकार

२०७२ पौष २९ बुधबार, काठमाडौँ । सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी २५६० औँ बुद्धजयन्ती मनाउने तयारी गरेको छ । सम्मेलन गर्न बौद्ध गुरुसँग आज मन्त्रालयमा गरिएको छलफल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले एक हप्तासम्म चल्ने यो सम्मेलन धार्मिक र प्राज्ञिक दुवै हुने बताउनुभयो । मन्त्री पोखरेलले भन्नुभयो – “विश्व शान्तिको सन्देश लिएर गौतम बुद्ध नेपालमा जन्मिए । बुद्धत्व प्राप्त नगरी जन्मिएको भए एकैपटक परिवा ... बाँकी अंश»

नयाँ