अर्थ

२० लाख बराबरको स्याउ जनावार र चराचुरुङ्गीलाई ठिक्क

२०७३ श्रावण २७ बिहिबार, बझाङ। जिल्लाको दंगाजी गाविस स्थानीयहरुले लगाएको झण्डै २० लाख बराबरको स्याउ खेती बारीमा नै नष्ट हुन थाले पछि स्थानीय कृषक चिन्तीत बन्न थालेका छन्। दंगाजी गाविस वडा नम्बर ८ बगाडाका ७० परिवारले खेतबारीमा लगाएको झण्डै १३ हजार किलो स्याउ जंगली जनावर बाँदर, दुम्सी र जंगली चराचुरुङ्ले खाएर बारीमै नष्ट गरे पछि कृषकहरु चिन्तित बनेका हुन्।   बारीमा लगाएको  एक सय  क्युन्टल स्याउ  मध्य ५० क्युन्टल स्याउ जंगली जनावर बाँदर, दुम्सी र चराचुरुङ्गीहरुले र ... बाँकी अंश»

नेपाल–चीन सीमामा हाटबजार सुरु

२०७३ श्रावण २६ बुधबार, मुगु  । तिब्बतको सीमावर्ती जिल्ला ह्याजिमारमा गत वर्ष झै यस वर्ष पनि आजबाट १० दिने हाट बजार सुरु भएको छ ।    चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका नेपालका सीमावर्ती जिल्लाका बासिन्दालाई लक्षित गरी प्रत्येक वर्ष साउन अन्तिम साता हाटबजार लाग्ने गरेको छ ।    नेपालका हिमाली क्षेत्रमा पर्ने र तिब्बतसँग जोडिएका जिल्लाहरूसँग व्यापारका लागि सामान आयत निर्यात तथा जडीबुटी बिक्री गर्न सदियौदेखि अस्थायीरुपमा एक हप्ताका लागि नाका खुल्ला गरि ... बाँकी अंश»

सुझाव माग्न आएका अर्थमन्त्री महरालाई बाबुरामले यसरी पढाए

२०७३ श्रावण २६ बुधबार, काठमाडौं । माओवादी–कांग्रेस गठनबन्धन सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा सुझाव माग्न पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई कहाँ पुगेका छन् । आफ्नै पार्टीका पूर्व नेता समेत रहेका भट्टराईकहाँ पुगेर महराले आर्थिक रणनीतिबारे सुझाव मागेको हुन् ।   भट्टराईले आफुले जाने बुझे अनुसार बुँदागत रुपमा पाँच सुझाव दिएको आफ्नो ट्वीटर र फेसबुक अकाउन्टमार्फत जानकारी गराएका छन् । उनले भनेका छन्, ‘सुझाव माग्न आउनु भएका अर्थ ... बाँकी अंश»

यस्तो बन्यो काठमाडौंको वायु प्रदूषण नाप्ने यन्त्र, साउन अन्तिमसम्म सञ्चालनमा आउने

२०७३ श्रावण २६ बुधबार, काठमाडौं । वायू प्रदूषण दर कति खतरनाक विन्दुसम्म पुग्यो भन्ने थाहा पाइएन भनेर तपाईँ चिन्तित हुनुहुन्छ ? यदी त्यसो हो भने अब चिन्ता नगर्नुस् ।    काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा कति छ भनेर थाहा पाउन अब गाह्रो छैन । वातावरण विभागले इसिमोडसँगको सहकार्यमा काठमाडौं उपत्यका र काभ्रेको धुलिखेलमा गरी ३ ठाउँमा  वायू प्रदूषण मापनको लागि नयाँ प्रविधि जडान गर्ने भएको छ ।    वातावरण विभागले यसको प्रक्रिया अन्तिम चरणमा पुगिसकेकाले सम्भवत ... बाँकी अंश»

‘चीन–नेपाल–भारत आर्थिक मार्ग : 'समृद्धिको संवाहक’

२०७३ श्रावण २६ बुधबार, काठमाडौँ । चीन र नेपालका विद्वत् वर्गले चीन–नेपाल–भारत आर्थिक मार्ग दक्षिण एसियाका लागि मात्र नभई समग्र उपमहाद्वीपकै निम्ति समृद्धिको संवाहक हुने धारणा व्यक्त गरेका छन् ।    नेपाल विश्व सम्बन्ध परिषद् र चीन अध्ययन केन्द्रले आज संयुक्त रुपमा आयोजना गरेको ‘चीन–नेपाल–भारत आर्थिक मार्ग : संभावना र दृष्टिकोण’ विषयको कार्यशालाका सहभागीले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।    क्षेत्रीय विकास र समृद्धिका लागि चीनले अघि सारेको ‘एक ... बाँकी अंश»

उच्च प्राथमिकतामा बुढीगण्डकीको इआईए, सुझाव दिन बैठक बस्दै

२०७३ श्रावण २६ बुधबार, काठमाडौं। बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (इआईए) अध्ययनलाई वातावरण मन्त्रालयले उच्च प्राथमिकता दिएको छ। लामो समयसम्म इआईएको विषयमा कुरा अल्झिएको उक्त परियोजनाको इआईए स्वीकृतीमा ढिलाई नहोस् भन्नको लागि इतिहासमै पहिलो पटक इआईए सुझाव समितिमा विज्ञहरूको संख्या दोब्बर बनाईएको मन्त्रालय को इआईए शाखाले जानकारी दिएको छ।    यसभन्दा अगाडिका परियोजनाहरूको इआईए सुझावको लागि गठन हुने सुझाव समितिमा निक ... बाँकी अंश»

सम्झौता गरेको दोस्रो दिनदेखि नै युनिलिभरद्वारा सहमति उल्लंघन

२०७३ श्रावण २६ बुधबार, काठमाडौं। कामदारहरूसँग प्रमुख जिल्ला अधिकारी समेतको मध्यस्ततामा सम्झौता पत्रमा हस्ताक्षर गरेको दोस्रो दिनदेखि नै युनिलिभर कम्पनीले सहमति उल्लंघन गरेको छ। पहिलो पटकको सम्झौता कार्यान्वयन नगरेपछि केहीदिन अघिदेखि उद्योगका कर्मचारी र मजदूरहरूले युनिलिभरको हेटौंडामा रहेको उद्योगमा आन्दोलन सुरू गरेका थिए।    तर, गत आइतबार मजदूर र व्यवस्थापनबीच ३ बुँदे सहमति भएको थियो। जुन सहमति पत्रमा गत जेठ १६ गते भएको सहमति बमोजिमको कार्यान्वयन नभएको विष ... बाँकी अंश»

युनिलिभरका व्यवस्थापकहरू कम्पनी बन्द गरेर भारत जाँदै

२०७३ श्रावण २५ मंगलबार, काठमाडौं। केही दिनदेखि मजदूर आन्दोलन चर्किएको युनिलिभर कम्पनीका व्यवस्थापकहरू हेटौंडा स्थित उद्योग बन्द गरेर भारत तिर जान लागेका छन्। मजदूर आन्दोलनको बाहानामा आफ्नो उत्पादन र प्रशासन समेत बन्द गरेर उनीहरू बोर्ड बैठकको लागि भन्दै भारततिर जान लागेका हुन्।    त्यहाँका कर्मचारीले दिएको जानकारी अनुसार गत आइतबार युनिलिभरका कर्मचारी र व्यवस्थापनबीच विभिन्न बुँदामा सहमति भएको भएपनि व्यवस्थापनले उद्योग बन्द गरेर भारततिर लाग्ने भएपछि कर्मचार ... बाँकी अंश»

पुँजी बजारको विकासका लागि सुशासनको आवश्यकता

२०७३ श्रावण २५ मंगलबार, काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताएका छन् ।    रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले सर्वसाधारण नागरिक छिटो पैसा कमाउने पेशाका रुपमा पुँजी बजारमा प्रवेश गर्ने प्रवृत्ति देखिएको छ भने । पुँजीबजारमा लागेको मानिस लहलहैमा लाग्ने प्रवृत्ति र मनोविज्ञानको विकासले बजारमा कहिलेकाहीँ उतारचढाव आउने बताए ।    नेपाल धितोपत्र बोर्डका ... बाँकी अंश»

चन्द्रागिरिमा केबलकार चल्न थाल्यो

२०७३ श्रावण २५ मंगलबार, काठमाडौँ । धार्मिक, ऐतिहासिक र सौन्दर्यको त्रिवेणी चन्द्रगिरिमा केवलकार संचालन भएको छ ।   चन्द्रागिरि हिल्स लिमिटेडले  प्रवर्द्धन  गरेको बहुप्रतिक्षित चन्द्रागिरि केबलकारको टप स्टेशनस्थित भालेश्वर मन्दिरमा आज बैधिक विधिपूर्वक पाठपुजा गरिएको छ । कम्पनीका संचालक तथा प्रवर्द्धकहरूको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौंको चन्द्रागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गा.वि.स.का स्थानीय वासिन्दाहरूको उपस्थिति रहेको थियो ।   ... बाँकी अंश»

पूरक बजेट आउँदैनः उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा

२०७३ श्रावण २५ मंगलबार, काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिइने बताएका छन्।   अर्थ मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेटलाई नै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे। अर्थमन्त्री महाराले भने, “राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्छौँ, त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ।”   संसद्ले विनीयोज ... बाँकी अंश»

गोर्खा ब्रुअरी र जगदम्बा स्टीलले जरिवाना बापतको ५० हजार तिरेनन्

२०७३ श्रावण २५ मंगलबार, काठमाडौं। जनसंख्या तथा वातावरण मन्त्रालयले जगदम्बा स्टिल र गोर्खा ब्रुअरीलाई कारबाही गरेको छ। अघिल्लो आर्थिक वर्षमा यी दुबै कम्पनीलाई गैरकानूनी रूपमा उद्योग सञ्चालन गरेको आरोपमा कारबाही गरिएको भएपनि दुबैले अहिलेसम्म जरिवाना बापतको पैसा नतिरेको मन्त्रालयको मापदण्ड महाशाखाले जानकारी दिएको छ। मन्त्रालयले तय गरेको मापदण्ड विपरित वातावरण प्रदूषण गरेको आरोपमा दुबै कम्पनीलाई जनही ५० हजारको दरमा कारबाही गरिएको मन्त्रालयले जनाएको छ।    वाता ... बाँकी अंश»

योजना आयोगका उपाध्यक्ष डा खतिवडाले दिए राजीनामा

२०७३ श्रावण २४ सोमबार, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले आजदेखि लागू हुने गरी राजीनामा दिएका छन् ।    प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले राससलाई जानकारी दिए । “प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन, त्यसकारण पत्र पठाएर राजीनामा दिएको छु । नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने मनशायका साथ मैले मार्गप्रशस्त गरेको हुँ । अरु सदस्यले के गर्नुभयो, मल ... बाँकी अंश»

सेयर बजार हालसम्मकै उच्च गिरावट

२०७३ श्रावण २४ सोमबार, काठमाडौँ। धितोपत्र बजारमा हालसम्मकै उच्च गिरावट आएको छ। निरन्तर ओरालो लाग्दै आएको सेयर बजारमा आज करिब ८९ अङ्कले गिरावट आएको हो।   नेपाल स्टक एक्चेन्जकाअनुसार उत्पादन समूह बाहेक अरु सबै समूहको सेयरमा उच्च गिरावट आएको हो । कुल १३० कम्पनीको ११ लाख ६२ हजार ५७१ कित्ता सेयर रु ८७ करोड ९३ लाख ८१ हजार ८११ मूल्य बराबरको कारोबार भएको छ।   स्टकका अनुसार बैङ्किङ ५.५७, होटल २.९३ विकास बैंक ३.७९, जलविद्युत् ४.५२, फाइनान्स ३.५१, बिमा ६.३३ र अन्य समूहको सेयर ३.८७ प ... बाँकी अंश»

विशेष आर्थिक क्षेत्र 'सेज' विधेयक सदनमा प्रस्तुत

२०७३ श्रावण २४ सोमबार, काठमाडौँ। विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७१ व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिएको छ।   संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङ्दम्बेले आज समितिको सुझाव र प्रतिवेदनसहितको विधेयक सदनमा प्रस्तुत गरेका हुन्।   विशेष आर्थिक क्षेत्रको सञ्चालनका लागि आवश्यक ऐनको अभावमा भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र सञ्चालन हुन नसकिरहेको तथा विगत लामो समयदेखि संसद्मा विधेयक दर्ता हुने र फिर्ता हुने गरिरहेक ... बाँकी अंश»

विपिसीको कार्यालय उपभोक्ताबाट घेराउ

२०७३ श्रावण २४ सोमबार, श्रीकृष्ण सिग्देल,स्याङ्जा । गएको असार १६ गते विद्युत महशुल निर्धारण आयोगले बुटवल पावर कम्पनीलाई महशुल बृद्धि गर्ने स्विकृति दिए सगै स्याङ्जावासी आन्दोलीत भएका छन् । उपभोक्ताहरु सगँ छलफल नै नगरी चर्को महशुल बृद्धि गरेको विरोधमा आन्दोलीत भएका हुन् ।    बुटवल पावर कम्पनीले श्रावण १ गतेदेखि लागु हुने गरी महशुल बृद्धि गरेको सुचना सार्वजनिक भएपछि  उपभोक्ताहरु चरणबद्ध आन्दोलनमा छन् । मुल्य बृद्धि घटाउको माग गर्दै पश्चिम स्याङ्जाका उपभोक्तहर ... बाँकी अंश»

प्यूठानका बाढी पहिरो प्रभावितको तथ्याङ्कमा विवाद

२०७३ श्रावण २४ सोमबार,  प्यूठान। बाढी पहिरोले ५० जनाको मृत्यु, एकजना बेपत्ता तथा करोडौँको भौतिक पूर्वाधारमा क्षति भएको प्यूठानमा बाढी पहिरोको तथ्याङ्कमा विवाद देखिएको छ ।    जिल्लाका १६ वटा गाविस बाढी पहिरोबाट प्रभावित भए पनि जिल्लामा प्रभावितको यथार्थ विवरण तयार हुन नसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लामा अहिलेसम्म जिल्ला प्रहरी कार्यालय, प्रभावित गाविसमा गाविस कार्यालय र रेडक्रस प्यूठान शाखाले फरक फरक तीनथरिका तथ्याङ्क तयार गरेको प्रम ... बाँकी अंश»

चितवनमा ८३८ नयाँ उद्योग थपिए

२०७३ श्रावण २४ सोमबार, चितवन । जिल्लामा गत आवमा ८३८ वटा नयाँ उद्योग थपिएका छन् ।थपिएका उद्योगमा साना उद्योग ८१० र घरेलु २८ वटा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार ती उद्योग सञ्चालनका लागि स्थिर पुँजी रु ५७ करोड १२ लाख ४७ हजार र चालु पुँजी रु ४१ करोड ३० लाख १९ हजार लगानी गरिएको छ । तीन हजार २४ जनाले रोजगारी पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।    उद्योग सञ्चालकमध्ये ७६२ पुरुष र १७९ महिला रहेका छन् । गत आवमा ९४ उद्योग लगत कट्टा भएका छन् भने ३१२ वटाको नवीकर ... बाँकी अंश»

स्वदेशी लगानीमा जलविद्युत् आयोजना अगाडि बढाउन माग

२०७३ श्रावण २३ आइतबार, काठमाडौँ । मुलुकभित्रै लगानी जुट्न नसक्ने र वैदेशिक लगानी पनि भित्र्याउन नहुने भन्ने दुई अतिवादी सोचका कारण नेपालको जलविद्युत् क्षेत्रमा उल्लेख्य लगानी आउन नसकेको आज आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।    राष्ट्रिय सरोकार अभियानले आयोजना गरेको ‘नेपालको जलस्रोत विकासमा अरुण तेस्रोको निर्माण किन र कसरी ?’ विषयको अन्तरक्रियाका सहभागीले प्रष्ट नीति तथा योजनाको अभावमा मुलुक सधैँ अँध्यारो रहनुपर्ने अवस्थामा रहेको उल्लेख गरे ।  ... बाँकी अंश»

गरिब उत्थानलाई पाँच लाख सहयोग

२०७३ श्रावण २३ आइतबार, स्याङ्जा। स्याङ्जा र पर्वतका लागि उत्थान परियोजनाले गरीवी निवारणका लागि पाँच लाख सहयोग गरेको छ । लायन्स क्लव अफ वालिङ सिटिको आयोजनामा उत्थान परियोजनाकी अध्यक्ष साहिव्य राजभण्डारीले पाँच लाख हस्तान्तरण गरेकी हुन् ।    सजिलो र आवश्यकता बढी देखिएकोले परियोजनाले गरिब नागरिकका लागि बाख्रा पालनलाई सो रकम हस्तान्तरण गरेको हो । बाख्रा सगै बाख्रामा लाग्ने रोगको निदानका लागि समेत एक जना प्राविधिकको सहयोग गरेको छ । परियोजनाकी अध्यक्ष राजभण्डारीले ... बाँकी अंश»

नयाँ