अर्थ

वैदेशिक रोजगार व्यवसायी संघमा ढकाल प्यानलको उम्मेदवारी घोषणा

२०७४ असार ९ शुक्रबार, काठमाडौं । व्यवसायीको हक हित र सम्मान हाम्रो निरन्तर अभियान भन्ने नाराका साथ बिमल ढकालको नेतृत्वमा असार ३० गते हुने नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागी प्यानल घोषणा भएको छ।  ... बाँकी अंश»

जर्मन प्रविधीबाट निर्मित 'एसीसी ब्लक्स ‘ईटा’ नेपाली बजारमा 

२०७४ असार ९ शुक्रबार, काठमाडौं। नेपालमा पहिलो पटक उत्पादन भएको एसीसी ब्लक्स बजारमा आएको छ। एरो ब्रिक्स कम्पनी प्रा.ली.ले उत्पादन गरेको ईटा अरु साधारण ईटा भन्दा बलियो, हलुको र कम मुल्य पर्ने कम्पनिले जनाएको छ। कम्पनीका कार्यकारी निर्देशक बाबुराजा रावलले उद्घाटनका क्रममा भने ‘हालको ईटा भन्दा यो बलियो, हलुको हुनुका साथै सस्तो पर्दछ। यो माग बमोजिम बिभिन्न आकारमा उपलब्ध हुन्छ। ठुलो आकार प्रयोग गर्दा स्वभाविकरुपमा अन्य निर्माण सामाग्री (सिमेन्ट , बालुवा आदि) कम प्रयोग हुने भएकोले लागत कम लाग्छ।‘  ... बाँकी अंश»

आफ्नो पनि कर मिनाहा गरिदिन निर्माण व्यवसायीको प्रधानमन्त्रीसँग आग्रह

२०७४ असार ८ बिहिबार, काठमाडौं । एकाथरी व्यवसायीहरुको कर मिनाहा गरेको विषयमा कर फर्छ्यौट गरेको विषयमा अख्तियारले कारबाही चलार्इरहेको बेलामा नेपाल निर्माण व्यवसायी महासंघले आफूहरुको पनि कर मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । बिहीबार महासंघको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी लामो समयदेखि बक्यौता रहेको आयकर, मुल्य अभिवृद्धि कर लगायतका राजश्वहरु बुझाउन नसकी व्यवसायीहरु पीडित हुन परिरहेकोले तिर्न तथा बुझाउन बाँकी रहेको राजश्व बक्यौतामा लागेको व्याज, हर्जना र जरिवाना मिनाहा गरी साँवा कर मात्र चुक्ता गर्ने व्यवस्था नीतिगत रुपमा नै गरिदिन आग्रह गरेका थिए । उनीहरुले यसरी बक्यौता फर्छ्यौट गर्न सकिने व्यवस्था एक पटकका लागि मात्र देशभर लागु हुने आवश्यक प्रकृया थालनी गर्न टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  ... बाँकी अंश»

भूकम्पपीडितको गुनासो व्यवस्थापनको अधिकार पनि सिंहदरबारबाट गाउँमा पुग्यो

२०७४ असार ८ बिहिबार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंँगै गाँउपालिकासम्मलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन गरेको छ । यससँगै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दाबी गरेझै सिंहदरबारबाट भूकम्पपीडितको गुनासो सुन्ने अधिकार पनि गाउँगाउँमा पुगेको छ ।  ... बाँकी अंश»

चूडामणि शर्मालाई थप ७ दिन थुनामा राख्न अनुमति

२०७४ असार ८ बिहिबार, काठमाडौं । राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालतले थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ । ... बाँकी अंश»

पशुपालक कृषकलाई ३३ लाख ४० रुपैयाँ हजार अनुदान 

२०७४ असार ८ बिहिबार, रामेछाप । जिल्ला पशु सेवा कार्यालय रामेछापले व्यवसायिक पशुपालनतर्फ उन्मुख जिल्लाका ४२ जना पशुपालक कृषकलाई ३३ लाख भन्दा बढी रकम अनुदान वितरण गरेको छ । कार्यालयले आज सदरमुकाम मन्थली स्थित कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरी युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रम, केन्द्रीय कार्यक्रम, युवा लक्षित बजार प्रबद्र्धन कार्यक्रम अन्तर्गत ३३ लाख ४० हजार रुपैयाँ अनुदानको रुपमा वितरण गरेको हो ।  ... बाँकी अंश»

रुपन्देहीमा कर परीक्षण तालिम 

२०७४ असार ८ बिहिबार, बुटवल । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा एक सातासम्म सञ्चालित लेखा, लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण आज (बिहीबार) समापन भएको छ । तालिम समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले चुस्त प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले अतिरिक्त कार्यका रूपमा प्रशिक्षण आयोजना गर्ने गरेको बताए । ... बाँकी अंश»

आईएमई डिजिटलले 'मोबाइल वालेट' ल्याउने

२०७४ असार ८ बिहिबार, काठमाडौँ । आईएमई समूहको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । ... बाँकी अंश»

जिम्मेवार पदाधिकारीले यसरी बढाउँदा रहेछन् भ्रष्टाचार

२०७४ असार ८ बिहिबार, काठमाडौँ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका जिम्मेवार पदाधिकारीमा निजी स्वार्थका लागि काम गर्ने प्रवृत्ति हुनुले पनि मुलुकमा भ्रष्टाचार बढ्ने गरेको कानुनी र प्रशासनिक क्षेत्र विज्ञहरुले बताएका छन् । ... बाँकी अंश»

'एमालेले अरुण-३ मा अवरोध नगरेको भए नेपालले अहिले विजुली बेचिरहेको हुन्थ्यो'

२०७४ असार ७ बुधबार, पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भएको हुँदा अव पनि काँग्रेसले नै स्थानीय तहको निर्वाचनमा जित हाँसिल गरेर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पाँचथरको फिदिममा बुधबार आयोजित बृहत चुनावीसभालाई सम्वोधन गुरुङले यस्तव् दाबी गरेका हुन् । काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान स्थापना भएको हुँदा अव त्यसलाई कार्यान्वयन गर्दै अब तोकिएकै मितीमा तीनवटै तहको चुनाव हुने उनले बताए । ... बाँकी अंश»

चीनले सम्झायो 'वानवेल्ट वान रोड' सम्झौता, ८ अर्ब डलर लगानी चाँडै आउने 

२०७४ असार ७ बुधबार, काठमाडौं । चिनियाँ प्रतिनिधि मण्डलले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटी चीन सरकारसँग भएको वानवेल्ट वान रोड परियोजनामा नेपालले गरेको हस्ताक्षरलाई स्मरण गराएको छ । बुधबार मन्त्रालयमा भएको भेटमा चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवाहन तथा यातायात, रोड एन्ड बेल्ट इनिसियटिभ्स, क्रस बोडेर इकोनोमिक जोन जस्ता परियोजनाहरुको बारेमा चिनियाँ पक्षले सरकारलाई स्मरण गराएको महराको निजी सचिवालयले जनाएको छ ।  ... बाँकी अंश»

म्यानपावरको बदमासी, साउदीमा १७ युवा अलपत्र

२०७४ असार ७ बुधबार, गाईघाट । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । ... बाँकी अंश»

युवा स्वरोजगार कोष लथालिंग, उपाध्यक्षले गरे कोषको दुरुपयोग

२०७४ असार ६ मंगलबार, काठमाडौं । अर्थमन्त्रालयको गेटबाट करिब ४ सय मीटर पूर्वपट्टि सिंहदरबारको गेटबाहिर यसै मातहत रहने एक कार्यालय छ, युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय । कोषको कार्यकारी उपाध्यक्ष छन, योजना आयोगका पूर्व सदस्य तथा एमालेका खर्राट कार्यकर्ता डा. प्रेमप्रसाद दंगाल । ... बाँकी अंश»

नेपालमै पहिलोपल्ट पेमेन्ट गेटवे कम्पनीमा इ-सेवाले पायो लाइसेन्स

२०७४ असार ६ मंगलबार, काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा प्रा.लि.ले भुक्तानी सेवा प्रदायकको लाईसेन्स् प्राप्त गरेको छ । इसेवालाई मंगलबार राष्ट्र बैंकले लाइसेन्स् प्रदान गरेको  प्रा लिका प्रमुख कार्यकारी अधिकृत अस्गर अलिले जानकारी दिए ।  ... बाँकी अंश»

एक लाख २५ हजार घुस सहित इन्जिनियर रंगेहात पक्राउ

२०७४ असार ६ मंगलबार, पाँचथर । जिल्ला शिक्षा कार्यालय पाँचथरका करार सव इन्जिनियर मनोज कुमार यादव एक लाख २५ हजार रुपैंयाँ घुस लिंदै गर्दा मंगलबार रङ्गेहात पक्राउ परेका छन् । कार्यालय खुलेपछि घुस लिँदै गर्दा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलिले रङ्गेहात पक्राउ गरेको हो ।  ... बाँकी अंश»

नियमित विजुली दिन प्रम देउवा र कुलमान घिसिङलाई अदालतको आदेश

२०७४ असार ५ सोमबार, ओखलढुंगा । उच्च अदालत विराटनगर, अस्थायी इजलाश ओखलढुंगाले प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र कार्यकारी निर्देशक कुलमान घिसिङलाई नियमित विद्युत प्रवाह गर्न र विद्युत ऐन २०४९ कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ । वरिष्ठतम् न्यायधीश टेकराज नेपाल र न्यायधीश दिपेन्द्रबहादुर बमको इजलाशले सोमबार यस्तो आदेश दिएको हो । ... बाँकी अंश»

ग्लोबल आइएमई बैंकको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत  

२०७४ असार ५ सोमबार, काठमाडौं। ग्लोबल आइएमई बैंकले यहीँ असार ५ गतेदेखि फिदिम एक्सटेन्सन काउण्टरलाई आफ्नो शाखामा परिणत गरेको छ। पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो। ... बाँकी अंश»

एसियाली पूर्वाधार लगानी बैंकले ठूलो मात्रामा लगानी गर्दैै

२०७४ असार ५ सोमबार, काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा ठूलो मात्रामा लगानी गर्ने भएको छ। दक्षिण कोरियाको जेजुमा यही असार २ देखि ४ गतेसम्म आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी हुन ... बाँकी अंश»

सुक्खा बन्दरगाहको काम कारबाही ठप्प

२०७४ असार ५ सोमबार, पर्सा। भारतीय रेल सञ्जालसंग जोडिएको मुलुककै एक मात्र वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहको काम कारबाही ठप्प भएको छ। विषालु सर्पको डसाइबाट मृत्यु भएका मजदुरका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै बन्दरगाहको प्रमुख प्रवेशद्वार नै अवरुद्ध गरेपछि गए राति १० बजेदेखि काम कारबाही ठप्प भएको हो ... बाँकी अंश»

किसानलाई गुणस्तरीय दाना बनाउने तालिम

२०७४ असार ५ सोमबार, स्याङ्जा। स्याङ्जाका व्यावसायीक किसानलाई तिन दिने दानाको गुणस्तरीयता तालिम प्रदान गरिएको छ । लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला ललितपुरको आयोजनामा जिल्लाका अगुवा किसानलाई दानाको गुणस्तर तालिम प्रदान गरिएको हो। ... बाँकी अंश»

नयाँ