अर्थ

चुहावटबाट मात्रै १८० मेगावाट विद्युत् क्षति, नियन्त्रण अभियान चल्दै

२०७३ बैशाख १८ शनिबार, काठमाडौँ। विद्युत्को माग दैनिक बढिरहेका बेला चुहावटबाट मात्रै १८० मेगावाट खेर गइरहेको जनाई नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । वैशाख महिनाभरि सञ्चालन हुने अभियानका आधारमा थप रणनीति तय गरिने र र चुहावट तथा चोरीलाई कुनै न कुनै रुपमा कमी ल्याइने प्राधिकरणको योजना छ । हाल प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा पुग नपुग ७५० मेगावाट प्रवाह भइरहेको भए पनि चुहावटको मात्रा बढी भएपछि प्रधानमन्त्रीले चुहावट नियन्त्रण ... बाँकी अंश»

श्रमजीवी कर्मचारीको पारिश्रमिक बढाउन माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन

२०७३ बैशाख १७ शुक्रबार, काठमाडौ‌। आगामी आर्थिक वर्षको बजेटमा श्रमजीवीकामदारहरूको समयसापेक्ष तलव बृद्धि गर्न माग गर्दै संयुक्त ट्रेड युनियन केन्द्रले अर्थमन्त्री विष्ण पौडेललाई ज्ञापन पत्र बुझाएको छ। विभिन्न ट्«ड युनियनहरूबीच एकीकरण भएर स्थापना भएको केन्द्रका अध्यक्ष खिलानाथ दाहालको नेतृत्वमा गएको केन्द्रका पदाधिकारीहरूको टोलीले बिहीबार अर्थमन्त्री पौडेललाई भेटेर संविधान निर्माणपछि आउनलागेको पहिलो बजेटले श्रमजीवीको मन दुखाउन नहुने सुझाव दिएका थिए।    ... बाँकी अंश»

भूकम्पले क्षति पुगेका आठ गाविसले यहाँबाट पाउँदैछन् रकम (विवरण सहित)

२०७३ बैशाख १७ शुक्रबार, काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित भएका नौ जिल्लाका १० गाविसमा रकम वितरण गर्नका लागि रकम निकासा गरिसकेको जनाएको छ। प्राधिकरणले ती गाविसका भूकम्पपीडितहरूलाई तोकिएको बैंकको शाखाबाट पैसा लिनको लागि पनि सम्बन्धित पक्षलाई आग्रह गरेको छ। उसले सम्बन्धित जिल्ला विकास समितिको कार्यालयलाई पनि यथाशीघ्र रकम सम्बन्धित बैंकको कार्यालयमा पुर्‍याउन समेत आग्रह गरेको छ। यद्यापी प्राधिकरणले पठाएको पैसा जिल्ला विकास समितिको क ... बाँकी अंश»

बस्ती स्थानान्तरणको सुझाव दिन विज्ञ समिति गठन

२०७३ बैशाख १७ शुक्रबार, काठमाडौं। सरकारले भूकम्पपछि जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण वा पुनर्वास सगर्ने सम्बन्धमा सहयोग पुर्‍याउनको लागि भन्दै समिति गठन गरेको छ। डा.तारानिधि भट्टराईको संयोजकत्वमा गठित विज्ञ समूहले प्रभावित क्षेत्रमा बसाईँको लागि योग्यता परीक्षण तथा अध्ययन गर्नका लागि सहजीकरण गर्न र आवश्यक सहयोग पुर्‍याउने प्राधिकरणद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ। बिहीबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बैठकले समिति गटन गर्ने न ... बाँकी अंश»

भूकम्पपीडितलाई एक पछि अर्को सास्ती

२०७३ बैशाख १७ शुक्रबार, काठमाडौं। सरकारले लामोसमयसम्म भूकम्पपीडितको लागि दिने भनेको रकम उपलब्ध गराउन नसक्दा सास्ती खेपीरहेका भूकम्पपीडितहरू फेरि अर्को सास्ती खेप्न बाध्य हुने भएका छन्। सरकारको कमजोर निर्णयका कारण भूकम्पपीडितको लागि दिने भनिएको आवास निर्माणको पहिलो किस्ताको रकम लिनको लागि समेत सास्ती बेहोर्नु परेको हो।   सरकारले आवास निर्माणको लागि दिने भनेको पहिलो किस्ताको रकम लिनको लागि भूकम्पपीडितले नजिकैको सरकारी बैंकको शाखा कार्यालयमा नै जानुपर्ने निर् ... बाँकी अंश»

ट्राफिकले जरिवाना बढायो, गल्ती गर्दा अब २५ रूपैयाँको सट्टा ५०० तिर्नुपर्ने (जरिवानाको सूचीसहित)

२०७३ बैशाख १७ शुक्रबार, काठमाडौं। नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी महाशाखाले सवारी साधन चलाउँदा गल्ती गर्ने चालकको लागि जरिवानाको दर बढाएको छ। यातायात व्यवस्था ऐन २०४९ समय सान्दर्भिक नभएपछि प्रहरीले सो ऐनलाई संशोधन गर्दै आगामी आईतबारदेखि लागू हुनेगरी जरिवाना शुल्कमा वृद्धि गरेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।   यस अघि सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्दा, सरकारले तोकेके भन्दा बढी क्षमताका सवारी साधनहरू साना बाटोमा लैजाँदा लगायतका गल्तीमा २५ रूप ... बाँकी अंश»

तमोर जलाशययुक्त आयोजना अघि बढाउन दबाब

२०७३ बैशाख १७ शुक्रबार, पाँचथर। पूर्वी नेपालकै ठूलो नदी तमोरमा जलाशय निर्माण गरी विद्युत् उत्पादनका लागि सरकारलाई दबाब दिन पूर्वी नेपालका सांसद, पूर्व सांसद, पूर्वमन्त्रीहरु एकजुट भएका छन्।   पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको उपस्थितिमा भएको इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सांसद, पूर्व सांसद तथा पूर्व मन्त्रीको भेलाले उक्त आयोजना निर्माणकार्य अघि बढाउन दबाब दिन केन्द्रीय सरोकार समिति गठन गर्ने निष्कर्ष निकालेको हो।   झन्डै तीन दशकअघि सन् १९८६मा जापानी ... बाँकी अंश»

कृषिमा लागेका युवालाई प्रोत्साहन गर्न आगामी बजेटमा आर्कषक योजना ल्याइने

२०७३ बैशाख १६ बिहिबार, काठमाडौं । विदेश जाने युवापुस्तालाई नेपालमै कृषिव्यवसायमा लाग्न प्रेरित गर्ने उद्देश्यले कृषि विकास मन्त्रालयले आफ्नो वार्षिक बजेटमा बृद्धि गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेटको लागि पठाईएको कूल १७ अर्ब ९४ करोडको सिलिङ मध्ये झण्डै १२ प्रतिशतको हाराहारीको बजेट युवा आकर्षणको लागि लक्षित कार्यक्रममा खर्चगर्ने योजना बनाईएको मन्त्रालयले जनाएको छ । यद्यपी सो बजेटमा युवाहरूलाई नेपालमै कृषि क्षेत्रमा लाग्न प्रेरित गर्ने आकर्षक कार्यक्रम ल्य ... बाँकी अंश»

प्यूठानमा यस वर्ष ९ वटा झोलुङ्गे पुल बन्ने, तुइन हट्लान् ?

२०७३ बैशाख १६ बिहिबार,  प्यूठान । जिल्लाका विभिन्न स्थानमा यो वर्ष नौ वटा झोलुङ्गे पुल निर्माण हुने भएपछी  स्थानीय खुसी भएका छन् । वर्षातको समयमा वारपार गर्न नसकिने र पौडीखेलेर खोला वार पार गर्नुपर्ने वाध्यता टरेपछी स्थानीय खुसी भएका हुन् ।   जिल्ला विकास समितिले यो वर्ष जिल्लाका विभिन्न गाविसमा नौ वटा नयाँ झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको जनाएको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत यी पुल बन्न लागेका हुन् । जुडाँ झोलुङ्गे पुल दाङवाङ गासिको झिमरुक ... बाँकी अंश»

बजेटको दिन सार्न सकिन्छ : प्रधानमन्त्री ‌ओली

२०७३ बैशाख १६ बिहिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।  आज बसेको मूल समारोह समितिको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ।   प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुलग ... बाँकी अंश»

मध्यपहाडि पुष्पलाल लोकमार्ग अर्न्तगत फिदिम—तमोर सडकखण्डको कालोपत्रेको कार्य तिव्र

२०७३ बैशाख १६ बिहिबार, पाँचथर। मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम–५ स्थित जोरसालदेखि तमोर नदीसम्म जोड्ने सडकको कालोपत्रे गर्ने कार्यले अहिले तीब्रता पाएको छ।   केहि महिना अघि नाकाबन्दी, भूकम्प तथा कोहिरी विवादका कारण कालोपत्रे गर्ने कार्य स्थगित भएपनि अहिले भने काम द्रुत गतिमा भइरहेको आयोजनाको जिम्मा लिएको याक्थुहाङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक तेजकुमार कुरुम्बाङ बताउछन्।   २०७० जेठ २८ गते सम्झौता भई ३३ महिनाभित्र काम सक्ने ग ... बाँकी अंश»

भूकम्पपीडितलाई पैसा दिने विषयमा कुरा मिलेन

२०७३ बैशाख १५ बुधबार, काठमाडौं। भूकम्पपीडितहरूको लागि बैंकिङ प्रक्रिया मार्फत् आवास निर्माणमा खर्च गर्ने रकम उपलब्ध गराउने विषयमा तीन निकायबीच भएको आजको वार्ता निष्कर्ष विहीन बनेको छ। बुधबार अर्थमन्त्रालयमा भएको पुनर्निर्माण प्राधिकरण, अर्थमन्त्रालय तथा नेपाल राष्ट्रबैंकबीच भएको छलफल विना निष्कर्ष टुङ्गिएको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जनाकारी दिए।   स्रोतका अनुसार व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्ने विषयमा राष्ट्रबैंकले थप शु ... बाँकी अंश»

इपीएसको पहिलो दिन साढे २१ हजारको आवेदन

२०७३ बैशाख १५ बुधबार, काठमाडौं। दक्षिण कोरिया जानको लागि आजदेखि सुरू भएको इपीएसको लागि बुधबार २१ हजार ६ सय ३२ जनाले आवेदन फारम भरेका छन्। पहिलो दिन सो संख्यामा आवेदन फारम भरिएको इपीएस कोरिया शाखाले जनाएको छ।    काठमाडौं उपत्यकामा ५ वटा तथा उपत्यका बाहिर पाँचवटा गरी कूल १० केन्द्रबाट लिईएको आवेदनमा उपत्यका भित्रबाट १२ हजार ६ सय ४५ जना र उपत्यका बाहिरबाट आठ हजार नौं सय ८७ सनाले आवेदन भरेको शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए।    काठमाडौं भित्र ल्य ... बाँकी अंश»

लयमा फर्कियो वीरजन्ज : एकै दिन ३९ करोड राजश्व, यो वर्षको नयाँ रेकर्ड

२०७३ बैशाख १५ बुधबार, काठमाडौं । लामो समयसम्म नाकाबन्दीको मारमा परेर राम्रो कमाई गर्न नसकेको नेपाल र भारतबीचको सबैभन्दा ठूलो एवं धेरै कारोबार हुने वीरगञ्ज भन्सारले राजश्व संकलनमा यो वर्षकै नयाँ रेकर्ड कायम गरेको छ ।    वीरगञ्ज भन्सारबाट नेपाल आयात हुने वस्तुहरूको मात्रामा बृद्धि भएपछि मंगलबार भन्सार कार्यालयले एकै दिन ३९ करोड बढी राजश्व संकलन गरेर दैनिक रूपमा संकलन हुने राजश्वको नयाँ रेकर्ड कायम गरेको भन्सार कार्यालय वीरगञ्जले जनाएको छ ।    गत असोज ३ गते न ... बाँकी अंश»

सम्पत्ती शुध्दीकरण र भन्सार विभाग वीच सम्झौता

२०७३ बैशाख १५ बुधबार, काठमाडौ। राजस्व प्रशासनको प्रभावकारिता बडाएर आर्थिक अपराध रोक्ने उदेश्यले सम्पत्ती शुध्दीकरण अनुसन्धान विभाग र भन्सार विभाग बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ।   भन्सार विन्दूमा कम मूल्य घोषणा गर्ने, कम परिमाण घोषणा गर्ने र वढी भन्सार दर लाग्ने वस्तुलाई कम दर लाग्ने गरी घोषणा गर्नाले राज्यले ठूलो मात्रामा राजस्व गुमाउनु परेको बताइदै आइएको छ।  जनताले समेत बढी मूल्यमा सामान खरिद गर्नु परिरहेको छ। भन्सारमा भैरहेको अनियमितता रोक्न भन्सार ... बाँकी अंश»

एकातर्फ दश वर्षमा दश हजार मेगावाट, अर्कोतर्फ आयोजनामा विवादै विवाद

२०७३ बैशाख १५ बुधबार, काठमाडौँ। सरकारले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी ऊर्जा सङ्कट निवारणकाल घोषणा गरेपनि अधिकांश आयोजना विवादमा फसेका छन्।   विवादमा रहेका आयोजनामध्ये प्रसारण लाइन बढ्ता देखिएका छन् भने जलविद्युत् आयोजनाको विवाद संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसम्म पुगेको छ।   चमेलिया, नलसिंहगाड, राहुघाट, सोलु कोरिडोर प्रसारण लाइन, कोसी कोरिडोर पछिल्लो समय विवादमा फसेका आयोजना ... बाँकी अंश»

'२०७३/७४ को बजेट १० खर्व बढीको आउने सम्भावना'

२०७३ बैशाख १४ मंगलबार, काठमाडौ। अर्थविद्धहरुले नेपालमा बजेट कार्यान्वयन प्रमुख समस्याको रुपमा रहँदै आएकोले आगामि बजेट मुलुकको बजेट कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गरेर ल्याउन सुझाव दिएका छन।    राजधानीमा आयोजीत साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले योजना आयोगको सिलिङ्ग अनुसारको बजेट ठूलो हुने भन्दै मुलुकको बजेट कार्यान्वयनको क्षमता हेरेर बजेट ल्याउन सुझाव दिए।    उनले भने,‘ आउन लागेको बजेट ठूलो हो। प्राविध ... बाँकी अंश»

युरो र सिलौटी हाउजिङले यसरी बनाउँदैछन खोलामाथि हाउजिङ र प्लटिङ

२०७३ बैशाख १४ मंगलबार, काठमाडौं। देशभरका सार्वजनिक जग्गामा भु–माफियाको गिद्धे दृष्टी रहेको नौलो बिषय रहेन । तर,  भुमाफियाकै सहयोगमा सरकारी कर्मचारी नै सार्वजनिक जग्गा मिचेर बनेका हाउजिङ र प्लटिङमा हिस्सेदार बन्न थालेको फेला परेको छ । स्रोतका अनुसार उपत्यका विकास प्राधिकरण, मालपोत कार्यालय, उपमहानगरपालिका र स्थानिय गुण्डाको मिलमतोमा ललितपुरमा रातारात खोला मिचेर नै हाउजिङ र प्लटिङ गरेको फेला परेको हो ।   नेपालको एकमात्र दक्षिणबाट उत्तरतर्फ बग्ने कर्मनासा खोल ... बाँकी अंश»

पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगामा गाभियो, संयुक्त कारोबार शुरु

२०७३ बैशाख १३ सोमबार, काठमाडौं। रुपन्देहीमा प्रधान कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक मेगा बैंक नेपाल लिमिटेडसँग आजबाट औपचारिक रुपमा गाभिएको छ। सोमबार बुटवलमा आयोजित मर्जर कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालले मेगा बैंकको प्रगतिका लागि शुभकामना दिए। आगामी दिनमा मेगा बैंक अझ बढी समृद्ध र विस्तार हुने उनले विश्वास व्यक्त गरे।    कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले पश्चिमाञ्चल डेभलपमेन्ट बैंकका १४ वटा शाखालाई मेगा ... बाँकी अंश»

भूकम्पको एक वर्षः पुनर्निर्माणको लागि कुन दाताले गरे कतिको सम्झौता (विवरण सहित)

२०७३ बैशाख १३ सोमबार, काठमाडौं। आइतबार विनाशकारी भूकम्पले ठूलो धनजनको क्षति गराएको ठीक एक वर्ष पुरा भएको छ। २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पको चपेटमा परी विभिन्न जिल्लाका कम्तिमा पनि ९ हजार ५५ जनाको निधन भएको सरकारी तथ्याङ्कले देखाएको छ। उक्त विनाशकारी भूकम्पमा परी कूल १४ जिल्लाका २२ हजार ३ सय ३८ जना घाइते भएका छन्। यसरी मृत्यु तथा घाईते हुनेमा पुरूषको तुलनामा महिलाहरू बढी रहेको पनि सरकारी तथ्याङ्कले दे ... बाँकी अंश»

नयाँ