अर्थ

' चलायमान कुर्सीको मोह त्याग्न नसकेकैले भूमि सुधार अघि बढेन '

२०७२ पौष ६ सोमबार, काठमाडौँ। संविधान जारी भएपछिको नयाँ सन्दर्भमा भूमि सुधारमा गरिएका प्रयासलाई साकार पार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पब्लिक पोलिसी पाठशालाले आयोजना गरेको ‘नयाँ सन्दर्भमा भूमि सुधारको बहस’ कार्यक्रममा सहभागीले हदबन्दीभन्दा बढीको जमिनको निर्धारित मुआब्जा दिने गरी वैज्ञानिक भूमि सुधारका कार्यक्रम लागू गर्नुपर्ने बताएका छन् ।    नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीले भूमि सुधारका लागि गठित आयोगले पेस गरेका प्रतिवेद ... बाँकी अंश»

नेपालमै ठूलो कारोवारको सम्झौता, एनसेलको ६० प्रतिशत शेयर १ खर्व ४० अर्वमा बिक्री

२०७२ पौष ६ सोमबार, काठमाडौं । घोषित रुपमा नेपालमै ठूलो कारोवारको सम्झौता सोमबार भएको छ। टेलिफोन सेवा प्रदायक संस्था एनसेलको ६० प्रतिशत शेयर १ खर्व ४० अर्वमा बिक्री भएको छ।    टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले १०३० मिलियन अमेरिकी डलर अर्थात १ खर्ब ४० अर्ब रुपैयाँमा मलेसियन कम्पनी एक्जियटालाई आफ्नो ६० प्रतिशत बिक्री गर्ने सम्झौता गरेको हो।   एसअघि एनसेलमा नर्वेजियन कम्पनी टेलियासोनेरा, कजाख कम्पनी भाइजर र नेपाली निरज गोबिन्द श्रेष्ठको साझेदारीमा लगानी ... बाँकी अंश»

नेपालमै ठूलो कारोवारको सम्झौता, एनसेलको ६० प्रतिशत शेयर एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री

२०७२ पौष ६ सोमबार, काठमाडौं। टेलियासोनेरा नेपाली मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो ६०.४ प्रतिशत सेयर एसियाकै ठूलो दूरसञ्चार कम्पनीमध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ । उक्त कारोबार ऋणरहित तथा नगद आधारमा हुने एनसेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । “टेलियासोनेरालाई नयाँ ढङ्गले अगाडि बढाउने रणनीतिअनुसार हामीले युरेसिया क्षेत्रका सात स्थानबाट हाम्रो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकमा आफ्न ... बाँकी अंश»

बक्यौता नतिर्ने ४९१ ग्राहकको लाइन काटियो

२०७२ पौष ६ सोमबार, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि बक्यौता तिर्न अटेर गरेका ४९१ ग्राहकको लाइन काटेको छ ।  पहिलो चरणमा ताकेता गरेपनि बक्यौता नतिरेपछि कालोसूचीमा राखी लाइन काटिएको केन्द्रले जनाएको छ । केन्द्रका लेखा प्रमुख भगवान् ढकालका अनुसार चालु आवको हालसम्म रु २७ करोड ४९ लाख ३२ हजार ९३६ बक्यौता रहेको छ । बक्यौता नतिरेका पुराना ग्राहकको लाइन काटिएको उनको भनाइ छ ।  कालोसूचीमा रहेका ग्राहकको मात्र रु एक करोड १० लाख ४९ हजार ६ ... बाँकी अंश»

सरकारले संविधान संशोधन विधेयकको प्रक्रियालाई अगाडि बढाउने

२०७२ पौष ५ आइतबार, काठमाडौँ। सरकारले आन्दोलनरत मधेस केन्द्रित दलहरुले राखेका मागलाई वार्ताका माध्यमबाट राजनीतिक सहमति कायम गरी सम्बोधन र समाधान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।    सिंहदरबारमा साँझ भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोज ... बाँकी अंश»

चिनियाँ सिमेन्ट कम्पनीलाई रु चौध अर्बको लगानी ल्याउन स्वीकृति

२०७२ पौष ५ आइतबार, प्रकाश सिलवाल, काठमाडौँ। चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हुवाजिन नारायणी सिमेन्ट कम्पनी (साङ्घाइ) लाई प्रत्यक्ष वैदेशिक लगानीमार्फत रु १४ अर्बको लगानीमा नेपालमा सिमेन्ट उद्योग खोल्ने बाटो खुलेको छ ।    लगानी बोर्डको आजको बैठकले सोसम्बन्धी प्रस्तावलाई स्वीकृति दिएको हो । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बोर्डको कार्यालय नयाँबानेश्वरमा बसेको १९औँ बैठकले कुल एघार लाख टन सिमेन्ट उत्पादन गर्ने उद्योग खोल् ... बाँकी अंश»

दोहोरो कर हटाउने विषयमा छलफल भईसकेको छःथापा

२०७२ पौष ५ आइतबार, लण्डन । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालमा जारी राजनीतिक अस्थिरता बिस्तारै सहज हुने बताएका छन । ब्रिटेन नेपाल चेम्बर अफ कमर्श (बीएनसीसी)को टोलीसँग नेपाली दूतावास लण्डनमा भएको भेटमा परराष्ट्रमन्त्री थापाले नयाँ संविधान जारी हुँदा केही हलचल हुने हुनाले विस्तारै सबै कुरा मिल्दै जानेमा आशावादी हुन आग्रह गरेका छन्। मन्त्री थापाले नेपालका बारेमा सबैमा सकारात्मक सोचाई हुनु पर्नै बताउँदै आफ्नो भ्रमणका बेलामा बेलायत सरकारसँग दोहोरो कर ... बाँकी अंश»

नेप्से आठ अङ्कले घट्यो

२०७२ पौष ४ शनिबार, काठमाडौँ। गत साता दोहोरो अङ्कले बढेको नेप्से यो साता ८ अङ्कले तल झरेको छ । गत साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.५१ अङ्कले बढेर अन्तिम दिन एक हजार ११९.३५ अङ्कमा पुगेको थियो । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.८९ अङ्कले घटेको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीको १५ हजार ६१२ कारोबारबाट रु एक अर्ब ९० करोड ९८ लाख ४४ हजार बराबरका ३३ लाख ३० हजार ४४० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । कारोबार ... बाँकी अंश»

अर्बौ लगानीको नहरमा पानी चढेन

२०७२ पौष ४ शनिबार, इटहरी । अर्बौको लगानी भइसकेको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पछिल्लो समयमा नदीको पानी नचढ्ने समस्या थपिएको छ । सोका कारण किसानका खेतमा सिँचाइका लागि पानी प्रवाह हुन छाडिसकेको छ । अर्कातिर नदीले बगाएर ल्याएको बालुवा धेरै हुन थालेपछि किसानका खेतसम्म बालुवा पुग्ने क्रम तीव्र बनिरहेको छ । सुनसरी र मोरङ जिल्लाका ६८ हजार कृषियोग्य भूमिका लागि सिँचाइ पु¥याउनका लागि क्रमागत रुपमा विश्व बैङ्क लगायत दाता राष्ट्र र भारत समेतको त्यसमा लगानी परेको छ ।  ... बाँकी अंश»

महासंघ भन्छ 'संस्थागत रुपमा तस्करी बढ्यो '

२०७२ पौष ३ शुक्रबार, काठमाडौँ। तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको सबै क्षेत्र चौपट भई संस्थागत रुपमा तस्करी हुन थालेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले चिन्ता व्यक्त गरेको छ । महासङ्घले पत्रकार सम्मेलन गरी भारतीय सीमा क्षेत्रमा जबर्जस्ती रुपमा अनौपचारिक व्यापार फस्टाएको र त्यसले मुलुकको समग्र अर्थतन्त्रमा नै असर पार्ने खतरा रहेकोतर्फ सतर्क हुनुपर्ने बताएको हो ।    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाल ... बाँकी अंश»

पर्यटन बोर्डमा चार वर्षको कार्यकारी खडेरी अन्त्य, जोशी सीइओ

२०७२ पौष २ बिहिबार, काठमाडौं । झन्डै चार वर्षदेखि रिक्त नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारीमा दीपकराज जोशी नियुक्त भएका छन् । पर्यटन बोर्डको सञ्चालक समितिले अन्तिम तीन जना छनोटमा परेकामध्ये दीपकराज जोशी, ज्ञानेन्द्रसिंह महतो र ज्ञानेन्द्र तुलाधरमध्येबाट जोशीलाई सबैभन्दा बढी अङ्कका आधारमा विहिबार नियुक्त गरेको हो । जोशी बोर्डमै वरिष्ठ अधिकृत पदमा कार्यरत थिए ।     लामो समयदेखि रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस उपस ... बाँकी अंश»

कुरा मात्रै जनताको; काठमाडौँमै मूल्यवृद्धि १२ प्रतिशत, जनता महंगीको मारमा

२०७२ पौष २ बिहिबार, काठमाडौँ। तराई मधेसमा भइरहेको लगातारको बन्द हडताल तथा अघोषित नाकाबन्दीले आपूर्ति प्रणालीमा अवरोधका कारण काठमाडौँमा सबैभन्दा बढी मूल्यवृद्धि भएको देखिएको छ ।    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिका बारेमा चालु आव २०७२/७३ को चार महिनाको तथ्याङ्कका आधारमा सबैभन्दा बढी काठमाडौँमा ११.८ प्रतिशतले मूल्यवृद्धि भएको छ ।    उक्त तथ्याङ्कका आधारमा पहाडमा ११.४ प्रतिशत, हिमालमा ९.६ प्रतिशत र तराईमा ९.१ प्रतिशतले मूल्य ... बाँकी अंश»

कालोबजारी गर्ने व्यवसायी पक्राउ; कालिञ्चोक आयल स्टोरमा सिलवन्दी

२०७२ पौष १ बुधबार, श्याम खतिवडा, दोलखा। पेट्रोलियम पदार्थको कालोबजारी गरेको अभियोगमा दोलखाको मैनापोखरी स्थित एक पेट्रोल पम्पमा स्थानिय प्रशासनले सिल गरेको छ । दोलखाको काब्रे गाविसस्थित मैनापोखरीमा रहेको कालिञ्चोक आयल स्टोरले निर्धारित मुल्य भन्दा बढी शुल्क लिएर डिजेल बेचेको भन्दै उपभोक्ताले स्थानिय प्रशासनमा उजुरी गरेपछि मंगलबार साँझ पम्पमा सिल गर्दै प्रहरीले सञ्चालक शिवप्रसाद लामिछानेलाई पक्राउ गरेको छ ।    लामिछानेले १ सय २० देखी १ सय ५० रुपैँया सम्मम ... बाँकी अंश»

निर्माण योजनाको म्याद एक वर्ष थप्न माग

२०७२ पौष १ बुधबार, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले देशभरिका सम्पूर्ण निर्माण योजनाको म्याद एक वर्ष थप्न माग गरेको छ ।  बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शरदकुमार गौचनले भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्य रोकिएको भन्दै म्याद थप्न माग गरेका हुन् । उनले नाकाबन्दी र तराईमा भइरहेको आन्दोलनका कारण निर्माण व्यवसायीले व्यहोर्नु परेको क्षतिपूर्ति र मूल्यवृद्धिको रकम उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।  आन्दोलन र नाकाबन्दीका ... बाँकी अंश»

गण्डक पीडितसँगको २१ बुँदे सहमति कार्यान्वयन माग

२०७२ पौष १ बुधबार, काठमाडौ । गण्डक बाधका कारण ठगिएका स्थानीयहरुले आफूहरुसँग भारत सरकारले गरेको २१ बुँदे सहमति कार्यान्वयनको माग गरेका छन ।  बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गण्डक नदि नियन्त्रण संघर्ष समिति नवलपरासीले आफूहरुसँग भएको २१ बुँदे सहमति मध्ये १४ र १८ नम्बर बुँदा तत्काल कार्यान्वयन गर्न कुटनीतिक पहल थाल्न सरकारसँग माग गरेको हो ।  २०६५ सालमा स्थानीयको आन्दोलनपछि भएको सम्झौताको १४ नम्बर बुँदामा नेपाल सरकारले क्षतिपूर्तिको डाटा प ... बाँकी अंश»

विमान बङ्गलादेश एयरलाइन्समा चरम श्रमशोषण

२०७२ पौष १ बुधबार, काठमाडौ । बिगत २५ बर्ष देखि काम गर्दैै आएका कर्मचारीको मासिक जम्मा तलब सेवा सुबिधा कति छ होला त ? सुन्दाखेरि तपाईलाई आस्चर्य लाग्नसक्छ, २५ वर्षदेखि निरन्तर काम गर्दै आएका श्रमिक-कर्मचारीको तलब जम्मा ८, ५००  मात्रै  छ । नेपालमा उडान भर्दै आएका केहि अन्तर्राष्ट्रिय एयरलाइन्सले चरम श्रमशोषण गर्दै आएको खुल्न आएको छ । पछिल्लो उदाहणको रुपमा काठमाडौको नागपोखरी गैरिधारामा अबस्थित विमान बङगलादेश एयरलाइन्सले २५ बर्ष सेवा गरेका कर्मचारीहरुलाई महिनाको ज ... बाँकी अंश»

सीमावर्ती क्षेत्रमा हुण्डीको अवैध कारोबार

२०७२ पौष १ बुधबार, वीरगन्ज । बजारमा भारतीय रुपैयाँको अभाव भएकाले वीरगन्जका उद्योग व्यावसाय मात्र होइनन्, शिक्षा र स्वास्थ्यजस्ता अति आवश्यक सेवासमेत प्रभावित भएका छन् । भारतीय रुपैयाँको अभावसँगै सीमावर्ती क्षेत्रमा हुन्डीको अवैध कारोबार भने फस्टाएको छ । अभावका कारण हुन्डीमार्फत दैनिक २० देखि २५ करोड भारतीय रुपैयाँको कारोबार हुने गरेको सम्वद्ध व्यवसायीको दाबी छ । वीरगन्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र करिब तीन दर्जन हुन्डी व्यवसायी छन् । ती व्यवसायीले भारत ... बाँकी अंश»

सीमा क्षेत्रमा हुण्डीको अवैध कारोबार बढ्यो

२०७२ मङ्सिर २९ मंगलबार, वीरगन्ज । बजारमा भारतीय रुपैयाँको अभाव भएकाले वीरगन्जका उद्योग व्यावसाय मात्र होइनन्, शिक्षा र स्वास्थ्यजस्ता अति आवश्यक सेवासमेत प्रभावित भएका छन् ।  भारतीय रुपैयाँको अभावसंँगै सीमावर्ती क्षेत्रमा हुन्डीको अवैध कारोबार भने फस्टाएको छ । अभावका कारण हुन्डीमार्फत दैनिक २० देखि २५ करोड भारतीय रुपैयाँको कारोबार हुने गरेको सम्वद्ध व्यवसायीको दाबी छ । वीरगन्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र करिब तीन दर्जन हुन्डी व्यवसायी छन् । ती व्यवसायील ... बाँकी अंश»

वालिङ सहकारीको रोजगारमुखी योजना

२०७२ मङ्सिर २९ मंगलबार, श्रीकृष्ण सिग्देल, स्याङ्जा । मुलुकको आर्थिक समुन्नत सहकारी बाट गर्न सकिन्छ भन्दै नारा लगाइएपनि कतिपय सहकारीहरु सेवामुलक भन्दा पनि नाफामुलक तर्फ केन्द्रित रहेको पाइन्छ । अधिकांश सहकारीहरु वचत गर्ने र लगानी गर्ने बानी बसालीसकेका छन् । जसले गर्दा सहकारीको भावना विपरीत काम भइरहेको छ । तर स्याङ्जाको वालिङमा रहेको वालिङ वचत तथा ऋण सहकारी संस्थाले यो आर्थिक बर्षदेखि कृषक पेशा अगाल्ने किसानहरुलाई अत्यन्तै सस्तो व्याजदरमा लगानी गर्ने भएको छ । सहकारीक ... बाँकी अंश»

मर्कन्टायल प्लाजामा एप्पल वल्र्ड

२०७२ मङ्सिर २८ सोमबार, काठमाडौं । लेटेस्ट तथा ब्राण्डेड मोबाइल कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइल प्रालिले दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड मोबाइल प्रालि’को नामबाट मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको छ ।  मल्टिब्राण्ड सोरुमको उद्घाटन पूर्ब मिस नेपाल सृष्टि श्रेष्ठ, चर्चित गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएस का प्रेशिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।  मंसिर २८ गते सोमबारब ... बाँकी अंश»

नयाँ