अर्थ

एघार आयोजनामा जलविद्युत् कम्पनीको आठ अर्ब बढी लगानी

२०७२ चैत २७ शनिबार, काठमाडौँ । जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना गरिएको जलविद्युत् लगानी तथा विकास कम्पनीले हालसम्म विभिन्न ११ वटा जलविद्युत् आयोजनामा सहवित्तीयकरणका आधारमा लगानी गरेको छ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र उल्लेख्य सुधार गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको सो कम्पनीले हालसम्म रु आठ अर्ब ३६ करोड ८० हजार लगानी गरेको छ ।    कम्पनीले लगानी गरेका आयोजनाको क्षमता ३८८ मेगावाट रहेको छ । प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारका ... बाँकी अंश»

पर्यटनका लागि सकसपूर्ण वर्ष २०७२

२०७२ चैत २७ शनिबार, काठमाडौँ। मुलुकको अर्थतन्त्रको मूल आधार मानिने पर्यटन क्षेत्र २०७२ का लागि सकसपूर्ण बन्यो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’ र असोजमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको पर्यटन क्षेत्र थला पर्‍यो ।      आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको दयनीय अवस्थाले समग्र व्यवसायी मात्र नभई देशलाई नै असर पुग्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै प्राक ... बाँकी अंश»

बैशाखदेखि लोडसेडिङ ३ देखि ५ घण्टामा सिमित हुने उर्जामन्त्रीको घोषणा

२०७२ चैत २७ शनिबार, काठमाडौं। उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (बैशाख) मा लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् ।    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा भैसकेकोले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने उद्घोष गरेका हुन् ।    उनले भने,‘उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भ ... बाँकी अंश»

अन्योल नहुनुस् यसरी हुन्छ २ लाख पाउने भूकम्पपीडितको छनोट

२०७२ चैत २७ शनिबार, काठमाडौ। गत बैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त आवास निर्माणको लागि भनेर सरकारले प्रतिपरिवार दुई लाख रूपैयाँ दिने भनेर घोषणा गरिसकेको छ। त्यसैको लागि परिवार पहिचानको लागि भनेर १४ ओटै जिल्लामा इन्जिनियरहरूको टोली पनि खटाईसकेको छ । तर सरकारले दिने अनुदानको आशमा बसेकाहरूले आफ्नै जोहोबाट पनि घर बनाउने नपाएको गुनासो गरिरहँदा सरकार भने तीन वर्षे योजना भन्दै सुस्त गतिमा काम अगाडि बढाईरहेको छ । त इन्ँिजिनियरले खिचेको फोटोबाट राहत पाउने र न ... बाँकी अंश»

४० दिनदेखि एक किलो सुन पनि देश भित्रिएन

२०७२ चैत २७ शनिबार, काठमाडौ। नेपाली बजारमा सुनको कारोबारको तथ्याङ्क हेर्दा भूकम्पपको पीडा विर्साउने संकट परेको छ। गत बैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको अवस्थाको भन्दा पनि संकटग्रस्त स्थितीमा पुगेको छ। बजारमा सुन खरिद गर्ने उपभोक्ताको माग न्यून रहेको र महिनौ देखि बैंकहरूसँगरहेको सुन नसकिए पछि फागुन देखि अहिलेसम्म एक किलो सुन पनि वैधानिक रूपमा नेपाल नभित्रिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ। जुन भूकम्पले जनजीवन अस्तव्यस्त बनाए प ... बाँकी अंश»

काठमाडौंमा अब फोहोरबाट बिजुली; ३ महिनाभित्र विजुली उत्पादन

२०७२ चैत २७ शनिबार, काठमाडौँ। आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौँ उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ ।    अहिले टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक ३०० टन जैविक फोहर आवश्यक पर्ने प्रमुख गौतमले ज ... बाँकी अंश»

आर्थिक समृद्धि नै सरकारको मुख्य कार्यभार: मन्त्री पौडेल

२०७२ चैत २६ शुक्रबार, वीरगन्ज। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक समृद्धि नै अहिले सिङ्गो राष्ट्रको मुख्य कार्यभार भएको बताए । ‘स्थानीय आर्थिक विकासको आधार : एक घर एक रोजगार’ भन्ने मूल नाराका साथ सुरु भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४० औं वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै पौडेलले “उद्योग र वाणिज्य क्षेत्रको विकास र प्रवद्र्धनका लागि वर्तमान सरकार सकारात्मकरुपमा अगाडि बढेको सुनाए ।”    मन्त्री पौडेलले सरकार र निजी क्षेत्रबीचको जीवन् ... बाँकी अंश»

वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग २५औं वर्षमा प्रवेश

२०७२ चैत २६ शुक्रबार, काठमाडौ ।  नेपाली विज्ञापन क्षेत्रमा एजेन्सीको रुपमा विगत २४ वर्षदेखि  कार्यरत वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि. ले आफ्नो स्थापना कालको २५ औं वर्ष प्रवेशको अवसरमा चैत २३ गते आफ्नै कार्यलय परिसरमा एक भव्य कार्यक्रम गरेको छ ।   कार्यक्रमका अवसरमा नेपाली विज्ञापन संघ (आन) का पूर्व अध्यक्ष एवं वेलकम एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लि. का प्रबन्ध निर्देशक निर्मलराज पौडेलले विगत लामो समयदेखि विभिन्न आरोह अवरोहहरु पार गर्ने क्रममा ... बाँकी अंश»

८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी आयोजना निर्माण सुरु

२०७२ चैत २६ शुक्रबार, काठमाडौ। साहस उर्जाले निर्माण गर्न लागेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्यत आयोजना निर्माण कार्य सुरु भएको छ। आयोजनाको निर्माणकार्य अन्तर्गत सडक निर्माण लगायतका काम सुचारु भइरहेको तथा जग्गा खरिदको काम सकिइसकेको बताइएको छ। निजी क्षेत्रबाट प्रबद्र्धित साहस उर्जा लिको सुक्रबार भएको दोस्रो बार्षिक साधारण सभामा सेयरधनीलाई सम्बोधन गर्दे काम सुरु भएको जानकारी साहस उर्जाका अध्यक्ष हिमप्रसाद पाठकले दिए।   अध्यक्ष पाठकले सभामा कम् ... बाँकी अंश»

ओली मन्त्र, ‘कपडामा आत्मनिर्भर बन्न कान्ला कान्लामा किम्बू खेती गरे पुग्छ’

२०७२ चैत २६ शुक्रबार, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई एक वर्ष भित्र खाद्यान्नमा आत्मनिर्भर बनाइने बताएका छन् । टाइमलाइन नै तोकेर बोल्ने गरेका ओलीले यसअघि थुप्रै निर्भरताका एजेण्डाहरु उद्घोष गरिसकेका छन् । अखिल नेपाल किसान महासंघको छैटौं महासम्मेलनको  उद्ध्घाटनमा ओलीले कृषिको आधुनिकीकरण गरेर एक वर्षमा खाद्यान्नमा आत्मनिर्भर र दुई वर्षमा सञ्चित गर्न सक्ने अवस्थामा लगिने सुनाएका हुन् ।    प्रधानमन्त्री ओलीले भने, ‘दुई तिहाई जनसंख्या क ... बाँकी अंश»

यो बर्ष १४ अर्वको सुन खपत; व्यापारमा भूकम्पको पीडा विर्साउने संकट

२०७२ चैत २६ शुक्रबार, काठमाडौं। नेपाली नयाँ वर्षको सुरू हुँनै लाग्दा वितेको यस वर्ष २०७२ को सुन व्यापारलाई फर्किएर हेर्ने हो भने यो वर्षको सुनको माग अघिल्लो वर्षको तुलनामा बृद्धि भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष तीन सय ४० प्रतिशत बढी सुन आयात भएको छ। तर चाँदीमा भने अघिल्लो वर्ष अस्वभाविक मात्रा व्यापार भएकोले यो वर्ष नेपाल राष्ट्र बैंकले पनि चाँदीको कारोबारमा केही कडाई गरेकोले चाँदी आयात तथा व्यापार भने अघिल्लो वर्षको तुलनामा धेर ... बाँकी अंश»

कैदीबन्दीले उत्पादन गरेको सामग्रीले बजार पाएन

२०७२ चैत २५ बिहिबार, सिन्धुली । सिन्धुली जिल्ला कारागारको अग्लो पर्खाल अनि काँडेतारको चौघेरा भित्र विभिन्न् अपराधमा कानुन अनुसार सजाय भोगीरहेका झण्डै एकसयको संख्यामा कैदीबन्दीहरु जेलजीवन विताइरहेका छन ।  जिल्ला कारागार शाखा सिन्धुलीमा रहेका ९७ जना कैदीबन्दीहरु मध्ये झण्डै ३ दर्जन कैदीबन्दीहरु विभिन्न् व्यवसाय गरिरहेका छन । हातमा सीप हुने हो भने परिस्थितिले जहाँ पुरयाए पनि हात बाधेर बस्नु पर्दैन भन्ने राम्रो उदाहरण कारागार भित्र उनीहरुले प्रस्तुत गरिरहेका छन ... बाँकी अंश»

‘माथिल्लो कर्णाली आयोजना सार्वजनिक निजी साझेदारी उपयुक्त ढाँचा’

२०७२ चैत २५ बिहिबार, काठमाडौँ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारी ढाँचामा पूर्ण क्षमता नै उपयोग गर्ने गरी अगाडि बढाउन आग्रह गरिएको छ।   भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) सँग आयोजना विकास सम्झौता (पिडिए) समेत भइसकेको सो आयोजना प्रभावित क्षेत्रका नागरिक तथा सरोकार भएका व्यक्तिले नेपाल सरकारको लगानीमा नै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन्।   जिएमआरलाई सो आयोजना कुल ९ सय मेगावाटमा अगाडि बढाउने अख्तियारी दिइएको छ। जल ... बाँकी अंश»

पाँचथरबाट यस वर्ष २३ करोड ८० लाख रुपैया वढिको सुन्तला निर्यात

२०७२ चैत २५ बिहिबार, पाँचथर। यस वर्ष सुदूरपूर्वी पहाडी जिल्ला पाँचथर बाट २३ करोड ८० लाख ३३ हजार रुपैयाँ वरावरको सुन्तला जिल्ला बाहिर निर्यात भएको छ। गत साउन देखि चैत्र १५ गतेसम्ममा ४ हजार ३ सय २८ मेट्रिकटन सुन्तला निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरका कृषि प्रसार अधिकृत निलकोमल सिंहले जानकारी दिए।   यस्तै गत आर्थिक वर्ष ०७१/०७२ मा २२ करोड ७६ लाख १० हजार रुपैयाको सुन्तला निर्यात भएको थियो। गत आर्थिक वर्षको भन्दा यस आर्थिक वर्षमा सुन्तलाको उत्पादन क्षेत् ... बाँकी अंश»

दाल तस्करीको पर्दाफास

२०७२ चैत २४ बुधबार, नेपालगन्ज। नेपालगन्जस्थित भन्सार कार्यालय परिसरबाट प्रहरीले दुई ट्रक अवैध दाल बुधबार यहाँ बरामद गरेको छ । प्रज्ञापनपत्र जारी नगरी बङ्गलादेश निकासीका लागि तयारी अवस्थामा रहेको दालसहित ना३ख ८२४३ र ना४ख ६३१५ नं को ट्रक प्रहरीले नियन्त्रण लिएको हो ।    भारतको रुपैडियालगायत बजारबाट साइकलमा दाल नेपाल भित्र्याउने र भन्सार गोदाममा भण्डारण गरी राख्ने गरेको पाइएको बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राइले जानकारी दिए । दालको तस्करीमा भन्सारकै उच् ... बाँकी अंश»

निगमको आधिकारीक तथ्याङ्ग ६२ लाख, बजारमा ४ लाख सिलिण्डर बढी देखिएको सत्य हो : खड्का

२०७२ चैत २४ बुधबार, काठमाडौं । नेपाल अइल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले केही दिनभित्रै खाना पकाउने एलपी ग्याँसको अभाव हट्ने बताएका छन्  ।वुधबार काठाडौंमा आयोजित साक्षात्कारमा कार्यकारी निर्देशक खड्काले नेपाल अइल निगमले ग्याँसको अभावलाई ध्यानमा राख्दै आपूर्ती चुस्तदुरुस्त बनाउन इण्डियन अइल कर्पोरेशनसँग ग्याँस आयातको मात्रा बृद्धि गर्नेबारे छलफल भइरहेको भन्दै छिट्टै समस्याको समाधान हुने स्पष्ट पारे ।   साक्षात्कारमा खड्काले भने, ‘भारतस ... बाँकी अंश»

नेपाल-चीन सम्बन्ध: व्यापार सहजीकरणमा कुन सरकार कति उदार ?

२०७२ चैत २४ बुधबार, काठमाडौं। नेपाल–चीन व्यापारको सन्दर्भमा भारतभन्दा पनि चीन सँगको झुकाव बढीराख्नु पर्नेमा विशेष जोड दिँदै आएका कम्युनिष्ट पार्टी नेतृत्वका सरकार राजनीतिक रूपमा चीनसँग नजिक हुन खोजेको भएपनि व्यापारिक रूपमा भने चीनसँग सीधा जोडिनेतर्फ उदार बन्न सकिरहेका छैनन् ।  विगत १० वर्षको अवधिमा यी दुई मुलुकबीचको व्यापार स्थिती र सो समयको सरकारको स्थितीलाई हेर्दा चीनसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनेहरूको पालामा समेत चीनसँग ... बाँकी अंश»

पर्यटन वोर्डले चाँसो नदिँदा बर्दियाको पर्यटन व्यवशाय ओझेलमा

२०७२ चैत २४ बुधबार, बर्दिया। नेपालमा गरिएको नाकावन्दी, राजनीतिक दलहरुको हड्ताल लगायत प्राकृतिक प्रकोपबाट आक्रान्त बनेका नेपालका पर्यटन व्यवशाय सरकारी वेवास्ताका कारण धरापमा परेका छन्। व्यवशायी कै अग्रसरतामा प्रर्वद्धन गरिएका पर्यटकिय व्यवशायहरुमा पनि विद्युत सञ्चार र सडकको पहुँच नपुग्दा लगानी रोक्न वाध्य छन्।   पश्चिम नेपालकै पर्यटनको प्रशस्त सम्भावना बोकेको बर्दियाको पर्यटकिय क्षेत्र प्रचार प्रसारको अभावमा पछि पर्दै गैरहेको व्यवशायीको आरोप छ। पर्यटन ... बाँकी अंश»

लुटबाट जोगिने जुक्ति सिकाइन् आमाले, ‘पैसा बैङ्कबाट पठाउनु है छोरा’

२०७२ चैत २३ मंगलबार, डोटी । भुमिराजमाण्डौं गाविस–४ कि धर्मा नेपालीले भारतको लुधियानामा रहेका आफ्ना छोरा डबलबहादुर नेपालीलाई फोन गरिन् । सामान्य हाल खवर सोधिसकेपछि धर्माले आफ्नो छोरालाई भनिन् ‘पैसा बैङ्कबाट पठाउनु है ।’  उनले भारतबाट नगदै रुपैँया बोकेर आउने व्यक्तिहरु बाटोमा लुटिने र हत्या समेत हुने घटना सुनेपछि दिपायलमा रहेको मालिका विकास बैङ्कमा आफ्नो नामा खाता खोलिन् । खाता नम्बर उनले छोरालाई टिपाईन । उनि भन्छिन् ‘छोरा पुसमा गएको हो, अहिले पैसा पठाएको छैन ... बाँकी अंश»

'सम्पत्ति सुद्धिकरण ऐनलाई दुरुस्त नबनाए नेपाल प्रयोगशाला बन्छ'

२०७२ चैत २३ मंगलबार, काठमाडौ। पनामा पेपर्स लिकमा नेपाली कम्पनीहरुको नाम समेत परेपछि सुरु भएको बहसमा विज्ञहरुले यसले तत्काल नेपालमा ठूलो असर नदेखिए पनि राज्यले आयकर, पुजि लाभकर र सम्पत्ति सुद्धिकरण ऐनलाई समयानुकुल दह्रो बनाएर पैसामाथिको ट्रयाकिङ सिष्टम सुरु गर्नु पर्ने आवश्यकता औल्याएका छन।    राजधानीमा आयोजीत साक्षात्कार कार्यक्रम पूर्व मुख्य सचिव विमल कोइरालाले यो विषयले अहिले नै नेपाललाई असर परिनसकेको भए पनि भविष्यमा असर पर्ने सम्भावना रहेको भन्दै राज्य ... बाँकी अंश»

नयाँ