अर्थ

केराको बिमा

२०७२ पौष १९ आइतबार, कञ्चनपुर । जोखिम न्यूनीकरण गरी लगानी सुनिश्चित गर्नका लागि कञ्चनपुरका ४३ जना कृषकले केराखेतीको बिमा गरेका छन् ।    यहाँका व्यावसायिक रुपमा केराखेतीलाई अपनाएका भीमदत्त, बेदकोट, पुनर्वास, बेलौरी र कृष्णपुर नगरपालिका क्षेत्रका कृषकले बिमा गरेका हुन् ।    इलम हेल्भेटास स्विस इन्टरकोपरेसन नेपालको सहजीकरणमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यावसायिक केराखेतीको बिमा गरेको हेल्भिटासका इन्टरकोपरेसन अधिकृत टेकबहादुर सिंहले बताउनुभय ... बाँकी अंश»

भूकम्पपीडित परिवारलाई न्यानो कपडा किन्न तीन अर्ब वितरण

२०७२ पौष १८ शनिबार, काठमाडौ । सरकारले भूकम्प प्रभावित २१ जिल्लाका तीन लाख दुई हजार २६६ परिवारलाई न्यानो कपडा किन्नका लागि रु तीन अर्बभन्दा बढी रकम वितरण गरेको छ । गृह मन्त्रालयले  विज्ञप्ति जारी गरी जिल्ला दैवी प्रकोप उद्धार कोषबाट न्यानो कपडा खरिदका लागि पुस १७ गतेसम्म प्रतिपरिवार १० हजारका दरले तीन अर्ब दुई करोड २६ लाख ६० हजार वितरण गरिसकेको जनाएको हो ।    यसअघि सरकारले भूकम्पपीडितलाई जाडोमा न्यानो लुगाका लागि प्रतिपरिवार १० हजार दिने निर्णय गरेको थियो । मन् ... बाँकी अंश»

रुद्राक्ष किन्न भोजपुर पुग्छन् चिनियाँ व्यापारी

२०७२ पौष १८ शनिबार, भोजपुर । यतिबेला भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा चीनबाट आएका रुद्राक्ष व्यापारी धेरै देख्न पाइन्छ । रुद्राक्ष नेपालको मध्यपहाडी क्षेत्रमा नगदेबालीका रुपमा किसानले उत्पादन गर्दैआएको एक वनस्पति फल भएकाले गाउँघरमा विशेषत रुद्राक्षलाई दाना भनेर पनि चिन्ने गरिन्छ । विगत वर्षमा भारतीय बजारमा निर्यात हुँदै आए पनि केही वर्षयतादेखि चीनमा समेत रुद्राक्षको व्यापार राम्रो हुन थालेपछि रुद्राक्ष उत्पादक किसान र कारो ... बाँकी अंश»

नेप्से सोह्र अङ्कले बढ्यो

२०७२ पौष १८ शनिबार, काठमाडौँ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.९१ अङ्कले बढेर अन्तिम दिन एक हजार १५१.३८ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता स्टक एक्सचेन्जमा १५३ कम्पनीका १६ हजार १२५ कारोबारबाट रु एक अर्ब ८३ करोड ६३ लाख ५७ हजार बराबरका ३९ लाख नौ हजार ३७० कित्ता सेयर खरिद बिक्री भएका छन् ।    कारोबार रकम गत साताको भन्दा १७.८३ प्रतिशत कम हो । गत साता १५८ कम्पनी २१ हजार ७८७ कारोबारबाट रु दुई अर्ब २३ करोड ७० लाख ९१ हजार बराबरका ३४ लाख ७४ हजार ... बाँकी अंश»

कागबेनीको वायु ऊर्जा २५ वर्षदेखि अलपत्र

२०७२ पौष १८ शनिबार, मुस्ताङ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने विकल्पमध्ये वायु ऊर्जा पनि एक विकल्प बन्न सक्ने बताइरहेका बेला हिमाली जिल्ला मुस्ताङको कागबेनीमा २५ वर्षअघि निर्माण गरिएको देशकै पहिलो वायु ऊर्जा आयोजना भने अलपत्र बनेको छ । दक्ष प्राविधिक जनशक्ति अभाव हुँदा आयोजनाको सञ्चालन केही समयदेखि बन्द अवस्थामा छ । आयोजनाको अहिले केही अवशेषहरु मात्रै बाँकी रहेको स्थानीयवासीले बताएका छन् ।    आफ्नो क्षेत्रमा राष् ... बाँकी अंश»

मेलामा सयदेखि १० हजार रुपैंयाँसम्मका जुत्ता, ८० प्रतिशतसम्म छुट

२०७२ पौष १८ शनिबार, काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा पाचौं बिग सेल फुटवयर व्यापारिक मेला शुक्रबारदेखि शुरु भएको छ । यो मेला राजधानीको भृकृटीमण्डपमा शुरु भएको हो । मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले गरे । कार्यक्रममा अध्यक्ष मुरारकाले मुलुक राजनीतिक अस्थिरताले आर्थिक क्षेत्र जर्जर भैरहेका बेला जुत्ता उद्योगीले मेला आयोजना गरेर अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको बताए । उनले आत्मनिर्भरताका क्षेत्रमा उन्मुख नेपाली जुत्ता ... बाँकी अंश»

इन्धन अभावकाे असर विद्युत् आयोजना पनि

२०७२ पौष १८ शनिबार, चौतारा । विनाशकारी भूकम्प र भारतको नाकाबन्दीले सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ विद्युत् आयोजनाको निर्माण अवधि एक वर्ष लम्बिनुका साथै लागतसमेत बढ्न गएको छ । विसं २०६८ मा निर्माण कार्य सुरु भएको २२ दशमलव २ मेगावाटको उक्त आयोजना २०७२ कात्तिकमा सम्पन्न गरिने लक्ष्य भए पनि भूकम्प र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भएपछि २०७३ कात्तिकमा मात्र सम्पन्न हुने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजूले बताए ।    शिवश्री हाइड्रोपावरको रु तीन अ ... बाँकी अंश»

एक करोड बढीको तेल ठगी

२०७२ पौष १७ शुक्रबार, बनेपा। जिल्ला अदालत काभ्रेपलाञ्चोकले तेल ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई  पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले थप अनुसन्धानका लागि भन्दै उपभोक्ता ठगी महल ४ अनुसार सो आदेश दिएको हो ।    पक्राउ परेका काभ्रेपलाञ्चोक, पाँचखाल आयलस्टोरका सञ्चालक वसन्तकिसन पौडेल र मात फ्युल सेन्टरका सञ्चालक राजेन्द्रप्रसाद गौतमलाई थुनछेक बहसपछि थुनामा राख्न आदेश दिइएको छ ।    अभियुक्त पेट्रोल पम्प ... बाँकी अंश»

दलीय रबैयाले नेपाल असफल राष्टू बन्छ : मुरारका

२०७२ पौष १६ बिहिबार, सुशिला संग्रौला, बिर्तामोड  । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपाल असहज अवस्थामा मात्र नभई असफल राष्टू बन्नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ। झापाको धुलाबारीस्थित पासाङल्हामु स्मृति जेसीज प्रतिष्ठानमा बिहीबार मेची उद्योग वाणिज्य संघको १४ औं साधारणसभा तथा स्थापना दिवसको उद्घाटनपछि मन्तव्य राख्दै समारोहका प्रमुख अतिथि मुरारकाले त्यस्तो सन्देह व्यक्त गर्नुभएको हो ।    असहज शब्द अब निकै हलुका भइसक्यो’, मुलुकक ... बाँकी अंश»

आन्दोलनका कारण मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख: मुरारका

२०७२ पौष १५ बुधबार, इलाम। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले चार महिनादेखि जारी आन्दोलनबाट मुलुक आर्थिक सङ्कटतर्फ उन्मुख हुनपुगेको बताउनुभएको छ ।    इलाममा आजदेखि सुरू भएको ‘प्रथम राष्ट्रिय किबी महोत्सव तथा औद्योगिक कृषि प्रदर्शनी मेला’ को उद्घाटन गर्दै अध्यक्ष मुरारकाले राजनीतिक दलका नेताले जारी आन्दोलनलाई तत्काल रोकेर मुलुकलाई सङ्कटबाट बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – संविधान आएपछि मुलुक आर्थिक विकासमा दु्रत गतिमा अ ... बाँकी अंश»

चरिकोटमा खानेपानीको स्मल टाउन आयोजना बन्ने

२०७२ पौष १५ बुधबार, श्यामप्रसाद खतिवडा, दोलखा। दोलखाको सदरमुकाम चरिकोट बजार र भीमेश्वर नगर क्षेत्रका बासिन्दाले लामो समयदेखि प्रतिक्षा गरेको हात्तिछहरा मुहानको पानी नगर क्षेत्रमा पुर्‍याउने खानेपानी आयोजनाको टुङगो लागेको छ।    यसअघि खानेपानी समितिहरु बिचको विवादका कारण रोकिएको तेश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना निर्माणका लागी ति समितिहरु बिच सहमती भएको छ। मंगलबार भीमेश्वर नगरपालिकाको संयोजनमा बोलाईएको समितिहरु बिचको भेलाले आयोजना निर्माणका ल ... बाँकी अंश»

नेपाली पोशाक दिवस मनाइँदै

२०७२ पौष १५ बुधबार, काठमाडौं । नेपाली कला, सँस्कृति, भाषा र भेषभूषा लोप हुन लागेको भन्दै विगत तीन बर्षदेखि अङ्ग्रेजी नयाँ बर्षको दिन सञ्चालन हुँदै आएको तेस्रो प्रस्तावित नेपाली पोशाक दिवस–२०७२ पुस १७ गते आयोजना हुने भएको छ । बिदेशी सँस्कृतिको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्न लागेको भन्दै श्रद्धावान नेपाल नामक सामाजिक संस्थाले विगतका बर्षहरुमा झैं यसबर्ष पनि बिशेष कार्यक्रमको आयोजना गर्दै नेपाली पोशाक दिवसको आयोजना गरेको हो ।  नेपाल सरकारसमक्ष अङ्ग्रेजी ... बाँकी अंश»

६ दिनभित्र सुट बुट मेलामा ८२ हजार आए; ३२ हजार जुत्ता चप्पल बिके

२०७२ पौष १४ मंगलबार, राजधानीको भृकुटीमण्डपस्थीत प्रदर्शनीहलमा भईरहेको १२ औं औद्योगिक प्रदर्शनीको छैठौं दिन अर्थ मन्त्री विष्णु पौडेलले अवलोकन गर्नु भएको छ । अहिलेको यो असहज परिस्थितिमा फुटवेयर म्यानुप्mयाक्चरर्स एशोसियसनले नेपाली छाला जुत्ता तथा नेपाली शुटको प्रदर्शनीलाई उत्साहपूर्वक सञ्चालन गरेकोमा आफुलाई अत्यन्त हर्षित बनाएको तथा छाला जन्य उद्योगहरुको कुनै पनि किसिमका समस्या भएमा अर्थ मन्त्रालयबाट हुनसक्ने जस्तोसुकै सहयोगको लागि म र अर्थ मन्त्रालय तयार र ... बाँकी अंश»

लिजेन्डरी अर्थमन्त्रीको योगदानको कदर भएन : महत

२०७२ पौष १४ मंगलबार, काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता रामशरण महतले सुवर्णशम्शेर राणा नेपालको लिजेन्डरी अर्थमन्त्री भएको बताएका छन् । सुवर्ण स्मृति परिषद्को दोस्रो वार्षिक साधारणसभामा नेता महतले उनले योगदानको कदर हुन नसकेको विचार व्यक्त गरेका हुन् ।  महतले भने “आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहे पनि उनी राज्यको ढुकुटीको संरक्षण र प्रभावकारी सञ्चालन गर्नेमा कठोर थिए ।” उनका अनुसार नेपालको बजेट सुरु गरेका नेपालका पहिलो अर्थमन्त्री सु ... बाँकी अंश»

प्रक्रियागत झन्झटका कारण प्रभावकारी हुन सकेन सौर्य ऊर्जा प्रणाली

२०७२ पौष १४ मंगलबार, रमेश लम्साल,काठमाडौँ । सरकारले नगरपालिका तथा नगरोन्मुख क्षेत्रमा सौर्य प्रणालीमार्फत ऊर्जा उपलब्ध गराउने योजना अगाडि सारेपनि प्रक्रियागत झन्झटका कारण सोचेजति प्रगति हुन सकेको छैन । मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्ने उद्देश्यले सौर्य ऊर्जा प्रणालीलाई अगाडि बढाउन लागेको छ । त्यसमा अनुदानको व्यवस्थासमेत गरेको छ । तर अनुदान दिने र लिने प्रक्रियामा रहेको झन्झटका कारण समस्या पैदा भएको छ ।    सरकारले चालु आर्थिक वर्षभित्र तीन हजार सौर्य प्र ... बाँकी अंश»

उखु किसानले अझै पैसा पाएनन्

२०७२ पौष १४ मंगलबार, परासी । नवलपरासीमा उखु क्रसिङको नयाँ याम सुरु भइसक्दा पनि अझै अधिकांश किसानले आफ्नो पुरानो भुक्तानी रकम पाएका छैनन् ।जिल्लास्थित चार वटा ठूला उखु मिलबाट अघिल्लो वर्षको करिब रु १९ करोड उनीहरुले अझै भुक्तान लिन बाँकी रहेको छ ।    उद्योगहरुले प्रति क्विन्टल रु ४३६ को दरले अघिल्लो वर्षको रकम बल्ल दिन थालेको भएपनि किसानले उद्योगसँग अझै १९ करोड रुपैयाँ भुक्तानी लिन बाँकी भएको उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । यस ... बाँकी अंश»

मगर होम स्टे सञ्चालनमा

२०७२ पौष १४ मंगलबार, रत्ननगर (चितवन) । जिल्लाको माडी उपत्यकामा मगर होम स्टे सञ्चालनमा आएको छ । पर्यटन प्रवद्र्धनका लागि हालै यहाँ ११ वटा मगर होम स्टे निर्माण भएका थिए । होम स्टे सञ्चालन समितिका अध्यक्ष मोहनबहादुर मगरले ती होम स्टे ४४ जना बस्न मिल्ने क्षमताका रहेका छन् । स्थानीय अगुवा श्रीप्रसाद दवाडीका अनुसार होम स्टे यही हप्ताबाट पर्यटकका लागि खुला गरिएका छन् ।    स्थानीय समुदायको सक्रियतामा चितवन निकुञ्ज, स्थानीय मध्यवर्ती तथा अयोध्यापुरी मध्यवर्ती सहकारीको आ ... बाँकी अंश»

पर्यटन विकासका लागि छिमेकी देशका पर्यटक महत्वपूर्णः पर्यटन मन्त्री पोखरेल

२०७२ पौष १३ सोमबार, काठमाडौ,। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक भारत र चीनबाट आउने पर्यटक महत्वपूर्ण भएको बताएका हुन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक महासङ्घको १० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपालमा छिमेकी मुलुकबाट बढी पर्यटक आउने भएकाले उनीहरुलाई थप प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए ।    कार्यक्रममा पर्यटन विभागका महा ... बाँकी अंश»

सुवर्ण शम्शेर लेजेण्डरी अर्थमन्त्रीः डा महत

२०७२ पौष १३ सोमबार, काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले सुवर्ण शम्शेर राणा नेपालको लेजेण्डरी अर्थमन्त्री भएको तर उहाँको योगदानको उचित कदर हुन नसकेको बिचार व्यक्त गर्नुभएको छ ।    सुवर्ण स्मृति परिषदको दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि डा महतले भन्नुभयो, आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहेपनि राज्यको ढुकुटीको संरक्षण र प्रभावकारी सञ्चालन गर्नेमा कठोर हुनुहुन्थ्यो । उहाँका अनुसार नेपालको बजेट शुरु ग ... बाँकी अंश»

आयोजनाको काम तत्काल सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन

२०७२ पौष १३ सोमबार, काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिँचाइमन्त्री उमेश यादवसहित उक्त मन्त्रालयसँग सम्बन्धित विभिन्न सिँचाइ तथा नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका प्रमुखसँग प्रगति विवरणबारे छलफल गरेका छन् । चालु अवस्थामा रहेका ती आयोजनालाई द्रुत गतिमा अगाडि बढाउन र तोकिएको समयमा कार्य सम्पन्न हुने वा नहुने कस्तो अवस्थामा छ भन्ने विषयमा अर्थमन्त्रीले आधा दर्जनभन्दा बढी आयोजनाबारे जानकारी लिएका हुन् ।    सोही क्रममा बबई सिँचाइ, भेरी बबई बहुउद्द ... बाँकी अंश»

नयाँ