अर्थ

एनसेलको कर छलीबारे प्रधानमन्त्री प्रचण्ड लेखा समितिमा जवाफ दिन तयार

२०७३ चैत २२ मंगलबार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिलाई दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कर भुक्तानीका विषयमा सरकारले गरिरहेको काम कारवाहीको बारेमा जानकारी दिने भएका छन् ।     समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम कारबाहीका बारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले बताए ।    सभापति उपाध्यायले समितिको अघिल्लो बै ... बाँकी अंश»

इलामको फिक्कलमा दुई दिने सडक महोत्सव हुने

२०७३ चैत २१ सोमबार, इलाम । इलामको   स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानीय उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले फिक्कलमा चैत्र २९ देखि दुई दिने सडक महोत्सव हुने भएको छ ।  एक लाख पर्यटक भित्राउने लक्ष्य लिइएको सो महोत्सवमा संगित र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने आयोजकले बताए।    सुर्योदय हेटल व्यवसायी संघको आयोजनामा हुने महोत्सवमा पुर्वी इलाममा रहेका धार्मीक, सास्कृती पर्यटकीय सम्भावनाहरुको प्रचार प्रशार गर्ने उदश्य राखेको स ... बाँकी अंश»

ग्लोबल आइएमई बैंकले बोनस शेयर वितरण गर्ने

२०७३ चैत २१ सोमबार, काठमाडौं ।  ग्लोबल आइएमई बैंकको दशौँ बार्षिक साधारण सभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । बैकको साधारण सभाले संस्थापक शेयरधनी समूहबाट चन्द्र प्रसाद ढकाल, सुहृदराज घिमिरे, पवन कुमार भिमसरिया र सर्वसाधारण शेयरधनीको तर्फबाट  सुदर्शन कृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरज कुमार श्रेष्ठलाई संचालकमा निर्विरोधरुपमा निर्वाचित गरेको छ ।    साथै सभाले  शेयरधनीलाई १५.७६ प्रतिशत बोनस शेयर (लाभांश) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको ... बाँकी अंश»

नेपाल उद्योग वाणिज्य महासंघका दुई प्यानलबीच प्रतिस्पर्धा

२०७३ चैत २१ सोमबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष लगायतका विभिन्न पदहरुमा दुई पक्षबीच भीडन्त हुने भएको छ । सोमबार उम्मेदवारी दर्ता गराउने अन्तिम समयसम्म महासंघमा दुई प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । एशोसिएट्स उपाध्यक्षमा भने चन्द्र ढकाल सर्वसम्मत उपाध्यक्ष बन्ने पक्कापक्की भएको छ ।    महासंघका एशोसिएट्स उपाध्यक्षले आईतबार आफू सहित आफ्नो प्यानलका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका थिए । उनको प्यानलबाट अहिलेका वस्त ... बाँकी अंश»

मुसहर बस्तीलाई पुग्यो पैसा, एउटैले दियो २ करोड

२०७३ चैत २१ सोमबार, काठमाडौं ।  धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्तीलाई हस्तान्तरणको १० दिन बांकि रहदा अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख रुपैया सहयोग गरेको छ । धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि रकम अभाव भन्ने समाचार सुनेपछि आर्थिक अभाव नहोस भन्दै भुकम्प पछाडी पिडितहरुकालागि सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपली ईन मिनेसोटाले उक्त सहयोग रकम फाउण्डेशनलाई प ... बाँकी अंश»

इलाममा लाग्ने डेढ दर्जन हाट बन्द

२०७३ चैत २१ सोमबार, इलाम । बढ्दो सहरीकरण र बजार विस्तारसँगै इलामका साबिकका गाविसमा पुस्तौँदेखि तिथि र बारका आधारमा लाग्दै आएका डेढ दर्जन हाट बन्द भएका छन् । यहाँका ४८ ठाउँमा तिथि र बारका आधारमा लाग्ने गरेका हटियामध्ये १८ ठाउँमा लाग्ने हटिया बन्द भएका हुन् ।    जमुना, जोगमाई, फलाँटे, मङ्गलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आइतबारेलगायतका ठाउँमा लाग्ने गरेको हाट अहिले लाग्दैन । द्वन्द्वका बेलादेखि गोर्खे हाट बन्द भएको छ । सडक आसपासमा पर्ने सान ... बाँकी अंश»

विदेशी लगानी भित्र्याउन अब प्रकृयागत सुधार

२०७३ चैत २० आइतबार, काठमाडौं । उच्च स्तरीय वैदेशिक लगानी अनुगमन तथा समन्वय समितिले वैदेशिक लगानी आकर्षित गर्न नीतिगत सुधारका साथै प्रकृयागत सुधारलाई समेत अघि बढाउने निष्कर्ष निकालेको छ । समितिका संयोजक उद्योग मन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा आईतवार उद्योग मन्त्रालयमा बसेको बैठकले वातावरण सम्वन्धी मुल्याङ्कन प्रकृया प्रारम्भिक वातारणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कनलाई सरलीकृत बनाउने र अन्तर मन्त्रालयबीचको समन्वयलाई प्रभावकारी रुपमा अगाडि बढ ... बाँकी अंश»

अदुवाले मूल्य नपाउँदा चिन्ता

२०७३ चैत १९ शनिबार, सल्यान । यस वर्ष २ करोड बढीको अदुवा निर्यात भएको छ ।  अदुवा उत्पादनमा वृद्धि भए पनि किसानले उचित मूल्य नपाउँदा अदुवा निर्यातमा गिरावट आएको छ । गत आवमा करिब रु १० करोड ४३ लाख बराबरको अदुवा निकासी भए पनि यस वर्ष उचित मूल्य नपाउँदा करिब रु दुई करोड ८७ लाख बराबरको मात्र अदुवा निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।    अदुवा उत्पादनमा चार प्रतिशतसम्म वृद्धि भए पनि मूल्य नपाइएकाले निर्यातमा समस्या भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिक ... बाँकी अंश»

छुर्पी उद्योगबाट मासिक एक लाख आम्दानी

२०७३ चैत १८ शुक्रबार, तेह्रथुम । श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत । छवर्ष मलेसिया बस्दा उनले निकै दुःख पाए। घर जग्गा धितो राखेर उनी विदेश पुगे। ‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने रहेछ,” बस्नेतले भने। मलेसियाबाट फर्केपछि अहिले उनले गाउँमै दुग्ध परिकार उद्योग खोलेका छन् ।    सुरुमा चारजना साथीसँग मिलेर खोलेको सो उद्योग उहाँले एक वर्षदे ... बाँकी अंश»

कृषिमा क्रान्ति ल्याउन जागिर छाडेका स्नातक युवा भन्छन् –पढ्नु भनेको चरित्र निर्माण गर्नु हो

२०७३ चैत १८ शुक्रबार, कविता उपाध्याय, लिबाङ । हजारौँ युवा बर्सेनि बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेकै अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लाग्ने तर जागिर पाएपनि नखाने बताएका छन् ।     “पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ, तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु”, उनले भने ।    वलीले चार वर्षदेखि जिल्लामै सबैभन्दा बढी क ... बाँकी अंश»

मधेसी मोर्चाका कार्यकर्ता उग्र बन्दै, नगरपालिका र जिससमा तोडफोड

२०७३ चैत १८ शुक्रबार, कञ्चनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् ।    सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला प्रहरीले खोलेको भन्दै मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् ।    तोडफोडका कारण राजविराज नगरपालिकाका झ्याल, ढोका, टेबुल कुर्सी, कम्प्युटरलगायतमा क्षति पुगेको छ ... बाँकी अंश»

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

२०७३ चैत १७ बिहिबार, दैलेख । नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो ।    द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रमुख सौरभ अर्यालले जानकारी दिए ।    यस्तै ४. ... बाँकी अंश»

उद्योग मन्त्री र अष्ट्रेलियन राजदूतबीच भेटघाट

२०७३ चैत १७ बिहिबार, काठमाडौं ।  नेपालका लागी अष्ट्रेलियाका राजदूत ग्लेन वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगर सुधारका कारण नेपालमा वैदेशिक लगानीका लागी वातावरण वन्दै गएको बताएका छन् । उद्योग मन्त्री नवीन्द्रराज जोशीसँग बिहिबार उद्योग मन्त्रालयमा भेट गर्दै अष्ट्रेलियन राजदूत वाइटले नेपालको विकास प्रयासमा अष्ट्रेलिययन सहयोग नीरन्तर रहने प्रतिवद्धता जाहेर गरे।    नेपालको दार्चुला जिल्लामा उत्पादित अर्ज्ञानिक महको वश्व बजारमा राम्रो बजार रहेको भन ... बाँकी अंश»

नेपाली चियाको आफ्नो प्रजाति नहुँदा कठिनाइ

२०७३ चैत १७ बिहिबार, इलाम। खेती सुरु भएको डेढ शताब्दी बितिसक्दासमेत चियाको आफ्नै प्रजाति विकास गर्न नसक्दा नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सकेको छैन ।    रैथाने प्रजाति विकास गर्र्ने प्रयास भए पनि सो विफल भएको छ । हिमालयन टी प्रोड्युसर्स एसोसिएसन (होट्पा) नामक संस्थाले पहल थाले पनि निरन्तरता नपाउँदा निष्प्रभावी भएको हो ।    सबैभन्दा पुरानो इलाम चिया बगानका बोटबाट बीउ ल्याएर नयाँ र मौलिक प्रजाति विकास गर्ने उसको अभियान संस्थाको निष्क्रिय ... बाँकी अंश»

८ महिनामा वीरगन्ज नाकाबाट ३९ अर्ब ३६ करोडको इन्धन आयात

२०७३ चैत १६ बुधबार, पर्सा । चालु आवको आठ महिनामा वीरगन्ज नाका भएर भारतबाट रु ३९ अर्ब ३६ करोड ७५ लाख १३ हजार बराबरको इन्धन नेपाल भित्रिएको छ । सिमावर्ती भारतीय सहर रक्सौल, बरौनी, हल्दिया, मथुरालगायत स्थानबाट सो इन्धन नेपाल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए। रक्सौल र बरौनी तेल डिपोबाट नेपालका लागि छ लाख ५० हजार २११ किलोलिटर डिजेल, पेट्रोल र मट्टितेल आयात गरिएको छ ।    यस्तै भारतको मथुरा, हल्दियालगायत स्थानबाट एक लाख १४ हजार एक सय ... बाँकी अंश»

कृषि आधुनिकीकरणका लागि दुई करोड विनियोजन

२०७३ चैत १६ बुधबार, इलाम। जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा रु दुई करोड २० लाख ९८ हजार रकम विनियोजन गरेको छ। सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम सञ्चालन गर्न कृषक समूह, सहकारी र उद्यमीलाई दरखास्त आह्वान गरेअनुसार प्राप्त दरखास्तमध्ये पकेट कार्यक्रममा २५ र ब्लक कार्यक्रममा दुईवटा प्रस्ताव छनोट गरेर बजेट विनियोजन गरेको हो।   छनोट भएका ब्लक कार्यक्रममा सूर्योदय नगर ... बाँकी अंश»

सगुनमा लगानीको लागि सर्वसाधारणलाई केही घण्टा थप

२०७३ चैत १५ मंगलबार,   काठमाडौं । अमेरिकी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा आवेदन गर्ने म्याद ७२ घण्टा बढाएको बताएको छ । कम्पनीले सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुको आग्रहमा मार्च ३० सम्म आवेदन गर्ने म्याद थपेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले लाइभ सम्बोधन गर्दे बताएका छन् । यसअघि सगुनले मार्च २७ मा सेयर आवेदन बन्द गर्ने बताएको थियो । अब लगानीकर्ताले अमेरिकाको वासिङ्गटन डिसीको समय मानेर आगामी मार्च ३० राति १२ बजेसम्म आवेदन गर्न सक्ने ... बाँकी अंश»

सेयर बजारमा लाग्यो सर्किट ब्रेक

२०७३ चैत १५ मंगलबार, काठमाडौं । सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले मंगलबार सर्किट ब्रेक लगाएको छ ।    बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार आज बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ ।    उच्च वृद्धि भएपछि सेयर बजार बुलिस ट्रेन्डमा अगाडि बढेको जनाइएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन् ... बाँकी अंश»

साना जलविद्युत्, विकास र विस्तारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२०७३ चैत १५ मंगलबार, काठमाडौँ। साना जलविद्युत् आयोजनाको विकास र विस्तारका विषयमा दक्षिण एसियाली मुलुकको ज्ञान सीप र अनुभव आदानप्रदान गर्ने लक्ष्यका साथ तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु भएको छ ।    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान र यहाँस्थित चिनियाँ दूतावासको आयोजनामा सुरु भएको सम्मेलनमा साना जलविद्युत् आयोजनाको विकासका अनुभव आदानप्रदान गर्ने लक्ष्य राखिएको छ ।    प्रविधिका क्षेत्रमा भएको विकास तथा विस्तारले जलविद्यु ... बाँकी अंश»

वन प्रसाशन इलामले गाडी मर्मत सहित अनेकौं बहानामा पैसा असुल्दै

२०७३ चैत १४ सोमबार, खुदुनाबारी। इलामका सामुदायिक वनमा अनेकौं बहाना देखाउँदै वन प्रसासनले पैसा असुल्ने गरेको खुलासा भएको छ । वन संरक्षण,संवद्र्धन र प्रवर्धन गर्ने निकाय जिल्ला वन कार्यालय सहित सेक्टर वन कार्यालय सुखानी इलामले गाडी मर्मत सहित अनेकौं बहानामा पैसा असुल्ने गरेको सामुदायिक वनका पदाधिकारीले बताएका छन् ।    सामुदायिक वनमा बार्षिक कारोबारको आधारमा वन कार्यालयले गाडी मर्मत सहित अनेकौं बहानामा रकम असुल्ने गरेको सामुदायिक वनका पदाधिकारीहरुले बताएका ... बाँकी अंश»

नयाँ