अर्थ

कर फछ्र्यौट आयोगद्वारा प्रतिवेदन पेस

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौँ। कर फछ्र्यौट आयोगले आफ्नो वार्षिक कार्य सम्पादन प्रतिवेदन अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष पेस गरेको छ । आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माले २०७१ सालको प्रतिवेदन पेस गर्नुभएको आज आयोगले जनाएको छ ।आयोगको प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री पौडेलले मुलुकको हित चिताएर तोकिएको जिम्मेवारी सम्पन्न गरेकामा आयोग पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।    अर्थमन्त्रीले कर फछ्र्यौट आयो ... बाँकी अंश»

आर्थिक सूचक नकारात्मक, लगानीको वातावरण कमजोर बन्दै

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौँ । झण्डै चार महिनादेखिको तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको सबै आर्थिक सूचकहरु नकारात्मक हुनुका साथै लगानीको वातावरण पनि कमजोर बन्दै गएको छ । अर्थ मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा प्रस्तुत गरिएको अध्ययन प्रतिवेदनका आधारमा मुलुकमा लगानीको वातावरण विगत वर्षका तुलनामा कमजोर बन्दै गएको देखिएको हो । अध्ययनले निर्यात, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा आउने लगानीका लागि विश्वस्त वातावरण बन्न नसकेक ... बाँकी अंश»

ललितपुर मोबाइल कम्प्लेक्समा तीन मल्टिब्राण्ड शोरुम

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौं । ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब तीनवटा अन्तराष्ट्रियस्तरको मल्टिब्राण्ड शोरुमहरु संचालनमा आउने भएका छन् । मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्र रहेको ललितपुर मलमा रहेको कम्प्लेक्समा नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुम सञ्चालनमा आईसकेको छ । यो शोरुममा एकैपटक ४,००० जना ग्राहकहरुलाई मोबाइलसम्बन्धि सेवाहरु प्रदान गर्न सकिन्छ भने सामसुंग, हुवावे, लाभा, सोनी, माइक्रोसफ्ट, नोकिया, जियोनी, डिटिसी, सेलकोन ... बाँकी अंश»

बुढीगण्डकी आयोजनालाई निर्माणको चरणमा लैजान माग

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तत्काल निर्माणको चरणमा लैजान सरोकारवालाले आग्रह गरेका छन् । फ्रान्सेली कम्पनी ट्रयाक्टबेलले विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको र सो प्रतिवेदन छलफलका क्रममा रहेकाले तत्काल निर्णय गरेर निर्माण सुरु गर्न उनीहरुले जोड दिएका हुन् । बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिले आयोजना गरेको छलफलमा सहभागीहरुले सो आयोजना नेपालको महत्वपूर्ण आयोजना भएकाले तत्क ... बाँकी अंश»

पूर्वका कृषकहरुलाई ७८ लाख हस्तान्तरण

२०७२ मङ्सिर २२ मंगलबार, कौशल निरौला, विराटनगर। व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले पूर्वक्षेत्रका व्यवसायीक किसानहरुलाई दोस्रोचरण अन्तरगतको रकम हस्तान्तरण गरेको छ । आयोजनाको कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरेको हो ।    कार्यक्रममा  प्याक्टका वरिष्ठ अनुगमन तथा मूल्याङन अधिकृत भानुभक्त मैनाली र अनुगमन तथा मुल्याङन अधिकृत बसन्त राज अर्यालले कृषकहरुलाई चेक हस्तान्तरण गर्नु भएको थियो ।    कार्यक्रममा दोस्रो चरण र बाँ ... बाँकी अंश»

बिटबिन उद्योगमा आगलागी; लाखौको क्षती

२०७२ मङ्सिर २२ मंगलबार, देवानन्द न्यौपाने, लम्की। कैलालीको लम्की चुहा नगरपालिका–११ मा निर्माणाधिन तारकोल (बिटबिन) उद्योगमा गएराती आगलागी भएको छ । सात करोडको लगानीमा निर्माण भैरहेको एम. एस. ईन्डस्ट्रीजमा आगलागी हुँदा लाखौको क्षती भएको छ ।    करिव २ महिना भित्रै उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भैरहेकोमा आगलागीले निर्माण कार्यमा प्रभाव पारेको सञ्चालक सुबोध उप्रेतीले जानकारी दिनुभयो । उनले उद्योगको काम सुचारु गर्न कम्तीमा ६ महिना लाग्न सक्ने बताएका छन । उप्रेती ... बाँकी अंश»

बाह्रौं औद्योगिक प्रदर्शनी मेला पौषमा

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल प्रत्येक वर्ष गर्दे आएको जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यो वर्ष २०७२ पौष ९ गतेदेखि १५ गतेसम्म गर्ने भएको छ ।   प्रदर्शनीको यस वर्षको नारा ‘आत्म निर्भरताको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने रहेको छ । गत वर्षदेखिे भृकुटीमण्डप स्थीत प्रदर्शनीहलमा आयोजना शुभारम्भ गरिएको प्रदर्शनी यस वर्ष पनि सोहि स्थानमा हुने छ । नेपालका सम्पूर्ण छाला जुत्ता तथा चप्पल कम्प ... बाँकी अंश»

इन्धन उपलब्ध गराउन साउदी सरकारसँग आग्रह

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौँ । सरकारले अनुदानमा इन्धन उपलब्ध गराउन साउदी अरबलाई अनुरोध गरेको छ ।  वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतको अघोषित नाकाबन्दीपछिको इन्धन सङ्कट टार्न साउदी सरकारलाई अनुदानमा दश दश हजार किलोलिटर डिजेल र पेट्रोल उपलब्ध गराइदिन अनुरोध गरेको मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिए । परराष्ट्र मन्त्रालय मार्फत सो अनुरोध गरिएको हो ।  सरकारले यसअघि चीनबाट १३ लाख लि पेट्रोल अनुदानमा ल्याइसकेको छ । ... बाँकी अंश»

इयुबाहेकका सबै रकम दातृ निकाय मार्फत सञ्चालन हुने

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत नै पठाउन लागिएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको मंगलबारको बैठकमा उहाँले तत्काल बैंकिङ सेवाको पहुँच त्यहाँ नपुगुन्जेल कम्तीमा पनि पहिलो किस्ता पुरानै पद्धतिबाट पु¥याउँदा उपयुक्त हुन्छ भन्ने मत बनेको उनले जानकारी दिए ।  सह ... बाँकी अंश»

इन्धन अभावले सडक विभागको बजेट १० प्रतिशत मात्र खर्च हुने

२०७२ मङ्सिर २० आइतबार, काठमाडौ । इन्धन अभावको अवस्था एक महिनासम्म यथावत् रहे सडक विभागले ठेक्कापट्टा गरेर निर्माणको क्रममा रहेका सडकको काममा गम्भीर असर पर्ने भएको छ । आर्थिक वर्ष २०७२/७३ मा विभागले ८०० किमी नयाँ माटे सडक, ७०० किमी सडकको स्तरोन्नति, ८५० किमी आवधिक मर्मत, नौ हजार २०० किमी नियमित मर्मतसम्भार र १२५ वटा पक्की पुल निर्माणको कार्यक्रम रहेको प्रवक्ता उमेश झाले  जानकारी दिनुभयो ।    “यी कार्यक्रमका लागि रु ३९ अर्ब लागत लाग्नेछ, गत वर्ष चारमहिने अवधिमा लागत ... बाँकी अंश»

म्याग्दीको सुन्तला काठमाण्डौं

२०७२ मङ्सिर २० आइतबार, निर्मल खत्री, म्याग्दी। बेनी नगरपालिका–१३ बास्कुनामा उत्पादित सुन्तलाले काठामाण्डौमा निर्यात भएका छन । भारतीय नाकाबन्दीको प्रभाव, यातायातको साधनको अभावमा समेत उचित मूल्य पाएपछि किसानले बोटबाटै सुन्तला बिक्री गरेको बताएका छन् । अन्य ठाउँको सुन्तला भन्दा बढि स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएकाले बजारमा उच्च माग रहेको बाँस्कुना कृषक तिलक गुरूङले बताए ।    बाँस्कुनामा रहेका २५ घरमध्ये २०  घरले व्यवसायीक रुपमा सुन्तला खेती गरेका छन । ‘ए&rs ... बाँकी अंश»

नाकाबन्दीले आर्थिक वृद्धिदर ऋणात्मक

२०७२ मङ्सिर १९ शनिबार, पाल्पा । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नाकाबन्दीले आर्थिक बृद्धिदर ऋणात्मक हुने अवस्थामा रहेको बताएका छन् । गभर्नर नेपालले समृद्धिबाट नै मुलुकको राष्ट्रियता मजबुत हुने बताए ।    नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले पाल्पामा गरेको अन्र्तक्रियामा बोल्दै गभर्नर नेपालले नेपाली नागरिकमा भएको सम्पन्नताले मात्र राष्ट्रियता बलियो बन्ने जिकिर गर्दै नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको बताए ।     गभर्नर नेपालले पर्यटन प्रवद्र् ... बाँकी अंश»

भारतीय रुपैंयाकै कालोबजारी

२०७२ मङ्सिर १९ शनिबार, इलाम । पूर्वी इलामको पशुपतिनगर नाकामा भारतीय मुद्रा सटही काउण्टर नहुँदा स्थानीय र पर्यटक ठगिने क्रम बढेको छ । भारतीय नाकाबन्दीका कारण तेलमा भइरहेको कालोबजारीले गर्दा भारतीय नोटको अभाव भएको छ । पशुपतिनगर नाकाबाट दैनिक सयौँ लिटर इन्धन नेपाल भित्रिने गरेकाले इन्धन खरिद गर्दा भारतीय रुपैयाँनै सटही गरेर दिनुपर्छ । यसले गर्दा कालोबजारी बढेको स्थानीयको भनाइ छ ।    पशुपतिनगरमा भारतीय नोट सटही काउण्टर नहुँदा स्थानीयसंग पैसा साट्दा बढी कमिसन तिर्न ... बाँकी अंश»

दैनिक लाखौँ नेपाली रुपैयाँ भारतीय बैँकमा जम्मा

२०७२ मङ्सिर १८ शुक्रबार, वीरगन्ज । औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्ज बैंक तथा वित्तीय संस्थाको प्रमुख आकर्षणको थलो भए पनि जिल्लाका सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवा नपाएपछि त्यसक्षेत्रका स्थानीयवासी भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । खुला तथा उदार आर्थिक व्यवस्थाका कारण मोफसलका ठूला सहरमा बैंकहरु एकपछि अर्को सञ्चालनमा आएका छन् । तर नेपालको सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवाको अभाव रहेको त्यहाँका जनताको गुनासो छ ।    बैँक तथा वित्तीय सं ... बाँकी अंश»

‘बृहत लुम्बिनी विकास’ नयाँ योजनासहित काम सुरु गर्ने सरकारको तयारी

२०७२ मङ्सिर १८ शुक्रबार, काठमाडौँ । सरकारले गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीलाई  ‘बृहत लुम्बिनी विकास’ नयाँ योजनासहित काम सुरु गर्ने तयारी गरेको छ । बृहत लुम्बिनीको समग्र विकास निमार्णमा ढिलाइ भएकाले लुम्बिनी विकासको गुरुयोजना पुनरावलोकन गर्ने र त्यसको अवधारणाको सम्बन्धमा थप अध्ययन प्रारम्भ गर्ने तयारी भएको हो ।लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले बृहत लुम्बिनी विकासमा ढिलाइ भइरहेकाले त्यसको गुरुयो ... बाँकी अंश»

इन्धन अभावका कारण पाँच जलविद्युत् आयोजनाको काम ठप्प

२०७२ मङ्सिर १८ शुक्रबार, लमजुङ । तीन महिनाभन्दा लामो समयको तराई बन्द र संविधान जारी भएपछि भारतीय पक्षले गरेको अघोषित नाकावन्दीका कारण पेटोलियम पदार्थको अभाव भएपछि लमजुङमा निर्माणाधीन पाँचवटा आयोजनाको काम ठप्प भएको छ । इन्धन अभावका कारण उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘माथिल्लो मस्र्याङ्दी ए’ जलविद्युत् आयोजना मिदिम खोलामा निर्माणाधीन तीन मेगावाट क्षमताको तल्लो मिदिम जलविद्युत् आयोजना, दोर्दी करिडोरमा निर्माणाधीन २८ मेगावाट क्षमताको सु ... बाँकी अंश»

दुगड गोदाममा छापा, ब्ल्याक स्टिकर टाँसिएको ५ ट्रक खाने तेल बरामद

२०७२ मङ्सिर १७ बिहिबार, काठमाडौं । प्रहरीले जडीबुटीस्थित केएल दुगडको गोदाममा छापा मारेको छ । प्रहरी छापामा लुकाइ राखेको ५ ट्रक खाने तेल(धारा) भेटिएको छ । बजारमा तेलको अभाव देखाइ चर्को मूल्यमा बिक्री गरिरहेको अवस्थामा प्रहरी परिसर काठमाडौंको टोलीले छापा मार्दा स्वस्तिक आयल इन्डट्रिजबाट उत्पादित धारा खाने तेल नियन्त्रणमा लिएको छ ।    फ्याक्ट्रि म्यानेजर अमन जैन र सम्पर्क अधिकृत प्रमोद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । नाकाबन्दीअघि ल्याएको तेल लुकाएर चर्को मूल् ... बाँकी अंश»

केआईटीका संचालक तथा प्रुडेन्सीयल फाइनान्सका पूर्व सिइओ पाण्डे पक्राउ

२०७२ कार्तिक २५ बुधबार, काठमाडौं । काठमाण्डौ इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईटि) का संचालक तथा प्रुडेन्सीयल फाइनान्सका पूर्व सिइओ भक्त प्रल्हाद पाण्डेलाई आर्थिक अनियमितताको आरोपमा प्रहरीले पक्राउ गरेको छ। ... बाँकी अंश»

पूर्वाधार विस्तारका लागि काँग्रेसले लियो संकल्प

, ललितपुर । “विकासको अपरिहार्य शर्त हो—पूर्वाधार विस्तार ” रहेको ठहर गर्दै काँग्रेसले पूर्वाधार विस्तारलाई संकल्कै रुपमा अघी बढाउने भएको छ । व्यापार, निर्माण र अन्य व्यवसायको लागत बढ्नुमा स्थानीय पूर्वाधारको कमी प्रमुख कारक रहने गरेको बुझाइका साथ काँग्रेसले स्थानीय आर्थिक गतिविधिको केन्द्रलाई राष्ट्रिय पूर्वाधारको मूलधारमा जोड्ने पहल गर्ने भएको हो । ... बाँकी अंश»

सिद्धथुम्कालाई पर्यटकीय गन्तव्य बनाउने पहल

२०७३ असार १७ शुक्रबार, काठमाडौं । दूधकोसी र सुनकोसी नदीको संगमस्थल हुँदै उठेको ओखलढुंगाको ‘सिद्धथुम्का’लाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी जुटेका छन् । पर्यटकीय गन्तव्य बनाउने पहलस्वरूप निर्माणाधीन सिद्धधाम पदमार्गको हालै ओखलढुंगाका सांसदहरू रामहरि खतिवडा र यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् । ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने दुवै सांसदले प्रस्तर मूर्तिका रूपमा निर्मित ‘ढ्यांग्रो’को अनावरणसमेत गरेका हुन् ।    ओखलढुंगाको हिलेपानी मितेरीभञ्ज्या ... बाँकी अंश»

नयाँ