अर्थ

आर्थिक वृद्धिदर ६.५ प्रतिशतले बढाइने छ : प्रधानमन्त्री ओली

२०७३ जेठ ४ मंगलबार, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताएका छन् ।  मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताए । ‘‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’’ उनले, भने– ‘‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’’    प्रधानमन्त्री ... बाँकी अंश»

१५ दिनलाई ढुक्क हुनुस्, पेट्रोलियम पदार्थको भाउ बढ्दैन

२०७३ जेठ ४ मंगलबार, काठमाडौं। तपाईले अहिले तिरिरहेको मुल्यमा झण्डै दुई रूपैयाँ भाउ बढेको छ, थाहा पाउनुभएको छ ? थाहा पाउनुभएको छैन भने पनि चिन्ता नलिनुस् यो तपाईहरूलाई थाहा पाउनु जरूरत पनि छैन । अबको १५ दिन आफूले महंगिएको शुल्क बेहोरेर भएपनि नेपाल आयल निगमले १५ दिनसम्मको लागि तेलको भाउ नबढाउने बताएको छ।    निगमले केही महिना अगाडि मूल्यलाई स्वचालि तरिकाले तोक्ने भन्दै मूल्य समायोजनको कुरा अगाडि ल्याएको भएपनि फेब्रुअरीदेखि अहिलेसम्म गर्न नसकेको मुल्यको समायोजन य ... बाँकी अंश»

'सर्टिफिकेट देखाउँदा बैंकले वापस पैसा पाउँछन् त ?’

२०७३ जेठ ४ मंगलबार, काठमाडौं। सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको शैक्षिक कर्जामा सरकारले पैसा फिर्तीको विश्वास दिलाउन सके आफू प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिन तयार रहेको स्पष्ट पारेको छ।    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा गरेको पुर्व बजेट छलफल कार्यक्रममा बैंकर्स एशोसिएसनका उपाध्यक्ष अनिल केशरी शाहले बैंकको पैसा जनताको पैसा हो, ग्यारेन्टी नभएसम्म प्रमाणपत्रको आधारमा मात्रै बैंकले शैक्षिक ऋण दिन नसक्ने स्पष्ट पनि पारे।   ‘हा ... बाँकी अंश»

पूर्व उपाध्यक्ष क्षेत्री भन्छन् : सरकारको 'हेलिकप्टर लक्ष्य' पूरा हुन कठिन

२०७३ जेठ ४ मंगलबार, काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले संविधान, संघियता कार्यान्वयन र नयाँ चरणको आर्थिक विकासका लागि औपचारिक रुपमा सुझाव आएको भन्दै जायज र सम्भव भएका सुझावहरूलाई बजेटमा समेट्ने कोशिष गरिने पनि प्रतिवद्धता जाहेर गरेका छन्।   मंगलबार राजधानीमा आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा रोजगारी सृजना, आर्थिक बृद्धि, कृषी, उर्जा क्षेत्रमा बजेट केन्द्रित गर्न सुझाव आएको भन्दै अर्थमन्त्री पौडेलले उपयुक्त र मूल्यवान सुझाव ... बाँकी अंश»

सरकारलाई बजेट सक्ने हतारो, काममा भने यस्तो छ लतारो

२०७३ जेठ ४ मंगलबार, काठमाडौं। आकाशमा कालो बादल मडारिइरहेको बेला सिमसिमे पानी परिरहेको बाटामा हिँड्नेहरूको हातको छाता खुलिसकेका छन्। कोही हस्याङ् फस्याङ् गर्दै पानी छल्न पाइला तन्काइरहेका छन्। सडक पानीले भिजेसकेको छ। सानोतिनो भल नै वग्न थालिसकेको छ। तर यस्तो पानीको कुनै प्रबाह नगरी तीनकुनेको सुविधानगर प्रबेश गर्ने न्यौपाने टावर अगाडिको बाटोमा कालोपत्रेको काम भने चलिरह्यो। सामान्य मान्छेलाई पनि ज्ञात भएकै कुरा हो कि पानी परिरहेको बेलामा गरिएको कालोपत्रे टिकाउ ह ... बाँकी अंश»

बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा भटाभट मध्यपहाडी सडक र पूल निर्माण हुँदै

२०७३ जेठ ४ मंगलबार, काठमाडौं। नेपाली काँग्रेसका सांसद् एवं व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गको बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने १८ किलोमिटर सडक द्रूतगतिमा निर्माण भइरहेकोमा आश्चर्य व्यक्त गरेका छन्।   मंगलबार राजधानीमा आर्थिक पत्रकार समाजले गरेको कार्यक्रममा बोल्दै नेता थापाले डुवान क्षेत्रमा एउटा राष्ट्रिय गौरबका आयोजनाको प्रभावित क्षेत्रम ... बाँकी अंश»

राजश्व असुलीमा ठूला करदाताले गर्यो कमाल

२०७३ जेठ ४ मंगलबार, काठमाडौं । भूकम्प र नाकाबन्दीका बाबजूत पनि राज्यको आन्तरिक राजश्वले भने आफ्नो लक्ष्य अनुसारको राजश्व संकलन गर्ने निश्चत प्रायः देखिएको छ । आन्तरिक राजश्वको आधा भन्दा बढी हिस्सा बेहोरेको ठूला करदाताहरूबाट असुली गरिने राजश्वमा १० महिनाको कूल लक्ष्यको तुलनामा झण्डै नौ अर्ब रूपैयाँ बढी असुली गरेपछि राजश्व संकलनमा वार्षिक लक्ष्य पूरा हुने निश्चित भएको हो ।    ठूलाकरदाता कार्यालयका अनुसार बैशाख मसान्तसम्मको तथ्याङ्कको आधारमा राजश्वको वार्ष ... बाँकी अंश»

अखाद्य वस्तुको कारोबार बढ्यो

२०७३ जेठ ३ सोमबार, डोटी । सुदूरपश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा अधिकांश पसल तथा सप्लायर्सहरुमा अखाद्य वस्तुको कारोबार बढेको पाइएको छ । व्यापारिक दृष्टिकोण र सरकारी प्रयोजनका लागि डोटी लगायत सुदूरपश्चिमका नौ जिल्लाको गन्त व्यस्थल दिपायलमा जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा भएको छड्के बजार अनुगमनमा यस्तो भेटिएको हो । दिपायलमा रहेका विभिन्न मिष्ठान्न भण्डार, डेरी उद्योग, चाउमिन सेन्टरलगायतका विभिन्न पसलमा म्याद नाघेका वस्तुको कारोबार बढेको जिल्ला प ... बाँकी अंश»

कार्यान्वयन हुन नसक्ने पपुलिष्ट बजेटले अर्थतन्त्रलाई रसातलमा पुर्याउने अर्थविद्धहरुको चेतावनी

२०७३ जेठ ३ सोमबार, काठमाडौ । अर्थविद्धहरुले सरकारको नीति तथा कार्यक्रम अनुसारकै बजेट आए त्यो कार्यान्वयन हुन नसकि मुलुकको अर्थतन्त्रलाई रसातलमा पुर्याउने चेतावनी दिएका छन ।   रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा अर्थसचिव समेत रहिसकेका पूर्व मुख्यसचिव विमल कोइरालाले खर्च गर्न सक्ने क्षमता र संरचनाको हिसावमा मात्रै बजेट ल्याउनु पर्ने भन्दै अहिलेको नीति तथा कार्यक्रम अनुसार बजेट आए त्यसले मुलुकको अर्थतन्त्रलाई रसातलमा पुर्याउने चेताव ... बाँकी अंश»

अरुण काबेलीको सेयर निष्कासन

२०७३ जेठ ३ सोमबार, ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा निर्माणको चरणमा रहेको अरुण काबेली हाइड्रो पावर कम्पनीले ती दुबै जिल्लाका आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ ।    यहाँका प्रभावित स्थानीयवासीका लागि रु १५ करोड बराबरको १५ लाख कित्ता सेयर निस्कासन गरिएको हो । जिल्लाका साब्लाखु, सिनाम, थुम्देन, चाक्सिबोटे तथा पाँचथरका नागी, थर्पु, अमरपुर गाविसमा कम्तीमा पाँच वर्षदेखि बसोबास गर्दैआएकाहरुले सेयरका लागि आवेदन दिन सक्नेछन् ।  ... बाँकी अंश»

चिलिमेको काम अगाडि बढ्यो, तामाकोसी उस्तै

२०७३ जेठ ३ सोमबार, काठमाडौँ। गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्ररुपमा अगाडि बढेको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसीको काम पनि अगाडि बढेको प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।    लामाबगरको काब्रेभीरमा सुरुङ निर्माणको काम सुरु गर्ने ... बाँकी अंश»

बजेटमा आफ्ना मुद्दा समेट्न एमाओवादीले प्रधानमन्त्रीलाई कस्ने

२०७३ जेठ ३ सोमबार, काठमाडौँ  । एकीकृत माओवादीले आगामी आर्थिक वर्ष २०७३–०७४को बजेट वक्तव्यमा पार्टीले विगतदेखि उठाउँदै आएका जनपक्षीय मुद्दालाई पूर्णरुपमा समावेश गर्न सरकारसँग आग्रह गर्ने भएको छ । सरकारमा सहभागी एमाओवादीका मन्त्रीसहित आज यहाँ भएको छलफलमा शान्ति प्रक्रियासँग जोडिएका विषयदेखि आर्थिक समृद्धि, सामाजिक न्याय तथा जनजीविकासँग जोडिएका विषयलाई आगामी आवको बजेटले सम्बोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो । सरकारले यही जेठ १५ गते व्यवस्थापिका–संस ... बाँकी अंश»

समृद्धिको सूचक आन्तरिक राजश्वको हिस्सा कति छ ? भूकम्प र नाकाबन्दीका बाबजूत जोगिएला शाख ?

२०७३ जेठ २ आइतबार, काठमाडौं। नेपालको बजेट निर्धारणको प्रमुख आधार भनेकै विभिन्न स्रोतबाट संकलन गरिने राजश्व, बैदेशिक सहायताबाट प्राप्त हुने अनुदान तथा ऋण र आन्तरिक ऋण हो। त्यसमध्ये पनि सबैभन्दा महत्वका साथ हेरिने आन्तरिक व्यापार तथा उत्पादनबाट उठाईने राजश्व तथा भन्सार कार्यालयबाट विभिन्न सामानको आयात निर्यातको क्रममा उठाईने राजश्वको हिस्साले नै राज्यको बजेटलाई निर्धारण गर्ने गरेको हुन्छ। नेपाल जस्तो विकाशोन्मुख मुलुकमा भन्सारबाट प्राप्त राजश्वले नै ठूलो हिस ... बाँकी अंश»

दुई दशकको प्रयासपछि चितवनको माडीमा विजुली बल्ने भो; परीक्षण सफल

२०७३ जेठ १ शनिबार,  चितवन। दक्षिण चितवनको माडी नगरपालिकामा दुई दशकको प्रयासपछि आज रातिदेखि विद्युत् परीक्षण सफल भएको छ । उपभोक्ताको फिडरमा इतिहासमै पहिलो पटक आज विद्युत् पुगेको हो ।    आज साँझ माडीको उपभोक्ताका लागि पठाउने विद्युत् प्रसारण लाइनमा विद्युत् पठाएर परीक्षण सफल भएको ऊर्जा मन्त्रालयअन्तर्गत उक्त परियोजना हेर्दै आएको योजना तथा प्राविधिक सेवा विभागका सहायक प्रवन्धक विश्वरञ्जन मिश्रले जानकारी दिनुभयो ।    “हामीले अहिले सफल परीक्षण गर्‍य ... बाँकी अंश»

हजुरबाका पालाका गाडी नाति चढ्दै

२०७३ जेठ १ शनिबार, काठमाडौँ, १ जेठ । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद् भवन परिसरमा पुराना गाडीको प्रदर्शनी आजदेखि सुरु भएको छ । राजा, राणा र व्यापारिक घरानियाले प्रयोग गर्दै आएका झन्डै एक शताब्दी पुराना गाडी प्रदर्शनीमा राखिएका छन् । नासा, अटो नेपाल, सोलिड्यारिटी फन्ड लगायत संस्थाको सहयोगमा सञ्चालित प्रदर्शनीमा विभिन्न कम्पनीका २० भन्दा बढी गाडीको अवलोकन गर्न सकिने आयोजक संस्थाका प्रतिनिधि गोविन्द भट्टराईले जानकारी दिए ।    सन् १९५६ मा त्रिभुवन राजपथ नि ... बाँकी अंश»

वित्तीय संस्थालाई गाउँ केन्द्रित हुन गभर्नर नेपालको निर्देशन

२०७३ जेठ १ शनिबार, तिलोत्तम (रुपन्देही) । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउनका लागि वित्तीय संस्थाले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताएका छन् । अहिलेको समयमा पनि दुई चौथाइ नेपाली वित्तीय क्षेत्रको पहुँच बाहिर रहनु बिडम्बना भएको भन्दै नेपालले त्यसलाई सुधारेर ग्रामीण क्षेत्रमुखी कार्यक्रम गर्न निर्देशन दिए ।    बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाको आज बिहान उद्घाटन गर्दै ... बाँकी अंश»

रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने

२०७३ जेठ १ शनिबार, रुकुम । रुकुमको पर्यटकिय एवं ऐतिहासिक स्थल रुकुमकोटमा आगामी जेष्ठ २६ देखी अषाढ १ सम्म रुकुमकोट कमलदह धार्मिक महोत्सव हुने भएको छ । जिल्लाको दोस्रो पुरानो विद्यालय रुक्मेणी उमाविको सुविधा सम्पन्न भौतिक पुर्वाधार निमार्ण तथा प्राविधिक शिक्षा सञ्चालनार्थ धार्मिक महोत्सव सञ्चलान गर्न लागिएको रुक्मुणी उमावि रुकुमकोटका व्यवस्थापन समिति अध्यक्ष केशबचन्द्र समालले जानकारी दिए ।    महोत्सव अवधीभर ५१०० शान्ति कलश पुजन,लाखबत्ति प्रज्वलन,१०८ शालि ... बाँकी अंश»

बालिङ उद्योग वाणिज्य संघको साधरणसभा सम्पन्न

२०७३ बैशाख ३१ शुक्रबार, स्याङ्जा । वालिङ उद्योग वाणिज्य संघ स्याङ्जाको १४ औं बार्षिक साधरणसभा सम्पन्न भएको छ । संघको १४ औं बार्षिक साधरणसभा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य तथा गण्डकी अञ्चल संयोजक दीपक लम्सालले उदघाटन गरेका छन् । उदघाटन गर्दै केन्द्रिय सदस्य लम्सालले सरकारले ल्याएको नीति तथा कार्यक्रम नीजिक्षेत्रले स्वागत गरेको बताए ।    सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रचारमुखी भएको र कार्यन्यनमुखी हुन नसक्ने प्रचार बाहिर आएको छ केन्द्रिय सदस्य ... बाँकी अंश»

१ सय ३२ केभिए प्रशारण लाइनको काम अन्तिम चरणमा

२०७३ बैशाख ३१ शुक्रबार, पाँचथर । झापाको दमकदेखि फिदिमको थापाटारमा निर्माणधिन् स्टेशनमा १ सय ३२ केभिए प्रशारण लाइनको काम अहिले अन्तिम चरणमा पुगेको छ । यो प्रशारण जडान गरिएपछि पाँचथरमा विद्युत नियमित हुने भएको छ । हाल ३३ केभिए प्रशारण लाइनले जिल्लामा धानेको छ ।   नेपाल विद्युत प्राधिकरण फिदिम सव स्टेशनका प्रमुख टंक तामाङका अनुसार अहिले झापाको दमकदेखि इलामको गोदकसम्म १ सय ३२ केभिए प्रशारण लाईन जडान गरिएको छ ।   अव जिल्लाको अमरपुर स्थित भालुचोकमा पनि स्टेशन लगभग निर ... बाँकी अंश»

द्रूतमार्ग बनाउन नेपाल सक्षम छः ओली

२०७३ बैशाख ३१ शुक्रबार, काठमाडौं। आगामी एक वर्ष भित्र आधारभूत विजुली उत्पालन गर्ने, दुई वर्ष भित्र चाहिएजति र १० वर्ष भित्र १० हजार मेगावट विद्युत आयात गर्ने आफ्नो नीति तथा कार्यक्रमलाई जसरीपनि पूरा गराई छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। व्यवस्थापिका संसद्मा नीति तथा कार्यक्रमको विक्षयमा उठेका प्रश्नहरूको उत्तर दिँदै प्रधानमन्त्री ओलीले उच्च अंकको आर्थिक वृद्धिदर हहाँसिल गर्नको लागि सरकारले पूर्वाधार विकासको कामलाई महत्वका साथ काम गरिरहेको दा ... बाँकी अंश»

नयाँ