अर्थ

उचित मुल्य नपाउँदा आठ करोडको अलैँची गाउँमै थन्कियो

२०७३ असार १९ आइतबार, सोलुखुम्बु । अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन (४० किलो) रु ८८ हजारमा किनेका व्यापारी अहिले उचित मूल्य नपाउँदा गाउँमै थन्क्याएर बसेका छन् ।    उचित मूल्य पर्खेर बसेका व्यापारी नौ महिनादेखि अलैँची थन्क्याएर बसेका छन् । उनीहरुले अलैँचीमा र ... बाँकी अंश»

नेप्से चार अङ्कले घट्यो

२०७३ असार १९ आइतबार, काठमाडौँ। नेप्सेआज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झरेको छ ।  अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३७ कम्पनीको रु एक अर्ब ८५ करोड मूल्य बराबरको कारोबार भयो । आज मात्रै दुई लाख ८३ हजार ३०० कित्ता विभिन्न कम्पनीका सेयर कारोबार भएको छ ।    नेप्सेका अनुसार आज लगानीकर्ता लघुवित्त कम्पनीको सेयरतर्फ आकर्षित भएका छन् । समग्रमा लघुवित्त कम् ... बाँकी अंश»

पर्वतकै ठूलो सिँचाइ नहर भासियो, रोपाइँ गर्न समस्या

२०७३ असार १९ आइतबार, फलेवास। धौलागिरि अञ्चलकै पहिलो र पुरानो नहरका रुपमा चिनिएको पर्वतको फलेवासमा रहेको सिँचाइ नहर निरन्तरको वर्षाले भत्किएको छ।   धानखेतीका लागि पकेट क्षेत्रका रुपमा परिचित फलेवास क्षेत्रका खानीगाउँ, देवीस्थान र मुडिकुवा गाविसमा सिँचाइका लागि विगत तीन दशकअघि निर्माण भएको सिँचाइ नहर शनिबार बिहान भासिएको हो। धान रोपाइँ गर्ने बेलामा नहर भासिएपछि उक्त क्षेत्रको सयौँ हेक्टर खेतमा रोपाइँ गर्न समस्या सिर्जना भएको छ।   भत्किएको कुलो मर्मत गर्नक ... बाँकी अंश»

दन्द्दकालमा विस्थापित चीज केन्द्रको पुनःस्थापना

२०७३ असार १९ आइतबार, पाँचथर।दन्द्दकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविस स्थित  गोपेटारमा दूग्ध विकास संस्थानको चीज उत्पादन केन्द्र १६ वर्षपछि पुर्नस्थापना भएको छ।    वि.स. २०५४ सालमा विस्थापित भएको केन्द्र स्थानीयको माग अनुसार गाईको दूध संकलन गरि कञ्चन चीज उत्पादन गर्ने उदेश्यले संस्थानले चीज उत्पादन केन्द्र पुनःस्थापना गरेको केन्द्रका प्रमुख गणेश भूजेलले बताए।   चीज उत्पादन केन्द्र पुनःस्थापना भएपछि पाँचथरको पञ्चमी, सुभाङ, थर्पु, अमरपूर, च्याङ्था ... बाँकी अंश»

सुरक्षा चुनौतीका कारण सरेको साफ्टाको बैठक अझै बस्न सकेन

२०७३ असार १८ शनिबार, काठमाडौं। दक्षिण एशियाली मुलुकलाई पनि युरोपियन युनियनको मोडलमा लैजाने भन्दै झण्डै एक दशक अगाडि खुलेको दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र सम्झौता ‘साफ्टा’ सन् २०१६ देखि पूर्ण रूपमा कार्यान्वयन हुने लक्ष्य तात्कालीन समयमा लिईएको थियो। तर उक्त विषय २०१६ देखि नै कार्यान्वयनमा आउने सम्भावना ज्यादै न्यून रहेको देखिएको छ।    यस विषयमा विभिन्न मुलुकहरूले दिएको फरक फरक प्रस्ताव र तोकिएको मितिमा समेत बस्न नसकेको साफ्टाको मन्त्रीस्तरीय ... बाँकी अंश»

बूढीगण्डकी डुबान क्षेत्रमा स्थायी संरचना नबनाउन निर्देशन

२०७३ असार १८ शनिबार,  काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा स्थायी संरचना नबनाउन सबै सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।    आयोजनाको डुबान क्षेत्रमा मध्यपहाडी राजमार्गले सडक निर्माण गरिरहेको भन्ने सूचना आएपछि सरकारले कुनै पनि स्थायी संरचना निर्माण नगर्न ध्यानाकर्षण गराएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत धादिङका ज्यामरुङ, त्रिपुरेश्वर र सल्यानटार खण्डमा सडक निर्माण भइरहेको छ । ती स्थान बूढीगण्डकी आयोजनाको डुबान क्षेत ... बाँकी अंश»

सेयर बजार ३८ अङ्कले वृद्धि, आठ अर्ब बढीको कारोबार

२०७३ असार १८ शनिबार, काठमाडौँ। सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ।   सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अङ्कमा पुगेको हो। क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स समेत आठ अङ्कले बढेको छ। विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ। स्टकका अनुसार विकास बैंक समूह ८० अङ्कले बढेको हो।   यस्तै बिमा समूह पनि बढ्ने क्रममा नै रह्यो। स ... बाँकी अंश»

मासिक साठी लाखको दूधको कारोबार

२०७३ असार १८ शनिबार, बाबियाचौर (म्याग्दी) । बेनी बजारमा मासिक रु ६० लाख बराबरको दूधको कारोबार हुने गरेको छ । दूग्ध व्यवसायी सङ्घ बेनीका अनुसार बेनीमा दैनिक दुई हजार ५०० लिटर दूध खपत हुन्छ । दुई हजार लिटर डेरी पसलबाट र ५०० लिटर कृषकले सिधैँ ग्राहकको घरमा लगेर दूध बेच्ने गरेका सङ्घका अध्यक्ष कोषानन्द आचार्यले जानकारी दिए ।    प्रतिलिटर रु ६५ मा कृषकबाट खरिद हुने दूध रु ८० का दरले बिक्री हुने गरेको छ । मासिक ७५ हजार लिटर दूध खपत हुने बेनीमा मासिक रु ६० लाख बराबरको दूधको का ... बाँकी अंश»

महादेवडाँडामा किबीको व्यावसायिक खेती सुरु

२०७३ असार १८ शनिबार, सिन्धुली । सिन्धुली जिल्लाको पूर्वी गाविस महादेवडाँडामा किबीको व्यावसायिक खेती र किबी उत्पादन सुरु भएको छ । महादेवडाँडा–४ दमारका रामकुमार कार्कीले झन्डै तीन बिगाहा जमिनमा एक हजार ५०० भन्दा बढी किबीको बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गरेका छन् । गत वर्षबाट नै उनको बगैँचामा किबीको उत्पादन सुरु भइसकेको कार्कीले बताए ।    कार्कीले किबीको फल मात्र हैन बिरुवा समेत उत्पादन गर्ने गर्छन् । गत साल पाँच क्वीन्टल किबी बेचेका कार्कीले यसवर्ष भने ... बाँकी अंश»

अरुण तेस्रो जलविद्युत् आयोजनाः जग्गा प्राप्ति र मुआब्जा वितरणमा समस्या

२०७३ असार १८ शनिबार, काठमाडौँ। व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले अरुण तेस्रो जलविद्युत् आयोजनामा जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा विषयमा प्रष्ट निर्णय नहुँदा समस्या उत्पन्न भएको ठहर गरेको छ । समितिले गरेको स्थलतगत अध्ययनका क्रममा वातावरण प्रभाव मूल्याङ्कन र जङ्गलको रुख कटानीका लागि लामो प्रक्रियाका कारण समय लागेको उल्लेख गरेको छ । वन तथा भूसंरक्षण मन्त्रालयले वन क्षेत्रको रुख कटानसम्बन्धी स्वीकृति नदिँदा समस्या उत्पन्न भएको देखिएको छ ।    ... बाँकी अंश»

त्रियुगा उद्योग वाणिज्य संघको निर्वाचनमा भगत प्यानललाई समर्थनको लहर

२०७३ असार १८ शनिबार, गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघको शनिवार भएको नयाँ नेतृत्वको चयनको लागि गजेन्द्र कुमार भगतको प्यानललाई समर्थन जुट्दै गएको छ । उनको प्यानललाई उद्योगी व्यवसायी, सामाजिक  क्षेत्र देखि राजनैतिक दलहरुले समेत संयुक्त रुपमा समर्थन गरेका छन्।    उनले काम गरेको आधारमा उनलाई राजनैतिक प्रलोभनमा भन्दा पनि व्यवसायीक हितको लागि भन्दै व्यवसायी देखि राजनितिकर्मीले सम्म समर्थन गरेका छन् । उनी अध्यक्ष निर्वाचित भए संगै संस्थागत विकास देखि सामाजिक ... बाँकी अंश»

अनुदानमा अलौचीका विरुवा वितरण

२०७३ असार १८ शनिबार, ओखलढुंगा।ओखलढुंगाका किसानलाई ५० प्रतिशत अनुदानमा अलैंचीका बेर्ना वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले व्यवसायिक अलैंची खेती गर्ने किसानलाई १ लाख ७० हजार बोट बेर्ना वितरण गरेको हो ।   ओखलढुंगाको रावादोलु, भूसिंगा, पात्ले, श्रीचौर, माम्खा, अधेरीनारायणस्थान लगायतका गाविसमा व्यवसायिक अलैंची खेति हुँदै आएको छ । अलैंचीका पुराना बोटबाट बेर्ना सार्दा रोेगको महामारी फैलिने भएकाले नयाँ बेर्ना उमारेर किसानलाई अनुदानमा दिइएको जिल् ... बाँकी अंश»

धान रोप्ने मेसिन भित्रियो,नर्सरी व्यवस्थापनमा विशेष कार्यक्रम

२०७३ असार १८ शनिबार, रत्ननगर (चितवन)। चितवन जिल्लामा सरकारी अनुदानमा पहिलो पटक धान रोप्ने मेसिन भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार यो वर्ष ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन ल्याएर सहकारी संस्थामा परीक्षण गरिएको हो । पूर्वी चितवन कपियाको कृषि समूह र वीरेन्द्रनगर साना किसान कृषि सहकारीमा मेसिन अनुदान दिइएको हो ।    करिब रु १२ लाख पर्ने दुईवटा मेसिन ५० प्रतिशत अनुदानमा ल्याएर जिल्लामा धान रोपाइँमा यन्त्रिकरणको प्रयोग गरिएको कार्यालयका प्र ... बाँकी अंश»

रत्नपार्ककको शहरी सेवा केन्द्रको टेण्डर खुल्यो, ४८ लाखका जिम्मा दिईँदै

२०७३ असार १७ शुक्रबार, काठमाडौं । काठमाडौंको रत्नपार्कको छेवैमा रहेको शहरी सेवा केन्द्रको उपभोग गर्दै आएको एक ठेकेदार कम्पनी गैरकानूनी रहेको भनेर केही समय अगाडि हाम्रा कुराले समाचार प्रकाशित गर्‍यो । अदालतमा विचाराधिन रहेकोले ठोकुवा गरेर गैरकानूनी भन्न नसकिएपनि त्यहाँको संरचना, अतिरिक्त व्यवसायीहरूलाई व्यापार गर्न दिईएको छुट लगायतका विषय गैरकानूनी रहेको उल्लेख गर्दै ठेकेदार कम्पनीको म्याद सकिएको पनि दुई वर्ष भईसकेको कुरा पनि उल्लेख गर्‍यो । अन्ततः आफूले नै उपभ ... बाँकी अंश»

नेपाल–भारत सम्बन्ध विकासको माध्यमबाट अघि बढ्ने राजदुत रन्जित रेको भनाई

२०७३ असार १७ शुक्रबार, धादिङ्ग। नेपालका लागि भारतीय राजदुत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने स्पष्ट पारेका छन् । शुक्रबार धादिङ्गमा चामभन्ज्याँङ्ग खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदुत रेले भने,'नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्छ, यो प्रगाढ सम्बन्धलाई कसैले चाहेरपनि विर्गान सक्दैन् ।' भारत सरकारको सहयोगमा निमार्ण हुने उक्त खानेपानी परियोजनाको लागत १ करोड ७८ लाख हुनेछ । उक्त परियोजनाबाट १ सय ५९ घरधुरीले प्रत्य ... बाँकी अंश»

मेलम्चीपछि याङ्ग्री र लार्केको पानी ल्याउन गृहकार्य सुरु, २०७४ को दसैँमा पानी धारामा खसालिने

२०७३ असार १७ शुक्रबार, काठमाडौँ । मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी डेढ वर्षपछि उपत्यकामा आउने निश्चित भएपछि नजिकैका याङ्ग्री र लार्केको पानी पनि ल्याउने गृहकार्य सुरु भएको छ ।    मेलम्चीको पानी काठमाडौँ ल्याउन बनाइएको २७ किमी सुरुङबाटै याङ्ग्री र लार्केको पानी पनि ल्याउन सम्भाव्यता अध्ययन गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । २७ किमी सोही सुरुङलाई उपयोग गरे पनि मेलम्ची खोलाबाट याङ्ग्री र लार्केसम्मको दूरीका लागि बाँकी १२ किमी सुरुङ खन्नक ... बाँकी अंश»

सिद्धथुम्कालाई पर्यटकीय गन्तव्य बनाउन जुटे स्थानीयवासी

२०७३ असार १७ शुक्रबार, काठमाडौं । दूधकोसी र सुनकोसी नदीको संगमस्थल हुँदै उठेको ओखलढुंगाको ‘सिद्धथुम्का’लाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी जुटेका छन् । पर्यटकीय गन्तव्य बनाउने पहलस्वरूप निर्माणाधीन सिद्धधाम पदमार्गको हालै ओखलढुंगाका सांसदहरू रामहरि खतिवडा र यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् । ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने दुवै सांसदले प्रस्तर मूर्तिका रूपमा निर्मित ‘ढ्यांग्रो’को अनावरणसमेत गरेका हुन् ।    ओखलढुंगाको हिलेपानी मितेरीभञ्ज्या ... बाँकी अंश»

रानीपोखरीलाई बजेट अभाव

२०७३ असार १७ शुक्रबार, चितवन । पर्यटनको प्रचुर सम्भावना भएपनि बजेटको अभावमा भौतिक पूर्वाधार निर्माण हुन नसक्दा चितवन नगरपालिका–४ किरणगञ्जस्थित रानीपोखरी ओझेलमा परेको छ ।    करिब पाँच बिगाहा जमिनमा फैलिएको रानीपोखरी क्षेत्रको बीच भागमा ठूलो पोखरी रहेको छ । उक्त पोखरीमा वर्षैभरी पानी रहन्छ । वरिपरी डिलमा २३ वटा ढुङ्गामा कुँदिएका आकर्षक मूर्ति रहेका छन् । पर्यटक का लागि भ्यूटावर, मन्दिर र गोलघर निर्माण भइरहेको छ ।    पर्यटकका लागि यहाँ पिउने पानी उपलब्ध गराउ ... बाँकी अंश»

सर्भेक्षणमा असन्तुष्टि जनाउँदै ९० हजार भूकम्प प्रभावितको गुनासो, सबैभन्दा बढी दोलखाबाट (विवरण सहित)

२०७३ असार १७ शुक्रबार, काठमाडौं। भूकम्पबाट प्रभावित भएका ५ लाखको अनुदानको लागि सर्भेक्षण गर्दा झण्डै ९० हजार जनाले गुनासो गरेका छन्।  संघीय मामला तथा स्थानीय विकास मन्त्रालयको तथ्याङ्क अनुसार भूकम्पप्रभावित ११ जिल्लाका कूल ५ लाख ३३ हजार ५८ जना सेवाग्राहीको आवास सर्भेक्षण गर्दा ८९ हजार ८ सय ३६ जनाले असन्तुष्टि जनाउँदै मन्त्रालयमा गुनासो गरेका हुन्।     यसरी गुनासो गर्नेमा सबैभन्दा बढी दोलखाबाट परेको पनि मन्त्रालयले जनाएको छ। दोलखा जिल्लाबाट मात्रै १५ हजार नौ ... बाँकी अंश»

सामूहिक बङ्गुरपालनमा सहकारीका किसान

२०७३ असार १७ शुक्रबार, बाबियाचौर(म्याग्दी) । रोजगारी सिर्जना, समुदायको आयस्तर वृद्धी र स्थानीय बजारमा मासुको आयात घटाउन कुहुँको भर्जुलामा सहकारी संस्थाले बङ्गुरपालन सुरु गरेको छ ।    भरजुला कृषि सहकारी संस्थाले सामूहिक बङ्गुरपालन व्यवसाय सुरु गरेको हो । सहकारीमा ४७ जना किसान आवद्ध छन् । बङ्गुरपालनबाट आयआर्जनमा सघाउ पुग्ने संस्थाका अध्यक्ष बमबहादुर शेरपुञ्जा बताए। सहकारीमा आवद्ध सदस्यले आलोपालो गरेर बङ्गुरको स्याहार सुसार गर्ने गरेका छन् । उनीहरुले आम्दानी सम ... बाँकी अंश»

नयाँ