अर्थ

तेल पाउने नयाँ तालिका (सूचीसहित)

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौं । नेपाल आयल निगमले तेल विक्रि गर्ने नयाँ तालिका सार्वजनिक गरेको छ । रक्सौल नाकाबाट पेट्रोलियम पदार्थ आयात गर्न नपाएकाले अहिले संचित तेललाई आवश्यकता र प्राथमिकताका आधारमा वितरण गर्ने गरी तालिका बनाइएको आयल निगमले जनाएको छ ।  निगमले अत्यावश्यकिय सेवा अस्पताल, औषधी, दमकल, सवबाहन, फोहोरमैला ढुवानीका सवारी साधनलाई सवै बार १५ देखि ३० लिटर सम्म तेल दिने भएको छ ।   उनीहरुले साझा भण्डार, स्वयम्भु, प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्साल, महालक ... बाँकी अंश»

ऊर्जा दक्षता प्रवद्र्धनका लागि संस्थागत संरचनाको आवश्यकतामा जोड

२०७२ मङ्सिर ११ शुक्रबार, ललितपुर। ऊर्जा दक्षताको प्रवद्र्धनको निमित्त यस क्षेत्रको संस्थागत विकासका लागि ठोस नीति तथा प्रभावकारी संरचना स्थापना गर्नुपर्ने सम्बन्धित विज्ञहरुले जोड दिएका छन् । जर्मन सङ्घीय आर्थिक तथा विकास मन्त्रालय (विएमजेड) को निमित्त जर्मन विकास सहयोग (जिआइजेड) को सहयोगमा ऊर्जा मन्त्रालयद्वारा आयोजित दुईदिने ऊर्जा दक्षताको संस्थागत विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न ऊर्जामा पहुँच तथा ऊर्जा सुरक्षाको स ... बाँकी अंश»

उखु किसानले भुक्तानी पाएनन्

२०७२ मङ्सिर ११ शुक्रबार, पथरी (मोरङ) । किसानले उखु मिलबाट ठगिएको गुनासो गरेका छन् । मोरङ–सुनसरीका किसानले उत्पादन गरेको उखु क्रसिङ गर्दै आएको सुनसरीको अमाही बेलामा रहेको इस्टर्न सुगर मिलले एक वर्षअघि खरिद गरेको उखुको मूल्य भुक्तानी नगरेको उनीहरुले गुनासो गरेका छन् । मोरङका किसान लक्ष्मण कोइराला रु १० लाख मिलले नदिएकै कारण अब उखुखेती छाड्ने अवस्थामा पुगेको बताउनुहुन्छ । किसानले गत वर्षको रकम पाउनका लागि पटक पटक मिल सञ्चलकसँग कुरा गरेका भए पनि सञ्चालकको बेवास्ताका कारण ... बाँकी अंश»

वैदेशिक रोजगारमा अख्तियारको चाँसो

२०७२ मङ्सिर १० बिहिबार, काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारले भोग्नुपरेको समस्या न्यून गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरोकारवाला निकायलाई सुझाव दिएको छ ।  वैदेशिक रोजगारमा जाने कामदारले दिएको निवेदन, सम्बन्धित क्षेत्रको स्थलगत अध्ययन र सरोकारवाला निकायमा भइरेका कामकारबाहीको अवलोकनपछि आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित, सम्बन्धित मन्त्रालय विभाग र दूतावासलगायतलाई सातबुँदे सुझाव दिएको आज आयोगमा आयोजित पत्रकार भेटघाटमा जानकारी ... बाँकी अंश»

सरकारको फिलतोपनाले संकट अझ लम्बिदै

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । मुलुकको अहिलेको संकट समाधानका लागि सरकारले के गर्छ भन्ने ठोस उपाय दिनु पर्नेमा यस्तो ठोस उपाय र मार्गचित्र स्वेतपत्रमा देख्न पाइएन । दिर्घकालमा के गर्छु भन्ने कुरा भन्दा पनि तत्कालमा के गर्छु भन्ने कुरा अहिले जनताको चासो र मुलुकको आवश्यकताको कुरा हो, तर स्वेतपत्रमा तत्काल के गर्छु भन्ने कुरा सरकारले भन्न सकेजस्तो मलाई लागेको छैन ।    दिर्घकालमा गर्छु भनेका कुरा पनि दिर्घकाल सम्म यो सरकार रहने हो की होइन भन्ने शंका प्रशस्त रहेकाल ... बाँकी अंश»

वित्तीय समावेशीता र भुक्तानी प्रणाली सुरक्षाबारे तीन दिने सेमिनार

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । सूचना प्रविधि सुरक्षा आकस्मिक पहुँच समूह नेपाल (आइटीसर्ट–एनपी)ले ‘फाइनान्सियल इन्क्लुजन एण्ड पेमेन्ट सिस्टम सेक्युरिटी’ विषयक तीन दिने सेमिनार गर्ने  भएको छ ।  राजधानीमा विहिबारदेखि शनिबारसम्म चल्ने सेमिनारको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम छ । वित्तीय क्षेत्रमा प्रयोग भएका प्रविधि र त्यसको सुरक्षा प्रणालीका विषयमा सेमिनारमा छलफल हुने आइटीसर्ट–एनपीका अध्यक्ष राजनराज पन्तले बताए ।    ‘सेमिनारम ... बाँकी अंश»

सुपाडी किसानहरुको उद्योग बाणिज्य महासंघ विरुद्धको आन्दोलनको स्वरुप परिवर्तन

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौ । उद्योग बाणिज्य महासंघले ठूलो आर्थिक चलखेलमा सेण्डिकेट लगाएको भन्दै रिले अनसनसहितको आन्दोलन गरिरहेका सुपारी उत्पादक किसानहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेका छन । राष्ट्रिय सुपारी खेति प्रर्वद्धन एवम् कृषि विकास संघ, झापा, मेची सुपारी तथा फलफुल विकास सस्था झापा र फेयर नेपाल मोरङले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन उद्योग बाणिज्य महासंघ र सम्बन्धीत मन्त्रालयले समस्या समाधानको लागि छलफल गर्ने प्रतिबद्धतापछि आजबाट सुरु ... बाँकी अंश»

पेट्रोल पम्पमा अतिरिक्त स्वीच राखेर कालोबजारी

२०७२ मङ्सिर ७ सोमबार, भक्तपुर । इन्धन अभाव भएकै बेलामा पेट्रोल तथा डिजेल वितरण गर्दा यन्त्र बिगारेर अतिरिक्त स्वीच राखी उपभोक्ता ठग्ने एक पेट्रोल पम्प सञ्चालकलाई पक्राउ परेका छन् ।   भक्तपुर नगरपालिका–७ जगातेस्थित भक्तपुर फ्युल सेन्टरमा भारतबाट मिस्त्री ल्याएर यन्त्र बिगारी इन्धन वितरण गर्दा पेट्रोल तथा डिजेलको परिमाण कम जाने तर अङ्क बढी चढेर बढी रकम देखाउने गरी उपभोक्ता ठगी गरेको पाइएपछि प्रहरीले सञ्चालक पुण्यराम बखातेलाई पक्राउ गरेको हो ।    महानगरीय अपर ... बाँकी अंश»

श्वेतपत्र जारी गर्ने तयारीमा सरकार

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघोषित नाकाबन्दीबाट जनजीवनमा अत्यन्त गम्भीर असर परेकाले यसको शीघ्र समाधान गर्न कार्यसूची बनाएर सरकारले काम गरिरहेको बताएका छन् ।  संसदको विकास समितिको सोमबारको बैठकमा सदस्यले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले नाकाबन्दीबाट सिर्जित समस्या समाधानका लागि कूटनीतिक, राजनीतिक माध्यमबाट वार्ता, संवाद र सहमतिको प्रयास भइरहेको जानकारी दिए ।  अर्थमन्त्रीले भने, “अघोषित नाकाबन्दीले राजस्व र पूँजीगत ... बाँकी अंश»

चीन गयो आयल निगमको टोली

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौँ । चीनबाट व्यावसायिक रुपमा इन्धन आयात गर्ने विषयमा छलफल गर्न नेपाल आयल निगमको एक प्रतिनि धिमण्डल सोमबार त्यसतर्फ गएको छ । प्रतिनिधिमण्डलले चिनियाँ पक्षसँग इन्धन आयातको प्राविधिक पक्षमा छलफल गरेपछि व्यापारिक सम्झौता गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा अर्को टोली त्यसतर्फ पठाउने तयारी गरिएको छ ।  सोमबार त्यसतर्फ गएको प्रतिनिधिमण्डलमा निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल छन् ... बाँकी अंश»

सुन्तला यस वर्ष पाँचथरमा वढ्ने अनुमान

२०७२ मङ्सिर ७ सोमबार, जितेन्द्र भण्डारी, पाँचथर । अलैँची पछिको मूख्य नगदे बाली सुन्तलाको उत्पादन यसवर्ष पाँचथरमा बढ्ने अनुमान गरिएको छ । फूल खेलेर चिचिला लाग्ने बेलामा असिना नपरेपछि अघिल्लो वर्ष भन्दा बढि सुन्तला उत्पादन हुने भएको हो । अमरपुरका सुन्तला कृषक पुण्यप्रसाद सुवेदीले सुन्तला नटिपेको तर बढि फलेको बताए । २२ वर्ष देखि सुन्तलाबाट आम्दानी लिँदै आएका सुवेदीले यसवर्ष ५ लाख मूल्य बराबरको सुन्तला बेच्ने सोच बनाउनु भएको छ । गत साल एक हजार बोटबाट ६० क्वीन्टल सुन्तला ... बाँकी अंश»

एक सय तेह्र प्रतिशत राजस्व सङ्कलन

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्ष्यभन्दा रु तीन करोड ६६ लाख ९० हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आव २०७२-७३ को प्रथम चौमासिकको लक्ष्य रु २७ करोड ३६ लाख ९६ हजार ५०० रहेकामा कात्तिक सम्ममा रु ३१ करोड तीन लाख ८७ हजार २२५ राजस्व सङ्कलन भएको महानगरपालिका राजस्व विभागले जनाएको छ । चालु आवको प्रथम चौमासिकमा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार समग्रमा लक्ष्यभन्दा ११३ प्रतिशतले प्रगति रहेको राजस्व विभागका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ... बाँकी अंश»

उद्यमी व्यवसायीहरुमा नयाँ बहशः एक देश एक प्रदेश

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले संघीयताप्रतिको बुझाइ देशका नागरिकहरुमा समान किसिमको नहुँदा समस्या झन गहिरिदै गएको बताउनुभएको छ। आइतवार एक छलफलमा आफ्नो धारणा राख्ने क्रममा प्रसाईले संघीयताको बारेमा समान बुझाइ नभएसम्मको केहि समयलाई संघीयताको बिषयलाई नै स्थगन गरेर केहि बर्षपछि मात्र संघीयताको कुरा अघी बढाउनुपर्ने बताउनुभयो। संघीयताको सिमाङकनको बिषय उठ्दा देशका उद्य ... बाँकी अंश»

किसानका समस्या समाधान नगरे आन्दोलनमा उत्रने

२०७२ मङ्सिर ५ शनिबार, यादव आचार्य, बर्दिया। भारतको अघोषित नाकावन्दीका कारण उत्पन्न बर्दियाका किसानका समस्या चाँडो समाधान नभए आन्दोलनमा उत्रने नेपाली काँग्रेस बर्दियाले चेतावनी दिएको छ।   कृषिको उर्भरभूमी मानिने बर्दियामा कृषि कार्यका लागि अत्यावस्यक पेट्रोलियम पदार्थ, मल, विउ लगायतका सामाग्रीको चरम अभाव श्रृजना भइ भ्रष्टाचार र कालोवजारी बढ्दै गएपछि असहज वातावरणको अन्त्य गर्न माग गरिएको हो।   जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्रीलाई ५ वुँ ... बाँकी अंश»

सूचना प्रबिधि क्षेत्रको बिकासको लागि सगुन र क्यान महासंघ बिच सहकार्य गर्ने समझदारी

२०७२ मङ्सिर ४ शुक्रबार, काठमाडौ। सगुन इंकर्पोरेशन र क्यान महासंघ बिचमा नेपालको सूचना प्रबिधि क्षेत्रको बिकास र बिस्तारमा सम्भायता अध्ययन गरी सहकार्य गर्ने समझदारी भएको छ।   सूचना प्रबिधि क्षेत्रको छाता संगठन क्यान महासंघका अध्यक्ष बिनोद ढकालले नेपालीहरुले शुरु गरेको सामाजिक सञ्जाल सगुन डटकमले (sagoon.com) देशको सूचना प्रबिधि क्षेत्रको बिकासमा टेवा पुर्याउन सक्ने बिश्वास लिदै क्यान महासंघ र सगुन बिचमा के के कुरामा सहकार्य हुन सक्छ अध्ययन गरी अघि बढ्न महासंघ तयार रहेको ब ... बाँकी अंश»

स्याङजाको चन्द्रकोट कृषि, प्यारागलाडिङ् र होमस्टेको लागि तयार गरिदै

२०७२ मङ्सिर ३ बिहिबार, श्रीकृष्ण सिग्देल, स्याङ्जा। पर्यटकीय सम्भावना निकै रहेका स्याङ्जाका ग्रामिण क्षेत्रलाई व्यवस्थित र प्रचार प्रसारको खाचो देखिएको छ। अत्यन्तै रमणीय गाँउहरु भएर पनि व्यवस्थापन र प्रचार प्रसार नहुँदा धेरै ग्रामिण क्षेत्रका सुन्दर गाँउवस्तीहरु ओझेलमा परेका छन्। जिल्ला पर्यटन विकास समितिको कम चासोका कारण त्यस्ता गाँउहरु ओझेलमा परेका छन्। प्रचार प्रसारको अभावले ओझेलमा परेको गाउँ हो सिर्सेकोट गाविसको काउले गाँउको चन्द्रकोट। गुरुङ्वस्तीको त्यो ... बाँकी अंश»

‘क्लियरिङ एजेन्ट’ले काम ठप्प पारे

२०७२ मङ्सिर ३ बिहिबार, पर्सा । कोलकातास्थित बन्दरगाहका ‘क्लियरिङ एजेन्ट’ले नेपालतर्फको काम ठप्प पारेका छन् । आयातकर्ताले ट्रक, कन्टेनरको विलम्ब जरिवाना र शुल्क नबुझाएको कारण देखाउँदै उनीहरुले काम ठप्प पारेका हुन् । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण पेट्रोलियम र अन्य अत्यावश्यकीय मालसामानको आयात अवरुद्ध भइरहेका बेला कोलकातास्थित बन्दरगाहमा समेत क्लियरिङ एजेन्टले नेपालतर्फको काम ठप्प पारेपछि नेपाली आयातकर्ता थप मारमा परेका छन् ।  वीरगन्जस्थित सिर्सि ... बाँकी अंश»

थिमिका प्रजापतिलाई हिटर बनाउन भ्याइनभ्याइ

२०७२ मङ्सिर ३ बिहिबार, रमेश गिरी, भक्तपुर। मध्यपुर थिमि नगरपालिका–११ दिगुटोलका आशाबहादर प्रजापतिको सिङ्गो परिवारलाई विगत एक महिनादेखि खाना खाने फुर्सदसम्म छैन । मध्यपुरथिमिमै पहिलोपटक २०२५ सालमा माटोबाट बनेको विद्युतीय हिटरको उत्पादन सुरु गरेका उनको छोरादेखि नातिसम्मको पुस्तालाई यतिखेर हिटर बनाउन भ्याइनभ्याइ भएपछि खाने फुर्सदसमेत नभएको हो ।  हिटर बाजेको नामबाट समेत चिनिने आशाबहादुरले माटोबाट बनेको विद्युतीय हिटर बनाउन सुरु गरेपनि ग्यासको प्रचलन बढेपछि १० ... बाँकी अंश»

रसुवाबाट ३ लाख २२ हजार लिटर पेट्रोल काठमाडौं आउँदै

२०७२ मङ्सिर ३ बिहिबार, काठमाडौं । चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल आएको छ । बुधबार साँझ सम्म रसुवाको केरुङ नाका हुँदै ३५ ट्याङकरमा ल्याउन बाँकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल आएपछि अनुदानको सबै तेल नेपाल भित्रिएको हो ।    अनुदानको सबै पेट्रोल रसुवागढीबाट बिहीबार काठमाडौं आइपुग्ने छ । भन्सार जाँचपास गरी तिर्नुपर्ने बाँकी ५ लाख ४५ हजार राजश्व भुक्तान भइसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।    चीनले नेपाललाई अनुदानमा १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको ... बाँकी अंश»

सेजन र राणालाई अर्थशास्त्री पन्त सम्मान

२०७२ मङ्सिर २ बुधबार, काठमाडौ। अर्थशास्त्री स्वर्गीय डा. यादवप्रसाद पन्तको ९१ जन्मजयन्तीको अवसरमा आर्थिक तथा सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै नेपाल आर्थिक पत्रकार समाज (सेजन) र राजनीतिज्ञ पशुपति शम्सेर राणालाई सम्मान गरिएको छ ।    डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले सेजन र राणालाई आज काठमाडौमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कमल थापाले सेजन अध्यक्ष गोकर्ण अवस्थी र राणालाई सम्मान गरेका थिए ... बाँकी अंश»

नयाँ