अर्थ

सात मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

२०७२ फाल्गुण १ शनिबार, काठमाडौँ। राष्ट्रिय प्रसारण लाइनमा सात मेगावाट विद्युत् जोडिएको छ । सानिमा माई जलविद्युत् आयोजनाले इलाममा निर्माण गरेको माई क्यासकेड आयोजना हिजोबाट केन्द्रीय प्रयारण लाइनमा जोडिएको हो । सोही निर्माण संस्थाले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना केही समय पहिले नै राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ ।    माई क्यासकेड आयोजना गत दसैँअगावै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दीजस्ता कारणले पछाड ... बाँकी अंश»

गरिबी न्यूनीकरणका लागि सहकार्य जरुरी

२०७२ फाल्गुण १ शनिबार, काठमाडौँ । सामाजिक, आर्थिक र क्षेत्रीय विकास एवम् गरिबी न्यूनीकरणका लागि सहकार्य गरी अध्ययन तथा अनुसन्धान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ । त्रिवि, आर्थिक विकास तथा प्रशासन केन्द्र(सेडा) र दक्षिण कोरियाको चोमनाम राष्ट्रिय विश्व विद्यालय, क्षेत्रीय विकासका लागि क्षेत्रीय केन्द्र (सिआरडी)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सामाजिक अर्थशास्त्र, क्षेत्रीय विकास र गरिबी न्यूनीकरण’ विषयको अन्तर्राष्ट्रिय गोष्ठीमा राष्ट्रिय योजना आयोगका ... बाँकी अंश»

काठमाडौंलाई ढिडो खुवाउन जुम्लाबाट फापर निर्यात

२०७२ फाल्गुण १ शनिबार, जुम्ला। नेपाल खाद्य संस्थान जुम्ला शाखाले माघ महिनामा रु ३४ लाख ५५ हजारको बराबरको सिमी र फापर काठमाडौँमा निर्यात गरेको छ। एक सय ५० क्विन्टल सिमी र १४० क्विन्टल फापरलगायतको खाद्यन्न पहिलो चरणमा राजधानी पठाइएको शाखा कार्यालयका प्रमुख पूर्णप्रसाद दाहालले जानकारी दिए।    खाद्य संस्थान केन्द्रीय कार्यालयले फागुनमा पनि सो शाखालाई २५ क्विन्टल सिमी र ४० क्विन्टल फापर खरिद गरी पठाउन निर्देशन दिएको छ। उनले किसानबाट ती खाद्यान्न खरिद गरिरहेको छ र आफ ... बाँकी अंश»

आर्थिक समृद्धिकालागि कफी खेती गर्ने किसानको प्रतिवद्धता

२०७२ माघ २९ शुक्रबार, तेह्रथुम । तेह्रथुमको ईवा गाविसमा कफी खेती प्रविधिबारे जानकारी दिन आयोजित एक कार्यक्रममा सहभागी कृषकहरुले कफी खेतीमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।  आठराई क्षेत्रमै पहिलो पटक कफीको व्यवसायिक खेती प्रवर्धनकालागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा आठराई कफी उत्पादक कृषक समूहले आयोजना गरेको कार्यक्रममा सहभागी कृषकहरुले खेती प्रविधिबारे जानकारी पाएपछि कफी खेती सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले प्रारम्भमा प्रति कृषक कम ... बाँकी अंश»

नेप्सेमा सूचीकृत १३१ कम्पनी ‘क’ वर्गमा

२०७२ माघ २९ शुक्रबार, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीमध्ये १३१ कम्पनी ‘क’ वर्गमा परेका छन् । एक्सचेन्जले धितोपत्र सूचीकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको सर्तअनुसार ती कम्पनीको वर्गीकरण गरिएको हो । पुँजीबजारको सुरुवातदेखि क्रमशः ‘क’ वर्गका कम्पनी बढ्दै गई गत आर्थिक वर्षमा ११४ तथा चालु आवमा १३१ वटा कम्पनी ‘क’ वर्गमा वर्गीकृत भएका हुन् ।    नियमअनुसार चुक्ता पुँजी कम्तीमा रु दुई करोड हुनुपर्ने, साधा ... बाँकी अंश»

पुनःनिर्माणका लागि राष्ट्रिय एकताको खाँचोः प्रचण्ड

२०७२ माघ २८ बिहिबार, त्रिशूली।एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पाँच महिनादेखिको भारतीय नाकाबन्दी जनताको शिर झुक्न नदिइकनै खुलेको बताए ।    विहिबार नुवाकोटको खरानीटारमा अमरज्योति बहुमुखी क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले नेपालीको स्वाभिमानमा अडान कायमै रहेका कारण नाकाबन्दी खुलेको उल्लेख गरे ।   उनले भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दलबीच राष्ट्रिय एकताको खाँचो र ... बाँकी अंश»

सरकारी कर्मचारी, पहुँचवाला, सेना, प्रहरीका कारण ग्याँस वितरणमा समस्या

२०७२ माघ २८ बिहिबार, काठमाडौं । ग्याँस व्यवसायी महासंघले सरकारको असक्षमताले खाना पकाउने ग्याँसको अभाव भएको आरोप लगाएको छ । विहीबार पत्रकार सम्मेलन गरेर महासंघले त्यस्तो आरोप लगाएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष वीरेन्द्रभक्त प्रधानाङ्गले सरकारको असक्षमताको कारण ग्याँसका कारण जनताले दुःख पाएको आरोप लगाउँदै वितरक कहाँ सोझै ग्याँस नपठाई उद्योग र आयल निगमको मिलेमतोमा आफै ग्याँस वितरण गरी सरकार कमिशनको चक्करमा लागेकोले वितरक र उपभोक्ता मारमा परेको दावी गर ... बाँकी अंश»

कावेली कोरिडोरका कारण इलामको संस्कृत पाठशाला बिस्तावित हुदै

२०७२ माघ २८ बिहिबार, मंगलबारे। शिवशक्ति गुरुकुल संस्कृत पाठशाला माथिबाट कावेली करिडोर हाइटेन्सन १३२ मेघावट प्रशारण लाइन पर्ने भएपछि बिस्तावित हुने खवरले बिद्याथी तथा अभिभावकहरु चिन्तित बनेका छन् । बिद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिने उदेश्यले स्थानीयहरुको पहलमा बनेको पाठशाला केही बर्ष नपुग्दै बिस्तावित हुने निश्चित भएपछि यस तर्फ स्थानीयहरुको चासो बढेको छ । पहिला मंगलबारे गाबिसमा पर्ने यो पाठशाला हालको देउमाई नगरपालिकामा अवस्थित रहेको छ । ... बाँकी अंश»

होमस्टे अध्ययन केन्द्र बन्दै

२०७२ माघ २८ बिहिबार, फलेवास (पर्वत) । पाँच वर्षअघि परीक्षणका रुपमा सञ्चालन गरिएका यहाँका होमस्टे अहिले मुलुकभरिका विभिन्न सङ्घसंस्थाका लागि अध्ययन केन्द्र बनेका छन् । सरकारले ग्रामीण पर्यटनको विकासका लागि स्थानीय सुशीलादेवी गुरुङ र शिक्षक मधुसुधन अधिकारीको सक्रियतामा सुरु भएको होमस्टेमा अहिले दैनिकजसो विभिन्न विषयमा अध्ययन गर्न आउनेको ताँती लाग्छ । सुरुमा परीक्षणका रुपमा सुशीलाको घरबाट सुरु भएको होमस्टे अहिले स्थानीय गुरुङ बस्तीका १० घरमा सञ्चलित छ । दश घरका हो ... बाँकी अंश»

अम्रिसोले राम्रो भाउ पाएपछि पूर्वी पहाडि जिल्ला कृषकहरु उत्साहित

२०७२ माघ २८ बिहिबार, पाँचथर। गत वर्षको तुलनामा यस वर्ष अम्रिसोले दोब्बर मूल्य पाएपछि पूर्वी पहाडि जिल्लाका कृषकहरु उत्साहित भएका छन्। गत वर्ष एउटा कुचोलाई हुने अम्रिसो ३५ देखि ४० रुपैया सम्ममा विक्री गरेका कृषकले अहिले सिजनको सुरुवातमै ७० देखि ८० रुपैया सम्म भाउ पाएपछि कृषकहरु उत्साहित भएका हुन्।   पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम लगायतका कृषकहरुले ब्यवसायिक रुपमै अम्रिसो उत्पादन गर्ने गर्दछन्। अहिले ब्यापारीहरु घरघरमै आएर अम्रिसो लैजाने ... बाँकी अंश»

आईएमई लिमिटेड पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा

२०७२ माघ २७ बुधबार, काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले रेमिटेन्स कम्पनी आईएमई लिमिटेडसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानज्यू र आईएमई लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन पोखरेलज्यूूले हस्ताक् ... बाँकी अंश»

पर्यटन सम्मेलनमा भाग लिन मन्त्री पोखरेल इजरायलमा

२०७२ माघ २५ सोमबार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल इजरायलमा हुन लागेको ‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’सम्बन्धी सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । पोखरेलले इजरायलको पर्यटन मन्त्रालय र टुरिजम अपरेटर्स एसोसिएसनले तेलअभिभ एक्जिविसन ग्राउन्डस्मा यही माघ २६ र २७ गतेसम्म हुन लागेको २२ औँ सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ  ।    विश्वभरिका पर्यटनसम्बन्धी कम्पनीलाई एकीकृत गरी पर्यटन बजारको ... बाँकी अंश»

राजस्व सङ्कलन वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिमा विभाग

२०७२ माघ २५ सोमबार, काठमाडौँ । लामो समयदेखि अवरुद्ध भन्सार विन्दु सहज भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिसहित क्रियाशील भएको जनाएको छ । तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध नेपाल–भारत नाका शुक्रबारदेखि सञ्चालनमा आएपछि विभागले रु दुई खर्ब पाँच अर्बको चालु आवको वार्षिक लक्ष्य पूरा गर्ने रणनीति तयार गरेको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट चालु आवमा रु एक खर्ब तीन अर्ब राजस्व सङ्कलन गर ... बाँकी अंश»

नेपालको जलविद्युत् क्षेत्रको जटिलता : जग्गा प्राप्ति, मुआब्जा वितरण र वन क्षेत्रको प्रयोग

२०७२ माघ २४ आइतबार, काठमाडौँ। नेपालको जलविद्युत् प्रभावकारी रुपमा अगाडि बढ्न नसक्नुको पछाडि जग्गा प्राप्ति, मुआब्जा वितरण एवम् वन क्षेत्रको प्रयोग नै सबैभन्दा बढी समस्याको रुपमा रहेको पाइएको छ । जग्गा प्राप्ति ऐन २०३४ को समयानुकल संशोधन हुन नसक्नु, मुआब्जा वितरणमा प्रभावकारी संयोजन हुन नसक्नु र वन क्षेत्रको रुख कटानमा लामो समय लाग्नुले नै अवरोध पैदा भएको भन्दै त्यसको हल हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।    अधिकांश जलविद्युत् आयोजनाका प्रमुख समस्याका रुपमा ज ... बाँकी अंश»

साताको नेप्सेमा ३१ अङ्कको सुधार

२०७२ माघ २३ शनिबार, काठमाडौँ । गतसाताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाअनुसार यो साताको परिसूचक पहिलो दिनको तुलनामा ३०.७२ अङ्कले बढेर अन्तिम दिन एक हजार २५१.४२ अङ्कमा पुगेको छ ।    यससाता नेपाल स्टक एक्सचेन्जमा १२८ कम्पनीको १३ हजार ९२२ कारोबारबाट रु दुई अर्ब ७९ करोड ९८ लाख ३८ हजार बराबरका ४४ लाख ६६ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साता ... बाँकी अंश»

एकै गाउँमा पाँच करोडको तरकारी

२०७२ माघ २३ शनिबार, फलेवास (पर्वत) । यहाँको सल्यानस्थित एउटै वडाका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं गाउँमा भित्र्याउने गरेका छन् । पूर्वी मोहडामा समतल फैलिएको करिब एकहजार रोपनीमा फैलिएको खेतमा यहाँका करिब ३०० घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेतीबाट वार्षिक रु पाँच करोडको आम्दानी गर्न सफल भएका छन् ।    बीसवर्ष अघिदेखि धौलागिरिमै पहिलोपटक व्यावसायिक रुपमा बेमौसमी तरकारीखेती सुरु गरेका यहाँका किसानले उत्पादन गरेको तरकारीले बाग्लुङ, म् ... बाँकी अंश»

जलविद्युत् आयोजना स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने तयारीमा सरकार

२०७२ माघ २२ शुक्रबार, काठमाडौँ । जग्गा प्राप्ति, मुआब्जा वितरण र स्थानीयस्तरमा हुने बन्द हड्ताल एवम् अवरोधका कारण जलविद्युत् आयोजना निर्माणमा बाधा परिरहेको भन्दै सरकारले आयोजना स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकारले तयार पारेको ऊर्जा सङ्कट निवारणकाल सम्बन्धी कार्ययोजनामा कुनै पनि आयोजना स्थलमा अनावश्यक माग राख्ने, बन्द हडताल गर्ने एवम् अवरोध गर्नेलाई कानुनअनुसार कारबाही गर्ने सम् ... बाँकी अंश»

नुवाकोट मिनी महोत्सव सुरु

२०७२ माघ २१ बिहिबार, त्रिशूली (नुवाकोट)। भूकम्पको पीडालाई कम गराउन र पुनःनिर्माण र पर्यटन प्रवद्र्धनको उद्देश्य राखी ‘भूकम्पको पीडा बिर्सौं, समृद्ध नुवाकोट निर्माणमा जुटौं’ मूल नाराका साथ आयोजना गरिएको ‘नुवाकोट मिनी महोत्सव’ विहिवारदेखि सुरु भएको छ ।    स्थानीय कोलनीको थ्री डी युवा क्लबको आयोजनामा नौ दिनसम्म सञ्चालन हुने महोत्सवको नेपाल चेम्बर अफ कर्मस तथा चीन–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटन गर्दै नेपाललाई चीनसँग जोड ... बाँकी अंश»

उद्योगपति चौधरीको निधन

२०७२ माघ २१ बिहिबार, काठमाडौँ । मुलुकका प्रतिष्ठित उद्योगपति लुनकरणदास चौधरीको ९४ वर्षको उमेरमा आज अपराह्न निधन भएको छ । लामो समयदेखि फोक्सो, पेटलगायत रोगबाट पीडित चौधरीको नर्भिक अस्पतालमा निधन भएको हो ।चौधरी विनोद चौधरीका बुवा हुन् ।     नेपालको औद्योगिक विकासमा योगदान गरेका चौधरीले पूर्वाञ्चलमा पहिलो उद्योग पशुपति बिस्कुट इन्डस्ट्रिज स्थापना  गरेका थिए । चौधरी चौधरी ग्रुपका संरक्षक हुन् । स्वर्गीय चौधरीका तीन छोरा र एक छोरी रहेका छन् ।  ... बाँकी अंश»

नाकाबन्दीले पोल्ट्रीमा रु तीन अर्ब नोक्सान

२०७२ माघ २१ बिहिबार, चितवन । भूकम्प र त्यसपछिको नाकाबन्दी र बन्द, हड्तालले पोल्ट्रीजन्य क्षेत्रमा रु तीन अर्ब ३१ करोड ७१ लाख बराबरको नोक्सान भएको छ । भूकम्पयता ब्रोइलर चल्ला, लेयर्स चल्ला, अण्डा, ब्रोइलर कुखुरा, दाना, सप्लायर्सका गाडी, कर्मचारी, अन्य बैंक ब्याजसमेतको नोक्सानी समावेश गरिएको छ । लागतभन्दा कम मूल्यमा बेच्नु पर्दा परेको रकमलाई मात्र समावेश गरिएको छ ।    नेपाल दाना उद्योग सङ्घका पूर्वअध्यक्ष डा तीलचन्द्र भट्टराईका अनुसार ब्रोइलर चल्ला प्रतिदिन दुई ला ... बाँकी अंश»

नयाँ