अर्थ

कति खान्छन त नुन धौलागिरीबासीले ?

२०७२ फाल्गुण २६ बुधबार, म्याग्दी। साविकको धौलागिरी अञ्चलको चार वटा जिल्लामा वार्षिक साढे चार करोड रुपैया भन्दा बढीको नुन खपत हुने गरेको छ। बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङ जिल्लामा नुनको आपूर्ती गर्दै आएको साल्ट ट्रेडीङ कर्पोरेशन बागलुङका अनुसार धौलागिरिमा वार्षिक साढे १७ हजार मेट्रिकटन भन्दा बढी नुन खपत हुने गरेको छ।    गत आर्थिक वर्ष २०७१/७२ मा चार करोड ६२ लाख ६० हजार रुपैया मूल्य बराबरको १७ हजार ६३० मेट्रिकटन नुन खपत भएको साल्ट ट्रेडीङ कर्पोरेशन बागलुङका प्रमुख ... बाँकी अंश»

नाकावन्दि खुलेपछी सिन्धुलीमा प्रेटोल र ग्याँसको अभाव

२०७२ फाल्गुण २५ मंगलबार, सिन्धुली। तराई आन्दोलन र भारतिय नाकाबन्दी खुलेको डेढ महिना हुँदा सम्म सिन्धुली जिल्लामा प्रेटोलियम पदार्थ र ग्यासको कृतिम अभाव गराइएको छ। जिल्ला स्थित ब्यापारीहरुको वेवास्थाका कारण जिल्लामा छ महिना अघिदेखिको प्रेटोलियम पदार्थ र ग्यासको अभाव अझै कायमै रहेको हो।   भारतिय नाकाबन्दीको समयमा दैनिक १२ हजार लिटर प्रेटोल तथा डिजल जिल्लामा ल्याउने गरीएको भएपनि नाकाबन्दी खुलेपछि भने प्रेटोलियम पदार्थ भित्रन सकेको छैन् । नाकाबन्दी कै समयमा नोवेल, ... बाँकी अंश»

माथिल्लो कर्णालीमा हात हालेको जिएमआरको गाडीमा आगजनी

२०७२ फाल्गुण २५ मंगलबार, दैलेख । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी जिएमआरको गाडीमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । सोमबार दिउँसो आयोजनास्थल दैलेखको सात्तला गाविस– १ रामाघाट खोलामा धुनका लागि लगिएको गाडीमा तीन युवाले पेट्रोल छर्केर आगो लगाएका दैलेखबाट सहकर्मी नमन शाहीले जानकारी दिए । आगोले गाडीको पछाडीको बाहिरि भाग डढेको छ । आगो स्थानीयले निभाएका थिए । खोलामा धुनका लागि लगिएको बा ८ च १५८५ नम्बरको बोलेरो जीपमा आगजनी गर्नेको प्रहरीले खोजी ग ... बाँकी अंश»

बूढीगण्डकी आयोजनालाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन चीनसँग आग्रह गरिने

२०७२ फाल्गुण २३ आइतबार, काठमाडौँ। सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउन चीन सरकारसँग सहुलियतपूर्ण ऋण सहयोग उपलब्ध गराइदिन आग्रह गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्न लाग्नु भएको चीन भ्रमणका क्रममा सो आग्रह गर्ने तयारी गरिएको छ । ऊर्जा मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरी परराष्ट्र मन्त्रालयलाई बुझाइसकेको छ ।    ऊर्जा मन्त्रालयका प्रवक्ता डा सञ्जय शर्माकाअनुसार विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)समेत तयार भइसकेको सो ... बाँकी अंश»

जलविद्युत् आयोजनामा इन्धन र निर्माण सामग्रीको अभाव

२०७२ फाल्गुण २२ शनिबार, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिहेको पाँच जलविद्युत् आयोजना इन्धन अभावका कारण निर्माणमा सोचेजति प्रगति हुन सकेको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि समस्यामा परेका ती आयोजनामा हाल पनि निर्माण सामग्रीको अभाव देखिएको छ भने सरकारले प्रर्याप्त मात्रामा इन्धन उपलब्ध गराउने बताएपनि अवस्थामा उल्लेखनीय सुधार हुन सकेको छैन ।    राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेका माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प ... बाँकी अंश»

बायोडाइनामिक्स प्रविधि थाल्दै पूर्वी इलामका चिया किसान

२०७२ फाल्गुण २२ शनिबार, इलाम । जिल्लाको पूर्वी क्षेत्रका चिया किसान बायोडाइनामिक्स चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । छिमेकीमूलुक भारतको खर्साङमा अग्र्यानिक चिया कारखाना मकैबारी ‘टी–स्टेट’सँगको सहकार्यमा चिया किसानले बायोडाइनामिक्स चियाखेती गर्न थालेका हुन् । फिक्कलस्थित गोर्खा टि–स्टेटका सञ्चालक उदय चापागाइँले आफ्नै पहलमा खर्साङका प्राविधिक ल्याएर बायोडाइनामिक्स प्रविधि भित्र्याउन किसानलाई प्रोत्साहित गर्नुभयो ।    गाईभैँसीको गोबरमा विभिन् ... बाँकी अंश»

मुस्ताङ्गमा हाते ट्याक्टरको माग बढ्दो

२०७२ फाल्गुण २१ शुक्रबार, मुस्ताङ्ग। हिमालपारीको जिल्ला मुस्ताङ्गमा हाते ट्याक्टरको माग बढ्न थालेको छ। मुस्ताङ्गका अधिकांस जनताले कृषि पेशा बाटै आयआर्जन गर्ने भएकाले समय अनुसार मुस्ताङ्गका कृषक पनि आधुनिकता तिर लागेका छन। मुख्य बालीका रुपमा स्याउ खेती गर्ने कृषकहरु हाते ट्याक्टरको प्रयोगले निकै हर्षित भएको पाईन्छ।   गत वर्ष सात जन कृषकले हाते ट्याक्टरको प्रयोग गरेको मुस्ताङ्ग जिल्लामा यस वर्ष ४१ जना कृषकले ट्याक्टरको माग गरेको जिल्ला कृषि बिकास कार्यालय मुस्ताङ ... बाँकी अंश»

कांग्रेसको आर्थिक प्रतिवेदन सार्वजनिक, बैंक खातामा कुल ६ करोड ६७ लाख ४५ हजार (पूर्ण प्रतिवेदन)

२०७२ फाल्गुण २१ शुक्रबार, काठमाडौं। नेपाली कांग्रेसले आफ्नौ बैंक खातामा रहेको हिसाव सार्वजनिक गरेको छ । पार्टी कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरको आर्थिक प्रतिवेदनमा कांग्रेसले २०७२ फागुन १८ सम्म विभिन्न बैंक खातामा रहेको कुल ६ करोड ६७ लाख ४५ हजार नौ सय ४७ रुपैंया रहेको उल्लेख छ। भृकुटीमण्डपमा भएको बन्दसत्रमा कोषाध्यक्ष यादवले प्रतिवेदन पेश गर्दै २०७२ श्रावण १ देखि हाल सम्मको अम्दानी विवरण आर्थिक वर्ष २०७२ –०७३ को लेखापरीक्षणपछि मात्रै आउने जानकारी गराएकी छन्। आगाम ... बाँकी अंश»

रु एक अर्ब बढीका योजना अलपत्र

२०७२ फाल्गुण २० बिहिबार, तौलिहवा (कपिलवस्तु) । स्थानीय विकास मन्त्रालयको बेवास्ताका कारण जिल्लाको १०० भन्दा बढी योजना अलपत्र छन् । जिल्लाका नदीनालाबाट नदीजन्य पदार्थ निकासीका लागि समयमा स्वीकृति दिन ढिलाइ गरेपछि यी योजना सुरु हुन सकेका छैनन् । नदीजन्य पदार्थको अभावले जिल्लाका नयाँ योजना सुरु गरिएको छैन भने अधूरा योजना अलपत्र परेका छन् ।    डिभिजन सडक कार्यालय, संसदीय विकास कोष, स्थानीय विकास मन्त्रालय, सहरी विकास कार्यालय, सिँचाइ विभाग, सीआइपी परियोजनाको करिब रु एक ... बाँकी अंश»

चितवनबाट गैंडा बर्दिया सारियो

२०७२ फाल्गुण १९ बुधबार, बर्दिया । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जको वैकल्पिक प्राकृतिक वासस्थानमा लोपोन्मुख एकसिंगे गैंडा स्थानान्तरण गरिएको छ ।नेपालमा गैंडाको बृद्धि सँगै प्राकृतिक प्रकोप, महामारी लगायतका विपत्तीबाट जोगाउने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली तटिय बबई उपत्यका क्षेत्रमा गैंडा स्थानान्तरण गरिएको हो । बन तथा भुसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले एक कार्यक्रमका विच गैंडा स्थानान्तरणको शुभारम्भ गरेका छन् । आज ... बाँकी अंश»

राष्ट्र बैंकद्वारा नियमन तथा सुपरिवेक्षण सम्बन्धित ऐनको मस्यौदा तयार

२०७२ फाल्गुण १९ बुधबार, काठमाडौँ। नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाका साथै लघुवित्त कारोबार गर्ने संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार गरेको छ।   ती संस्थाहरुको नियमन एवम् सुपरिवेक्षण गर्न सरकारले चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम त्यस्तो निकाय स्थापनाका निम्ति केन्द्रीय बैंकले ऐनको मस्यौदा तयार गरेको हो। साथै उक्त बैंकले विदेशी विनिमय तथा सुनचाँदीको अवैध कारोबारलाई नियन्त्रण गर्न सोही बैंकको सक्रियता ... बाँकी अंश»

बागलुङको बजेट सात अर्ब

२०७२ फाल्गुण १९ बुधबार, बागलुङ । जिल्ला विकास समिति बागलुङले आगामी आर्थिक वर्ष २०७३-०७४ का लागि सात अर्ब बढीको बजेट विनियोजन गरेको छ । जिल्ला विकास समितिको २४औँ जिल्ला परिषद्ले कुल सात अर्ब ६४ करोड १६ लाख ६५ हजार बजेट पारित गरेको हो । जिल्लाको विकास योजना–कार्यक्रम सञ्चालन र प्रशासनिक खर्चतर्फको अनुमानित आय–व्यय सार्वजनिक गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए ।     प्रस्तावित कुल बजेटमध्ये पँुजीगततर्फ पाँच अर्ब १९ करोड २२ लाख आठ हजार ८ सय ४८ विनियोजन गरिएक ... बाँकी अंश»

कोरला नाका सञ्चालन गर्न पूर्वाधार निर्माण सुरु

२०७२ फाल्गुण १८ मंगलबार, मुस्ताङ। चीनसँग व्यापारिक कारोबारका लागि सबैभन्दा उपयुक्त मानिएको मुस्ताङको कोरला नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ। दुई महिनाअघि व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले स्थलगत अध्ययन र अनुगमन गरेपछि नाका सञ्चालनका लागि सुरक्षा, भन्सार, सडकमार्ग र अध्यागमन कार्यालय स्थापनाका लागि तयारी अघि बढेको हो।   समितिले सरकारलाई तत्काल नाका सञ्चालन गर्न सम्भव रहेक ... बाँकी अंश»

रामशरण महतले गरे सभापतिको घोषणा

२०७२ फाल्गुण १७ सोमबार, काठमाडौ। नेपाली काग्रेसका नेता डा. रामशरण महतले १३ औ महाधिवेशनमा सहमतिमा सर्वसम्मत रुपमा साझा नेतृत्व चयन नभए आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ राष्ट्रिय चुनौति सामान गर्ने, पार्टीमा भाग बण्डा अन्त्य गरेर मुलुकको नेतृत्व दिन सक्ने नेतृत्व चाहिएको छ।  त्यसैले सहमतिमा नेतृत्व चयन हुनुपर्छ भन्ने पक्षमा म छु। सहमति हुन नसके मैले पहिला नै घोषणा गरेको छु, म सभापति ... बाँकी अंश»

धिताल भन्छन, ' काँग्रेसको जिम्मा यूवालाई, मुद्धा आर्थिक समृद्धीको '(भिडियो)

२०७२ फाल्गुण १७ सोमबार, काठमाडौं। नेपाली काँग्रेसका यूवा नेता विष्णुप्रसाद धितालले कांग्रेसको १३ औ महाधिवेशनले पार्टीलाई पुनः ताजकिकरण, शसक्त बनाउने बताएका छन्। कांग्रेसको १३ औ महाधिवेशन नजिकिदै जाँदा हाम्राकुरा डटकमसँग कुरा गर्दै उनले महाधिवेशनपछि काँग्रसले मुलुकलाई नयाँ दिशा निर्देश गर्ने दावी गरे।     लमजुङबाट महाधिवेशन प्रतिनिधी रहेका धितालले काँग्रेस महाधिवेशनले मुलुकलाई आर्थिक समृद्धीमा कसरी बढाउने भन्नेमा विषयमा छलफल गर्नुपर्ने बताए। सामाजिक, आर्थ ... बाँकी अंश»

कोका-कोलाको नयाँ अभियान “टेष्ट द फिलिङ्ग” अनावरण

२०७२ फाल्गुण १६ आइतबार, काठमान्डौ। कोका–कोला पिउँदा, कुनैपनि कोका–कोला, यसले हरेक पललाई विशेष बनाउँछ। विश्व भरि अनावरण गर्दौ , टेष्ट द फिलिङ्ग अभियान आज काठमाडौंमा भव्यताकासाथ अनावरण गरियो। ‘उत्साहका पलहरु’ विषयका साथ सिभिल मलमा अनावरण भएको कार्यक्रमले कोका–कोला पिउँदा प्राप्त हुने आनन्दलाई अझ विशेष बनाएको थियो। विभिन्न कलाकारहरुस् एड्रियन प्रधान, रोहित जोन क्षेत्री, प्रज्वल मुखिया र यम बुद्धले आफ्नो शक्तिशाली प्रस्तुतीबाट दर्शकलाई रोमाञ्चित बनाएका थिए।  ... बाँकी अंश»

दैलेख जिल्लाको वजेट ३ अर्व २६ करोड

२०७२ फाल्गुण १५ शनिबार, दैलेख । जिल्ला विकास समिति दैलेखको २४ औं जिल्ला परिषदमा ३ अर्व २६ करोड ५२ लाख ३२ हजारको प्रस्तावत वजेट पेश गरिएको छ । सम्वृद्ध र आत्मनिर्भर दैलेखको परिकल्पना सहित ब्यवसायिक कृषि, जलश्रोत, पर्यटन र गुणस्तरिय पुर्वाधार, सुशासनयुक्त र समुन्नत दैलेखका मुल आधार भन्ने नारा का साथ शुरु भएको जिल्ला परिषदको उदघाटन स्थानीय विकास राज्य मन्त्रि कुन्ति कुमारी शाहीले   गरिन् ।    जिल्लाको समग्र विकास कार्यक्रमलाई योजनावद्ध, ब्यवस्थित र प्रभावकारी रुपमा अ ... बाँकी अंश»

परागसेचनधारी जीवको ह्रासका कारण बाली उत्पादनमा सङ्कट

२०७२ फाल्गुण १५ शनिबार, क्वालालम्पुर (मलेसिया) । विभिन्न जातका माहुरी, पुतली र परागसेचन क्रियामा महत्वपूर्ण भूमिका खेल्ने अन्य जीवाणुको पछिल्लो समयमा लोप हुने खतरा बढ्दै गएपछि विश्वका प्रमुख खाद्यान्न बाली उत्पादनमा समेत ह्रास आउने खतरा बढेको संयुक्त राष्ट्रसङ्घको जैविक विविधता तथा पर्यावरण मामिला अध्ययन गर्ने संस्था (आईपीबीईएस) ले बताएको छ । आईपीबीईएस संयुक्त राष्ट्रसङ्घको सन् २०१२ मा स्थापना गरिएको भूमण्डलीय जैविक विविधताको अवस्थाको अध्ययन तथा अनुसन्धान गर्ने एक ... बाँकी अंश»

तीन अर्वको बजेट पारित गर्दै कालीकोट जिल्ला परिषद्

२०७२ फाल्गुण १५ शनिबार, कालीकोट । विभिन्न महत्वाकांक्षी निर्णय गर्दै कालिकोटको १९ औं जिल्ला परिषद् शुक्रबार सम्पन्न भएको छ । ‘जल, जंगल, उद्योग, खानी, पर्यटन र शिक्षाः रोजगारी सिर्जना गन्र्या कालीकोटको इच्छा’ भन्ने मूल नाराका साथ सुरु भएको परिषदले झण्डै पौने तीन अर्वको बजेट पनि पारित गरेको छ । विगतका बर्षहरु भन्दा यस बर्ष फरकरुपमा भएको १९ औं परिषद् विवादरहित भएको ठानिएको छ । विगतका बर्षहरुमा प्रतिनिधी विवादकै कारण दिनहुँ लम्बिने गरेको परिषद् यो बर्ष एक दिन योजना सार्वज ... बाँकी अंश»

माझीको पुरख्यौली पेशा संकटमा

२०७२ फाल्गुण १५ शनिबार, पाँचथर। तमोर नदिमा माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय संकटमा परेका छन् । गत जेठमा ताप्लेजुङको विभिन्न गा.वि.स.मा गएको विनाशकारी बाढी पहिरोपछि आएको बाढिले माछा बगाउँदा अहिले नदिमा कमै माछा रहेको माझीहरु बताउँछन् ।    विहान देखि वेलुकीसम्म जाल हान्दा पनि एक छाक माछा मार्न हम्मेहम्मे हुने गरेको उनीहरु बताउँछन् । माछा मारेर बेच्दै गुजारा चलाउँदै आएका माझिटारका माझी समुदाय चिन्तित भएका छन् । स्थानीय राजेन्द्र माझीले नदिमा माछा अत्यन ... बाँकी अंश»

नयाँ