अर्थ

कोरोना प्रभाव: अमेरिकी डलर आकाशियो

२०७६ चैत ११ मंगलबार, नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको मूल्य अनुसार एक अमेरिकी डलरको बिक्री दर १२२ रुपैयाँ ३४ पैसा र खरिद दर १२१ रुपैयाँ तोकिएको छ । डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेकाले त्यसको प्रभाव नेपाली मुद्रामा समेत परेको हो । गत फागुन १८ गते अर्थात मार्च एक तारिखका दिन अमेरिकी डलर एकको खरीददर ११५ रुपैयाँ २० पैसा रहेको थियो भने बिक्री दर ११५ रुपैयाँ ८० पैसा रहेको थियो । ... बाँकी अंश»

दयालु दिव्यमणीले आफ्नो विजनेस कम्प्लेक्सको व्यवसायीहरुलाई दिए दुई महिनाको भाडा छुट

२०७६ चैत ११ मंगलबार, कोरोनाका कारण व्यवसायीहरुले व्यवसाय नै बन्द गर्नुपर्ने भएपछि न्यूरोडस्थित आफ्नो व्यवसायिक कम्प्लेक्स दोलखा छेंमा भाडामा रहेकाहरुसँग राजभण्डारीले दुई महिनाको भाडा नलिई उनीहरुलाई राहत दिएका छन्।   ... बाँकी अंश»

निर्माण व्यवसायी कोषबाट एक करोड सहयोग, 'लकडाउन'को स्वागत

२०७६ चैत ११ मंगलबार, यो रकम नेपाल सरकार अन्र्तगतको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । ... बाँकी अंश»

दिपक मल्होत्राले नेपाली मास्क तयार गरे, दैनिक ७० हजार उत्पादन

२०७६ चैत १० सोमबार, आइएमएस ग्रुपका अध्यक्ष मल्होत्राले असहज परिस्थितिलाई सहज बनाउन केही समयका लागि मास्क उत्पादनमा लागेको बताएका छन् । ... बाँकी अंश»

माछापुच्छ्रे बैंकको सिईओमा सन्तोष कोइराला

२०७६ चैत १० सोमबार, काठमाडौं। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन्। प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि माछापुच्छ्रे बैंकका नायव प्रमुख कार्यकारी थिए। ... बाँकी अंश»

एनआईसी एशिया बैंकका नियमित र बिदा काउण्टर संचालन हुने

२०७६ चैत १० सोमबार, काठमाडौं। कोरोना भाइरसको सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राख्दै एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरू मार्फत नियमित काउण्टर सेवाहरु संचालन गर्ने जनाएको छ। तर कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि भने बन्द गरेको जनाएको छ। ... बाँकी अंश»

लक्ष्मी बैंकको नयाँ शाखा काभ्रेको पनौतीमा

२०७६ चैत १० सोमबार, काठमाडौं। लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२१औँ शाखा काभ्रेको पनौतीमा संचालनमा ल्याएको जनाएको छ। यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बताएको छ। ... बाँकी अंश»

सुनसान बन्दै ‘नयाँ बसपार्क’

२०७६ चैत १० सोमबार, महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पाँच दिनमा सात लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकांश व्यक्ति घर फर्कंदा काठमाडौँका सडक सुनसान बन्दै गएको बताउछन्। ... बाँकी अंश»

सरकारको एक निर्णयले सहज रुपमा पाउन सकिन्छ सेनिटाइजर

२०७६ चैत १० सोमबार, काठमाडौं। कोरोनाको संक्रमण बढ्दै जादा यसबाट बच्ने उपायहको बारेमा चर्चा भइरहेको छ। कोरोनाको उपचारका लागि अहिलेसम्म औषधी पत्ता नलागिसकेका कारण कोरोना लाग्नै नदिने उपायहरुको चर्चा बढि भइरहेको हो। यो उपाय अन्तर्गत सामाजिक दुरी कायम गर्ने, पटकपटक साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, मुखमा मास्क लगाउने लगायतका छन्।  ... बाँकी अंश»

मन्त्रालयमा कफी, चिया बन्द

२०७६ चैत १० सोमबार, मन्त्रालयले मातहतका सबै कार्यालयमा चिया बन्द गर्न आग्रह गरेको छ । चिया पिउँदा संक्रमणको जोखिम बढी हुने भएकाले तत्कालका लागि चिया कफी बन्द गर्न मन्त्री पुनले निर्देशन दिए । ... बाँकी अंश»

अलपत्र परेका ५०० बढी नेपालीको उद्दार, सबैजना क्वारेन्टाइनमा

२०७६ चैत १० सोमबार, सोमबा बिहानसम्म २५० बढी नेपाली सिमा नाका जमुनहा आइपुगे पनि बिहान ११ बजे बढेर ५०० बढीको हाराहारीमा पुगेको छ।उनिहरु सबैलाई बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसको भवनमा राखिएको छ। ... बाँकी अंश»

व्यापार व्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघको आह्वान

२०७६ चैत १० सोमबार, कोरोनाको संक्रमणबाट बच्न भिडभाडलाइ दुरुत्साहन गर्ने सवैभन्दा पहिलो विकल्प भएको उल्लेखगर्दै त्रिसिदेश्वरी राप्ती यातायात सेवा प्रालिले लामो तथा मध्यमदुरीका सम्पुर्ण यातायात सेवा बन्द गरेको छ । घोराही तुलसीपुर स्थानिय रुटमा पनि अत्यन्तै कममात्र यातायात सेवा सन्चालन गर्ने प्रालिले जनाएको छ । साथै स्थानिय रुटमा पनि अत्यावस्यक काम वाहेक कुनैपनि यात्रुहरु अनावस्यक रुपमा हिडडुल नगरीदिन पनि प्रालिले आग्रह गरेको छ । ... बाँकी अंश»

कोरोनाको जोखिम विरुद्ध सेल्फ–होम क्वारेन्टाइनमा बस्न सरकारको आग्रह

२०७६ चैत १० सोमबार, स्वयं–होम क्वारेन्टाइन गर्न भनिए पनि प्रभावकारी नभएकाले सीमानाकाबाट नेपाल प्रवेश गर्ने नागरिक कुन जिल्लाको कुन स्थानीय तहको हो भनेर अभिलेख राखी तत्कालै सम्बन्धित स्थानीय तहलाई जानकारी दिन थालिएको गृहमन्त्रालयले जनाएको छ ।  ... बाँकी अंश»

कोरोना भाइरसः ढुवानी सेवा सञ्चालन गर्न आग्रह

२०७६ चैत १० सोमबार, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । ... बाँकी अंश»

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा काठमाण्डौँका बिभिन्न स्थानमा हातधुने व्यवस्था 

२०७६ चैत १० सोमबार, काठमाडौं। माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाणडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको। ... बाँकी अंश»

के कति फ्लाइट हुँदैछन् त्रिभुवन विमानस्थलबाट सोमबार ?

२०७६ चैत १० सोमबार, लामो दूरीका सार्वजनिक सवारी साधन बन्द भएका छन् । हवाइ यात्रा पनि प्रभावित भएको छ ।  ... बाँकी अंश»

कोरोना रोकथामका लागि नेपाल बैङ्कले एक करोड दिने

२०७६ चैत ९ आइतबार, विश्वव्यापी सङ्क्रमण भइरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान गर्ने भएको छ । ... बाँकी अंश»

कोरोनाको त्रासको फाइदा उठाउने २० कारवाहीमा

२०७६ चैत ९ आइतबार, यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको गुनासोका आधारमा प्रहरी यात्रु बनेर जाँदा यसरी बढी भाडा लिएको पाइएको हो । उनीहरुलाई नयाँ बसपार्क, कोटेश्वर, बल्खु, चाबहिल र गौशालाबाट पक्राउ गरिएको हो । ... बाँकी अंश»

कोरानो त्रास नहटुन्जेलसम्मको घरभाडा मिनाहा गर्नुपर्ने माग

२०७६ चैत ९ आइतबार, कोरोनाका प्रभाव र नकारात्मक असर नेपालको अर्थतन्त्रमा समेत परेकोले सम्पूर्ण व्यापार, व्यवसाय र कार्यालायिक कामहरु पनि ठप्प भइरहेको अवस्थामा व्यवसाय गर्ने सम्पूर्ण व्यापारीलाई समेत ठूलो धक्का पुगेको समाजको भनाई छ । नेपालकै अर्थतन्त्रमा असर पर्ने विषयलाई केन्द्रीत गरी सम्पूर्ण घारभाडा दर, विद्यालय शुल्क, कलेज तथा क्याम्पसका शुल्क तत्कालै छुट गराउनुपर्ने समाजको माग छ । सरकारलाई ध्यानाकार्षण गराएको छ । साथै, समाजले अत्यावश्यक उपभोग्य वस्तुमा कालोबजारी नियन्त्रण गरी सम्पूर्ण नागरिकलाई विपत्तको बेला सहज ढंगले उपलब्ध गराईदिन सरकारसंग आग्रह गरेको छ । ... बाँकी अंश»

व्यवसायी सेल्फ क्वारेन्टाइनमा

२०७६ चैत ९ आइतबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधनका क्रममा आइतबारदेखि विशेष सतर्कता अपनाउने आग्रह गरेसँगै व्यवसायी सेल्फ क्यारेन्टाइनमा बस्ने भएका छन्। सरकारले नै विशेष सतर्कता अपनाउन आग्रह गरेसँगै व्यवसायीले व्यापारिक गतिविधि रोक्ने निर्णय गरेको बताएका छन्। व्यवसायी सङ्घहरुले आफूमातहतका व्यवसायीलाई यही चैत २१ गतेसम्म सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। ... बाँकी अंश»

नयाँ