अर्थ

कोरोना त्रास : नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०७६ चैत ९ आइतबार, काठमाडौं। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७६ ले घटेर २७१.०६ मा पुगेको छ ।  घटेको बजारमा कारोवार रकम पनि घटेको छ । कूल १२३ कम्पनीका ४ लाख ८० हजार ५२७ कित्ता शेयर रु १९ करोड ४६ लाख ४२ हजार ९८४ मा खरीद बिक्री भए ... बाँकी अंश»

 व्यापक दबाबपछि बुद्धले घटायो भाडाको अधिकतम् सीमा, श्रीले शनिवारबाटै घटायो

२०७६ चैत ९ आइतबार, काठमाडौं। नागरिकस्तरबाट व्यापक दबाब परेपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ। काठमाडौंबाट बाहिरिने यात्रुहरुसँग अधिकतम् भाडा उठाएको गुनासोसँगै जनस्तरबाट व्यापक दबाब बढेसंगैपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ। ... बाँकी अंश»

कोरोना प्रभाव : एनआईसी एशिया बैंकद्धारा सबैजसो सेवाहरू निःशुल्क

२०७६ चैत ९ आइतबार, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले एन आई सी एशिया बैंक लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ। ... बाँकी अंश»

कालोबजारी गरे पाता कसिने, तीन लाख र ५ वर्षसम्मको कैद

२०७६ चैत ९ आइतबार, मन्त्री भट्टले भोलि त्यस्तो अवस्था आए संकटकाल नै घोषणा पनि हुनसक्नेपनि सुनाए । उनले भने,‘सबै कुराको ख्याल गरेर हामीले तयारी गरिरहेका छौं ।’ उनले कोरोनाबारे सबैले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने पनि बताए । उनले भने,‘मिडियाले पोजिटिभ मेसेज दिईरहनुभएको छ। तर, सामाजिक सञ्जालमा कतिपयले नेगटिभ मेसेज पनि दिईरहेका छन् । त्यसलाई कन्ट्रोल गर्नुपर्छ ।’ उनले सबैले आफ्नो तर्फबाट सकारात्मक सुरुवात गर्न खाँचो रहेको पनि औंल्याए । उनले भने,‘हात नियमित धुने, एक मिटर पर बस्ने, टिस्यु पेपर प्रयोग गर्ने, ज्वरो आए र शंकास्पद त्यस्तो केही देखिए नजिकको हस्पिटलमा लैजानुपर्छ । हामीले अहिले जनचेतना बढाउनुपर्छ ।’ ... बाँकी अंश»

साताको शेयर : कोरोना प्रभाव परे पनि आठ अर्बको कारोवार

२०७६ चैत ८ शनिबार, काठमाडौं।कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ। सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन्। यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्‍यो। ... बाँकी अंश»

भाटभटेनी सुपरमार्केट चितवनमा पत्रकार शर्मामाथि दुर्व्यबहार, युनियनको आपत्ती

२०७६ चैत ८ शनिबार, चितवन। नेपाल प्रेस युनियन चितवनका सदस्य शिव शर्मा गौतम माथी समाचार संकलन तथा सम्प्रेषणका क्रममा चैत्र सात गते साँझ भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा भएको दुब्र्यवहारप्रति युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। कायाकैरन दैनिक र सिनर्जी एफएमका कार्यरत पत्रकार गौतमलाई उनले खिचेका तस्विर भाटभाटेनी सुपरमार्केटका कर्मचारीले मेटाउने कार्य गरेकोमा चितवन युनियनका अध्यक्ष अनिल ढकालले विज्ञप्ती निकाली बिरोध गरेका छ्न्।  ... बाँकी अंश»

मेगा बैंकबाट दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र कम्प्युटर

२०७६ चैत ८ शनिबार, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले काभ्रेका दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले सपोर्ट टु फेलोशिप सोसाइटी नेपाल संस्थामार्फत काभ्रेको धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कम्प्युटर प्रदान गरेको हो। ... बाँकी अंश»

कोशी योजनाका काम ठप्प पार्ने स्थानीय किसानको चेतावनी

२०७६ चैत ८ शनिबार, सुनसरी। कोशी नदी कटान डुवान पिडित संघर्ष समितिले सरकारलाई १५ दिने अल्टिमेटम दिएको छ। प्रमुख जिल्ला अधिकारी मार्फत समितिले सरकारलाई १५ दिने अल्टिमेटम दिएको हो। कोशी सम्झौताको पूर्णतह कार्यान्वयन हुनुपर्ने, बालिनालीको क्षतिपर्ति भारत सरकारबाट अविलम्ब दिलाइदिनुपर्ने र १९९ वर्ष लिजमा रहेको नेपाली किसानको जग्गा जमीनको सुरक्षा गरी पाउँ भन्दै संघर्ष समितिले सरकारलाई अल्टिमेटम दिएको हो। ... बाँकी अंश»

नेपालमा विदेशीलाई पदयात्रामा रोक्

२०७६ चैत ७ शुक्रबार, काठमाडौं। कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । ... बाँकी अंश»

कोभिड-१९का कारण व्याज मिनाहा गर्न वायुसेवा कम्पनीको सराकरसँग माग

२०७६ चैत ७ शुक्रबार, काठमाडौं। वायुसेवा सञ्चालक कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएका सम्पूर्ण ऋणको कम्तीमा एक वर्षको व्याज मिनाहा गर्न माग गरेका छन् । ... बाँकी अंश»

कोरोनाको कारण फोनपे को ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

२०७६ चैत ७ शुक्रबार, काठमाडौ। विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेको निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना तत्कालका लागी स्थगित गरिएको कम्पनीले जनाएको छ । ... बाँकी अंश»

इसेवाबाट निशुल्क बैंकमा रकम पठाउन सकिने

२०७६ चैत ७ शुक्रबार, काठमाडौ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । कम्पनीले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागि लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको छ ।  ... बाँकी अंश»

'कोरोना त्राशको मौका छोपी पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको डकैत'

२०७६ चैत ७ शुक्रबार, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा तुरुन्त बढाउने तर घट्दा भने तद्अनुरूप नघटाउने प्रवृत्ति लोककल्याणकारी राज्यको वकालत गर्ने ओली सरकारलाई सुहाउने कुरा होइन । उनले भने, ‘सरकारले २०७३ जेठ महिनादेखि बूढीगण्डकी पूर्वाधार विकास करका नाममा पेट्रोल, डिजेल र हवाई इन्धन आयात गर्दा भन्सार बिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले कर लिन थालेकोमा कोरोना भाइरसको त्राश फैलिरहेको बेला २०७६ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकासका नाममा अतिरिक्त पाँच रुपैयाँ थोपरेर प्रतिलिटर दश रूपैयाँ पुर्याएको छ । संसद् छलेर गरिएको उक्त स्वेच्छाचारी निर्णय जनतामाथिको घात हो । यो कोरोना भाइसरको कारण जनतामा त्राश फैलिरहेको बेला सरकारले गरेको डकैत हो ।’ ... बाँकी अंश»

कोरोनाको असर मनकामनामा, केवलकार बन्द हुदै

२०७६ चैत ६ बिहिबार, कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्‍याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए । ... बाँकी अंश»

सेलपे ल्यायो '२०२० एस २०' अफर  योजना

२०७६ चैत ६ बिहिबार, काठमाडौं। अनलाइन भुक्तानी सेवा सेलपे ग्राहकका लागि  '२०२० एस २०' अफर योजना सुरु गरेको जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यशाली विजेताले सामसुङ्गको ग्यालेक्सी एस २० मोवाइल जित्न सक्ने बताएको छ। यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ। ... बाँकी अंश»

नेपाल लाइफले प्रवक्तामा सन्तोष प्रसाईंलाई तोक्यो

२०७६ चैत ६ बिहिबार, काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ। संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नेले कम्पनीले जनाएको छ। ... बाँकी अंश»

चैत ३० सम्म जापान र दुबई उडान स्थगित

२०७६ चैत ६ बिहिबार, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णयानुसार ती दुई गन्तव्यको नियमित उडान चैत ३० गतेसम्मका लागि स्थगित गरिएको छ । ... बाँकी अंश»

कोरोनामा मन्त्रालयको यस्तो ‘एक्सन’

२०७६ चैत ६ बिहिबार, युरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रका सबै मुलुक एवं टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मलुकलाई ट्रान्जिट बनाइ आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाइ आउने सबै यात्रुलाई यही चैत ७ देखि ३० गतेसम्म आगमन प्रतिबन्द लगाइएको व्यहोरा नेपालमा उडान भर्ने अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनीलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी गराउनेलगायत निर्णय गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ... बाँकी अंश»

धनकुटामा देशभरीका उद्योगी व्यावासायीहरुको भेला

२०७६ चैत ६ बिहिबार, कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष तथा आसन्न निर्वाचिनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको संभावना रहेकाले उद्योग,व्यावसायबााट मात्र चाडै मुलुलको आर्थिक समृद्धी हुने बताए । ... बाँकी अंश»

सबैभन्दा धेरै रेन्ज भएका सिजीका एयर कुलरहरु बजारमा

२०७६ चैत ६ बिहिबार, काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले गर्मी महिनालाई लक्षित गरी विभिन्न किसिमका गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको बताएको छ। सिजीले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ। ... बाँकी अंश»

नयाँ