मनोरञ्जन

कलाकार संघमा बोगटी अध्यक्ष, सदस्यमा भोक लाग्योदेखि हर्के हवल्दारसम्म

२०७२ मङ्सिर २७ आइतबार, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि शनिवार बेलुकासम्म भएको निर्वाचनमा अध्यक्ष पदमा रामकेशर बोगटी बिजयी भएका छन् । संघका निवर्तमान सचिव समेत रहेका बोगटीले १४ औं साधारणसभाबाट निकटतम प्रतिद्वन्द्वी लय संग्रौलालाई ७८ मतले पराजित गरेका थिए । अर्का अध्यक्षका उम्मेद्वार विशाल विष्टले जम्मा १० मतमा नै चित्त बुझाउनु पर्यो । निर्वाचनमा बोगटीले २३८ मत पाए भने संग्रौलाको पक्षमा १६० मत खस्यो । २१ सदस्यीय नयाँ कार्यसमितिको चुनावमा ... बाँकी अंश»

प्रेमगीतको शीर्ष गीत हिट बन्दै(भिडियो)

२०७२ मङ्सिर २६ शनिबार, काठमाडौं । आउँदो प्रेम दिवसको अवसरमा प्रर्दशन हुने फिल्म प्रेमगीतको शीर्ष गीतलाई दर्शकले मनपराउने क्रम बढ्दै गएको छ । युट्युवमा राखिएको एक हप्तामै एक लाख भन्दा बढी दर्शकले प्रेमगीत भिडियो हेरिसकेका छन् ।  यसै गीतको कभर सङ प्रतियोगिताको पहिले नै घोषणा गरिएको थियो । घोषित कभर सङ प्रतियोगिताको युट्युव गीतको भिडियो कलेक्सन शुरु भएको छ । कभर सङ प्रतियोगिताको लागि गीत गाएर भिडियो पठाउनेहरुको संख्या पनि निरन्तर बढिरहेको निमार्ता सन्तोष सेनले बताए । ... बाँकी अंश»

धुर्मुस सुन्तलीको सचेतना अभियान काभ्रेमा भव्यरुपमा सम्पन्न

२०७२ मङ्सिर २४ बिहिबार, काठमाडौँ । चर्चित हाँस्यव्यङ्ग्य कलाकार तथा नेपाल सरकारका सरसफाइ दूत सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को देशव्यापी सरसफाइ, स्वच्छता र जन्मदर्तासम्बन्धी सचेतना अभियान रामेछाप शुरु भएको अभियान सिन्धुपाल्चोक हुँदै काभ्रे पुगेको हो । महिला र पुरुष दुबैलाई सँगसँगै लिएर यो अभियान सम्पन्न पार्न ३ दिने काभ्रे सफाइमा कलाकार द्वयले जिल्लाका सरकारी निकायका प्रमुख, राजनितिक दलका प्रमुख, विभन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका अगुवा ... बाँकी अंश»

मिस मोडर्न कलेजको उपाधि झरनालाई

२०७२ मङ्सिर २३ बुधबार, भक्तपुर। यस वर्षको ‘मिस मोडर्न कलेज’को उपाधि झरना मानन्धरले जितेकी छिन् । कक्षा ११ मा अध्ययनरत झरनाले ५६ जना प्रतिस्पर्धीलाई उछिन्दै आज उपाधि हात पारेकी हुन् । त्यसैगरी मिस्टर मोडर्नको उपाधि सुलभ तिम्सिनाले हात पारे । भक्तपुर दधिकोटस्थित मोडर्न कलेज अफ म्यानेजमेन्टले प्रत्येक वर्ष मिस एण्ड मिस्टर मोडर्न प्रतियोगिता गर्दै आइरहेको छ । विद्यार्थीमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई उनीहरुलाई समाजमा प्रतिस्थापन गर्ने उद्देश्यले मोडर्न ... बाँकी अंश»

अमेरिकामा रोमान्टिक भेटिए दिलिप(भिडियो)

२०७२ मङ्सिर २३ बुधबार, काठमाडौं । परिवारसहित अमेरिका पुगेका अभिनेता दिलिप रायमाझीले त्यता पनि अभिनयमा सक्रियता देखाएका छन् । अमेरिका पुगेर अभिनय गरेको उनको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  गायक मुरारी भट्टराईको एल्बम ‘अनामिका’मा समावेश ‘कहिले काँही’बोलको म्यूजिक भिडियोमा उनले अभिनय गरेका हुन् । गीतमा गायिका जुनु रिजालको पनि स्वर रहेको छ । भिडियो निर्देशन र छाायंकन निर्देशक सुरेशदर्पण पोखरेलले गरेका छन् । भिडियोमा अभिनेता रायमाझीसँग मोडल निला शाही फ ... बाँकी अंश»

ठुङ्दे भन्दै आए केकी सौगात(भिडियो)

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । आगामी माघ १ गतेबाट नेपालभर एकै साथ रिलिज हुने फिल्म ‘फन्को’ले युट्युब मार्फत ‘ठुङ्दे’ बोलको नयाँ गीत सार्बजनिक गरेको छ । सार्वजनिक गीतसँगै फिल्मले नयाँ ट्रेलरलाई पनि समाबेश गरेको छ । सार्वजनिक गितमा चेतन सापकोटाको संगीत, राजेन्द्र थापाको शब्द र संगीतकार सापकोटासँगै रेश्मा सुनारको स्वर रहेको छ । रोमान्टीक स्टाईलको यो गितमा कलाकार सौगात मल्ल र केकी अधिकारीले फिचरिङ गरीएको छ । सार्बजनिक गीत र सम्बादले फिल्मको राजनैतिक परिबेशलाई ... बाँकी अंश»

च्याम्पियनमा दिकपाल मञ्जिताको यस्तो प्रेम(भिडियो)

२०७२ मङ्सिर २२ मंगलबार, काठमाडौं । नेपालकै फिल्म इतिहासमा पहिलो पटक क्रिकेटको विषयमा तयार पारिएको फिल्म ‘च्याम्पियन’को गीत सार्वजनिक भएको छ । टंक बुढाथोकी र मनिषा पोखरेलको स्वरमा रहेको ‘मन पराउँछु तिमीलाई’ बोलको गीतमा टंककै संगीत छ भने कृष्ण पोखरेल (डेकमणि)को शब्द रहेको छ । गीतमा दिक्पाल कार्की र मञ्जिता केसीले रोमान्स गरेका छन् भने कविराज गहतराजको कोरियोग्राफी छ । बीबी फुँयालले निर्देशन गरेको फिल्ममा जेएन घिमिरे, साहिल खान, शारदा आचार्य पोखरेल, समान्ता आचार्य, ... बाँकी अंश»

मंसीर २६ मा कलाकारको चुनाव, नन्दिता निर्विरोध

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौँ । चलचित्र कलाकार सङ्घको निर्वाचन आगामी मङ्सिर २६ गते राजधानीमा हुने भएको छ ।  यसअघि गैरकलाकारले सदस्यता पाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि निर्वाचन स्थगित गरिएको थियो । १४० जनाको सदस्यता छानबिनको प्रक्रियामा जाने र उनीहरुलाई मतदान अधिकार नदिने सहमतिपश्चात् निर्वाचनको नयाँ मिति तय भएको हो ।  आवश्यक छानबिनपछि ८० सदस्य मतदानका लागि योग्य रहेको सङ्घका वर्तमान अध्यक्ष नवल खड्काले जानकारी दिए । उनले कम्तिमा पाँच ठूलो ... बाँकी अंश»

काग कराउँदै नाकाबन्दीको विरोध

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्धमा आइतबार बिहानै कागै कागले भारतीय दुतावास घेरेका छन् । तिन महिना भन्दा बढि हुँदासम्म पनि भारतले नेपाल माथिे ज्यातती देखाएको भन्दै राष्ट्रिय संगितकर्मि संघको आयोनामा ‘बृहत काग सम्मेलन’ कार्यक्रम गरेर दुतावास घेराऊ गरीएको हो ।  एक सय ७३ फरक आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले राजधानीको लैनचौरस्थित भारतीय दूतावासको प्रमुख गेट अगाडि जब करिब २ मिनेट कागको आवाज निकाले, त्यो  बेला सयौं का ... बाँकी अंश»

यस्तो छ लक्ष्यको स्याड सङ(भिडियो)

२०७२ माघ १७ आइतबार, काठमाडौं । लक्ष्य फिल्मको टेकेर दिलको दैलो बोलको ‘स्याड सङ’ बिहीबार सार्वजनीक गरिएको छ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्म चैत्र ५ गते प्रदर्शन हुदैछ ।  अञ्जु पन्तले गाएको सो गीत सुशील पंगेनीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको सो गीतको भिडियोमा सारिका केसी र सबिन श्रेष्ठले अभिनय गरेका छन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको उक्त गीत लम्जुङका बिभिन्न स्थानमा खिचीएको हो । केही समयअघि उदितनारायणले गाएक ... बाँकी अंश»

प्राज्ञ तथा साहित्यकार सुव्वाको निधन

२०७२ मङ्सिर १६ बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा साहित्यकार थाम्सुहाङ पुष्प सुव्वाको हिजो साँझ निधन भएको छ । फिदिमस्थित काइला छोरा सिकुम थाम्सुहाङको कोठामा ६ बजेर १० मिनेटमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ । ६७ वर्षिय सुव्वा दसैँ अघि नै पक्षघातबाट पीडित थिए । उनलाई सोमबार मात्रै विराटनगरको विराट नर्सिङ होमबाट स्वास्थ्यमा सुधार नआएपछि पाँचथरको फिदिम ल्याइएको थियो । उनको निधनपछि जिल्लाका साहित्कार,राजनीतिज्ञ र आ ... बाँकी अंश»

महिना दिनमै तीन लाख बढीले हेरे केकी-पलको रोमान्स(भिडियो)

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । गीत गायन पछि गायकले प्राथमिकता दिने विषय हो म्युजिक भिडियो । राम्रो शब्द, संगीतमा गायकको सुरिलो स्वरको मिश्रण भयो गीत सुन्न जति मिठास हुन्छ, त्यो भन्दा बढी गीतको भिडियोमा मोडलहरुको रोमान्टिक प्रेमलाई हेर्न त्यति नै स्वादिलो हुन्छ ।  पछिल्लो समयमा धेरै म्युजिक भिडियो निर्माणमा सक्रिय रहेको रेस्क्यु क्रिएसनले डेढ महिना अघि  रिलिज गरेको समशेर रसाईलीको ‘मेरो यो चोखो मायालाई’ गीतको भिडियोलाई महिना दिनमै तीन लाख १५ हजार दर्शकले युट ... बाँकी अंश»

नन्दिता भन्छिन्ः ‘प्रेम र जुवामा हतार गरेको राम्रो हुँदैन’(कैफियत ट्रेलर)

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । आगामी माघ १५ गते रिलिज घोषणा गरेको फिल्म ‘‘कैफियत’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर, फष्टलुक र गीत सार्वजनिक गरेका हुन् ।  लामो समयसम्म भीएफएक्स एनिमेसन र सम्पादनको अनुभव सँगाली सकेका दशरथ गिरीले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनलाई प्राथमिकता दिईएको छ । फिल्ममा अभिनेत्री नन्दिता केसीले ‘प्रेम र जुवामा हतार गरेको राम्रो हुँदेन’ भन्ने संवादले दर्शकलाई तान्ने सम् ... बाँकी अंश»

दोहोरीमा कृष्णा र रामजीको पुनरागमन

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । नेपाली लोक दोहोरीमा कुनै जमनामा राम्रो जमेको जोडीमा कृष्णा परियार र रामजी नेपालीको नाम लिइने गरिन्थ्यो । यो जोडिले थुप्रै लोक दोहोरी गीतहरु गाएका छन् । तर, पछिल्लो समयमा कुनै नयाँ लोक दोहोरी दर्शक÷स्रोतमाझ नलाएको यो जोडिले ‘माछी लेवैमा किन हो लजाएको निरमाया बस छेउमा’ लोकदोहोरी गीतमार्फत पुनरागमन गरेको छ । त्यसो त उनीहरुले सँगै दोहोरी नगाए पनि अन्यसँग दोहोरी गीत र लोक गीतहरु भने गाउँदै आएका थिए । रामजीले आफुलाई लोकगीतमा मात्र सिम ... बाँकी अंश»

क्लासिकको हारें हारें सार्वजनिक(सुन्नुहोस् अडियो)

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । फिल्म क्लासिकको निर्माण यूनिटले एक वियोगान्त गीतको अडियो सार्वजनिक गरेको छ । युटुबमा सार्वजनिक भएको ‘हारें हारें’ गीतले फिल्मको कथालाई चित्रित गर्नेछ । म्यूजिक लभ स्टोरी यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका छ । सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्मको निर्माण गरिएको हो । आँखा देख्न नसक्नेहरुको म्यूजिक प्रेम कथामा यो फिल्म निर्माण भएको छ । फिल्ममा वियोगान्त, रोम ... बाँकी अंश»

झोला फिल्मको पाइरेसी, प्रहरीमा किटानी जाहेरी

२०७२ मङ्सिर १४ सोमबार, काठमाडौं । केहि दिन पहिले फिल्म ‘झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण टिमले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ । उक्त कम्पनिलाई विदेश प्रदर्शन तथा प्रचारको लागी दिईएको फाईल नै युट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराईएको हो ।  आईतबार प्रहरीले आवश्यक छानविनको लागी झालाई नियन्त्रणमा लिने ... बाँकी अंश»

नेपालमा बनेको बलिउड फिल्मको यस्तो टिजर

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौ । साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हरर र थ्रीलर फिल्म‘ट्वेन्टी सेभेन आवर्स’को फस्ट लुक (ट्रीजर) सार्बजनिक भएको छ । २७ सेकेन्डको ट्रीजरमा दर्शकलाई सम्बाद बिनाको केही सिन राखिएको छ । जुन सिनहरु निकै डरलाग्दा छन् । भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेको यो फिल्ममा सम्पुर्ण प्राबिधिक समेत भारतीय नै रहेका छन् । नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको यो फिल्मलाई कलाकार समेत रहेका दिपक ल ... बाँकी अंश»

प्रेमको अर्थ नबुझ्दा के भयो(भिडियो)

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौं । प्रेम गर्नुको अर्थ प्राप्ति मात्र होईन्, त्याग पनि हो भन्ने सन्देश बोकेको नयाँ गीत ‘प्रेमको अर्थ प्राप्ति होईन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सुरेश घिमिरेको शब्द र विष्णु तामाङको संगीतमा तयार भएको गीतमा राजेशपायल राईको स्वर छ । यो गीत ‘मिठो मुर्छना’ एल्बममा समावेश छ । भिडियोमा दिनेश खरेल र ममता धामीले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने केशव घिमिरे र भानुलाई पनि भिडियो देख्न सकिन्छ । भिडियोमा प्रहरी सेवामा रहेका द ... बाँकी अंश»

दुलाहाको खोजीमा नायिका झरना

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौं । म्युजिक भिडियोबाट फिल्मी करियर सुरू गरेकी झरना रिसाल अलि लजालु स्वभावकी छिन् । फिल्म शूटिङ होस् वा म्युजिक भिडियो सबैमा मन लगाएर काम गर्ने झरनाले कामलाई सानो ठूलो ठान्दिनन् ।   फिल्ममा खेल्नका लागि सानोतिनो अफर आइरहेको बताउने झरनाले भनिन्, ‘सानोतिनो रोलको लागि अफर आइरहेका छन् । तर मलाई ठूला ब्यानरका फिल्ममा अभिनय गर्ने इच्छा छ । कुरा पनि चलिरहेको छ ।’ त्यसका लागि केही निर्देशक र निर्माताहरूसँग कुरा चलिरहेको उनले खुलाइन् । ‘फिल् ... बाँकी अंश»

आमिर खानविरुद्ध अदालतमा मुद्दा

२०७२ मङ्सिर ११ शुक्रबार, एजेन्सी । बलिउड अभिनेता आमिर खानको भारत असहिष्णु भन्ने टिप्पणीविरुद्ध इन्दौरको जिल्ला अदालतमा प्रतिवाद दर्ता भएको छ । अदालतले प्रतिवाद बुझ्दै सो को सुनुवाई मंसिर १७ (डिसेम्बर ३) मा तोकेको छ ।    अधिवक्ता आशोक सोनी र अभिषेक भार्गवले विहिबार अतिरिक्त सत्र न्यायाधीश जितेन्द्र कुशवाहको इजलाशमा प्रतिवाद दर्ता गरेका हुन् । उक्त प्रतिवादमा आमिर खान देशका युवा वर्गका मोडल हुन् र बुद्धिजीवि समेत उनलाई पछ्याउँछन्, तर उनले देशको निर्वाचित सरकार विरुद ... बाँकी अंश»

नयाँ