मनोरञ्जन

काग कराउँदै नाकाबन्दीको विरोध

२०७२ मङ्सिर २१ सोमबार, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दीको बिरुद्धमा आइतबार बिहानै कागै कागले भारतीय दुतावास घेरेका छन् । तिन महिना भन्दा बढि हुँदासम्म पनि भारतले नेपाल माथिे ज्यातती देखाएको भन्दै राष्ट्रिय संगितकर्मि संघको आयोनामा ‘बृहत काग सम्मेलन’ कार्यक्रम गरेर दुतावास घेराऊ गरीएको हो ।  एक सय ७३ फरक आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले राजधानीको लैनचौरस्थित भारतीय दूतावासको प्रमुख गेट अगाडि जब करिब २ मिनेट कागको आवाज निकाले, त्यो  बेला सयौं का ... बाँकी अंश»

यस्तो छ लक्ष्यको स्याड सङ(भिडियो)

२०७२ माघ १७ आइतबार, काठमाडौं । लक्ष्य फिल्मको टेकेर दिलको दैलो बोलको ‘स्याड सङ’ बिहीबार सार्वजनीक गरिएको छ । मिलन आले मगरको निर्देशनमा ओमलाल गुरुङले निर्माण गरेको फिल्म चैत्र ५ गते प्रदर्शन हुदैछ ।  अञ्जु पन्तले गाएको सो गीत सुशील पंगेनीले लेखेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको सो गीतको भिडियोमा सारिका केसी र सबिन श्रेष्ठले अभिनय गरेका छन् । रामजी लामीछानेले कोरियोग्राफी गरेको उक्त गीत लम्जुङका बिभिन्न स्थानमा खिचीएको हो । केही समयअघि उदितनारायणले गाएक ... बाँकी अंश»

प्राज्ञ तथा साहित्यकार सुव्वाको निधन

२०७२ मङ्सिर १६ बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा साहित्यकार थाम्सुहाङ पुष्प सुव्वाको हिजो साँझ निधन भएको छ । फिदिमस्थित काइला छोरा सिकुम थाम्सुहाङको कोठामा ६ बजेर १० मिनेटमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ । ६७ वर्षिय सुव्वा दसैँ अघि नै पक्षघातबाट पीडित थिए । उनलाई सोमबार मात्रै विराटनगरको विराट नर्सिङ होमबाट स्वास्थ्यमा सुधार नआएपछि पाँचथरको फिदिम ल्याइएको थियो । उनको निधनपछि जिल्लाका साहित्कार,राजनीतिज्ञ र आ ... बाँकी अंश»

महिना दिनमै तीन लाख बढीले हेरे केकी-पलको रोमान्स(भिडियो)

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । गीत गायन पछि गायकले प्राथमिकता दिने विषय हो म्युजिक भिडियो । राम्रो शब्द, संगीतमा गायकको सुरिलो स्वरको मिश्रण भयो गीत सुन्न जति मिठास हुन्छ, त्यो भन्दा बढी गीतको भिडियोमा मोडलहरुको रोमान्टिक प्रेमलाई हेर्न त्यति नै स्वादिलो हुन्छ ।  पछिल्लो समयमा धेरै म्युजिक भिडियो निर्माणमा सक्रिय रहेको रेस्क्यु क्रिएसनले डेढ महिना अघि  रिलिज गरेको समशेर रसाईलीको ‘मेरो यो चोखो मायालाई’ गीतको भिडियोलाई महिना दिनमै तीन लाख १५ हजार दर्शकले युट ... बाँकी अंश»

नन्दिता भन्छिन्ः ‘प्रेम र जुवामा हतार गरेको राम्रो हुँदैन’(कैफियत ट्रेलर)

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । आगामी माघ १५ गते रिलिज घोषणा गरेको फिल्म ‘‘कैफियत’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर, फष्टलुक र गीत सार्वजनिक गरेका हुन् ।  लामो समयसम्म भीएफएक्स एनिमेसन र सम्पादनको अनुभव सँगाली सकेका दशरथ गिरीले निर्देशन गरेको फिल्मको सार्वजनिक ट्रेलरमा एक्सनलाई प्राथमिकता दिईएको छ । फिल्ममा अभिनेत्री नन्दिता केसीले ‘प्रेम र जुवामा हतार गरेको राम्रो हुँदेन’ भन्ने संवादले दर्शकलाई तान्ने सम् ... बाँकी अंश»

दोहोरीमा कृष्णा र रामजीको पुनरागमन

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । नेपाली लोक दोहोरीमा कुनै जमनामा राम्रो जमेको जोडीमा कृष्णा परियार र रामजी नेपालीको नाम लिइने गरिन्थ्यो । यो जोडिले थुप्रै लोक दोहोरी गीतहरु गाएका छन् । तर, पछिल्लो समयमा कुनै नयाँ लोक दोहोरी दर्शक÷स्रोतमाझ नलाएको यो जोडिले ‘माछी लेवैमा किन हो लजाएको निरमाया बस छेउमा’ लोकदोहोरी गीतमार्फत पुनरागमन गरेको छ । त्यसो त उनीहरुले सँगै दोहोरी नगाए पनि अन्यसँग दोहोरी गीत र लोक गीतहरु भने गाउँदै आएका थिए । रामजीले आफुलाई लोकगीतमा मात्र सिम ... बाँकी अंश»

क्लासिकको हारें हारें सार्वजनिक(सुन्नुहोस् अडियो)

२०७२ मङ्सिर १५ मंगलबार, काठमाडौं । फिल्म क्लासिकको निर्माण यूनिटले एक वियोगान्त गीतको अडियो सार्वजनिक गरेको छ । युटुबमा सार्वजनिक भएको ‘हारें हारें’ गीतले फिल्मको कथालाई चित्रित गर्नेछ । म्यूजिक लभ स्टोरी यो फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका छ । सुवास गिरी इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्मको निर्माण गरिएको हो । आँखा देख्न नसक्नेहरुको म्यूजिक प्रेम कथामा यो फिल्म निर्माण भएको छ । फिल्ममा वियोगान्त, रोम ... बाँकी अंश»

झोला फिल्मको पाइरेसी, प्रहरीमा किटानी जाहेरी

२०७२ मङ्सिर १४ सोमबार, काठमाडौं । केहि दिन पहिले फिल्म ‘झोला’ पाईरेसीसँगै अनाधिकृत रुपमा युट्युवमा हालिएपछि निर्माण टिमले शंकास्पद माउण्टेन रिभर फिल्मस् प्रालीका प्रमुख चन्द्रकान्त झाको नाममा महानगरिय प्रहरी परिसर हनुमानढोकामा किटानी जाहेरी दर्ता गराएको छ । उक्त कम्पनिलाई विदेश प्रदर्शन तथा प्रचारको लागी दिईएको फाईल नै युट्युवमा आएपछि उसको अनाधिकृत काम विरुद्ध प्रहरीमा उजुरी दर्ता गराईएको हो ।  आईतबार प्रहरीले आवश्यक छानविनको लागी झालाई नियन्त्रणमा लिने ... बाँकी अंश»

नेपालमा बनेको बलिउड फिल्मको यस्तो टिजर

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौ । साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हरर र थ्रीलर फिल्म‘ट्वेन्टी सेभेन आवर्स’को फस्ट लुक (ट्रीजर) सार्बजनिक भएको छ । २७ सेकेन्डको ट्रीजरमा दर्शकलाई सम्बाद बिनाको केही सिन राखिएको छ । जुन सिनहरु निकै डरलाग्दा छन् । भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेको यो फिल्ममा सम्पुर्ण प्राबिधिक समेत भारतीय नै रहेका छन् । नेपालको पाल्पा ,बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको यो फिल्मलाई कलाकार समेत रहेका दिपक ल ... बाँकी अंश»

प्रेमको अर्थ नबुझ्दा के भयो(भिडियो)

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौं । प्रेम गर्नुको अर्थ प्राप्ति मात्र होईन्, त्याग पनि हो भन्ने सन्देश बोकेको नयाँ गीत ‘प्रेमको अर्थ प्राप्ति होईन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सुरेश घिमिरेको शब्द र विष्णु तामाङको संगीतमा तयार भएको गीतमा राजेशपायल राईको स्वर छ । यो गीत ‘मिठो मुर्छना’ एल्बममा समावेश छ । भिडियोमा दिनेश खरेल र ममता धामीले प्रमुख भूमिकामा अभिनय गरेका छन् भने केशव घिमिरे र भानुलाई पनि भिडियो देख्न सकिन्छ । भिडियोमा प्रहरी सेवामा रहेका द ... बाँकी अंश»

दुलाहाको खोजीमा नायिका झरना

२०७२ मङ्सिर १३ आइतबार, काठमाडौं । म्युजिक भिडियोबाट फिल्मी करियर सुरू गरेकी झरना रिसाल अलि लजालु स्वभावकी छिन् । फिल्म शूटिङ होस् वा म्युजिक भिडियो सबैमा मन लगाएर काम गर्ने झरनाले कामलाई सानो ठूलो ठान्दिनन् ।   फिल्ममा खेल्नका लागि सानोतिनो अफर आइरहेको बताउने झरनाले भनिन्, ‘सानोतिनो रोलको लागि अफर आइरहेका छन् । तर मलाई ठूला ब्यानरका फिल्ममा अभिनय गर्ने इच्छा छ । कुरा पनि चलिरहेको छ ।’ त्यसका लागि केही निर्देशक र निर्माताहरूसँग कुरा चलिरहेको उनले खुलाइन् । ‘फिल् ... बाँकी अंश»

आमिर खानविरुद्ध अदालतमा मुद्दा

२०७२ मङ्सिर ११ शुक्रबार, एजेन्सी । बलिउड अभिनेता आमिर खानको भारत असहिष्णु भन्ने टिप्पणीविरुद्ध इन्दौरको जिल्ला अदालतमा प्रतिवाद दर्ता भएको छ । अदालतले प्रतिवाद बुझ्दै सो को सुनुवाई मंसिर १७ (डिसेम्बर ३) मा तोकेको छ ।    अधिवक्ता आशोक सोनी र अभिषेक भार्गवले विहिबार अतिरिक्त सत्र न्यायाधीश जितेन्द्र कुशवाहको इजलाशमा प्रतिवाद दर्ता गरेका हुन् । उक्त प्रतिवादमा आमिर खान देशका युवा वर्गका मोडल हुन् र बुद्धिजीवि समेत उनलाई पछ्याउँछन्, तर उनले देशको निर्वाचित सरकार विरुद ... बाँकी अंश»

क्लासिकमा यस्तो देखिए आर्यन–नम्रता(फष्टलुक)

२०७२ मङ्सिर १० बिहिबार, काठमाडौं । नेपाली चलचित्रको पर्दामा सफल मानिएको जोडी हो, नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठको । गतबर्षको  सफल चलचित्र ‘नोभेम्बर रेन’ पछि यो जोडीको माग पर्दामा ह्वात्तै बढ्यो । चलचित्रको सफलताले दुई कलाकारलाई मात्र सफल बनाएन, यसको निर्माण कम्पनी र अन्य युनिटलाई पनि सफलताको स्वाद चखाइदियो । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको व्यानरले ‘नोभेम्बर रेन’को सफलतापछि नयाँ चलचित्र ‘क्लासिक’ निर्माण गरेको छ । एकसा ... बाँकी अंश»

पशुपति प्रसाद ट्रेलरः ऋण तिर्न के गर्लान् खगेन्द्रले(भिडियो)

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौं । आगामी माघ १५ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘पशुपति प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख अभिनेता खगेन्द्र लामिछानेले साहुको ऋण तिर्नका लागि सहरमा आएर गर्ने क्रियाकलापलाई प्राथमिकता दिएको छ ।  फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । उनका अनुसार फिल्मले बाबु आमाको अुधरो सपना पुरा गरेर उनीहरुलाई स्वर्ग तान्ने लक्ष्य लिएर पैसा कमाउन शहर आएको गाउँले केटोको कथालाई प्रस्तुत गरेको छ । टुकी आर्टस प्र ... बाँकी अंश»

नाकाबन्दीविरुद्ध कलाकारको प्रदर्शन

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौं । टेलिभिजन र फिल्म क्षेत्रमा आबद्ध कलाकारहरुले मंगलबार राजधानीमा नाकाबन्दीविरुद्ध वृहत जागरण ¥याली निकालेर प्रदर्शन गरेका छन् । झण्डै तीन महिनादेखि भारतले लगाईरहेको अघोषित नाकाबन्दीविरुद्ध आम सर्वसाधारणलाई पनि उत्रन आव्हान गर्दै प्रदर्शन गरेका हुन् । ‘सार्वभौम राष्ट्रको आधार, हाम्रो स्वतन्त्रता हाम्रो अधिकार नारासहित’ उनीहरुले रत्नपार्कस्थित शान्तिवाटिकामा भेला भएर प्रदर्शन गरेका थिए । चलचित्रकर्मी राष्ट्रिय जागरण अभिय ... बाँकी अंश»

हट सुष्माको रोमान्टिक प्रेम रुप(भिडियो)

२०७२ मङ्सिर ८ मंगलबार, काठमाडौं । फिल्ममा नायिकाको भूमिकामा अभिनय गर्दा खासै चर्चामा नआए पनि अभिनेत्री सुष्मा कार्की फिल्म ‘लुट’को ‘उध्रेको चोली’ आइटम गीतबाट ह्वात्तै चर्चामा आईन् । त्यसपछि अधिकांश फिल्ममा उनले आइटम गीतमै नाँच्न समय दिईन् । आइटम गीतको कारण सामान्य गीतमा नाँच्न सक्ने यी नायिकाको छवि विस्तारै आइटम नायिकाका रुपमा चिनिन थालियो । तर अब भने यी नायिकालाई आइटम छविलाई सुधार्दै माया प्रेमका गीतमा आफुलाई ढाल्दै लगेकी छन् ।  क्रस फिन्गर्स इन्टरटेन्मे ... बाँकी अंश»

आखी झ्यालैमाको छायांकन

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । गायक रमेश श्रेष्ठ(मेलोडी)को स्वर तथा संगीतमा रहेको ‘आँखी झ्यालैमा’ बोलको गितको म्युजिक भिडियोको छायाङ्कन सकिएको छ ।काठमाडौको बिभिन्न रमणिय स्थानमा छायाङ्कन गरीएको म्युजिक भिडियोलाई सञ्चारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन । प्रेमको प्रसंंगलाइ रमाइलो तरीकाले यो गीतमा प्रस्तुत गरिएको कुरा निर्देशक श्रेष्ठले बताए । रमेशको दोश्रो एल्बम आखी झ्यालमा समाबेस  हुने गितमा दिपक तामाङ, दृशी श्रेष्ठ ,काले किरणको अभिनय रहेको छ ।  ग ... बाँकी अंश»

बलिउडपछि नेपाली फिल्मतिर पुष्पराज

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । ‘सायद’ सिक्वेलले निर्देशक पाएको छ । दुर्गिश फिल्मसको चौंथो प्रोजेक्ट ‘सायद २’मा पुष्पराज न्यौपाने अनुबन्धित भएका हुन् ।  चलेका बलिउड सिनेमामा सहायक निर्देशन गरिसकेका न्यौपानेले दुर्गिश फिल्मसबाट निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् । दुर्गिश फिल्मस प्रमुख सुनिल रावलले यसबारे पुष्टि गरे ।  सायद, होस्टेल र होस्टेल रिटन्र्सपछि दुर्गिश फिल्मसले चौंथो सिनेमा बनाउन लागेको हो । ‘सायद २’ निर्देशनका लागि आवेदन दिएका झन्ड ... बाँकी अंश»

नेपाल भारत सम्बन्धलाई बागमतीले जोड्छः केकी

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । पौष २४ लाई रिलिज मिति तय गरेको फिल्म बागमती युनिट अहिले प्रचार प्रसारमा व्यस्त छ । निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा फिल्मका कलाकारहरुले आफ्नो आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले बागमती फिल्मसँग नाम जोड्न पाउनु नै आफ्नो लागी ठुलो उपलब्धी भएको सुनाईन् । साउथ ईण्डियन प्रविधीमा साउथकै निर्देशकले बनाएको यो फिल्मले नेपाल र भारबीचको चिसिं ... बाँकी अंश»

मिस नर्सको अडिसन सुरु

२०७२ मङ्सिर ६ आइतबार, काठमाडौ । स्वस्थ्य पेसासँग सम्बधित एकमात्र सौदर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’को अडिसन सुरु भएको छ । तिनकुने स्थित ग्रिन क्याफे एण्ड पार्टी भेन्युमा आइतबारबाट पहिलो चरणको प्रतियोगी छान्ने अडिसन सुरु भएको हो । अडिसन अझै दुई साता चल्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले जानकारी दिए । प्रतियोगिताको अन्तिम अडिसन १९ गतेसम्म चल्नेछ । नर्सिङ पेसाले समाजमा पुरÞ्याएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका ... बाँकी अंश»

नयाँ