मनोरञ्जन

सलमानले मागे सय करोड

२०७२ पौष १८ शनिबार, मुम्बई । पछिल्लो फिल्म ‘प्रेम रतन धन पायो’ र ‘बजरंगी भाईजान’को सफलता पछि बलिउड अभिनेता सलमान खानको सान निकै बढेको छ । सम्भवत यी दुई फिल्मको सफलताका कारण यी अभिनेताले आफ्नो फिल्मी रेट पनि बढाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले फिल्म ‘सुल्तान’मा काम गर्नका लागि निर्मातासँगै सय करोड रुपैंयाँ पारिश्रमिक मागेका छन् । यो फिल्ममा उनी रेसलरको भूमिकामा देखिँदैछन्, जसका लागि उनले शरीरको तौल पनि निकै बढाएका छन् । यशराज फिल्मस्को व्यानरम ... बाँकी अंश»

अनु नआउँदा सबिनको अंगालोमा सारिका

२०७२ पौष १८ शनिबार, काठमाडौं । फिल्मको सुटिङमा व्यस्त हुँदा या अन्य केही कार्यक्रमले फिल्मको प्रमोसन कार्यक्रममा उपस्थित नहुँदा कलाकारलाई राम्रै घाटा लाग्छ । घाटा यस अर्थमा कि फोटोपत्रकारको क्यामराको फ्रेममा उनीहरु अट्द सक्दैनन् । राजधानीमा शनिवार आयोजित फिल्म ‘लक्ष्य’को पत्रकार सम्मेलनमा यस्तै दृश्य देखियो । फिल्मकी प्रमुख नायिका अनु शाह भए पनि उनी अनुपस्थित भएपछि त्यसको फाइदा अर्की नायिका सारिका केसीले लिईन् ।  पछिल्लो समयमा एक पछि अर्को फिल्ममा व्यस् ... बाँकी अंश»

पहिचान फेर्दै प्रियंका कार्की, गाईन गीत(भिडियो)

२०७२ पौष १८ शनिबार, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको नाम लिँदा उनलाई धेरैले नायिका भनेर नै चिन्छन् । यो कुरा सहि पनि हो । तर उनको प्रतिभा केबल फिल्मी अभिनय र म्युजिक भिडियोमा मात्र छैन । उनी एक कुशल कोरियोग्राफर(नृत्य निर्देशक) पनि हुन् । उनले फिल्म ‘पुन्टे परेड’, ‘आवरण’, ‘मिसन पैसा २’, ‘मेरो बेष्ट फ्रेण्ड’लगायतका फिल्ममा कोरियोग्राफी गरिसकेकी उनले फिल्म ‘आवरण’को एक गीत पनि गाएकी थिईन् ।  सानै देखि गायन र नृत्यसंगै अभिनयमा रुचि रहने प्रियंकाले ... बाँकी अंश»

भेडेटारमा आइडीवालीको खोजी

२०७२ पौष १६ बिहिबार, काठमाडौं । गायक भुवन सुप्तिहाङ राई हङकङको आइडीवाली खोज्दै भेडेटार पुगेका छन् । पछिल्लो समय ‘मायाको फूल’ एल्बममार्फत चर्चामा आएका भुवन बुधबार धरानदेखि केही किमिमाथि भेडेटारमा ‘आईडी छ कि छैन बहिनी सारै दुःख पाइयो’ भन्दै गरेको भेटिए । उमेर धेरै खाएकाले गोरखा भर्ती पनि जान नपाएको उनी गुनासो गर्दै ‘आइडीवाली’ सोध्दैथिए । भुवनले आइडीवालीको खोजी गरिरहेको दृश्यलाई छायांकार युवराज राईले आफ्नो क्यामेरामा कैद गरिरहेका थिए ।  प्रशंग म्युजिक भ ... बाँकी अंश»

मिष्टर नेपालमा २१ युवा

२०७२ पौष १६ बिहिबार, काठमाडौ । एक्सपोज नेपालको आयोजना रहेको पुरुषहरुको एकमात्र सौदर्य प्रतियोगीता ‘मिष्टर नेपाल२०१६’ का लागी २१ युवा छानिएका छन् । राजधानी र मोफसलका सहरमा आयोजित बिभिन्न चरणको अडिसनबाट यी प्रतियोगी अन्तिम स्पर्धाका लागी छानिएका हुन् । छानिएका प्रतियोगीले आगामी फागुनमा आयोजना हुने अन्तिम स्पर्धामा शिर्ष उपाधिका लागी भिड्ने छन् ।  मिष्टर नेपालको यो १४ औं संस्करण हो । यो संस्करणमा बिजेता छानिएका एक युवाले ‘मिस्टर वल्ड २०१६’मा नेपालको प्रति ... बाँकी अंश»

फेसन शोमार्फत सौन्दर्य सामाग्री सार्वजनिक

२०७२ पौष १६ बिहिबार, काठमाडौं । थाइल्याण्डको प्रसिद्ध पेभिमोल कम्पनिले उत्पाद गरेका छाला स्यहार गर्ने प्रशाधनको नेपाली बजारमा विक्रि प्रारम्भ गर्न मंगलबार काठमाडौंमा एउटा फेसन शो को आयोजना गरिएको छ । नेप्लिज फेसन होमले आयोजना गरेको फेसन शोमा महिला तथा पुरुष मोडलहरुले दुई भिन्न सिक्वेन्समार्फत पाभिमोलका विभिन्न उत्पादनहरु क्याटवाकमार्फत प्रदर्शन गरेका हुन् । वातावरणमन्त्री विश्वेशर पासवान, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता तथा चिकित्सक आयुष्मान घिमिरे, ने ... बाँकी अंश»

विमानमा विद्या वालन बिरामी भएपछि

२०७२ पौष १६ बिहिबार, मुम्बई । बलिउड अभिनेत्री विद्या वालनलाई किड्नीमा पत्थरी भएको आशंका पछि उनलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ । आबुधाबीको कनेक्टिङ फ्लाईटमा अचानक ढाड दुखेपछि उनका पति सिद्धार्थ राय कपुरले विमान लेण्ड गर्न लगाएर अस्पताल भर्ना गराएका थिए । विद्याका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै उनलाई हिन्दुजा अस्पतालका विशेषज्ञले अवलोकन गरिरहेको जनाएका छन् । नयाँ वर्षसँगै विद्याको जन्मदिन मनाउन सिद्धार्थ विद्यासहित विदेश सयरमा थिए । तर विमानमै ब ... बाँकी अंश»

१२ दिनमै सय करोड डलर कमायो स्टार वार्सले

२०७२ पौष १५ बुधबार, लसएञ्जल्स । हलिउड फिल्म ‘स्टार वार्सःद फोर्स अवेकन्स’ले बक्स अफिसमा सबैभन्दा छिटो १०० करोड डलर कलेक्सन गर्ने फिल्मको रेकर्ड आफ्नो नाममा पारेको छ । यो फिल्मले १२ दिनमै यो रेकर्ड राखेको हो । केबल १२ दिनमा जेजे अब्राहम निर्देशित फिल्मले ग्लोबल बक्स अफिसमा लगभग १०९ करोड डलर कमाएको छ । यो फिल्मले पहिलाको रेकर्ड होल्डर ‘जुरासिक वल्र्ड’लाई पछाडि पारेको छ । ‘जुरासिक वल्र्ड’ले १३ दिनमा सय करोड डलर पुगेर रेकर्ड राखेको थियो । स्टार वार्समा डार ... बाँकी अंश»

सञ्जय र करिश्माको निशानामा छोराछोरी

२०७२ पौष १५ बुधबार, मुम्बई । बलिउड फिल्म अभिनेत्री करिश्मा कपुरका पति सञ्जय कपुरले पारिवारिक अदालतमा निवेदन दर्ता गर्दै आफ्ना दुई सन्तानलाई आफुसमक्ष हस्तान्तरण गर्न माग गरेका छन् । उनीहरुका दुवै सन्तान अहिले करिश्मासँग  बस्दै आएका छन् । सञ्जयको वकिलले १५ दिन अघि नै अदालतमा सञ्जयले निवेदन दायर गरेको बताएका छन् ।  करिश्माको वकिल जालजा नाम्बियरले यो विषयमा कुनै पनि टिप्पणी गरेका छैनन् । तर सञ्जयका वकिलले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सञ्जयले १५ दिन अघि नै निव ... बाँकी अंश»

दृष्टिविहिन आर्यन–नम्रताको यस्तो रोमान्स(भिडियो)

२०७२ पौष १५ बुधबार, काठमाडौं । नेपाली फिल्म क्षेत्रमा सर्वाधिक रोमान्टिक जोडीका रुपमा चिनिएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित फिल्म ‘क्लासिक’को रोमान्टिक गीत सार्वजनिक भएको छ । मनिला राई र कोशिष क्षेत्रीको स्वरमा रहेको ‘सुनौलो दिन लाग्यो’ बोलको गीतमा आर्यन र नम्रताको दृष्टिविहिन रोमान्स हेर्न पाईन्छ । यी दुई कलाकार फिल्ममा दृष्टिविहिन भूमिकामा छन् । गीतमा दिनेश रावतको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ भने कोरियोग्राफी रेनेशा व ... बाँकी अंश»

दोलखामा ओलीविरुद्ध प्रदर्शन, 'बाेलीको ठेगान नभएका ओलीले भन्दैमा फिल्मसिटी बन्न रोकिन्न '

२०७२ पौष १४ मंगलबार, काठमाडौं। निर्देशक दिनेश डिसीको फिल्म‘फूलै फूलको मौसमलाई’को अडियो भिडियो सार्वजनिक गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यसअघि प्रस्तावित गरेको दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी बनाउने योजनाको आलोचना गरेपछि दोलखामा उनको व्यापक विरोध भएको छ। प्रधानमन्त्री ओलीले दोलखामा फिल्म सिटी नबन्ने जानकारी दिएको कुरा सञ्चारमाध्यममार्फत दोलखाबासीले थाहा पाएपछि मंगलबार बिहानदेखि न ... बाँकी अंश»

कोहिनूर अभिनेता श्रीकृष्णको आज जन्मजयन्ती(कोहिनूर गीत)

२०७२ पौष १४ मंगलबार, काठमाडौं । गत वर्षको साउन २५ गते निधन भएका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको आज ४५ औं जन्मजयन्ती हो । अभिनेत्री स्वेता खड्गकासँग गत वर्षको असार २३ गते विवाह गरेर हनिमुन मनाउन भारत गएका बेला उतै निमोनियाले ग्रस्त भएपछि उपचार गराईरहेको अवस्थामा साउन २५ गते अभिनेता श्रेष्ठको निधन भएको थियो । निधनको दुई दिन अघि उनले निर्माण गरेको फिल्म ‘कोहिनूर’ नेपालमा रिलिज भईरहेको थियो । नेपाली फिल्म क्षेत्रमा स्वच्छ छवि, मृदभाषी, मिलनसार अभिनेताका रुपमा प ... बाँकी अंश»

फन्कोको यस्तो ठुङ्दे प्रचार शैली

२०७२ पौष १४ मंगलबार, काठमाडौं । फिल्मको व्यापारिक सफलताको श्रेय भनेको त्यो फिल्मले गर्ने पब्लिसिटीलाई जान्छ । जति आम दर्शकको कान र आँखामा फिल्मको प्रचारप्रसारलाई देखाउन र सुनाउन सकिन्छ, त्यति नै मात्रामा हलमा दर्शक आउने गर्दछन् । सम्भवत यही कुरालाई लक्षित गर्दै आगामी माघ १ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फन्को’ले पनि नौलो किसिमको प्रचार शैलीलाई शुरुवात गरेको छ । फिल्मको केही समय अघि रिलिज गीत ‘ठुङ्दे ठुङ्दे’ले चर्चा पाईरहेपछि कार्टुनको मूर्तिमा गीत जस्तै म ... बाँकी अंश»

शाहरुखका छोरालाई बलिउडमा भित्र्याउँदै करण

२०७२ पौष १४ मंगलबार, मुम्बई । बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन बलिउडमा आफ्नो करियर बनाउनका लागि आउने करिब निश्चित भएको छ । बलिउडका चर्चित फिल्ममेकर करण जोहारले आर्यनलाई बलिउडमा डेब्यु गराउने तयारी गरिरहेका छन् ।  समाचार अनुसार शाहरुखका राम्रा साथीसमेत हुन् करण । करणले निर्देशन गरेको पहिलो फिल्म ‘कुछ कुछ होता है’मा शाहरुख नै हिरो थिए । त्यसकारण पनि करणले आर्यनलाई फिल्ममा ब्रेक दिने योजना बनाईरहेका छन् । यो कुराको पुष्टि करणले नै एक अंग्रेजी पत्रिकालाई दिए ... बाँकी अंश»

बिनिता बरालले लेखेको सुपरहिट गीत यस्तो छ(भिडियो)

२०७२ पौष १४ मंगलबार, काठमाडौं । माघ २२ रिलिज तोकिएको फिल्म ‘सुपरहिट’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तस्करीमा’ बोलको गीतमा अभिनेत्री बिनिता बरालसँगै अन्य कलाकारहरु फिचरिङमा छन् । केहि महिना पहिले अध्ययनको लागी अमेरिका पुगेकी बिनिताको रिलिज हुन बाँकी फिल्म सुपरहिट मात्र हो ।  सार्वजनिक गीतमा स्वर सुरेश राई र निरञ्जन पाण्डेको छ भने संगीत सुरेश राई र बबी घतानीको छ । शब्द अभिनेत्री बरालले नै लेखेकी हुन् । फिल्म पब्लिसिटीको लागी बराल नयाँ बर्ष २०१६ को छेकोमा ने ... बाँकी अंश»

श्रीकृष्णको जन्मजयन्तीमा स्वेताले अनाथ र दृष्टिविहिनलाई दिईन लत्ताकपडा (फोटोफिचर)

२०७२ पौष १४ मंगलबार, काठमाडौं । गत वर्ष निधन भएका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको ४५ औं जन्मजयन्तीको अवसर पारेर अभिनेत्री तथा श्रेष्ठकी श्रीमति स्वेता खड्काले बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरेकी छन् । राजधानीको चण्डोलमा रहेको घर आँगन नेपाल नामक संस्थामा आश्रित बालबालिका र दृष्टिविहिन महिला पुरुषलाई लुगा कपडा हस्तान्तरण गरेकी हुन् । स्वेताले त्यहाँ आश्रित १५ जनालाई पञ्जा, सुरुवाल र टोपीलगायतका जाडोमा लगाउने लुगा प्रदान गरेकी थिईन् । उनले आठ थान ब्ल्या ... बाँकी अंश»

प्रधानमन्त्री ओलीले पत्नीलाई भने,‘फूलै फूलको मौसम तिमीलाई’(शीर्ष गीत भिडियो)

२०७२ पौष १३ सोमबार, काठमाडौं । आफ्नो फिल्म प्रमोसनका लागि निर्देशक दिनेश डिसी निकै माहिर छन् । कुशल मास्टर अफ सेरेमोनी(एमसी)समेत रहेका दिनेशले आफु उपस्थित हुने हरेक कार्यक्रममा आफ्नो प्रदर्शोन्मुख फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को प्रमोसन गरिरहेका छन् । केही समय अघि राजधानीमा सम्पन्न एक फिल्मी अवार्ड कार्यक्रममा फूलैफूलको ज्याकेट लगाएर स्टेजमा नाँचेका दिनेश सोमबार भने प्रधानमन्त्री निवास बालुवाटारमा भेटिए ।  राजनीतिक दलसँगको बैठकको व्यस्तताका बाबजुद प ... बाँकी अंश»

बन्ने भयो बागमती २, भुवन र अनमोल पनि खेल्दै

२०७२ पौष १३ सोमबार, काठमाडौं । आगामी पुष २४ बाट रिलिज हुन लागेको बहुप्रतिक्षित फिल्म ‘बागमती’को रिलिज नहुँदै सिक्वेल फिल्म बनाउने घोषणा गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिक आउदै गर्दा फिल्म युनिटले ‘बागमती –२’ निर्माण गर्ने घोषणा गरेको हो  । फिल्मका मुख्य निर्माता दिनेश दर्शनधारीले ‘बागमती –२ ’को निर्माणको लागि सबै काम सकिएको भन्दै अहिले चेन्नईमा फिल्मको संगीतको काम भै रहेको खुलाए । सिक्वेलमा दुई जना निर्देशक हुने र जसमा भारतबाट निर्देशक सन्नी केर ... बाँकी अंश»

म्युजिक भिडियोमा १२ बुँदे सहमतिदेखि सविधान जारीसम्म(भिडियो)

२०७२ पौष १३ सोमबार, काठमाडौं । देशमा नाकाबन्दी र तराई आन्दोलनले असर गरिरहेका बेला सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको निर्देशनमा मेरो देशलाई स्वर्ग बनाऊ ... बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शशि रावल र विश्व नेपालीको आवाजमा रहेको यो गीत गीतकार बस्नेतको पछिल्लो एल्बम रासुमको हो । शशि रावलको संगीतमा रहेको गीतको भिडियोमा लक्की आचार्य र सिमोन दाहालको अभिनय छ । भिडियोलाई जीबी लामाले खिचेका हुन् भने मित्र गुरुङले सम्पादन गरेका हुन् । यहि भिडियोबाट बस्नेतले आप ... बाँकी अंश»

मञ्जुलको कवितामाथि बनाईयो भिडियो

२०७२ पौष १३ सोमबार, काठमाडौं । आम पाठक र दर्शकले गीतको छायांकन गरेको सुनेकै हो र हेरेकै पनि हो । तर चर्चित कवि मञ्जुलले लेखेको एक कविताको भने हालै जापानमा छायांकन गरिएको छ ।  समुन्द्र र बस्ती नाम दिइएको कवितालाई जापानको इनोसिमामा निर्देशक दिलिप श्रेष्ठले खिचेका हुन् । भिडियोमा जापानी कलाकार काओरु र नेपाली कलाकार राजन पौडेलको अभिनय छ । भिडियोमा ओमप्रकाश गुरुङको छायांकन छ ।   ... बाँकी अंश»

नयाँ