स्वास्थ्य

७३ जिल्लामा संक्रमण : नाघ्यो ६ हजार संक्रमित

२०७७ असार १ सोमबार, सोमबार भएका डिस्चार्जसँगै एक हजार ४१ जना डिस्चार्ज भएका छन् । तीमध्ये १०४ महिला र ९३७ पुरुष रहेका छन् । अहिलेसम्म पिसिआर एक लाख ३८ हजार ६८३ र आरडिटी दुई लाख १९ हजार ३३६ जनाको गरिएको छ । देशभरि क्वारेन्टिनमा एक लाख ३३ हजार ८२९ जना छन् । ... बाँकी अंश»

१५ दिनको अस्पताल बसाइपछि घर फर्किए २८ वर्षीय संक्रमित युवक

२०७७ असार १ सोमबार, संक्रमितले आफू अस्पतालमा रहँदा तातोपानी र आयुर्वेदिक औषधि मात्रै सेवन गरेको बताउनुभयो । “आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने रहेछ”, उनले भने । अस्पतालबाट घर फर्किएका युवकलाई लिन ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ अस्पताल पुगेका थिए । ती युवकलाई १५ दिनसम्म घरमै सुरक्षित रुपमा बस्न लगाइनेछ । ... बाँकी अंश»

दुई सातादेखि स्वाब सङ्कलन रोकिँदा कोरोनाको जोखिम बढ्दो, कसैले लिन मानेनन् स्वाब 

२०७७ असार १ सोमबार, विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिँदा सङ्क्रमण थप फैलिने जोखिम बढ्दै गएको छ ।  ... बाँकी अंश»

कोरोना अस्पताललाई मर्मत आवश्यक, सङ्क्रमित भरतपुर अस्पतल सारिने

२०७७ जेठ ३१ शनिबार, चितवन। भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ । ... बाँकी अंश»

गर्मीमा चिसो पेय भन्दा खुर्सानी उपयुक्त

२०७७ जेठ ३० शुक्रबार, काठमाडौं। गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने भन्ने कुरा थाहा पाउन सकेमा धेरै समस्याहरु नजिक पर्दैनन्।  ... बाँकी अंश»

अब घरबाटै कान्ति बाल अस्पतालको टिकट लिन मिल्ने

२०७७ जेठ ३० शुक्रबार, सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिने बताए । ... बाँकी अंश»

त्रिवि चिकित्सामा राजनीति माथि उठेर डिन नियुक्त गरियोस् – नेविसंघ 

२०७७ जेठ २९ बिहिबार, त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्जमा राजनीतिभन्दा माथि उठेर डिन नियुक्त गर्न नेविसंघले माग गरेको छ ।  ... बाँकी अंश»

‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’

२०७७ जेठ २८ बुधबार, डा ढुङ्गेल भन्नुहुन्छ, “अहिलेको अवस्थालाई हेर्दा कोरोना सङ्क्रमण भएका ८५ देखि ९० प्रतिशत सामान्य अवस्थामा रहेका छन्, बाँकी १० प्रतिशतमा पनि करिब सात प्रतिशत निको हुन्छन्, जो दीर्घरोगी, शरीरमा कुनै पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति निकै कम भएकाको मृत्यु हुने गरेको छ ।” आफ्नै करेसाबारीमा फलेका तरकारी, घरमा पकाएको सन्तुलित खानेकुरा खाने र जङ्कफुड नखाने गरेमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने उहाँको भनाइ छ । ... बाँकी अंश»

टिचिङ हस्पिटलको एम्बुलेन्समा गाँजा ढुवानी, ५६ किलोसहित तीन पक्राउ

२०७७ जेठ २८ बुधबार, पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१५ का सञ्चारसिंह वाइवाको छोरा २३ वर्षीय जीतबहादुर वाइवा, सोही ठाउँका शोभा सिंह वाइवाका छोरा २२ वर्षीय दिलबहादुर वाइवा र पर्सा बहुदरमाई नगरपालिका–५ भौराटारका रामईश्वर महतोको छोरा ३२ वर्षीय हरिशङ्कर महतो रहेको पर्साको प्रहरी उपरीक्षक गङ्गा पन्तले राससलाई बताउनुभयो । उहाँका अनुसार ना४च ८५९९ नंको अल्पाइन मेडिकल कलेज (टिचिङ हस्पिटल) सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी पर्साको बहुदरमाई नगरपालिका–५ भौराट्टार गाउँतर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो । ... बाँकी अंश»

गर्भपतनलाई परिवार नियोजनको साधन बनाउँदा स्वास्थ्यमा जटिल समस्या

२०७७ जेठ २७ मंगलबार, हाम्रो समाजमा उहाँजस्ता धेरै महिला छन् जो गर्भपतनलाई परिवार नियोजनको साधनका रुपमा प्रयोग गरेर समस्यामा परेका छन् । परिवार नियोजनाको साधन प्रयोग नगर्ने तर बच्चा पनि नचाहने दम्पतीले बच्चा फाल्नका लागि जथाभावी औषधि सेवन गर्दा समस्या हुने गरेको विशेषज्ञ चिकित्सकको भनाइ छ । नेपाल सरकारले महिलाको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी परिवार नियोजनको साधन सर्वसाधारणको पहुँचमा पु¥याएको भए पनि प्रयोग नगर्ने र बच्चा बसेपछि औषधि प्रयोग गर्ने र समस्या भएपछि मात्र अस्पताल आउने गरेकाले समस्या बढ्दै गएको हेटौँडा अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक राघबेन्द्र ठाकुरले बताउनुभयो । चिकित्सक ठाकुरका अनुसार गर्भपतनपश्चात् अत्यधिक रक्तश्राव भएर आउने बिरामी धेरै हुन्छन् । चिकित्सक ठाकुर भन्नुहुन्छ, “पाठेघरमा बच्चाको केही टुक्रा बाँकी हुन्छ भने केही टुक्रा झरिसकेको हुन्छ । कसैलाई तत्काल रगत दिएर उपचार गर्छौं । यस्तो अवस्था आउने महिलाले बच्चा फाल्नका लागि जथाभावी औषधि प्रयोग गरेको पाइन्छ तर महिला त्यो अस्वीकार गर्छन् । “हाम्रो ध्यान बिरामीको जवाफभन्दा पनि उनीहरुको स्वास्थ्य अवस्थामा जान्छ ।” ... बाँकी अंश»

दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण

२०७७ जेठ २६ सोमबार, पोजेटिभ देखिएकामा एक निजी अस्पतालका चिकित्सक छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । ... बाँकी अंश»

अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंका

२०७७ जेठ २६ सोमबार, मृत्युपछि कोरोनाको आशङ्कामा आइतबार राति करिब ९ बजे स्वाब लिइ पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले सुत्केरी महिलाको मृत्यु भए पनि पिसिआर रिपोर्ट नआएसम्म केही भन्न नसकिने जानकारी दिनुभयो । उहाँले अस्पतालमा भने विशेष सजगता अपनाएको बताउनुभयो । ... बाँकी अंश»

कम्प्युटरजस्तो तेज दिमाग भएको सन्तान चाहनुहुन्छ ? यस्ता खानेकुरा खानुहोस्

२०७७ जेठ २५ आइतबार, काठमाडौं । गर्भावस्थामा नै बच्चाको दिमागी विकास शुरु हुन्छ । यस्तोमा शिशु कत्तिको बुद्धिमान् हुन्छ भन्ने कुरा आमाको खानेकुरामा धेरै हदसम्म निर्भर गर्छ ।  यस्तोमा तेज दिमाग भएको बच्चाको लागि गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छ – ... बाँकी अंश»

कसरी फैलियो डेङ्गु, सार्ने लामखुट्टेको सर्भे शुरू

२०७७ जेठ २५ आइतबार, म्याग्दीमा लामखुट्टेको टोकाइबाट सङ्क्रमण फैलिने डेङ्गुको उच्च जोखिममा परेपछि सङ्क्रमति भेटिएका क्षेत्रमा डेङ्गु सार्ने एडिस जातको लामखुट्टेको सर्भे शुरू गरिएको छ ।  ... बाँकी अंश»

कोरोना संक्रमितलाई हृदयाघात भएमा कहाँ जाने ?

२०७७ जेठ २३ शुक्रबार, बन्दाबन्दीका अवस्थामा कोरोना संक्रमितले समेत मुटुसम्बन्धी समस्याबारे आवश्यक परामर्श र सहयोगका लागि केन्द्रको मोबाइल नम्बर ९८५१२३०६८२ मा सम्पर्क गरी विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ । केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीका अनुसार बन्दाबन्दी अगाडि दैनिक ५५ जना गरी महिनामा एक हजार ६०० सम्मले आकस्मिक कक्षमा सेवा लिएकामा त्यसयता बिरामीको सङ्ख्या घटेको छ । केन्द्रमा गत चैतमा एक हजार १९, वैशाखमा एक हजार २४५ र यही जेठ २२ गतेसम्म ५१० जनाले आकस्मिक वार्डको सेवा लिएका छन् । बहिरङ्गतर्फ सामान्यतः दैनिक ७०० सम्म बिरामी आउने गरेकामा बन्दाबन्दीको केही समय सो सेवा बन्द रहेको र गत वैशाख १६ यता दैनिक २४ देखि १६६ जनासम्मले सेवा लिएका छन् । बन्दाबन्दीकै अवधिमा कूल ५० जनाको मुटुको शल्यक्रिया गरिएको छ भने ३१ जनाको ओपन हार्ट सर्जरी, २३४ जनाको क्याथ ल्याबबाट कोरोनरी एन्जियोग्राफी, ७१ जनाको एन्जियोप्लाष्टी, ६६ जनाको प्राइमरी एन्जियोप्लाष्टी र ४७ जनालाई पेसमेकर राखिएको छ । ... बाँकी अंश»

सरकारी अलमलका कारण सामुदायिक अस्पतालको सेवा बन्द

२०७७ जेठ २२ बिहिबार, बुटवल। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । ... बाँकी अंश»

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति

२०७७ जेठ २१ बुधबार, कपिलवस्तुको वाणगङ्गा स्थायी घर भएकी डा शान्तिको माइती भरतपुरमै छ । माइतीमा तीन वर्षीया छोरी आरभी र नौ वर्षीय छोरा आरभलाई राखेर उनी भने कोरोना अस्पतालमा खटिरहेकी छन् । सासु–ससुराको निधनपछि श्रीमान् डा धिरेन्द्र नेपालको गत वर्ष निधन भएसँगै परिवार आफैँले सम्हाल्दै आएकी डा शान्ति परिवारको व्यवस्थापनसँगै आफ्नो जिम्मेवारीमा खटिरहेकी छन् । ... बाँकी अंश»

चार महिने शिशुसहित थप १६ नयाँ संक्रमित

२०७७ जेठ २१ बुधबार, महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश÷अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका सात र सल्यानका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कालिकोटका चार महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक संक्रमितको मृत्यु भइसकेको छ । ... बाँकी अंश»

एकैदिन २८८ थपिदा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो

२०७७ जेठ २० मंगलबार, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा बिकास देवकोटाले थपिएका कोरोना संक्रमितको पुष्टी गरेका हुन्।  ... बाँकी अंश»

कोरोना कहरमा आयुर्वेद चिकित्सा

२०७७ जेठ २० मंगलबार, “हामी आयुर्वेदलाई स्वास्थ्य क्षेत्रको पहिलो चिकित्सकीय पद्धतिकै रूपमा विकास एवं विस्तार गर्न चाहन्छौँ, सरकारको माथिल्लो निकायमा रहेकाहरुले यो कुरो बुझिदिनुपर्छ ।” ... बाँकी अंश»

नयाँ