स्वास्थ्य

स्वास्थ्य चौकीका लागि ३० लाखको जग्गादान

२०७४ जेठ ३० मंगलबार, गौशाला । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गरेका छन् । ... बाँकी अंश»

सहमतिपछि सुत्केरी मृतकको शव उठ्यो

२०७४ जेठ २९ सोमबार, रत्ननगर । भरतपुर अस्पतालका चिकित्सकको कमजोरीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलित भएका स्थानीयले सहमतिपछि शव बुझेका छन् । ... बाँकी अंश»

दैलेखमा बढे मुटुरोगका बिरामी

२०७४ जेठ २८ आइतबार, दैलेख । सन्तुलित खानपानको कमजोरीका कारण दिन दिनै वढ्दै गईरहेको मुटुरोग दैलेखमा पनि वढ्दो मात्रामा भेटिएको छ । दैलेखी सेवा समाज काठमाडौले दैलेख जिल्लामा गरेको दुई दिने मुटुरोग र सामान्य चिकित्सा सम्वन्धी निशुल्क शिविरमामा अधिकांस मुटुरोगीहरु भेटिएका छन् ।  ... बाँकी अंश»

बेनी अस्पतालमा पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया

२०७४ जेठ २८ आइतबार, बेनी । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ । ... बाँकी अंश»

भरतपुर अस्पतालको गुरुयोजना मन्त्रालयबाट स्वीकृत

२०७४ जेठ २५ बिहिबार, चितवन। स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शै्ययाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ। गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी र जिल्लावासी उत्साहित भएका छन्। ... बाँकी अंश»

अञ्चल अस्पतालमा ११ औं तहका चिकित्सक नहुँदा आठौं तहकालाई विभागीय प्रमुख, सेवाग्राही मर्कामा

२०७४ जेठ २३ मंगलबार, पथरी । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । ... बाँकी अंश»

स्वास्थ्यसम्बन्धी २० नीतिनियम र निर्देशिका निर्माण–संशोधन

२०७४ जेठ २१ आइतबार, काठमाडौं। स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताएका छन्। ... बाँकी अंश»

जमाना फेरियो : आजका किशोरकिशोरी यौन तथा प्रजननबारे खुलेरै कुरा गर्छन्

२०७४ जेठ २० शनिबार, गौशाला। महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् । बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम भएका हुन् ।  ... बाँकी अंश»

कान्तिबालमा मानसिक स्वास्थ्यलगायतका लागि भवन बन्दै

२०७४ जेठ २० शनिबार, काठमाडौं । कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्यलगायतका सेवा दिने उद्धेश्यले छुट्टै भवन बनाइने भएको छ । ... बाँकी अंश»

औषधि उत्पादकहरुले भने : 'औषधि अभाव हुने हल्ला निराधार' 

२०७४ जेठ १९ शुक्रबार, काठमाडौं । औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघले औषधिको अब केही दिनमा नै अभाव हुन्छ भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले राष्ट्रिय औषधी नीति २०५१, औषधी पैठारी नीति २०७१ र राष्ट्रिय स्वास्थ्य नीति २०७१मा उल्लेख भएका व्यवस्था अनुसार नेपाली औषधि उद्योगलाई प्रवर्दन गरी सम्भव भएका औषधिहरुमा आत्मनिर्भर भई उचित मूल्यमा उच्च गुणस्तरको औषधि सर्वसाधारणलाई उपलव्ध गराउने उद्धेश्यका साथ औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा गठित विज्ञ समितिले दिएको प्रतिवेदनलाई स्वास्थ्य मन्त्रालयले कार्यान्वयन प्रक्रियामा लगेको अवस्थामा आएका यस्ता हल्लाहरुमा कुनै सत्यता नरहेको बताएको हो ।  ... बाँकी अंश»

चार दशक पछि जिल्ला अस्पताल सिन्धुपाल्चोकमा अप्रेशन सेवा शुरु

२०७४ जेठ १८ बिहिबार, चौतारा। जिल्ला अस्पताल सिन्धुपाल्चोकले चार दशक पछि पहिलोपटक विभिन्न रोगको अप्रेशन सेवा शुरु गरेको छ। गतसाता अस्पतालले स्वास्थ्य सचिवको अतिथ्यमा एक कार्यक्रम गरि अप्रेशन सेवा सञ्चनलनमा ल्याएको हो। ... बाँकी अंश»

मेडिकल कलेज सञ्चालन गर्न नदिने माफियाको प्रयास असफल

२०७४ जेठ १८ बिहिबार, धनगढी । त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताएका छन् । ... बाँकी अंश»

पत्रकारको समाजबाटै कदरः उपचार कोषलाई रु ५२ हजार

२०७४ जेठ १७ बुधबार, भद्रपुर । झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि रु ५२ हजार प्रदान गरेका छन् । ... बाँकी अंश»

विश्व धुमपानरहित दिवस नेपालमा पनि, ११ प्रतिशत नेपालीको मृत्यु धुमपानकै कारण

२०७४ जेठ १७ बुधबार, काठमाडौ । विश्व धुमपानरहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । ... बाँकी अंश»

स्वास्थ्यमन्त्री थापाको विशेष पहल पछि केसीको अनसन स्थगित 

२०७४ जेठ १५ सोमबार, काठमाडौं । डा. गोविन्द केसीको अनसन स्थगित भएको छ । स्वास्थ्य मन्त्री गगन कुमार थापाको विशेष पहल पछि डा केसीको अनशन स्थगित भएको हो। स्वास्थ मन्त्रालयका अनुसार डा केसीको माग सम्बोधन हुनेगरी सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपछि केसीको अनसन स्थगित भएको हो ।  ... बाँकी अंश»

३ वर्षभित्र सबै नेपालीलाई अनिवार्य स्वास्थ्य विमा 

२०७४ जेठ १५ सोमबार, काठमाडौं । सरकारले आगामी ३ वर्ष भित्र सबै नेपालीलाई अनिवार्य स्वास्थ्य विमाको व्यवस्था गरिने जनाएको छ । आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले यस अघि रहेका स्वास्थ्य क्षेत्रका योजनाहरुलाई थाँती राख्दै डायलाईसिस सेवालाई पूर्ण निशुल्क बनाईएको जानकारी दिएका छन् ।  ... बाँकी अंश»

कण्डम र पिल्स निःशुल्क गर्ने सरकारले सेनेटरी प्याड पनि निःशुल्क गरोस्

२०७४ जेठ १५ सोमबार, काठमाडौं । महिनावारीको बिषयमा सुन्दा सामान्य लागे तापनि यसले सामाजिक जीवनमा पारेको प्रभाव डरलाग्दो छ, जो हामीले पढेको, देखेको र भोगेका छौं ।  ... बाँकी अंश»

उच्च रक्तश्रावका कारण गर्भवतीको मृत्यु

२०७४ जेठ १३ शनिबार, जुम्ला । उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ । ... बाँकी अंश»

स्वास्थ्यमन्त्रीको योजना र आचार्यको सक्रियतामा कान्तिमा ५२ शैयाको आइसियू चाँडै सञ्चालनमा

२०७४ जेठ १२ शुक्रबार, काठमाडौं। वालवालिकाको उपचार गर्ने केन्द्रीय सरकारी अस्पताल कान्ति वाल अस्पतालमा ५२ शैयाको आइसियू तयार भएको छ। स्वास्थ्यमन्त्री गगन थापा मन्त्री बन्नु अघी १८ शैयामा सिमित रहेको आइसियूलाई विस्तार गरि ५२ पुर्‍याइएको हो । ५२ शैयाको आइसियू बनाइएपनि जनशक्ति अभावमा ३० शैयाको मात्र आइसियू सञ्चालनमा आएको थियो।  ... बाँकी अंश»

भरतपुर सरकारी अस्पतालको फार्मेसीमा सात गुणा औषधि सस्तो

२०७४ जेठ ११ बिहिबार, चितवन। भरतपुर अस्पतालले आफ्नै फार्मेसी सुरु गरेपछि उपभोक्ताले सात गुणासम्म सस्तोमा औषधि पाउन थालेका छन्। सरकारी अस्पतालमा आफैँले फार्मेसी सञ्चालन प्रक्रियागत रुपमा जटिल भए पनि क्रमशः व्यवस्थापन हुँदै जाँदा उपभोक्ता र अस्पताल दुवैले लाभ लिन पाएका हुन्। ... बाँकी अंश»

नयाँ