स्वास्थ्य

पाल्पामा गर्भपतन गराउनेको सङ्ख्या बढ्यो

२०७३ फाल्गुण २१ शनिबार, रामपुर (पाल्पा)। जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको छ । सुरक्षित गर्भपतन सेवा पाल्पामा सुरु भएपछि गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको हो । पाल्पामा सन् २००८ देखि सुरक्षित गर्भपतन सेवा सुरु भएको हो ।    जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाकाअनुसार सन् २००८ मा तीन सय ६० महिलाले सुरक्षित गर्भपतन गराएकोमा सन् २०१६ मा नौ सय ९२ महिलाले सुरक्षित गर्भपतन गराएका छन् । सन् २०१७ को जनवरी र फेब्रुअरीमा एक सय ७२ महिलाले सुरक्षि ... बाँकी अंश»

काठमाडौं उपत्यकासहित पन्ध्र जिल्लामा पोलियो खुवाइँदै

२०७३ फाल्गुण २१ शनिबार, काठमाडौँ । स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा शनिबार र आइतबार दुई दिन पोलियो थोपा खुवाइँदै छ ।    तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ ।    पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रा ... बाँकी अंश»

पोलियो खोप रोक्ने स्वास्थ्यकर्मीहरुको 'तालिवानी' शैली

२०७३ फाल्गुण २० शुक्रबार, काठमाडौ। पोलियो खोपलाई प्रभावित गर्ने, खोपका सरसामानहरु ओसारपसार गर्ने सवारीसाधनहरुलाई अवरोध गर्ने क्रियाकलाप गरि स्वास्थ्यकर्मीहरुले नेपालमा पनि विरोधको 'तालिवानी' शैली देखाउन लागेका छन् ।  स्वास्थ्यकर्मीहरुको अवरोधका कारण तराईका १२ र काठमाडौ उपत्यकाका ३ जिल्ला गरी १५ जिल्लामा यसअघी हुन नसकेको पोलियो खोप कार्यक्रम रोक्न यसपटक पनि स्वास्थ्यकर्मीहरु लागेपछि उनिहरु तालिवानी शैलीको विरोधको सर्वत्र विरोध हुन लागेको हो ।    शनिबार र आ ... बाँकी अंश»

आन्दोलनरत स्वास्थ्यकर्मीको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयको १० बुँदे प्रतिवद्धता

२०७३ फाल्गुण २० शुक्रबार, काठमाडौं । आन्दोलनरत स्वास्थ्यकर्मीहरुको समस्या समाधानको लागि स्वास्थ्यमन्त्रालयले १० बुँदे प्रतिवद्धता व्यक्त गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र राज डोटेलले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७३ फाल्गुन ३ को निर्णय बमोजिम छैठौँ तहका पुल दरवन्दीहरु यथाशीघ्र सिर्जना गर्ने कार्य सम्पन्न गरी निजामती कितावखानमा पद दर्ता गराउने, सो प्रयोजनको लागि दरवन्दी बाँडफाँड र जिम्मेवारी किटा ... बाँकी अंश»

स्वास्थ्य मन्त्रालय अन्तर्गतका ४ उपकुलपति को को ?

२०७३ फाल्गुण १९ बिहिबार, काठमाडौँ । सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेको छ । सहकुलपति तथा स्वास्थ्यमन्त्री गगन थापाको संयोजकत्वमा गठित उपकुलपति छनौट समितिको सिफारिसमा प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले रिक्त रहेका चार वटा प्रतिष्ठानका उपकुलपति नियुक्त गरेका हुन्।   नयाँ नियुक्त भएका उपकुलपतीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. आरके रौनियार, पाटन स्वास्थ्य विज ... बाँकी अंश»

स्वास्थ्य सेवा प्रमाणीकरण गर्न छुट्टै निकाय बनाईदै

२०७३ फाल्गुण १८ बुधबार, काठमाडौं । प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने संवैधानिक हकको सुनिश्चितताका लागि सरकारले नेपाल स्वास्थ्य संस्था गुणस्तर प्रमाणीकरण परिषद स्थापना गर्ने भएको छ ।   परिषद्लाई स्वास्थ्य सम्बन्धी संपूर्ण सेवाहरुको मापन, मुल्यांकन, प्रमाणीकरण र दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेवारी दिईने भएको छ । आवधिक रुपमा सरकारी तथा निजि स्वास्थ्य सेवाहरुको गुणस्तर मापन गरी त्यसको प्रमाणीकरण गरेमा गुणस्त ... बाँकी अंश»

मनिषाको सकारात्मक सोच, भारतीय बने नतमस्तक

२०७३ फाल्गुण १५ आइतबार, जयपुर । बलिउड अभिनेत्री नेपाली चेली मनिषा कोइरालाले क्यान्सर पीडित भएर पनि आफूलाई सम्हालेको र सकारात्मक सन्देश दिएको भन्दै उनको भारतमा प्रशंसा भएको छ । पाठेघरको क्यान्सर पीडित मनिषाले भारतको जयपुरमा भएको एक कार्यक्रममा बोल्ने क्रममा आफ्नो संघर्षको कथा सुनाएपछि जयपुरवासी मनिषाप्रति नतमस्तक भएका हुन् ।    ग्ल्यामरस दुनियाँबाट एकाएक पलायन हुनुपरेको पीडा सुनाउँदै गर्दा मनिषाले जिन्दगीबारे जसरी योजना बनाइन्छ त्यो भन्दा ठूलो झड्का जिन्दगील ... बाँकी अंश»

स्वास्थ्य सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदै, यस्तो छ मन्त्री गगन थापाको सन्देश

२०७३ फाल्गुण १५ आइतबार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रमका साथ आइतबार पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउँदै छ ।  ‘स्वस्थ नागरिक स्वस्थ देश, दक्ष जनशक्ति प्रगति र समृद्धि’ भन्ने नाराका साथ पाँचौँ स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो ।     स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले केन्द्र, क्षेत्र, अञ्चल, जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेर स्वास्थ्य सेवा दिवस मनाउन लागिएको जानकारी दिएका छन् । सचिव उप्रेतीले दिवस मनाउन केन्द्र र जिल्लास्तरमा ... बाँकी अंश»

खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

२०७३ फाल्गुण १३ शुक्रबार, गुलरिया (बर्दिया) । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराएका छन् ।    महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गरेको विषादी बिक्रेता तथ ... बाँकी अंश»

अब भोजभतेरमा समेत मदिरा पिउन नपार्इने !

२०७३ फाल्गुण १० मंगलबार, काठमाडौं। सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ ।    सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने नीतिमा छ ।साथै बिहान ५ बजे देखि ... बाँकी अंश»

दुईलाख ४० हजारलाई हात्तीपाइलेविरुद्ध औषधि

२०७३ फाल्गुण १० मंगलबार, बैतडी । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए ।    जोशीका अनुसार गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइनेछ ।  &n ... बाँकी अंश»

झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम

२०७३ फाल्गुण ६ शुक्रबार, बनियानी (झापा)। झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।    कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिनुभयो । पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने उहाँले बताउनुभयो ।    पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप रू चारसय २५ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउनेछन् । सदस् ... बाँकी अंश»

स्वास्थ्यकर्मी काम छाडेर आन्दोलनतिर, खोप कार्यक्रम नै प्रभावित

२०७३ फाल्गुण ६ शुक्रबार, महेन्द्रनगर । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् ।    आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।   स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका छन् ।  ... बाँकी अंश»

जाजरकोटमा कुपोषणका कारण एक नाबालकको मृत्यु

२०७३ फाल्गुण ५ बिहिबार, जाजरकोट। कुपोषणका कारण जाजरकोटमा एक नाबालकको मृत्यु भएको छ ।  मृत्युहुनेमा जाजरकोट पजारु–९ का १४ महिने नाबालक अनेगत नेपाली रहेको स्थानीय स्वास्थ्य संस्थाका वरिष्ठ अहेब प्रेमबहादुर शाहीले बताए। चौध महिनाका बालकको तौल पाँच केजी रहेकोमा उपचारका लागि रकम जुटाएर सदरमुकाम खलङ्गा लग्ने तयारी गर्दै गर्दा बुधबार बेलुकी उनको मृत्यु भएको स्थानीयवासी गोपाल गिरीले बताए ।    आमा हिरा नेपाली र बाबु कर्णबहादुर नेपालीका पहिलो सन्तानका रुपमा रहेका अन ... बाँकी अंश»

गर्भपतन सेवा लिने किशोरीको संख्या बढ्यो

२०७३ फाल्गुण २ सोमबार, रोल्पा । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिइन् । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि किशोरीले समेत यो सेवा लिँदा सामाजिक विकृति फैलने हो कि भन्ने डर रहेको थापाले बता ... बाँकी अंश»

विशेष पोलियो खोप कार्यक्रममा स्वास्थ्यकर्मीहरु नै बाधक !

२०७३ फाल्गुण १ आइतबार, काठमाडौ । सरकारले बालबालिकालाई पोलियो जोखिमबाट जोगाउन १५ जिल्लामा सुरु गर्न लागेको ‘विशेष पोलियो खोप कार्यक्रम’ स्थगित हुने भएको छ । स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले यही फागन ७ र ८ गते हुने सो कार्यक्रम स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्थगित हुने सम्भावना बढेको बताए। स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरका स्वास्थ्यकर्मीले आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य ऐनको दफा ९ ९ख० कार्य ... बाँकी अंश»

आयुर्वेदप्रति आकर्षण बढ्दो, गौरवमय स्थान दिलाउनुपर्नेमा जोड

२०७३ फाल्गुण १ आइतबार, काठमाडौँ । अञ्चल आयुर्वेद औषधालय, जयबागेश्वरी, काठमाडौँको आयोजना तथा स्थानीय ‘हाम्रो रामकोट बचत तथा ऋण सहकारी संस्था’को सहयोगमा शनिबार नागार्जुन नगरपालिका, फस्कुमा आयोजित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा करिब ४०० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको छ ।   कार्यक्रममा अञ्चल आयुर्वेदिक औषधालयका कविराज निरीक्षक डा श्रवणकुमार श्रेष्ठले महान् चिकित्सा पद्धति आयुर्वेदलाई पुनः गौरवमय स्थान दिलाउनुपर्ने ... बाँकी अंश»

हेटौंडा अस्पतालमा अनुगमनः चिकित्सक अनुपस्थित, ३ बजेपछि ओपीडी बन्द

२०७३ माघ २६ बुधबार, हेटौडा । मकवानपुरको हेटौंडा अस्पतालमा चिकित्सकहरु नै उपस्थित नभएको पाइएको छ । मकवानपुर सीडिओ नारायण शर्मा दुवाडीको नेतृत्वमा मंगलबार अस्पताल अनुगमनमा गएको टोलीले दिउँसो दिन बजे नै आपीडी सेवा बन्द गर्ने गरिएको पत्तो लगाएको हो ।    १६ जना चिकित्सकको माग भए पनि ९ जनाको मात्र दरबन्दी रहेको अस्पतालमा केवल चार जनामात्र उपस्थित भएको पनि सीडीओ दुवाडीले जानकारी दिएका छन् ।    सो १५० शैयाको अस्पतालमा स्वास्थ्य मन्त्रालयमा साँझ ५ बजेसम्म चिकित् ... बाँकी अंश»

रामेछापमा सबै निःशुल्क औषधि उपलब्ध

२०७३ माघ २६ बुधबार, रामेछाप । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्करुपमा दिने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापको सदरमुकाम मन्थलीमा मङ्गलबार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी यस्तो जानकारी दिइएको हो ।    जिल्लामा सञ्चालित जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, तीन जनस्वास्थ्य कार्यालयमा ५८ थरी, ५१ स्वास्थ्य चौकीमा ३५ थरी, एक उपस्वास्थ्य चौकीमा ३५ थरी, आठ सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी, चार ... बाँकी अंश»

दाङमा महिनावारी सम्बन्धी क्षेत्रीय बहस

२०७३ माघ २५ मंगलबार, दाङ । दाङमा महिनावारीको स्वच्छता र व्यवस्थापन सम्बन्धी क्षेत्रीय बहस भएको छ । विद्यालयमा महिनावारी स्वच्छता, व्यवस्थापन, तथा नीति निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी आयोजना गरी यस विषयमा छलफल थालिएको हो । मध्य तथा सुदुर पश्चिममा स्वास्थ्य खानेपानी, शिक्षा, महिला, बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालयका जिम्मेवार पदाधिकारी सहभागि कार्यक्रममा महिनावारीको स्वच्छता व्यवस्थापन तथा वर्तमान नीतिको वारेमा छलफल भएको छ ... बाँकी अंश»

नयाँ