स्वास्थ्य

नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, स्वास्थ्यमन्त्रीको उपस्थितिमा जानकारी गराइँदै

२०७३ मङ्सिर २३ बिहिबार, काठमाडौं । नेपालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको हो । पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गर्दै अस्पतालले बिहीबार बिहान पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराउँदैछ ।    केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा पत्रकार सम्मेलन गरेर प्रत्यारोपणबारे जानकारी गराइने छ । कलेज ... बाँकी अंश»

स्वास्थ्य स्वयंसेविकाको सम्मान र सुविधा सुनिश्चित हुन्छ– मन्त्री थापा

२०७३ मङ्सिर २० सोमबार, काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य स्वयम्सेविकाहरुको सम्मान र सुविधालाई सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले प्रभावकारी कदम चाल्ने बताएका छन् । तेह्रांै राष्ट्रिय स्वास्थ्य स्वयम्सेविका दिवसका अवसरमा बधाई तथा शुभकामना सन्देश दिदै मन्त्री थापाले स्वास्थ्य स्वयम्सेविकाको क्रियाशिलतालाई थप अभिबृद्धि गर्न निकट भविश्यमै केही कदम चाल्ने बताएका हुन् ।     आमा र बच्चालाई घर दैलोमा स्वास्थ्य सेवा र सन्देश बहाकको रुपमा मह ... बाँकी अंश»

बाजुरामा किन तर्सिन्छन् स्वास्थ्यकर्मी ?

२०७३ मङ्सिर १९ आइतबार, बाजुरा । जिल्लाको उत्तरी भेग कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र नर्सको भरमा संचालन हुदै आएको छ । कार्यालय प्रमुख नहुदा स्वास्थ्य संस्थाका सबै कामहरु अनमी र स्टाफ नर्सले गर्नुपर्ने बाध्यता रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरलाई स्वास्थ्य संस्थामा बस्नका लागि सहज वातावरण नभएकै कारण प्राथमिक स्वास्थ्य केन्द्रमा बस्न नमानेको स्फाट नर्स प्रमिला विष्टले बताइन् ।    उनले रातीको समयका स्थानियहरु मदिरा सेवन गरी गालि गलौज गर्दै ... बाँकी अंश»

गाविस खोपयुक्त भएपछि स्थानीय खुशी

२०७३ मङ्सिर १९ आइतबार, डोटी । डोटीको लडागडा गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ । लडागडा जिल्लाको ३५औँ खोपयुक्त गासिका भएको हो । गाविसमा जन्मे देखि २३ महिनासम्मका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोप पाएपछि एक कार्यक्रमबीच पूर्ण खोप युक्त गाविस घोषणा गरिएको हो । गाविस खोपयुक्त घोषणा भएपछि स्थानीय खुशी भएका छन् । कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण प्रसाद गौतमले त्यहाँका स्थानीयलाई अनिवार्य खोप लगाए विभिन्न रोगहरुबाट बच्न सकिने जानकारी गराए । अभियानलाई ... बाँकी अंश»

अस्पतालको एम्बुलेन्स थन्कियो, बिरामीलाई सास्ती

२०७३ मङ्सिर १९ आइतबार, खोटाङ । भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ । वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा थन्किएको हो ।    तत्कालीन एम्बुलेन्स चालक हरि गिरीले अस्पताल प्रशासनको गाडी चलाउन थालेपछि चालक अभावमा एम्बुलेन्स सञ्चालनमा ल्याउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेख ... बाँकी अंश»

८५ प्रतिशत एचाआइभी सङ्क्रमण असुरक्षित यौन सम्पर्कबाट

२०७३ मङ्सिर १४ मंगलबार, काठमाडौँ। नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम रहेको छ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले मंगलबार आयोजना गरेको पत्रकारसम्मलेनमा बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रका निर्देशक डा पौडेलले बताए ।    यही मङ्सिर १६ गते अर्थात् डिसे ... बाँकी अंश»

स्वास्थ्यकर्मीलाई मन्त्री थापाले भने– रगत निःशुल्क गर्नुस्

२०७३ मङ्सिर १३ सोमबार, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले रगत निःशुल्क गर्न आग्रह गरेका छन् । रक्तसञ्चार सेवाले ५० वर्ष पुरा गरेको अवसरमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले रगत निःशुल्क गर्न भनेका हुन् । नेपालमा दान गरेको रगतको पैसा तिर्नुपर्ने अवस्था रहेको सुनाउँदै मन्त्री थापाले भने, ‘बिरामीलाई रगत सर्वसुलभ तरिकाले उपलब्ध गराउने व्यवस्था गरिनु पर्दछ ।’ मन्त्री थापाले रगतको गुणस्तरमा कुनै सम्झौता नगर्न समेत भनेका छन् । रक्तसञ्चार सेवा हालसम्म पनि सुर ... बाँकी अंश»

एक हजार बालबालिकाको मुटु परीक्षण, १० जनामा जटिल समस्या

२०७३ मङ्सिर १२ आइतबार, सोलुखुम्बु । नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० जना बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले जानकारी दिए ।    यसैबीच नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मेची–महा ... बाँकी अंश»

ग्रामीण बस्तीमा आयोडिनयुक्त नुनको प्रयोग कम

२०७३ मङ्सिर ११ शनिबार, रामपुर (पाल्पा)। चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् । जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताइन् ।    आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनि अझैपनि अनविज्ञ छिन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधैँ खु ... बाँकी अंश»

प्रचारप्रसार हुन नसक्दा डेङ्गुको खतरा

२०७३ मङ्सिर १० शुक्रबार, वीरगन्ज । नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैयाँ दिने गरेपनि प्रभावकारी रुपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको छ ।    हाल यस क्षेत्रमा डेङ्गु रोगबाट एक भारतीयसहित ११ जना मानिस प्रभावित भई उपचार गराइरहेको यो कार्यालयले जनाएको छ ।    सो रोगबाट प्रभावित बिरामीमध्ये नेसनल मेडिकल कलेजमा ६ र बाँकी पाँचजनाको भवानी अस्पतालमा उपचार भइरहेको छ ।&nbs ... बाँकी अंश»

चिसो मौसममा पुरुषले आफ्नो पुरुषत्व देखाउन के खानुपर्छ ?

२०७३ मङ्सिर ९ बिहिबार, काठमाडौं । महिलाको तुलनामा पुरुषलाई धेरै डाइट खानुपर्छ । त्यसमा पनि चिसो मौसममा पुरुषको शरीरलाई बढी क्यालोरी भएको खानेकुरा चाहिन्छ ।  तसर्थ स्वस्थ्य रहन बढी क्यालोरी खान पनि चिकित्सकहरु सुझाउँछन् ।    के खानुपर्छ त ?  १, छोकडा– छोकडामा भिटामिन र मिनिरल्स हुन्छ । यसले ताकत र शक्ति मिल्दछ । रातिमा एक गिलास तातो दूधमा छोकडा मिसाएर पिउँदा राम्रो फाइदा गर्दछ ।    २, ओखर– ओखरमा ओमेगा–३ पाइन्छ । यसले पुरुष अंगमा रगतको गति बढाउन मद्धत गर ... बाँकी अंश»

मानव अङ्गमा पहिलो मुटुको शल्यक्रिया सफल

२०७३ मङ्सिर ८ बुधबार, भक्तपुर। भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको थियो ।    केन्द्रले बुधबार आयोजना गरेको पत्रकार सम्मलेनमा यसबारे जानकारी दिँदै केन्द्रका प्रमुख ड ... बाँकी अंश»

औषधी नहुँदा सेवाग्राही मर्कोमा

२०७३ मङ्सिर ८ बुधबार, पाँचथर । पाँचथर जिल्लाको दक्षिणी गाविस सराङडाँडा ५ मा अवस्थित उपस्वास्थ्य चौकीमा सरकारले निशुल्क रुपमा उपलब्ध गराउने औषधी नहुँदा सेवाग्राही मर्कोमा परेका छन् । सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधीहरु मध्ये अहिले ६ प्रकारका औषधी मात्रै त्यस स्वास्थ्य चौकीमा रहेको कार्यालय प्रमुख बाग बहादुर रोकायले वताए ।    जिल्ला स्वास्थ्य कार्यालय पाँचथर लाई पटक पटक औषधी माग गर्दा समेत नपठाई दिएको उनले वताए । स्वास्थ्य ब्यवस्थापन समितीका अध्यक्ष नरे ... बाँकी अंश»

सबै नागरिकको स्वास्थ्य बिमा अनिवार्यः स्वास्थ्यमन्त्री थापा

२०७३ मङ्सिर ७ मंगलबार, निरज अधिकारी,   लमजुङ। नेपाली कांग्रेसका नेता एवं स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै नागरिकले अनिवार्य स्वास्थ्य बिमा गर्नुपर्ने नियम ल्याउन लागीएको बताएका छन्। मालिका लिटिल स्टार यूवा क्लव थानसिङ नेटाले गरेको एम्वुलेन्स समउदघाटन कार्यक्रममा सहभागी हुन लमजुङ आएका मन्त्री थापाले यस्तो बताएको हो।   आधारभूत स्वास्थ्य सेवाका लागी ऐन बन्ने प्रक्रियामा रहेको र त्यसमा बिमा रकम भुत्तानी गर्न नसक्ने नागरिकको हकमा राज्यले नै भुत्तानी गर्न ... बाँकी अंश»

डेङ्गुबाट एक बालिकाको मृत्यु, ६५३ मा सङ्क्रमण

२०७३ मङ्सिर ३ शुक्रबार, रत्ननगर । चितवनमा डेङ्गु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो ।    पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेङ्गुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।    चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएको कात्तिक ३० गते मृत्यु भएपनि जनस्वास्थ्य कार ... बाँकी अंश»

स्वास्थ्य संस्थामा औषधिको अभाव

२०७३ मङ्सिर ३ शुक्रबार, पाल्पा । पाल्पा जिल्लाका सरकारी स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधिको अभाव हुन गएको हो ।    जिल्लाका सरकारी स्वास्थ्य संस्था औषधिको अभावले स्वास्थ्य जाँच गरेर बिरामी निजी क्लिनिक धाउनुपर्ने बाध्यता रहेको छ ।    यस आवको भदौदेखि औषधिको अभाव देखिए पनि जिल्ला स्वास्थ्य कार्यालयले औषधिसहितका आधारभूत सामान स्वास्थ्य संस्थामा नपठाएको गुनासो छ ।   &n ... बाँकी अंश»

बिरामीमध्ये असी प्रतिशत महिला

२०७३ मङ्सिर २ बिहिबार, रोल्पा । रोल्पा जिल्लामा रहेका सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामी पुरुषको तुलनामा महिलाको सङ्ख्या अधिक देखिएको छ ।    जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रका अलावा समयसमयमा सञ्चालन गरिने स्वास्थ्य शिविरमा समेत ८० प्रतिशतभन्दा बढी महिला बिरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदले जानकारी दिए ।    अधिकांश पुरुष वैदेशिक रोजगारीमा जाने तथा जिल्लाभित्र रहेका पुरुष पनि सरकारी स्वास्थ्य सं ... बाँकी अंश»

स्क्रब टाइफसबाट एक महिनामै चारको मृत्यु

२०७३ मङ्सिर २ बिहिबार, रत्ननगर । स्क्रब टाइफस रोगबाट कात्तिकमा मात्रै चितवनमा चारजनाले ज्यान गुमाएका छन् । कात्तिक अन्तिम साता चितवनमा थप एक महिलाको मृत्यु भएपछि एकै महिनामा स्क्रब टाइफस रोगबाट मृत्यु हुने चार पुगेको हो ।    जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका–२२ निवासी ३५ वर्षीया महिलाको उक्त रोगका कारण मुत्यु पुष्टि भएको हो ।    “कात्तिक अन्तिम साता मृत्यु भएको जानकारी आएको थियो, भेरिफाई गर्दा स्क्रब ट ... बाँकी अंश»

निजी क्लिनिकमा स्वास्थ्य मन्त्रालयको छापा, ५ क्लिनिकमा सिलबन्दी

२०७३ कार्तिक २९ सोमबार, काठमाडौं। सोमबार स्वास्थ्य मन्त्रालयको टोलीले काठमाडौ र ललितपुरका विभिन्न निजी क्लिनिकहरुमा छापा मारेको छ। मन्त्रालयद्वारा खटिएको टोलीले काठमाडौं र ललितपुरमा गरी ३४ ओटा क्लिनीक तथा फार्मेसीहरुमा अनुगमन गर्दा प्रक्रिया पुरा नगरी सञ्चालनमा रहेका पाँच ओटा क्लिनीकलाई सिलबन्दी गरिदिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।    स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय, प्रहरी, सञ्चारकर्मी लगायतको टोलीले गरेको अनुग ... बाँकी अंश»

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

२०७३ कार्तिक २८ आइतबार, चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् ।    देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् ।    सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले फर्मभित्र अन्डा, दाना, चल्ला, कुखुरा बोक्ने गाडी छिर्न नदिइएको बताए ।    दाउन्ने ट्रेडर्स प्रालिका प्रबन्ध निर्देशक विनोद प ... बाँकी अंश»

नयाँ