स्वास्थ्य

कुनै अस्पतालको सेवा यस्तो पनि : सुरेन्द्र मिश्रको पिसाव थैली बन्यो, मुक्तिको सास फेरे

२०७३ कार्तिक २५ बिहिबार,  विराटनगर । विराटनगरको नेशनल किड्नी अस्पताल पिसाव थैलीको मेजर अप्रेशन गर्न सफल भएको छ । पिसावबाट रगत आउने समस्याका कारण सप्तरी हनुमाननगर योगिनीमाई नगरपालिकाका ४४ वर्षीय सुरेन्द्र मिश्रको पिसाव थैलीमा पलाएको टयुमरको सफल शल्यक्रिया गर्न अस्पतालक सफल भएको हो  । धेरै ठाँउमा उपचार गराए पनि निको नभइ पीडित बनेका मिश्रले विराटनगरको नेशनल किडिनी अस्पतालका चिकित्सक सन्तोष झाले पिसाव थैली फालेर कृतिम पिसाव थैली बनाएपछि मुक्तिको सास फेरेका छन् । न ... बाँकी अंश»

पत्रकारको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट र वीमाको प्रक्रिया शुरु

२०७३ कार्तिक २० शनिबार, काठमाडौँ । श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेको थियो ।   उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ र सञ्चार मन्त्रालयका प्रतिनिध ... बाँकी अंश»

स्वास्थ्य क्षेत्रको सुधार तथा पुनर्संरचनाकालागि मन्त्री थापाको नेतृत्वमा उच्चस्तरीय समिति गठन

२०७३ कार्तिक १९ शुक्रबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय स्वास्थ्य नीति तथा पुनः संरचना समन्वय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाको अध्यक्षतामा बिहीबार गठन भएको १३ सदस्यीय समितिमा स्वास्थ्य, संघियता, पुर्नसंरचना, कानुन लगायतका विभिन्न विषयका विज्ञहरु सदस्य रहनु भएको छ ।    समितिको सदस्यहरुमा पुर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र, मुटुरोग विषेशज्ञ डा भगवन कोईराला, स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशकद्धय डा लक्ष्मीराज पाठक र डा यश ... बाँकी अंश»

मुस्ताङ अस्पताल स्वास्थ्य मन्त्रालयको नीति अनुसार चल्दै, अस्पतालमा उपकरण थप

२०७३ कार्तिक १९ शुक्रबार, मुस्ताङ । जिल्ला अस्पताल मुस्ताङमा विभिन्न स्वास्थ्य उपकरण थप गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले डेलिभरी बेड, रगत एनालाइजर, डिजिटल अक्सिजन कन्सन्टे«टर मेसिन जस्ता उपकरण थप गरिएको हो ।    मुस्ताङमा बढी चिसो हुने भएकाले बच्चा र वृद्धका लागि वार्मर मेसिन पनि ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शम्भु ज्ञवालीले जानकारी दिए ।   उनका अनुसार स्वास्थ्य सेवा विभागबाट दुईवटा आधुनिक डेलिभरी बेड, रु पाँच लाख बराबरक ... बाँकी अंश»

एचआइभी सङ्क्रमितका लागि एआरटी केन्द्र

२०७३ कार्तिक १९ शुक्रबार, बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र ९एआरटी० बिहिबारदेखि सञ्चालनमा आएको छ ।    केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी सङ्क्रमितका लागि औषधि वितरण केन्द्र सञ्चालनमा आएपछि त्यस क्षेत्रका एचआइभी सङ्क्रमितका लागि सजिलो हुने भएको छ ।    एचआइभी सङ्क्रमितले नियमितरुपमा खाँदै आएको एआरटी औषधिका लागि जिल्ला अस्पताल बैतडीमा आउनुपर्ने समस्या हटेको जिल्ला स्वास ... बाँकी अंश»

निःशुल्क दिईने औषधी ५१ जिल्लामा खरिद

२०७३ कार्तिक १८ बिहिबार, काठमाडौं। चालु आर्थिक बर्षको बजेटबाट बिहीबार सम्म ५१ जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालयहरुले औषधी खरिद गरिसकेका छन्।  अघिल्ला बर्षहरुको तुलनामा यसबर्ष निकै चाडो औषधी खरिद भएको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका निर्देशक डा मोहम्मद दाउदले जानकारी दिए।  उनले स्वास्थ्य मन्त्रालयले अहिले सम्मकै सवै भन्दा चाडो औषधी खरिद प्रक्रिया अगाडी बढाएको बताए। “मैले यस मन्त्रालयमा काम गर्न थालेको २१ बर्ष भयो, यति चाडौ औषधी खरिद प्रक्रिया भए ... बाँकी अंश»

डेंगु परिक्षणको किट विदेशबाट ल्याईयो

२०७३ कार्तिक ११ बिहिबार, काठमाडौं । डेंगु परिक्षणका लागि आवश्यक पर्ने किट बिहीबार नै भारतबाट ल्याएर चितवन र झापामा पठाइएको छ । भारतबाट ल्याईएको ९०० किट मध्ये ४०० ओटा चितवनको जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको र २०० ओटा झापाको दमक अस्पतालमा पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिए ।    आचार्यले दमक अस्पताललाई थप २०० ओटा किट आम्दा अस्पतालले समेत दिने भएकाले झापा, चितवन सहित डेंगु प्रभावित सवै ठाउमा पर्याप्त मात्रामा ... बाँकी अंश»

दोलखामा रेबिजले एकै परिवारका तीनको मृत्यु, स्वास्थ्य मन्त्रालय बेखवर

२०७३ कार्तिक ११ बिहिबार, चरिकोट । दोलखामा रेबिजले एकै परिवारका तीन जनाको मृत्यु हुँदासमेत रेबिज रोकथामका लागि सरकारले कुनै पहल नै गर्न सकेको छैन ।    दोलखा सुनखानी गाउँविकास समिति वडा नम्बर ३ मलेपुमा गत बैशाखदेखि अहिलेसम्म माझी परिवारका तीन जनाको निधन भइसकेको छ ।    त्यहाँ रेबिज भयावह भइसकेको भन्दै स्थानीय वासिन्दा चिन्तित बनेका छन् ।    यसको उपचारसमेत महङ्गो हुने भएपछि संक्रमणको परीक्षणसमेत नहुँदा मलेपुका वासिन्दा त्रसित बनेका छन् ।    सबैभन्दा नज ... बाँकी अंश»

सरकारी अस्पतालले आफै गर्‍याे फार्मेसी सञ्चालन

२०७३ कार्तिक १० बुधबार, चितवन। चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।    बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो । यहाँको अस्पताल बाहिर औषधि पसलमा चर्को मूल्यमा औषधि लिन बिरामी बाध्य छन् ।    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बिरामीको समस्यालाई ध्यामा राखेर फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिए । स्वास्थ्य मन्त्रालयले ... बाँकी अंश»

सिसा(लेड)को विकल्प खोज्न माग

२०७३ कार्तिक ९ मंगलबार, काठमाडौँ। सिसा (लेड) को विषबाट बर्सेनि विश्वमा आठ लाख ५३ हजार मानिसको मृत्यु हुने गरेको छ । धातुमा खिया लाग्न नदिन तथा रङ्गलाई बढी चम्किलो बनाउन प्रयोग हुने वस्तुलाई लेड भनिन्छ । इनामेल, प्राइमर, तथा खनिज पदार्थमा सो वस्तु पाइन्छ ।    ‘सिसाको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना’ सप्ताहअन्तर्गत स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, वातावरण प्रवद्र्धन केन्द्रले संयुक्त रुपमा मंगलबार आयोजित कार्यक्रममा लेडको प्रयोगले छाला, ह ... बाँकी अंश»

निःशुल्क दिने औषधी बेच्नेसँग स्पष्टीकरण माग

२०७३ कार्तिक ८ सोमबार, काठमाडौं । काभ्रेको तालढुङा स्वास्थ्य चौकीका सिनियर अहेव रामपुकार यादवसंग जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले स्पष्टीकरण माग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई जाँच गरी निःशुल्क दिनु पर्ने औषधीलाई चर्को मुल्यमा विक्रि गरेको समाचार विभिन्न संचार माध्यमहरुमा आएकाले यादवसँग स्पष्टीकरण माग गरिएको हो ।   जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजाराम अधिकारीले पठाउनु भएको स्पष्टीकर ... बाँकी अंश»

स्वास्थ्य मन्त्रालयले भन्यो–डेंगुबाट सतर्क रहनुस्, त्रसित नहुनुस्

२०७३ कार्तिक ८ सोमबार, काठमाडौं । विभिन्न १३ जिल्लामा डेंगु प्रभावितहरुको संख्या बढ्दै गएकाले सतर्क हुन तर, त्रसित नहुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।   मन्त्रालयको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भिम आचार्यले आईतबार भन्दा सोमबार डेंगु प्रभावितहरुको संख्या बढेको जानकारी दिए ।    आचार्यका अनुसार आईतबार ३४ जना मात्रै प्रभावित देखिएको झापामा सोमबार सम्म प्रभावितको संख्या १०० पुगेको छ । यो संख्या अझै बढ्ने देखिएपनि त्रसित हुन भने ... बाँकी अंश»

झापामा चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

२०७३ कार्तिक ८ सोमबार, सुरुङ्गा (झापा)। लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् ।    डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो ।    त्यस्तै नेपाल पत्रकार मह ... बाँकी अंश»

घरमा लगाइने रडमा प्रयोग हुने सिसाबाट स्वास्थ्यमा हानी

२०७३ कार्तिक ८ सोमबार, काठमाडौँ । के तपाईंले आफ्नो घरलाई चिटिक्क पार्न रङको प्रयोग गर्ने सोचाइ राख्नुभएको छ ? यदि यस्तो सोचाइमा हुनुहुन्छ भने आजदेखि नै यो सोचाइलाई परित्याग गर्नुहोस् ।    विज्ञका अनुसार घर, अफिस, विद्यालय तथा ठूल्ठूला भवनमा प्रयोग हुँदै आएका रङमा सिसा९लिड०को प्रयोग गरिएका हुन्छन्, जुन मानव स्वास्थ्यका लागि निक्कै घातक छन् ।    नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य तथा वातावरण केन्द्र तथा आइपीइएनले संयुक्तरुपमा आइतबार आयोजना गरेको का ... बाँकी अंश»

चालिस प्रतिशत चर्पी प्रयोगविहीन अवस्थामा

२०७३ कार्तिक ७ आइतबार, गाईघाट(उदयपुर)। उदयपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको दुई वर्षसम्म पनि जनचेतनाको अभावमा जिल्लाका ग्रामीण भेगका झन्डै ४० प्रतिशत चर्पी अझैसम्म पनि प्रयोगविहीन अवस्थामा छन् ।    तराईको ग्रामीण क्षेत्र र पहाडी क्षेत्रका अधिकांश चर्पी अझैसम्म पनि प्रयोग हुन नसकेको कुरा जिल्ला सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय र यसका अनुगमनकर्ता र समन्वय समितिका अध्ययनले देखाएको छ ।    पत्रकार तथा खानेपानी सरसफाइ समन्वय समिति (जेव ... बाँकी अंश»

डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

२०७३ कार्तिक ७ आइतबार, रत्ननगर । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ ।    रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए।    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले भरतपुर अस्पतालबाट २५ र रत्ननगर बकुलहर अस्पतालबाट २५ वटा नमुना सङ्कलन गरेर लैजाने र डेङ्गुको प्रकार छुट्याउन ... बाँकी अंश»

रोग लुकाएर बस्छन् जाजरकोटका महिला

२०७३ कार्तिक ५ शुक्रबार, जाजरकोट। यहाँको भुर–९ की विर्मी पुनले पनि १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण धेरै दुःख पाइन् । १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माएर पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उनले समयमै गतिलो उपचार नपाउँदा १३ वर्षसम्म कष्टपूर्ण जीवन बिताउनुपर्‍यो ।    पाठेघर खस्ने समस्याका कारण आफूले सजिलोसँग दिन काट्न पनि नपाएको र घरायसी काम पनि गतिलोसँग गर्न नपाएको विर्मीले दुःखेसो पोखिन् ।    दसेरा–८ की ५९ वर्षीया धनसरा नेपाली पनि १८ वर्ष ... बाँकी अंश»

अस्पतालका उपकरण लिलामबारे छानबिन शुरु

२०७३ कार्तिक ५ शुक्रबार, खोटाङ । कर्मचारीको मिलोेमतोमा जिल्ला अस्पताल खोटाङको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम गरेको खुलासा भएपछि कारबाहीका लागि छानबिन सुरु भएको छ ।    अस्पतालका भण्डारण शाखाप्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा एक सय १२ थान उपकरण रु २६ हजार पाँच सयमा लिलाम गरेको खुलासा भएपछि संलग्न कर्मचारीलाई कारबाहीका लागि छानबिन सुरु गरिएको हो ।    अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री गत फागुनमै ... बाँकी अंश»

न्याम्स र्‍यानमा भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति

२०७३ कार्तिक ५ शुक्रबार, काठमाडौं ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय चिकित्सकको संस्था रेजिडेन्स एसोसिएसन अफ न्याम्स  (र्‍यान) मा नयाँ कार्यसमिति चयन भएको छ ।     डा विष्णु भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । यसैगरी बरिष्ठ उपाध्यक्षमा डा सरोज गिरी, उपाध्यक्षमा डा नविन पौडेल, महासचिवमा डा सुजन थापा, कोषाध्यक्षमा डा रविन्द्र सिंह ठकुरी, सचिवमा डा बोम बिसी र सहसचिवमा डा आकाश खनाल चयन भएका छन् ।     यसैगरी, सदस्यहरुमा डा ... बाँकी अंश»

चितवनमा स्क्रब टाइफसबाट थप एकको मृत्यु

२०७३ कार्तिक २ मंगलबार, चितवन। स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ ।    कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।    योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला जनस्वास ... बाँकी अंश»

नयाँ