स्वास्थ्य

कालाजारका छ बिरामी भेटिए

२०७३ श्रावण २९ शनिबार, पाल्पा । जिल्लामा पछिल्ला दुई वर्षको अवधिमा कालाजारको बिरामी भेटिन थालेका छन् ।    तराईका जिल्लामा महामारीका रुपमा रहेको कालाजारको जीवाणु यसवर्ष पाल्पाका छ जना बिरामीमा भेटिएको छ । अघिल्लो वर्ष तीन जनामा कालाजारको जीवाणु भेटिएको थियो ।    पाल्पाका मानिस तराईमा बसोबास गर्ने र आफन्तका घरमा आवतजावतले गर्दा कालाजारका बिरामीको सङ्ख्या बर्सेनि बढ्ने खतरा रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।    डेढ वर्षअघि रुप्सेमा दुई र गेझा ... बाँकी अंश»

भाइरल र सर्पदंशका विमारी बढे

२०७३ श्रावण २६ बुधबार, पथरी (मोरङ)। कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् ।    साउन महिनामा ५०० भन्दा बढी सर्पदंशका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलका अनुसार सर्पदंशका ५०० भन्दा बढी र भाइरलका बिमारी झन्डै ८०० को हाराहारीमा ... बाँकी अंश»

बर्दियामा भाईरल ज्वरोका विरामी बढे

२०७३ श्रावण २६ बुधबार, बर्दिया। प्रचण्ड गर्मी र बर्षादको असन्तुलनका विच तराईमा भाईरल ज्वरोका विरामीको संख्या वढ्दै छ। घाम, पानी र वाढीले वातावरणीय सन्तुलन प्रभावित पारेसँगै भाईरलको प्रकोप फैलिएको हो।   यतिखेर बर्दिया जिल्ला भरिनै विरामीको संख्या वढेको जिल्ला अस्पताल बर्दियाले जनाएको छ। प्रदुषित पानी, असन्तुलित आहार विहार लगायत वदलिँदो मौसमका कारण पनि बर्दिया लगायत तराईमा भाईरल ज्वरोले सताएको जिल्ला अस्पताल बर्दियाका डाक्टर अर्जुन भट्टले वताएका छन्।  उनले भ ... बाँकी अंश»

नर्सिङ पढ्नेलाई नै रोगले छोडेन

२०७३ श्रावण २५ मंगलबार, काँकडभिट्टा (झापा) । बर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण आज एकै चोटि बिरामी भएका छन् ।    बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि ती छात्रालाई स्थानीय बिर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ । इन्स्टिच्यटका प्रिन्सिपल रचिता न्यौपानेले बिहान पाँच जनालाई झाडाबान्ता देखा परेको र अरु पनि बिरामी होलान् जस्तो भएपछि सबैलाई हस्पिटल लगिएको बताए ।    हस्पिट ... बाँकी अंश»

फेरि दुई नक्कली डाक्टर पक्राउ

२०७३ श्रावण २४ सोमबार, काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।    ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा गरिएको छानबिनपछि आइतबार उनीहरुलाई पक्राउ गरिएको हो ।    पक्राउ पर्नेमा सर्लाही घर भई हाल मिडाट अस्पताल लगनखेलमा कार्यरत फर्जाना सविहा र सुनसरी घर भई हाल शिवपुरी डेन्टल क्लिनिक महाराजगन्जमा कार्यरत किशोर गुरुङ रहेका छन् ।    उनीहरुलाई कार्यरत स्थानबाटै पक्राउ गरिएको ... बाँकी अंश»

विवेकशीलको नि:शुल्क घुम्ती क्लिनिक पशुपतिमा

२०७३ श्रावण २४ सोमबार, काठमाण्डौँ । विवेकशील नेपाली दलले संचालन गरेको विवेकशील नि:शुल्क घुम्ती क्लिनिक आज तिलगंगा स्थित पशुपति मन्दिर परिसरमा  संचालन गरिएको विवेकशील नेपाली दलले जनाएको छ ।   श्रावण १ गते देखि संचालित सो कार्यक्रमको यो चौथौ हप्ता  हो ।  बिहान ८ बजे देखि १२ बजे सम्मको कार्यक्रममा रक्तचाप, रगत समूह तथा तौल(उचाई नाप बिएमआइ इन्डेक्स) का बिरामीलाई सेवा प्रदान गरिएको थियो।     काठमाण्डौंको बढ्दो धुलो धुवाँ, व्यस्त जनजीवनले गर्दा मानिसहरुले आफ्नो ... बाँकी अंश»

रक्तसंचार सेवा केन्द्रमा कम्पोनेट मेशिन संचालन

२०७३ श्रावण २४ सोमबार, विराटनगर । जिल्ला रेडक्रस सोसाइटी मोरङले विराटनगर स्थित रक्तसंचार सेवाकेन्द्रमा कम्पोनेट मेशिन संचालनमा ल्याएको छ । विरामीलाई चाहिने रगतको तत्व तयारगर्न मेशिन संचालनमा ल्याइएको हो ।   मेशिन संचालनमा आएपछि विरामीलाई जुन रगतको तत्व चाहिन्छ त्यो तत्व अव सहज रुपले तयार हुने गर्दछ । रेडक्रसले १७ लाख रुपैंयामा मेशिन खरिद गरेर संचारकेन्द्रमा जडान गरेको रेडक्रस जिल्ला सभापति सुवोधकुमार सिंहले बताए ।    मेशिन जडान भएसंगै विरामीले फरक–फरक त ... बाँकी अंश»

नागपञ्चमीको अवसरमा विवेकशीलको नि: शुल्क घुम्ती क्लिनिक

२०७३ श्रावण २३ आइतबार, काठमाण्डौं ।  विवेकशील नेपाली दलले नागपञ्चमीको अवसरमा ‘विवेकशील नि: शुल्क घुम्ती क्लिनिक’ आयोजना गरेको छ।  श्रावण ३ गते देखि संचालित सो कार्यक्रमको यो चौथौ हप्ता  हो । कार्यक्रम बिहान ८ बजे देखि १२ बजे सम्म नक्साल स्थित नागपोखरी परिसरमा संचालन गरिएको विवेकशील नेपाली दलले जनाएको छ । कार्यक्रममा रक्तचाप, रगत समूह तथा तौल(उचाई नाप बिएमआइ इन्डेक्स) को सेवा प्रदान गरिएको थियो।    घुम्ती क्लिनिकका संयोजक प्रमेश श्रेष्ठले भने, 'काठमाण्डौंक ... बाँकी अंश»

दुग्धपानमा जागरण ल्याउन दुध चुसाउने कार्य्रकम

२०७३ श्रावण २१ शुक्रबार, कारकास। सिन्हवा। ल्याटेन अमेरिकी मुलुकहरुले दुधे बालक भएका महिलाहरुको लागि सार्वजनिक रुपमा दुध चुसाउने कार्यक्रम राखेका छन्। विश्व दुग्धपान सप्ताह(अगस्ट १ देखि ७)का अवसरमा ल्याटेन अमेरिकी मुलुकहरु सार्वजनिक रुपमा दुध चुसाउने कार्यक्रम राखिएको हो।    यस अवसरमा भेनेजुयलाको राजधानी कारकासमा करिव २ सय महिलाहरुले आफ्ना नानीहरुलाई सार्वजनिक रुपमा दुध चुसाएका थिए। यो अभियानले १९९७मा ७ प्रतिशतमा रहेको दुध चुसाउने दर हाल ५२ प्रतिशतमा पुगेको छ। ... बाँकी अंश»

दमौलीमा भाइरल ज्वरोका बिरामी बढे

२०७३ श्रावण १८ मंगलबार, तनहुँ । केही समय यता दमौलीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । दमौली वरपरका स्थानबाट भाइरलका बिरामी स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दमौलीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आउने क्रम बढ्दो छ ।    दमौली अस्पतालका मेडिकल अधिकृत डा अनिल गिरीले दमौली अस्पतालको बहिरङ्ग सेवामा दिनहुँ १५० देखि २०० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने बताए । तीमध्ये करिब १०० भन्दा बढी भाइरल, रुघाखोकी र टाइफाइडका बिरामी हुने उनले जानकारी दिए ।    य ... बाँकी अंश»

एड्सले खुसी लुटेपछि लक्ष्मीको परिवार बिचल्ली

२०७३ श्रावण १७ सोमबार, बागलुङ। महिना दिनयता लक्ष्मी रोकायका आँखा ओभाना छैनन् । मनमा बेचैनी छ । रोकायको खुसी असमयमै लुटिएको छ । जिउने आशा कमजोर बनेको छ ।    चालिस वर्षीय श्रीमान् करण रोकाय परिवारको आड–भरोसा थिए । करणकै दैनिक ज्याला–मजदुरीले परिवार धानिँदै आएको थियो । करण श्रीमती लक्ष्मी, ८ वर्षीया छोरी सरस्वती, ६ वर्षीय सम्झना र नवजात छोरा डिलबहादुरको सहारा थिए ।    एचआइभी एड्सका कारण गत असार २२ गते करणको निधन भएपछि परिवार बिचल्लीमा परेको छ । सङ्घर्षको आँधीबे ... बाँकी अंश»

गोरखाको खोर्लामा घरैपिच्छे बिरामी, सकुशल रोग सर्ने डरले भागे

२०७३ श्रावण १४ शुक्रबार, गोरखा । गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन् ।    घरैपिच्छे बिरामी पर्नेहरु बढेपछि आफूलाई पनि रोग सर्ने डरले गाउँ छाडेको खोर्लाकी विपना गुरुङले बताइन् । घरमा दुई-तीन जनाको दरले मानिस बिरामी पर्दै आएको भए पनि बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गर्न नसकिएको ग ... बाँकी अंश»

बी एन्ड सी अस्पताललाई ३०० श्ययाको अनुमति

२०७३ श्रावण १२ बुधबार, झापा। झापाको बिर्तामोडमा रहेको बी एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले तीनसय श्ययाको अस्पताल सञ्चालनका लागि अनुमति पाएको छ।    स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा सञ्चालन निर्देशिका, २०७० (पहिलो संशोधन २०७१) बमोजिम मन्त्रिस्तरीय निर्णयबाट अस्पताललाई सञ्चालनको अनुमति दिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।    अस्पताल परिसरमा आज पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक प्र ... बाँकी अंश»

डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु

२०७३ श्रावण ७ शुक्रबार,  बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डुसैनबाट १ दिनको पैदल यात्रामा सुत्केरी गराउनका लागि बोकेर ल्याएकी थापाको मृत्यु भएको उनका आफन्त गणेश थापाले बताएका छन् ।    सुत्केरी व्यथा लागेको दिन जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको थियो । आकस्मिक प्रसुती केन्द्रमा काम गर्दे आएका ड ... बाँकी अंश»

दुवै हात प्रत्यारोपण गरिएकाको रहर, फेरि रक्सीको बोतल समात्ने

२०७३ श्रावण ७ शुक्रबार, काठमाडौं । बेलायतको पहिलो बिरामी जसका दुवै हात प्रत्यारोपण गरिएको छ उनको रहर छ फेरि बियरको बोतल समाउने र मोटरसाइकल चलाउने । तीन वर्षअघि भयानक दुर्घटनामा परेर दुवै हात गुमाएका ५७ वर्षीय बेलायती नागरिक क्रिस किङ्को गत हप्तामात्र उनका दुवै हात प्रत्यारोपण गरिएको थियो ।   उनी नै दुवै हात प्रत्यारोपण गर्ने बेलायतका पहिलो बिरामी हुन् । लिड्मा उनको शल्यक्रिया भएको थियो । उनले शल्यक्रिया सफल भएसंगै आफूलाई खुसी लागेको र पूर्ण भएको प्रतिक्रिया दिए ।&n ... बाँकी अंश»

हवाईजहाज कुर्दाकुर्दै महिला प्रहरी सुत्केरी

२०७३ श्रावण ६ बिहिबार, दुनै (डोल्पा)। डोल्पामा यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थलमा हवाईजहाज कुर्दाकुर्दै दुई महिला सुत्केरी भएका छन्।   सुरक्षित प्रसूति गराउन जिल्ला बाहिर जानलाई हवाईजहाज पर्खे पनि मौसम गडबडीका कारण पाँच दिनदेखि डोल्पामा उडान नभएपछि सुत्केरी भएको तारा एयर डोल्पाका कर्मचारी लंक भण्डारीले जानकारी दिए।   सुत्केरी हुनेमा विमानस्थल सुरक्षामा खटिएकी महिला प्रहरी बाँके जिल्ला राप्तीपारिकी जुगेनी चौधरी र डोल्पा त्रिपुराकोट घ ... बाँकी अंश»

बोको हराम सम्बद्ध ४९ हजार बालबालिका कुपोषणका कारण मृत्युसँग सङ्घर्षरत : युनिसेफ

२०७३ श्रावण ४ मंगलबार, लागोस (नाइजेरिया)। उत्तरी नाइजेरियामा अतिवादी इस्लामिक समूहसँग आवद्ध बोको हराम समूहद्वारा नियन्त्रित इलाकामा बसोबास गर्ने करिब ४९ हजार बालबालिका कुपोषणका कारण जीवनमरणको सङ्घारमा रहेको संयुक्त राष्ट्रसङ्घ बालबालिका कोष (युनिसेफ) ले जनाएको छ ।    कुपोषण प्रभावित यी बालबालिकालाई तत्काल उपचार उपलब्ध नगराइएमा उनीहरु मृत्युको नजिक पुगेको युनिसेफको दाबी छ । बोको हराम प्रभावित क्षेत्रको अध्ययनपश्चात युनिसेफ प्रतिनिधिले विभिन्न दाता तथा परोपक ... बाँकी अंश»

भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्यो

२०७३ श्रावण ३ सोमबार, हनोई । भियतनाममा गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको छ । सन् २०१५ मा मात्र गर्भपतन गराउने व्यक्तिको सङ्ख्या २ लाख ८० हजार पुगेको समाचारमा जनाइएको छ ।    यसरी गर्भपतन गराउनेमा १९ वर्षभन्दा मुनिका युवतीको सङ्ख्या पनि बढ्दो मात्रामा रहेको देखिएको छ । प्राप्त समाचारमा भियतनाममा सन् २०१५ मा मात्र १९ वर्षभन्दा मुनिका छ हजार युवतीले गर्भपतन गराएका थिए ।    यो तथ्याङ्क सार्वजनिकस्थलमा रहेका गर्भपतन गराउने केन्द्रहरुबाट लिइएको बताइएको छ ।   ... बाँकी अंश»

सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप

२०७३ असार २९ बुधबार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले सरकारले औषधि व्यवसायलाई घृणित बनाएको आरोप लगाएको छ । वाणिज्य विभाग, आपूर्ति व्यवस्थापन विभाग लगायत अन्य सरकारी निकायहरुले अनुगमनका नाममा संकटमा गुज्रिरहेका व्यवसायीलाई थप निरुत्साहित बनाएको संघको भनाइ छ ।    ‘अनुगमनका नाममा स्वास्थ्य जस्तो सम्बेदनशील व्यवसायमा रहका व्यवसायीहरुमाथि, व्यवसायीहरुको इज्जत तथा प्रतिष्ठामासमेत आँच पुग्ने गरी र व्यवसायीहरुलाई आतंकित बनाउने, पेसा र व्यवसायलाई नै समाजमा ... बाँकी अंश»

प्रस्तावित मनमोहन मेडिकल कलेजबाट स्वीकृति माग

२०७३ असार २८ मंगलबार, काठमाडौँ। प्रस्तावित मनमोहन अधिकारी मेमोरियल मेडिकल कलेजले आफूलाई कलेज सञ्चालनका लागि अनुमति दिने तर सबै पूर्वाधार संरचना तयार भएपछि अध्ययनअध्यापनका लागि स्वीकृति नदिने काम भएको जनाएको छ।   प्रस्तावित कलेजका मेडिकल निर्देशक डा रामकुमार अधिकारीले यो अन्याय हो भन्दै न्याय स्थापना गरिपाउन आफूहरु पनि अनशन बस्ने  जानकारी दिए। “हामी कसैका विरुद्धका अनशन बस्न लागेका होइनौँ, कानुनको शासन स्थापना होस् भन्नाका लागि हो”, डा अधिकारीले भने। हाल ... बाँकी अंश»

नयाँ