स्वास्थ्य

पूर्वाञ्चलमै न्यूरोलाई पहिलो सफलता

२०७२ पौष २६ आइतबार, कुमोद अधिकारी, विराटनगर । पूर्वाञ्चलमै पहिलो पटक कम्मर मुनिको जोर्नी प्रत्यारोपण भएको छ ।  सफल प्रत्यारोपण गरेको न्यूरो अस्पताल प्रालिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । हाडजोर्नी विभागका प्रमुख डा. नवीनकुमार कर्ण सहितको विशेषज्ञ टोलीले कम्मरमुनिको भागको सफल शल्यक्रिया गर्न सकेको जानकारी दियो ।    टोलीले धरान नगरपालिका–१५ का ७५ वर्षीय विरबहादुर राइको सिमेन्टेड पद्दतीबाट कम्मर मुनिको हिप जोइन्ट प्रत्यार ... बाँकी अंश»

मैनबत्तीको सहारामा जिल्ला अस्पताल

२०७२ पौष २३ बिहिबार, जाजरकोट । यहाँको जिल्ला अस्पतालमा विद्युत् नहुँदा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरिएको छ । दैनिक विद्युत अभावमा जिल्ला अस्पतालका बिरामीलाई मैनबत्तीको भरमा उपचार गर्दा निकै सास्ती व्यहोर्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । अक्सिजन दिने बिरामी आए पनि विद्युत्को अभावमा अक्सिजन दिन नसकिएको स्वास्थ्यकर्मी नारायणी शाहले बताए । एक हातमा मैनबत्ती अर्को हातमा औषधि बोकेर वार्डमा जाँदा औषधि खुवाउनसमेत अप्ठ्यारो हुने गरेको शाहको भनाइ छ । अँध ... बाँकी अंश»

सांसद शाहले संचालन गरे निःशुल्क स्वास्थ्य शिविर

२०७२ पौष २२ बुधबार, जाजरकोट। जाजरकोटको विकट बस्ती थलह बजारमा जाजरकोट क्षेत्र नं २ का सांसद राजिव विक्रम शाहले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन्।    सांसद शाहको सहयोगमा कुमारी ट्रष्ट जाजरकोटको आयोजना र नेपालगंज मेडिकल कलेजले प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो।    पश्चिम जाजरकोटका १५ गाविसका बासिन्दाको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी शिविरको आयोजना भएको हो। शिविरमा स्त्री रोग, बालरोग, नाक, कान, घाँटी, सामान्य चिकित्सा लगाएत रोगको उपचार हुने ... बाँकी अंश»

सुदूरपश्चिममा तीन लाख ७६ हजार बालबालिकालाई खोप दिइने

२०७२ पौष २० सोमबार, धनगढी । चौथो चरणको दादुरा–रुबेला खोप अभियान ०७२÷७३ अन्तर्गत सुदूरपश्चिमाञ्चलका जन्मेदेखि पाँच वर्षमुनिका झन्डै तीन लाख ७६ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप दिइने भएको छ ।    अभिमुखीकरण कार्यक्रममा दादुरा–रुबेला खोप अभियानका संयोजक डा जगतनारायण गिरीले खोप अभियानका क्रममा सुदूरपश्चिमाञ्चलका नौ महिनादेखि पाँच वर्षसम्मका तीन लाख ७६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोपसमेत दिइन लागिएको जानकारी दिए । खोप पाउनेमध् ... बाँकी अंश»

रक्तदानले महिलाको ज्यान बच्यो

२०७२ पौष २० सोमबार, दिलिप खड्का, रुकुम। रुकुममा अत्याधिक रक्तश्रावबाट ज्यान जोखिममा परेकी एक महिलाको स्थानिय व्यक्तिहरुले रगत दान गरेपछि उनको ज्यान वच्न सफल भएको छ। खोलागाउ गाविस वडा नं. ६ कि २६ वर्षिय विर्मी डाँगीलाई स्थानिय चारजना व्यक्तिले ४ पिन्ट रगत दान गरेपछि उनको ज्यान बच्न सफल भएको हो।    रक्तदान गर्नेमा स्थानिय २६ वर्षिय शिक्षक राम वहादुर वली, २२ वर्षिय टेक वहादुर परियार, २१ वर्षिय खकेन्द्र वली र २० वर्षिय डण्डवीर के.सी. हुन। घरेलु उपचार अपनाईरहेको बेला छ ... बाँकी अंश»

महिलाहरु मानसिक रोगको शिकार बन्दै

२०७२ पौष १८ शनिबार, यादव आचार्य, बर्दिया। महिलाहरु मानसिक रोगीको शिकार वन्दै गैरहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । जीवनका सामान्य तनाव सहन गर्न नसकी मानसिक रुपमा अस्वस्थ हुने क्रम बढेसँगै महिला मानसिक रोगीको संख्या वढ्दै गएको हो । बर्दियामा हालसम्म ८३ जना महिला र २५ जना पुरुष गरी १ सय ८ जना विभिन्न मानसिक रोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख बृष बहादुर शाहीले वताए । उनले मानसिक रोगीको तथ्यांक मुल्यांकन गर्दा पुरुषको तुलनामा महिला ... बाँकी अंश»

अस्थायी साधनको प्रयोग किन घट्यो?

२०७२ पौष १८ शनिबार, गोपाल पोखरेल, उदयपुर। पछिल्लो समय जिल्लामा परिवार नियोजनका अस्थायी साधनको प्रयोग घट्दै गएको छ । गर्भपतनका औषधीको प्रयोग बढ्दै गएपछि परिवार नियोजनका साधनको प्रयोग घटेको हो।    गर्भपतनका औषधीको जथाभावी प्रयोगले पर्ने अप्ठ्यारोको जानकारी नहुँदा महिला जोखिममा समेत परेका छन्। जथाभावी प्रयोगले स्वास्थ्यमा पार्ने असरको ज्ञान नहुँदा महिलामा समस्या हुने गरेको छ। पछिल्लो पटक जिल्लाको खाँबु गाविस ८ नम्वर वडामा एउटी महिला र ५ , ७ र ९ नम्वर वडामा १/१ प ... बाँकी अंश»

रोल्पामा पूर्ण सरसफाइ अभियानको थालनी

२०७२ पौष १६ बिहिबार, रोल्पा । यही पुस ९ गते रोल्पा जिल्ला खुला दिसामुक्त घोषणा भए लगत्तै जिल्लामा पूर्ण सरसफाइको अभियान थालनी भएको छ ।  जिल्ला खुला दिसामुक्त घोषणा भएपछि सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधिहरु अगाडि बढाउनका लागि जिल्ला विकास समितिले बिभिन्न सूचकहरु मार्फत जिल्लामा पूर्ण सरसफाइको अभियान संचालन गर्न लागेको हो । एक घर एक चर्पी रोल्पाबासीको सान, पूर्ण सरसफाइयुक्त जिल्ला हाम्रो पहिचान भन्ने जिल्लाको सरसफाइको नारालाई सार्थकता दिन चर्पीको नियमित प्र ... बाँकी अंश»

चिसोबाट बच्न चिकित्सकको सल्लाह

२०७२ पौष १५ बुधबार, कल्पना पौडेल, काठमाडौँ । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पु¥याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।  तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उनका बुबा मनबहादुर रावलले बताए । यी केही उदाहरण मा ... बाँकी अंश»

पूर्ण खोप घोषणाको लहर बढ्दै

२०७२ पौष १४ मंगलबार, प्रेम रौले, बाजुरा । जिल्लामा पछिल्लो समयमा खुला दिसामुक्त क्षेत्र घोषणा गरेसंगै अहिले पूर्ण खोप गाविस घोषणा गर्नेको लहर चलेको छ । बाजुरा जिल्लाका बालबालिकाहरुको खोप नपाएर विभिन्न किसिमका रोगहरु लाग्ने भएकाले अहिले बाजुरामा भने पूर्ण खोप घोषणा गर्नका लागि प्रत्येक गाविस आ–आफ्नो गाविसका जन्मे देखि २३ महिनाका बालबालिकाहरुको खोप लगाउन छुटेकाहरुको खोजी गरी खोप केन्द्रमा गई खोप लगाउन सुझाव सल्लाह दिदै आएको कैलाशमाण्डौ स्वास्थ्य चौकीका सिअहेव चि ... बाँकी अंश»

बढी मूल्य नलिन औषधि व्यवसायीलाई सचेत

२०७२ पौष १४ मंगलबार, धुन्चे (रसुवा) । मानव जीवनसँग प्रत्यक्ष सरोकार रहेको औषधि बिक्री वितरणमा रसुवाका औषधि व्यवसायीले निर्धारितभन्दा बढी मूल्य लिनबाट सचेत गराइएको छ । औषधि व्यवस्था विभागबाट यहाँ आएको अनुगमन टोलीले औषधि पसलको निरीक्षण गर्दा केही पसलबाट तोकिएको मूल्यभन्दा बढीको नयाँ स्टिकर टाँसी औषधि बिक्री वितरण गरेको पाइएको हो ।    हिमाली क्षेत्र भएका कारण बढी मूल्य लिई औषधि बिक्री वितरण गर्ने व्यवसायीलाई तोकिएको मूल्यभन्दा बढी रकम नलिन पहिलो पटकलाई सचेत गरा ... बाँकी अंश»

ढाडको दुखाइबाट छुटकारा कसरी पाउने ?

२०७२ पौष १० शुक्रबार, स्वास्थ्य डेस्क। लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ  दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् ।   १.लसुन दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन-चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् ।  तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल  सेलाएपछी  दुखेको ठाउँमा  मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढ ... बाँकी अंश»

देश–विदेशका अनुभव साट्न रेटिना सम्मेलन

२०७२ पौष ६ सोमबार, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल अफ्थाल्मीक सोसाइटीले आँखाको पर्दासम्बन्धि जानकारी दिन सम्मेलन गरेको छ । समय नुपुग्दै जन्मेका बच्चामा हुने आँखाको पर्दामा देखिने रोग र मधुमेहले आँखाको पर्दामा देखिने समस्या सम्बन्धि विभिन्न जानकारी दिन, उपचारको नयाँ प्रविधि, समय सापेक्ष उपयोग गर्ने र यसलाई व्यवस्थित बनाउने सम्बन्धि प्रोटोकल निर्माण गर्ने उद्देश्यले एक दिने रेटिना सम्मेलन गरेको हो । सम्मेलनमा स्वदेशी तथा विदेशी विशषज्ञहरु, नेत्र विशे ... बाँकी अंश»

रातको समयमा के खादा फाइदा हुन्छ (टिप्स)

२०७२ पौष ५ आइतबार, स्वास्थ्य डेस्क। बदलिदो जिवनशैली र कामको अनिवार्यताले गर्दा आजभोली धेरै  मानिसहरु  राती अबेरसम्म  जागै बस्ने गरेको पाइन्छ। राती अबेरसम्म जागै बस्दा केही खानेकुरा खानु  स्वास्थ्यको लागि  नोक्सानदायक हुने गर्दछ। यदी तपाई  राती केहि खान चाहानुहुन्छ भने  यी पाँच स्वास्थ्यकर तथा तथा मिठो खानेकुरा खान सक्नुहुन्छ ।   १. पीनट बटर र ब्राउन ब्रेड यदी तँपाई रात्रिकालिन जागिर गर्नुहुन्छ भने  पीनट बटर र ब्राउन ब्रेड  डिनरको लागी टिफिन मा ... बाँकी अंश»

सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको बैठक सुरु

२०७२ पौष ३ शुक्रबार, काठमाडौँ । सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको दुईदिने बैठक आजदेखि यहाँ सुरु भएको छ । श्रीलङ्काबाहेक सार्कका अन्य सदस्य राष्ट्रको उपस्थिति रहेको बैठकमा आगामी कार्यक्रमको खाका तयार गर्ने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ । अफगानिस्तानको अध्यक्षतामा भइरहेको बैठकमा क्षयरोग र एचआइभी-एड्सविरुद्ध कार्यक्रम बनाई पारित गरिने केन्द्रले जनाएको छ । ... बाँकी अंश»

क्याडाभर डिसेक्सन कोर्ष सम्पन्न

२०७२ मङ्सिर २८ सोमबार, काठमाडौं । नेप्लिज सोसाइटी फर अकुलोप्लाष्टिक सर्जनस्, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल अफ्थाल्मीक सोसाइटीको संयूक्त आयोजनामा आँखाको प्लाष्टिक शल्यक्रियामा भएका नयाँ प्रविधिको बारेमा जानकारी दिन, त्यसलाई समय सापेक्ष उपयोग गर्ने र जनशक्तिको उत्पादनको उद्देश्यले मंसिर २६ र २७ गते २ दिने क्याडाभर डिसेक्सन र्कोष फर इन्डोस्कोपी डि सि आर (मृत शरिरमा शल्यक्रियाको अभ्यास गरिने कोर्ष) कार्यशालाको आयोजना गरियो । जसमा यस सम्बन्धि स्वदेशी तथा विदेशी विशषज ... बाँकी अंश»

नसर्ने रोगको उच्च जोखिममा इलाम

२०७२ मङ्सिर २७ आइतबार, इलाम । इलाम नसर्ने रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिल्लाका १२ गाविसमा गरेको अध्ययनको हालै तथ्याङ्क सार्वजनिक गर्दै मधुमेह, उच्च रक्तचाप, मोटोपन र कोलस्ट्रोल (रगतमा हुने चिल्लो पदार्थ) भएकाको सङ्ख्या उच्च रहेको पाइएको हो ।  दानाबारी, चुलाचुली, महमाई, लक्ष्मीपुर, सोयाङ, नामसालिङ, नयाँबजार, जोगमाई, जमुना, मावु, माइपोखरी र माइमझुवा गाविसका एक हजार ४०४ जनामा गरिएको अध्ययनअनुसार सुर्तीसेवन, अत्यधिक ... बाँकी अंश»

निःशुल्क स्वास्थ्य कार्यक्रमबाट गरिब झन् गरिब

२०७२ मङ्सिर २६ शनिबार, काठमाडौँ । सरकारको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले गरिबलाई झन् गरिब बनाइरहेको एक अध्यययनले पुष्टि गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २००८(विसं०६४। ६५) देखि जिल्ला तहसम्मका स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य सेवा तथा ७० प्रकारका औषधि समेत निःशुल्क रुपमा प्रदान गर्छ । हिमाल, पहाड र तराईका सात जिल्लाका २८ सरकारी स्वास्थ्य प्रदायक निकायमा गरिएको अध्ययनले सो कार्यक्रमबाट चार प्रतिशतसम्म गरिबी बढाइएको देखाएको छ । निःशुल् ... बाँकी अंश»

काठमाडौ उपत्यकामा ७ प्रतिसतको मृगौला फेल

२०७२ मङ्सिर २० आइतबार, काठमाडौ । काठमाडौ उपत्यकाका ७ प्रतिसत जनताको मृगौला फेल भएको पाईएको छ ।  नेपाल किड्नी फाउण्डेसन र अमेरिकाको ब्रिज अफ लाईफ नामक संस्थाले पाँच दिनसम्म राजधानीका तीन वटै जिल्लामा गरेको स्वास्थ्य परिक्षणमा त्यस्तो नतिजा आएको हो ।  सस्थाले काठमाडौ उपत्यकाका २३ सय ब्यक्तिको मृगौला परिक्षण गरेको थियो जसमा ७ प्रतिसतको मृगौला फेल भईसकेपनि उनीहरु अझै त्यस विषयमा अनभित्र रहेको पाईएको फाउण्डेसनका सस्थापक अध्यक्ष डा. शक्ति बस्नेतले आईतवार रिपोर्टर्स ... बाँकी अंश»

निजी क्लिनिकमा मनपरी शुल्क

२०७२ मङ्सिर १९ शनिबार, गाईघाट (उदयपुर) । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रलगायत कटारी तथा बेल्टार क्षेत्रका निजी क्लिनिकले बन्दको कारण देखाउँदै बिरामीबाट सामान्य उपचारमा पनि महँगो शुल्क लिन थालेका छन् ।  औषधिको अभाव भएको भन्दै सामान्य बिरामीको उपचारमा स्थानीय केही क्लिनिकले ज्यादै महँगो शुल्क लिएर बिरामी ठग्ने गरेको बिरामीका आफन्तको गुनासो छ ।  स्थानीय प्रशासन तथा सम्बन्धित निकायको अनुगमन नहुँदा अहिले कटारी क्षेत्रमा सबैभन्दा बढी निजी क्लिनिकमा बिरामी ठगि ... बाँकी अंश»

नयाँ