स्वास्थ्य

एचआईभी सङ्क्रमण र मृत्यु दर घट्यो

२०७२ मङ्सिर १५ मंगलबार, चितवन । एचआईभी सङ्क्रमितहरुले एआरटी नियमित प्रयोग गर्न थालेपछि सङ्क्रमण दर घटेको छ भने मर्नेको सङ्ख्यामा पनि कमी आएको छ । जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा रहेको एआरटी केन्द्रका संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१४ को नोभेम्बर मसान्त सम्ममा ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत वर्षको नोभेम्बर मसान्तसम्ममा यो सङ्ख्या ९० रहेको थियो । त्यसैगरी यस वर्ष एचआईभी सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ । गत वर्ष सङ्क्रमणका कारण १५ जनाको मृत ... बाँकी अंश»

अतिरिक्त सेवा सुविधाको माग राख्दै डाक्टरहरु आन्दोलित,ओपिडी सेवा बन्द गरी खुला चउरमै उपचार गर्दै

२०७२ मङ्सिर १४ सोमबार, ईश्वर दत्त बडू। कञ्चनपुर । अतिरिक्त सेवा सुविधाको माग राख्दै आइतबार देखि अनिश्चितकालका लागि  बहिरङ्ग सेवा बन्द गरेर आन्दोलनमा उत्रेका महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले सोमबारदेखि बाहिरै बसेर बिरामीको उपचार गरिरहेका छन् । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालका चार जना डाक्टरहरुले अतिरिक्त भत्ता लगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै अनिश्चितकालका लागि आईतवार देखि बहिरङ्ग सेवा ठप्प पारेका थिए । मेडिकल अधिकृत डा.महेश शाह, निलम शाह, ... बाँकी अंश»

भत्ताको माग राख्दै चिकित्सक आन्दोलनमा

२०७२ मङ्सिर १३ आइतबार, बेलौरी (कञ्चनपुर) । महाकाली अञ्चल अस्पतालका चिकित्सक भत्ताको माग राख्दै आन्दोलनमा उत्रेका छन् । अञ्चल अस्पतालका चार चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै आजदेखि अनिश्चितकालका लागि बहिरङ्ग सेवा ठप्प पारेका छन् । गत वैशाखदेखि अतिरिक्त भत्ता नपाएका कारण पटक पटक सम्बन्धित निकायमा माग राखे पनि मागप्रति बेवास्ता गरिएका कारण बाध्य भएर बहिरङ्ग सेवा बन्द गरिएको मेडिकल अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो । ... बाँकी अंश»

कहिले पाउँछन् जाजरकोटवासीले प्रभावकारी उपचार सेवा ?

२०७२ मङ्सिर ११ शुक्रबार, हेमन्त केसी। जाजरकोट । यहाँको खगेनकोट–५ की हैकली खत्रीको गत कात्तिक ५ गते अकालमा मृत्यु भयो । उहाँलाई अस्पतालमा लैजानुको साटो धामी र झाँक्रीको भरमा पर्दा ज्यान गएको स्थानीयवासी शिक्षक नेत्र केसीले बताउनुभयो । करिब तीन महिनाअघिदेखि पेट दुख्ने समस्याबाट पीडित हैकलीको मृत्यु हुनुभन्दा आठ दिनअघि मात्र रुकुमको आठबिसकोट राडीस्थित मेडिकलमा लगिएको थियो । मेडिकलमा लगे पनि त्यहाँ उपचार हुन नसकी बाहिर लैजान स्वास्थ्यकर्मीले आग्रह गरेपछि हैकलीलाई नेप ... बाँकी अंश»

अत्यावश्यकिय औषधि अभाव

२०७२ मङ्सिर ९ बुधबार, रुपन्देही । भारतीय नाकाबन्दी र तराई–मधेस आनदोलनका कारण औषधिको आयात ठप्प भएपछि रुपन्देहीलगायत यस क्षेत्रका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यकिय औषधिको चरम अभाव सिर्जना भएको छ । बन्दले जिल्लामा ‘लाइफ सेभिङ इन्जेक्सन’को पूर्णरुपमा अभाव रहेको अस्पताल र औषधि व्यवसायी सङ्घले जनाएको छ ।    त्यसमध्ये मुटुसम्बन्धी, आइसियु तथा इमर्जेन्सीका लागि प्रयोग हुने एट्रोपिन, टोपामिन, विजेक्सिन, धेरापालिन, लोराजिपामलगायतका २० भन्दा बढी प्रकारका औ ... बाँकी अंश»

रगत सङ्कलन र आपूर्तिमा समस्या छैन–रेडक्रस

२०७२ मङ्सिर ९ बुधबार, काठमाडौँ  । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाले हाल नेपालमा रगत सङ्कलन र आपूर्तिमा कुनै समस्या नभएको जनाएको छ ।  केन्द्रले दैनिक २०० युनिट रगत सङ्कलन गरिरहेको र त्यति नै मात्रामा बिरामीलाई रगतको आपूर्ति गरिरहेको छ ।  ललितपुर, भक्तपुरसहित देशका विभिन्न ६७ जिल्लामा रहेका १०० रक्त सङ्कलन केन्द्रबाट रगत सङ्कलन गर्दै आएको छ । यता सरकारीस्तरबाट त्रिवि शिक्षण अस्पताल तथा वीर अस्पतालबाट भने आफ्नातर्फबाट छुट्टै रगतको सङ्कलन हुन्छ ... बाँकी अंश»

नर्भिक सबैभन्दा बढी कर तिर्ने हस्पिटल

२०७२ मङ्सिर ७ सोमबार, काठमाडौं । नेपालभर सञ्चालित निजी क्षेत्रका हस्पिटलहरूमध्ये नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज (प्रा.) लि. आ.ब. २०७०÷०७१ मा सबैभन्दा बढी कर तिरी कीर्तिमान कायम राखेको छ । गत मङ्सीर १ गते विशेष समारोहका बीच अर्थमन्त्री विष्णु पौडेलले नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरीलाई सम्मान गर्दै सबैभन्दा बढी कर तिरी उत्कृष्ट करदाता भएको प्रमाण–पत्र समेत प्रदान गरेका थिए । नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरीक राजश्व विभाग, ठूला करदाता सेवा कार्याल ... बाँकी अंश»

उदयपुरका गाउँमा सिटामोल नै छैन

२०७२ मङ्सिर ३ बिहिबार, हरिकुमार राई, उदयपुर । भारतले केही महिनाअघि देखि गरेको सीमा नाका बन्दका कारण औषधि आयात हुन नसक्दा उदयपुर जिल्लाका ग्रामीण भेकका स्वास्थ्य चौकीमा जीवनजल र सिटामोलजस्ता औषधिको समेत अभाव भएको छ ।  जिल्लाको ग्रामीण भेगका स्वास्थ्य चौकीमा सामान्य जीवनजल तथा सिटामोलजस्ता औषधिसमेत सकिएपछि अहिले स्थानीय जनता पखाला लाग्दासमेत उपचारका लागि जिल्लाबाहिर जान बाध्य हुनु परेको स्थानीय जनताको गुनासो छ ।  जिल्ला अस्पतालमा समेत सामान्य औषधिको भण्डारण ... बाँकी अंश»

शिशुको ज्यान गएपछि मेची अञ्चल अस्पताल घेराउ

२०७२ कार्तिक २९ आइतबार, भद्रपुर । मेची अञ्चल अस्पतालका चिकित्सकले बिरामीको उपचारमा बेवास्ता गर्दा ज्यान गएको भन्दै पृथ्वीनगरका युवाले आइतबार अञ्चल अस्पताल घेराउ गरेका छन् । हिजो दिउँसो सामान्य बिरामी भएर अस्पताल भर्ना गराइएका पृथ्वीनगर–६ सोमबारेका हर्क थेवेकी ४५ दिनकी छोरीको उपचारका क्रममा गएराति मृत्यु भएको थियो ।  शरीरमा अक्सिजनको मात्रा कम भएर अस्वस्थ बनेकी ती शिशुलाई सामान्य अवस्थामा अस्पताल ल्याई पु¥याइए पनि आकस्मिक कक्षमा रहेका स्वास्थ्यकर्मीले समयम ... बाँकी अंश»

महोत्तरी जिल्ला अस्पतालमा तालबन्दी

२०७२ कार्तिक २८ शनिबार, गौशाला । उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वरका स्थानीयवासीले जिल्ला अस्पताल जलेश्वर, महोत्तरीमा तालाबन्दी गरेका छन् । शुक्रबार साँझ गरिएको सो तालाबन्दीका कारण अस्पतालका अन्तरंग र बहिरंग सेवा लिने बिरामीहरु समस्यामा परेका छन् । आफ्नो पाँच दिनको भतिजोको जिउबाट परीक्षणका लागि रगत निकाल्न नसकेको र उपचारमा लापर्बाही गरेको भन्दै जलेश्वर–६ बस्ने मनोजकुमार नायकले अस्पतालको प्रयोगशालामा तालाबन्दी गरेका हुन् । विगत पाँच दिनदेखि नवजात शिशुको ... बाँकी अंश»

इन्धन अभावमा भक्तपुरका अस्पतालको सेवा प्रभावित

२०७२ कार्तिक १९ बिहिबार, भक्तपुर। इन्धन अभावले जिल्लाका अस्पतालको सेवा प्रभावित बनेको छ भने रगत अभाव चुलिएको छ । भक्तपुरका सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पताल, मिर्गौला प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताललगायतका सेवा प्रभावित भएको छ ।  मिर्गौला प्रत्यारोपण केन्द्रका कन्सल्ट्यान्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठका अनुसार इन्धन अभावले अस्पतालको सेवा सञ्चालनमा नराम्रोसँग प्रभावित भएको बताईन् । उनले इन्धन अभावकै कारण चिकित्सक समयमा आउन नसक्ने, ... बाँकी अंश»

बन्दले स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामीलाई सास्ती

२०७२ असोज २३ शनिबार, म्याग्दी । म्याग्दीका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । बेनीस्थित जिल्ला अस्पताल र ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव हुन थालेको हो । जिंक चक्की, एन्टासीड, गज ब्याडेज, सर्जिकल ग्लोब, एमोक्सिसिलिन, हायासिन ट्याब्लेट र आँखा रोगसम्बन्धी औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । टेण्डर गर्न ढिलाइ हुनु र बन्दका कारण स्वास्थ्य मन्त्रालयअन्तर्गतको केन्द्रीय र क्षेत्रीय मेडिकल स्टोरबाट ढुवानी हुन नसक्दा जिल ... बाँकी अंश»

ग्रेन्ट प्यारेण्ट र भ्याक्सीन उत्पादन गर्ने उद्योग सङ्कटमा

२०७२ असोज २० बुधबार, बनेपा। इन्धन अभावले काभ्रेपलाञ्चोकमा स्थापना भएको ब्रोइलर कुखुराको माउ उत्पादन गर्ने ग्रेन्ट प्यारेण्ट उद्योग र कुखुराको भ्याक्सीन उत्पादन गर्ने उद्योग सङ्कटमा परेका छन् ।   पाँच बर्षअघि पाँचखाल नगरपालिकाको देवभूमि बालुवामा स्थापना भएको ग्रेन्ट प्यारेण्ट उद्योग र जिल्लाको उग्रचण्डीनालामा स्थापना भएको भ्याक्सीन उत्पादन गर्ने उद्योगमा आवश्यक कच्चा पदार्थको आपूर्ति हुन नसक्दा उद्योग सङ्कटमा परेको हो ।   पोल्ट्री व्यवसायी मञ्च काभ् ... बाँकी अंश»

पाँचथर अस्पतालमा विरामीको चाप बढ्यो

२०७२ असोज २० बुधबार, जितेन्द्र भण्डारी, पाँचथर । मौसम परिवर्तन सँगै जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । रुखाखोकी,ज्वरो,टाइफाइड लगायत भाइरल रोगको विरामीको चाप वढेको अस्प्ताल प्रशासनले जनाएको छ । अहिले दैनिक ७० देखि ८० जनाको हाराहारीमा विरामी आउने गरेको अस्पतालका डा।ओमप्रकाश यादवले जानकारी दिए । विरामीको चाप वढेपछि अहिले भुईमा राखेर समेत उपचार गराइराखिएको उनले बताए । १५ शैयाको यस अस्पताल भएकोले विरामीको चाप वढेपछि भुइमा राखेर समेत विरामीको उपचार गराउन वाध् ... बाँकी अंश»

Total:1174

नयाँ