स्वास्थ्य

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

२०७६ चैत १३ बिहिबार, चितवन। घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको ... बाँकी अंश»

सन्तोषको मृत्यु कोरोनाबाट नभएको पाइयो, आठ जनाको रिपोर्ट नेगेटिभ

२०७६ चैत १२ बुधबार, चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । ... बाँकी अंश»

१७ स–साना कुरामा ध्यान दिऔं जसले कोरोना संक्रमण रोक्न सक्छन् – डा रवीन्द्र पाण्डे

२०७६ चैत ११ मंगलबार, बाहिरका सबै सामान र सबै व्यक्तिलाई शंका गरौँ । घरभित्र आउँदा आफुलाई शंका गरौँ ।  ... बाँकी अंश»

कुन रोग हो जसले लियो दुई नाबालकको ज्यान 

२०७६ चैत ७ शुक्रबार, यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । ... बाँकी अंश»

५ बर्षको छोरो सुम्सुमाउदै भनिन्, 'हजुरलाई जसरी पनि निको बनाउँछौ'

२०७६ चैत ४ मंगलबार, काठमाडौं। झापाको दमक नगरपालिका-५ का आशिष खनालको उपचारमा सहयोग गरिदन परिवारले आग्रह गरेका छन्। केही बर्ष अघि उनको परिवार इलामको मंगलबारेबाट झापाको दमक झरेका हुन्। सानै उमेरमा आठ बर्ष अघि नै मृगौलमा ठुलो समस्या आएपछि आफ्नै आमाले मृगौला दान गरेर छोरोलाई पुर्नजीवन दिएकी थिइन्। सामान्य परिवारका उनीहरुले भएभरको सम्पति खर्च गरे र आशिषलाई निको बनाए। ... बाँकी अंश»

'मुख नियमित दुईपटक नधोए ६ सय प्रकारका ब्याकटेरिया'

२०७६ चैत ४ मंगलबार, उनले भने,‘मुख नियमित दुईपटक नधोए ६ सय प्रकारको ब्याकटेरियाले मुखमा घर बनाउने गर्दछ ।’ उनले दाँत माँझ्न ध्यान दिईएन भने ६ सय प्रकारका ब्याक्टेरियाले क्यान्सर, ग्याष्ट्रिक, दाँत दुखाई, दाँतबाट रगत आउने, मुख गन्हाउनेजस्ता रोग निम्त्याउने पनि औंल्याए । ... बाँकी अंश»

कोरोना धपाउन टास्कफोर्स गठन

२०७६ चैत ४ मंगलबार, विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । ... बाँकी अंश»

कोरोना जस्ता रोगबाट बच्न सिकाउँदै डाक्टर

२०७६ चैत ४ मंगलबार, बिद्यार्थीलाई कोरोना भाइरस लगायतका अन्य सरुवा रोगबाट बच्न सिकाउँदै क्षेत्रीय प्रहरी अस्पताल दिपायलकी डा बबिता गजमेर ... बाँकी अंश»

नङ काटेपछि बिरामी पुर्जा

२०७६ चैत ४ मंगलबार, स्वास्थ्य चौकीले बिरामी स्वस्थ होस् भन्ने उद्देश्यले नङ काटेपछि मात्र बिरामी पुर्जा दिने गरेको छ । ... बाँकी अंश»

गोदावरीमा धमाधम बाढ्न थालियो चना र अण्डा

२०७६ चैत ३ सोमबार, अण्डा लिँदै उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका महिलाका लागि वडाले प्रभावकारी काम गरिरहेको छ । यस्तो राम्रो कार्यक्रम आजभन्दा पहिले मैले कहीँकतै र कहिलै पनि सुनेको थिइन् ।” वडाले पहिलो पटक गर्भवती महिला र सुत्केरीको स्वास्थ्यलाई ध्यानमा राखी यस कार्यक्रम अघि बढाएको हो । ... बाँकी अंश»

मिर्गौला पीडित किशोरीद्वारा जीवन रक्षा गरिदिन आग्रह

२०७६ चैत ३ सोमबार, पोखरा। जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक निवासी  मिर्गौला रोगबाट पीडित एक किशोरीले आफ्नो जीवन बचाइदिन याचना गरेकि छिन । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि १९ वर्षीया किशोरी सुस्मिता परियारले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेकी हुन् । ... बाँकी अंश»

समायोजनमा परेका वीरका कर्मचारीहरु नक्कली बिरामी बनेर भत्ताको लोभमा अस्पताल छोड्न मान्दैनन्

२०७६ चैत २ आइतबार, काठमाडौं। कोरोनाको त्रास फैलिरहेको अबस्थामा समेत समायोजनमा परेका तीन दर्जन स्वास्थ्य र प्रशासनका कर्मचारी बिरामी भएको बहाना बनाएर रमना नलिइ वीर अस्पताल नै हाजिर भइरहेका छन्। स्वास्थ्य कर्मचारी अभाव हुन नदिन बिदामा नबस्न सरकारले भने पनि लामो समय देखि (२०७५ साल) देखि नै बिरामी भएको झुटो बिवरण देखाएर राजनैतिक दवावमा वीर अस्पतालमा नै बसिरहेको एक कर्मचारीले बताए। ... बाँकी अंश»

अब बसभित्रै रक्तदान !

२०७६ चैत २ आइतबार, कास्की। अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो ।  ... बाँकी अंश»

काभ्रेका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

२०७६ चैत २ आइतबार, काभ्रेपलाञ्चोक। दादुरा–रुवेला खोप अभियानअन्तर्गत यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका  करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले शनिबार धुलिखेल नगरपालिकास्थित २८ किलोमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गरे। ... बाँकी अंश»

ललितपुरका ५० हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइँदै

२०७६ चैत २ आइतबार, ललितपुर। ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा –रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका  प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा  शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिनुभयो ।  ... बाँकी अंश»

स्वास्थ्य प्रतिष्ठानसँग नै छैन एम्बुलेन्स सेवा

२०७६ चैत २ आइतबार, तुलसीपुर। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ ।  एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्ष भन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन ।   ... बाँकी अंश»

नवलपुरमा पनि सतर्कता अपनाईदै : दुम्कौलीमा पनि आईसोलेसन वार्ड

२०७६ चैत १ शनिबार, नवलपुर। कोरोना भाईरस (कोभिड१९) को संक्रमणबाट बच्नका लागी नवलपुरका स्वास्थ्य संस्थाहरूमा पनि तयारी सुरु गरिएको छ। हिजो मात्रै जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा आईसोलेसन वार्डको स्थापन गरिएको थियो भने आज नवलपुरकै देवचुलीमा रहेको दुम्कौली  प्राथमिक स्वास्थ्य केन्द्रमा ३ वटा बेड सहितको आईसोलेसन वार्डको स्थापना गरिएको छ। ... बाँकी अंश»

नर्सिङ घुस प्रकरण : बराल दोषी भए मुद्दा, रोकायलाई कारबाहीको माग

२०७६ फाल्गुण ३० शुक्रबार, यो प्रकरणमा जीता बरालको नाममा नक्कली फेशबुक आईडी बनाएर यस्तो प्रपञ्च रच्ने पास्कल रोकाया नामका व्यक्तिले धेरै अघिदेखि ठगी गर्दै आएकोसमेत शाहीले खुलासा गरे । ‘प्रहरीले तत्कालै उनलाई कारवाही नगरे हामी आफ्ै ठगी गर्ने व्यक्ति रोकायालाई समातेर प्रहरीसमक्ष लैजान्छौं ।’–शाहीको उद्घोष थियो । ... बाँकी अंश»

भाडाको भवनमा स्वास्थ्य संस्था

२०७६ फाल्गुण ३० शुक्रबार, तुलसीपुर। दाङका २९ स्वास्थ्य संस्था भाडाको भवनबाट सेवा प्रवाह गर्न बाध्य छन् । तुलसीपुर उपमहानगरपालिकाका सात, शान्तिनगर गाउँपालिकाका तीन, राजपुर गाउँपालिकाका  पाँच, दङ्गीशरण गाउँपालिकाका चार, बगलाचुली गाउँपालिकाका दुई, घोराही उपहानगरपालिकाका दुई, लमही नगरपालिकाका दुई स्वास्थ्य संस्था भाडाको भवनमा सञ्चालित छन्। ... बाँकी अंश»

नक्कली चिकित्सक पक्राउ

२०७६ फाल्गुण ३० शुक्रबार, सुर्खेत। अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो। ... बाँकी अंश»

नयाँ