स्वास्थ्य

किड्नी पीडित बालक टासी लामाको उपचारमा सहयोगको अपिल

२०७३ बैशाख २६ आइतबार, काठमाडौं । बारा निजगढ नगरपालिका–७ औतारटोल स्थाई घर भएका ६ वर्षीय टासी लामाको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । सहयोग गर्न अपिल गरिएको छ । किडुनीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचार गराईरहेका नवराज लामाका ६ वर्षीय छोरा उनको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरिएको हो । उनको स्वस्थ्य स्थिती सुधारोन्मुख भएको भएपनि उपचारको लागि थप सहयोग पर्ने भएकोले सहयोगको अपिल गरिएको पीडितका बुवा लामाले जानकारी दिए । उप ... बाँकी अंश»

चावहिलमा नयाँ आँखा उपचार केन्द्रको शुभारम्भ

२०७३ बैशाख २६ आइतबार, काठमाडौ। दृश्टी आई केयर सिस्टम ग्रुपका डाक्टरहरुको समूहले चावहिलमा नयाँ आँखा उपचार केन्द्र स्थापना गरेको छ। आँखा डाक्टरहरुको एक समूहले आँखाको उपचारमा गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्यले संचालनमा ल्याएका हुन्। यो समूहले यस अघि बिभिन्न ठाँउमा समेत आँखा अस्पताल र उपचार केन्द्रहरु खोल्दै आएका छन्।    चावहिलमा रहेको चावहिल आई केयर सेन्टरमा आँखाको चेकअप, अल्छी आँखाको परिक्षण तथा कन्ट्याक लेन्ससग सम्बन्धीत सबै उपचार हुने दृश्टी आई केयर सिस्ट ... बाँकी अंश»

यौन क्षमता तुरुन्तै बढाउन दालचीनी र जैतुनको तेल

२०७३ बैशाख २४ शुक्रबार, एजेन्सी । शीध्रपतनले धेरैको दाम्पत्य जिवनमा दरार ल्याउका साथै सम्भोगको चरम सुखबाट  बन्चित गर्दछ । बजारमा शिध्रपतन हटाउने बिभिन्न औषधिहरु पाइन्छ तर मुल्य र प्रयोगले पनि यो समस्या हटाउन सहज हुदैन । यस अवस्थामा तपाई सहजै पाइने दालचिनि र जैतुन(ओलिभ) को तेल प्रयोग गर्न सक्नुहुनेछ । यसको प्रयोगले शीध्रपतनबाट छुटकारा पाउनका साथै तपाई चरम यौन सन्तुष्टि लिन सक्नुहुनेछ ।    प्रयोग गर्ने तरिका     १० ग्राम दालचीनीको तेल र ३० ग्राम जैतुनको तेलला ... बाँकी अंश»

इलाममा मुटुरोग सम्वन्धि शिविर हुने

२०७३ बैशाख २२ बुधबार, इलाम ।  इलाममा आगामी २५ गते शनिवार मुटुरोग सम्वन्धि निशुल्क शिविर सञ्चालन हुने भएको छ । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लाष्ट सेन्टरको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल इलामको ब्यवस्थापन तथा करुणा फउण्डेशन इलामको सहयोगमा शिविरमा मुटुरोग बिशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा १२ जना चिकित्सकको टोलीले चेक जाँच गर्ने जनाइएको छ ।   शिविरमा उपस्थित भएकाहरुलाई इसिजी तथा इको (मुटुको भिडियो एक्स्रे) र आवश्यक औषधि समेत निश ... बाँकी अंश»

बिरामीलाई जनावर जस्तै बोकिन्छ डोटी अस्पतालमा

२०७३ बैशाख २१ मंगलबार, डोटी। कुनै अस्पतालमा बिरामीलाई पनि जनावर बोकेजस्तै बोकिन्छ भन्दा पत्याउन गाह्रो हुन्छ, तर यस्तै देख्न पाइन्छ डोटी जिल्ला अस्पतालमा।   स्टेचर पनि छ, ह्विलचेयर पनि छ तर बिरामीलाई आकस्मिक कक्षबाट दुईजना लागेर हातखुट्टा समाती लग्दै गर्दा आकस्मिक कक्षमा डयुटीमा रहेका स्वास्थ्यकर्मी रमिते बन्ने गर्दछन्। उनीहरुलाई यति पनि थाहा छैन, कुनै पनि बिरामीलाई ह्विल चेयर र स्टेचर किन चाहिन्छ भनेर।   हिँड्न नसक्ने अवस्थामा पिठ्युँमा बोकेर करिब ५० किलोम ... बाँकी अंश»

बाजुरामा विरामीको चाप बढ्यो, रगत अभाव, उपचारमा समस्या

२०७३ बैशाख २० सोमबार,  बाजुरा । जिल्लामा गर्मी बढेसंगै विरामीको चाप बढ्दै गएको छ । पानी नपर्दा जिल्लाका अधिकांश स्थानीय विभिन्न खालका संक्रमणको जोखिममा परेका छन् । संक्रमण जन्य रोगहरु बढेसंग स्वास्थ्य संस्था र जिल्ला अस्पतालमा विरामीको चाप बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको उपचारमा खटिएका सिनियर अहेव टेक बहादुर खड्काले जानकारी दिए ।     उनका अनुसार जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा दैनिक ६० देखि १ सय जनाको हाराहारीमा विरामी आउने गरेका छन् । गर्मी ... बाँकी अंश»

कुकुरलाई चुम्बन गर्नु हुन्छ सावधान ! प्राण पनि जान सक्छ

२०७३ बैशाख १७ शुक्रबार, एजेन्सी । तपाईले घरमा कुकुर  पाल्नु भएको छ ? कुकरलाई तपाई मायाँ गरेर चुम्बन गर्नुहुन्छ ? सावधान हुनुहोस् । कुकुरको  मुखमा किस गर्नाले तपाई गंभीर प्रकारको रोगको शिकार बन्नसक्नु हुन्छ  । तपाईको वफदार साथीको कारण तपाईको मृत्यु समेत हुन सक्छ।   हालै गरिएको एक शोधमा पाल्तू कुकुरलाई किस गर्दा त्यसको मुखमा हुने हानिकारक ब्याक्टेरिया तपाईको मुखमा सर्न गरेको पाइएको छ । यसबाट मुखमा खतरनाक रोग लाग्न सक्छ । कुकुरको मुखको खतरनाक ब्याक्टेरियाको  कारण ... बाँकी अंश»

यो जिल्लामा किशोर–किशोरी यौनका कुरा गर्न लजाउदैनन्

२०७३ बैशाख १७ शुक्रबार, सितलपाटी (सिन्धुली)। सिन्धुली सितलपाटीका किशोर–किशोरी निर्धक्क यौनका कुरा गर्न लजाउँदैनन्। सितलपाटी स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्।   स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को सहकार्यमा सितल ... बाँकी अंश»

नवजात शिशुको मृत्युदर घटाउने तालिम

२०७३ बैशाख १७ शुक्रबार, स्याङ्जा। जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले नवजात शिशुको मृत्यूदर घटाउने उदेश्यले जिल्ला स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरेको छ। ५ बर्षका वालवालिकाको तुलनामा नवजात शिशुको मृत्युदर अझै सम्म घट्न नसकेकाले CB-IMNCi क्लिनिकल तालिम दिइएको हो।   जिल्लाको ग्रामिण क्षेत्रमा रहेर सेवा प्रवाह गर्दै आएका स्वास्थ्यकर्मीहरुलाई समयमै पहिचान र उपचार गर्न सजिलो होस भन्ने उदेश्यले समुदायमा आधारीत नवजात शिशु तथा वालरोग एकिकृत व्यवस्थापन तालिम उपलव् ... बाँकी अंश»

जापनिज इन्सेप्लाइटिस खोप अभियान रोल्पामा पनि

२०७३ बैशाख १६ बिहिबार, रोल्पा। यही बैशाख २६ गतेबाट देशका विभिन्न ४७ वटा जिल्लामा संचालन हुन लागेको जापनिज इन्सेप्लाइटिस् खोप अभियान रोल्पा जिल्लामा पनि संचालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाको छ । जस अनतर्गत १ वर्षदेखि  ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई खोप दिइने नेपाल सरकारको लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा. उमाशंकरप्रसाद चौधरीले जानकारी दिए ।   २ चरणमा संचालन हुन लागेको खोप अभियान पहिलो चरणमा बैशाख २६ गतेदेखि जेठ ३ ... बाँकी अंश»

मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नु भएको छ ?

२०७३ बैशाख १६ बिहिबार, काठमाडौँ। के तपाईंले खानका लागि ठिक्क पारेको मासु, दूध तथा अन्डा खान योग्य छ कि छैन, कहिल्यै सोच्नु भएको छ ? यदि छैन भने होस्गर्नुस् त्यस्तो खानेकुराले तपाँई बिरामी पनि हुन सक्नुहुन्छ। चिकित्सकका अनुसार बिरामी भएका पशुपन्छीको उपचार गरेर स्वस्थ भएपछि मात्र ती वस्तुको मासु, अन्डा वा दूध खानका लागि प्रयोग गर्नुपर्छ। पशु विकास विभाग, केन्द्रीय पशु चिकित्सालयका अनुसार पशु बिरामी भएमा सर्वप्रथम त्यसको उपचार गर्नुपर्छ। उपचार गरेको पशुपन्छीमा प्रयोग भएक ... बाँकी अंश»

१५ दिनमै मोटोपना घटाउन के गर्ने ?

२०७३ बैशाख १५ बुधबार, एजेन्सी ।  कुनै पनि मानिसलाई मोटोपनको सिकार हुन मन हुदैन । मोटोपनाले शरीरमा बिरामीको समस्या त ल्याउछ नै व्यक्तित्व पनि खराब   बनाउदछ । तौल कम गर्नको लागि मानिसहरु अनेक प्रकारको उपाय अपनाउँछन् ।  यद्यपि गर्मी सिजनमा तौल घटाउन सजिलो हुन्छ भन्ने कुरा थोरैलाई मात्र थाहा छ । त्यसैले यस सिजनमा तौल कम गर्न बढी प्रयास गर्नुहोस् ।   १. बढी भन्दा बढी पानी पिउनुहोस् - तौल कम गर्न  पानीको मात्रा बढाउदा निकै सहज हुन्छ । जसले शरीरमा एनर्जी जिवित राख्दछ । शर ... बाँकी अंश»

मृगौला पीडीतलाई १ लाख २० हजार सहयोग

२०७३ बैशाख १४ मंगलबार, काठमाडौं। “मनोरन्जन परोपकार र लगानीको क्षेत्र पहीचान, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको अभियान“ नारा बोकेर बिभिन्न रचनात्मक  र समाजसेवाका कृयाकलाप गर्दै आईरहेको नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले मृगौला रोगबाट पीडीत लमजुङ जिल्ला निवासी बर्ष १९ का दिनेश गुरुङलाई १ लाख २० हजार रुपैया सहयोग गरेको छ। अप्रील महिनामा नमस्ते नेपालको पहलमा सदभावना भ्रमणमा सहभागी इजरायल बासी नेपाली दाजुभाई दिदिवहीनीहरुबाट संकलीत ६७ हजार र तमु समाज इजरा ... बाँकी अंश»

मधुमेहका बिरामीले यसरी खाने करेला !

२०७३ बैशाख १३ सोमबार, एजेन्सी । मधुमेहका बिरामिलाई औषधीनै हो  करेला  । मधुमेह हुनेलाई करेलाको सब्जी जुस र विशेष गरेर धुलो धेरै प्रभावकारी हुन्छ । करेला अग्नाशायलाई उत्तेजित पारेर इन्सुलिनको स्त्रावलाई बढाउछ । करेलामा प्रयाप्त मात्रामा इन्सुलिन पाइन्छ । सो इन्सुलिन पिसाब र रगत दुबैलाई नियन्त्रणमा राख्ने गर्दछ । हेरौ मधुमेहमा करेलाको प्रयोग कसरी गरेर डाइविटिजबाट राहात पाउन सकिन्छ ।      करेलाको जुस  पहिले ४ वटा करेलालाई लिनुहोस् । सो करेलालाई  नतासिकन ति ... बाँकी अंश»

रुघाखोकीबाट चारको मृत्यु

२०७३ बैशाख १२ आइतबार, हुम्ला । सदरमुकामदेखि उत्तरी भेग पर्ने स्याडा गाविसमा औषधि प्राप्त नभएर रुघा, खोकी, ज्वरो र कपाल दुख्ने रोगबाट शनिबार चार जनाको मृत्यु भएको छ ।    स्थानीय बासिन्दा कलपुन बुढाले मृत्यु हुनेमा लालमती बुढा, भोटी रोकाया, भद्रवीर बुढा र ढोली बुढा रहेको जानकारी दिए ।    यसैगरी यहाँ गर्मीले करिब सय जना बिरामी भएको स्थानीय बासिन्दाले लोकेन्द्र रोकायाले बताए । यस्तै जुमा, झोपा र घोडा गरी आठ जनावर मरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा भने कर्मचारी ... बाँकी अंश»

‘नेपालको गुणस्तरीय स्वास्थ्य सेवाले भारत जाने पैसा रोक्न सकिन्छ’

२०७३ बैशाख १० शुक्रबार, काठमाडौं। हाम्रो स्वास्थ्य सेवा क्षेत्रले गुणस्तरमा विश्वासिलो काम गर्न नसकेकाले नै नेपालका बिरामीहरु भारत वा अन्य देश जाने गरेका छन्। हाम्रो क्षेत्रले आँखा खोल्ने बेला भैसकेको छ। गुणस्तरमा ध्यान दिन अब अबेला गर्न हुन्न।  नत्र जसरी हाम्रो स्वास्थ्य क्षेत्रमा देखिएको बिकृतीले जरा गाड्दै गएको छ यस्तो समय पनि आउन सक्छ जुन जरा उखेल्न नसक्ने स्थितीमा पुग्ने छौं।    भारतको बेंगलोरमा गुणस्तर प्रमाण पत्र (ISO) प्राप्त अस्पताल एवं प्याथोलोजी प्र ... बाँकी अंश»

नियम विपरीतका चिकित्सालयको दर्ता खारेज गरिने

२०७३ बैशाख ६ सोमबार, काठमाडौँ । सरकारले निर्धारण गरेको मापदण्ड विपरीत सञ्चालन भएका आयुर्वेद चिकित्सालयको दर्ता खारेज गरिने छ । आयुर्वेद विभागमा दर्ता नभएका, जथाभावी विज्ञापन गरी भ्रम सिर्जना गरेका र पूर्वाधार नभएका उपचार केन्द्रलाई कारबाही गर्न लागिएको हो ।    कपाल झर्न रोक्ने, अर्बुद रोग निको पार्ने भन्ने जस्ता मिथ्या प्रचार गरी सेवाग्राहीलाई ठग्दैआएका उपचार केन्द्रको विभागले अनुगमन र नियमन गरिरहेको विभागका महानिर्देशक डा टेकराज पन्थीले जानकारी दिए । विभा ... बाँकी अंश»

मुटुरोगीको गाउँमा नै उपचार

२०७३ बैशाख ४ शनिबार, पाल्पा। मनमोहन कार्डियो सेन्टरका शल्यक्रिया विभागका प्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालासँग मुटुरोग सम्बन्धी परीक्षण गराउन पाउँदा यहाँका बिरामी खुसी भएका छन् ।    दर्लमडाँडा गाविसस्थित दर्लम उमाविमा डा कोइरालासँग मुटुसम्बन्धी स्वास्थ्य परीक्षण गर्न पाएकोमा पाल्पा बराङदी–८ का मुटुरोगी गोविन्द बस्याल निकै खुसी मुद्रामा छन् । मुटुको उपचारका लागि सधैँ काठमाडौँ जानुपर्ने बाध्यतामा रहेका मुटुरोगीले ग्रामीण क्षेत्रमा नै म ... बाँकी अंश»

‘दाँतको बेवास्ता घातक हुनसक्छ’

२०७३ बैशाख ३ शुक्रबार, काठमाडौँ । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ । जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । रुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ ।    सामान्य रुपमा यदि तपाईको दाँत दुखेको छ भने अब हे ... बाँकी अंश»

मेडिकल निर्देशिकाको धज्जी उडाउदै निजी स्वास्थ्य संस्था सञ्चालन

२०७३ बैशाख ३ शुक्रबार, सिन्धुली। जिल्लामा निजी अस्पताल, पोली क्लिनिक, डेण्टल क्लिनिक, औषधी पसलहरु र प्रयोगशालाहरु(ल्याव) मापदण्ड विपरीत नियम मिचेर सञ्चालन भइरहेका छन। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड निर्देशिका–२०७० विपरीत निजी स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेको भएपनि अनुगमनको जिम्मेवारी पाएको सम्बन्धीत निकायले नियमन गर्न सकेको छैन। जिल्लाका अधिकांश निजी स्तरका क्लीनीक र औषधीपसलहरुले निती र मापदण्ड पुरा गरेका छैनन्।    कतिपय मेडि ... बाँकी अंश»

नयाँ