स्वास्थ्य

रोल्पामा पूर्ण सरसफाइ अभियानको थालनी

२०७२ पौष १६ बिहिबार, रोल्पा । यही पुस ९ गते रोल्पा जिल्ला खुला दिसामुक्त घोषणा भए लगत्तै जिल्लामा पूर्ण सरसफाइको अभियान थालनी भएको छ ।  जिल्ला खुला दिसामुक्त घोषणा भएपछि सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधिहरु अगाडि बढाउनका लागि जिल्ला विकास समितिले बिभिन्न सूचकहरु मार्फत जिल्लामा पूर्ण सरसफाइको अभियान संचालन गर्न लागेको हो । एक घर एक चर्पी रोल्पाबासीको सान, पूर्ण सरसफाइयुक्त जिल्ला हाम्रो पहिचान भन्ने जिल्लाको सरसफाइको नारालाई सार्थकता दिन चर्पीको नियमित प्र ... बाँकी अंश»

चिसोबाट बच्न चिकित्सकको सल्लाह

२०७२ पौष १५ बुधबार, कल्पना पौडेल, काठमाडौँ । चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पु¥याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।  तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उनका बुबा मनबहादुर रावलले बताए । यी केही उदाहरण मा ... बाँकी अंश»

पूर्ण खोप घोषणाको लहर बढ्दै

२०७२ पौष १४ मंगलबार, प्रेम रौले, बाजुरा । जिल्लामा पछिल्लो समयमा खुला दिसामुक्त क्षेत्र घोषणा गरेसंगै अहिले पूर्ण खोप गाविस घोषणा गर्नेको लहर चलेको छ । बाजुरा जिल्लाका बालबालिकाहरुको खोप नपाएर विभिन्न किसिमका रोगहरु लाग्ने भएकाले अहिले बाजुरामा भने पूर्ण खोप घोषणा गर्नका लागि प्रत्येक गाविस आ–आफ्नो गाविसका जन्मे देखि २३ महिनाका बालबालिकाहरुको खोप लगाउन छुटेकाहरुको खोजी गरी खोप केन्द्रमा गई खोप लगाउन सुझाव सल्लाह दिदै आएको कैलाशमाण्डौ स्वास्थ्य चौकीका सिअहेव चि ... बाँकी अंश»

बढी मूल्य नलिन औषधि व्यवसायीलाई सचेत

२०७२ पौष १४ मंगलबार, धुन्चे (रसुवा) । मानव जीवनसँग प्रत्यक्ष सरोकार रहेको औषधि बिक्री वितरणमा रसुवाका औषधि व्यवसायीले निर्धारितभन्दा बढी मूल्य लिनबाट सचेत गराइएको छ । औषधि व्यवस्था विभागबाट यहाँ आएको अनुगमन टोलीले औषधि पसलको निरीक्षण गर्दा केही पसलबाट तोकिएको मूल्यभन्दा बढीको नयाँ स्टिकर टाँसी औषधि बिक्री वितरण गरेको पाइएको हो ।    हिमाली क्षेत्र भएका कारण बढी मूल्य लिई औषधि बिक्री वितरण गर्ने व्यवसायीलाई तोकिएको मूल्यभन्दा बढी रकम नलिन पहिलो पटकलाई सचेत गरा ... बाँकी अंश»

ढाडको दुखाइबाट छुटकारा कसरी पाउने ?

२०७२ पौष १० शुक्रबार, स्वास्थ्य डेस्क। लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ  दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् ।   १.लसुन दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन-चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् ।  तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल  सेलाएपछी  दुखेको ठाउँमा  मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढ ... बाँकी अंश»

देश–विदेशका अनुभव साट्न रेटिना सम्मेलन

२०७२ पौष ६ सोमबार, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठान र नेपाल अफ्थाल्मीक सोसाइटीले आँखाको पर्दासम्बन्धि जानकारी दिन सम्मेलन गरेको छ । समय नुपुग्दै जन्मेका बच्चामा हुने आँखाको पर्दामा देखिने रोग र मधुमेहले आँखाको पर्दामा देखिने समस्या सम्बन्धि विभिन्न जानकारी दिन, उपचारको नयाँ प्रविधि, समय सापेक्ष उपयोग गर्ने र यसलाई व्यवस्थित बनाउने सम्बन्धि प्रोटोकल निर्माण गर्ने उद्देश्यले एक दिने रेटिना सम्मेलन गरेको हो । सम्मेलनमा स्वदेशी तथा विदेशी विशषज्ञहरु, नेत्र विशे ... बाँकी अंश»

रातको समयमा के खादा फाइदा हुन्छ (टिप्स)

२०७२ पौष ५ आइतबार, स्वास्थ्य डेस्क। बदलिदो जिवनशैली र कामको अनिवार्यताले गर्दा आजभोली धेरै  मानिसहरु  राती अबेरसम्म  जागै बस्ने गरेको पाइन्छ। राती अबेरसम्म जागै बस्दा केही खानेकुरा खानु  स्वास्थ्यको लागि  नोक्सानदायक हुने गर्दछ। यदी तपाई  राती केहि खान चाहानुहुन्छ भने  यी पाँच स्वास्थ्यकर तथा तथा मिठो खानेकुरा खान सक्नुहुन्छ ।   १. पीनट बटर र ब्राउन ब्रेड यदी तँपाई रात्रिकालिन जागिर गर्नुहुन्छ भने  पीनट बटर र ब्राउन ब्रेड  डिनरको लागी टिफिन मा ... बाँकी अंश»

सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको बैठक सुरु

२०७२ पौष ३ शुक्रबार, काठमाडौँ । सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रको दुईदिने बैठक आजदेखि यहाँ सुरु भएको छ । श्रीलङ्काबाहेक सार्कका अन्य सदस्य राष्ट्रको उपस्थिति रहेको बैठकमा आगामी कार्यक्रमको खाका तयार गर्ने सम्बन्धमा छलफल केन्द्रित हुने बताइएको छ । अफगानिस्तानको अध्यक्षतामा भइरहेको बैठकमा क्षयरोग र एचआइभी-एड्सविरुद्ध कार्यक्रम बनाई पारित गरिने केन्द्रले जनाएको छ । ... बाँकी अंश»

क्याडाभर डिसेक्सन कोर्ष सम्पन्न

२०७२ मङ्सिर २८ सोमबार, काठमाडौं । नेप्लिज सोसाइटी फर अकुलोप्लाष्टिक सर्जनस्, तिलगंगा आँखा प्रतिष्ठान र नेपाल अफ्थाल्मीक सोसाइटीको संयूक्त आयोजनामा आँखाको प्लाष्टिक शल्यक्रियामा भएका नयाँ प्रविधिको बारेमा जानकारी दिन, त्यसलाई समय सापेक्ष उपयोग गर्ने र जनशक्तिको उत्पादनको उद्देश्यले मंसिर २६ र २७ गते २ दिने क्याडाभर डिसेक्सन र्कोष फर इन्डोस्कोपी डि सि आर (मृत शरिरमा शल्यक्रियाको अभ्यास गरिने कोर्ष) कार्यशालाको आयोजना गरियो । जसमा यस सम्बन्धि स्वदेशी तथा विदेशी विशषज ... बाँकी अंश»

नसर्ने रोगको उच्च जोखिममा इलाम

२०७२ मङ्सिर २७ आइतबार, इलाम । इलाम नसर्ने रोगको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिल्लाका १२ गाविसमा गरेको अध्ययनको हालै तथ्याङ्क सार्वजनिक गर्दै मधुमेह, उच्च रक्तचाप, मोटोपन र कोलस्ट्रोल (रगतमा हुने चिल्लो पदार्थ) भएकाको सङ्ख्या उच्च रहेको पाइएको हो ।  दानाबारी, चुलाचुली, महमाई, लक्ष्मीपुर, सोयाङ, नामसालिङ, नयाँबजार, जोगमाई, जमुना, मावु, माइपोखरी र माइमझुवा गाविसका एक हजार ४०४ जनामा गरिएको अध्ययनअनुसार सुर्तीसेवन, अत्यधिक ... बाँकी अंश»

निःशुल्क स्वास्थ्य कार्यक्रमबाट गरिब झन् गरिब

२०७२ मङ्सिर २६ शनिबार, काठमाडौँ । सरकारको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले गरिबलाई झन् गरिब बनाइरहेको एक अध्यययनले पुष्टि गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २००८(विसं०६४। ६५) देखि जिल्ला तहसम्मका स्वास्थ्य संस्थाबाट निःशुल्क स्वास्थ्य सेवा तथा ७० प्रकारका औषधि समेत निःशुल्क रुपमा प्रदान गर्छ । हिमाल, पहाड र तराईका सात जिल्लाका २८ सरकारी स्वास्थ्य प्रदायक निकायमा गरिएको अध्ययनले सो कार्यक्रमबाट चार प्रतिशतसम्म गरिबी बढाइएको देखाएको छ । निःशुल् ... बाँकी अंश»

काठमाडौ उपत्यकामा ७ प्रतिसतको मृगौला फेल

२०७२ मङ्सिर २० आइतबार, काठमाडौ । काठमाडौ उपत्यकाका ७ प्रतिसत जनताको मृगौला फेल भएको पाईएको छ ।  नेपाल किड्नी फाउण्डेसन र अमेरिकाको ब्रिज अफ लाईफ नामक संस्थाले पाँच दिनसम्म राजधानीका तीन वटै जिल्लामा गरेको स्वास्थ्य परिक्षणमा त्यस्तो नतिजा आएको हो ।  सस्थाले काठमाडौ उपत्यकाका २३ सय ब्यक्तिको मृगौला परिक्षण गरेको थियो जसमा ७ प्रतिसतको मृगौला फेल भईसकेपनि उनीहरु अझै त्यस विषयमा अनभित्र रहेको पाईएको फाउण्डेसनका सस्थापक अध्यक्ष डा. शक्ति बस्नेतले आईतवार रिपोर्टर्स ... बाँकी अंश»

निजी क्लिनिकमा मनपरी शुल्क

२०७२ मङ्सिर १९ शनिबार, गाईघाट (उदयपुर) । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रलगायत कटारी तथा बेल्टार क्षेत्रका निजी क्लिनिकले बन्दको कारण देखाउँदै बिरामीबाट सामान्य उपचारमा पनि महँगो शुल्क लिन थालेका छन् ।  औषधिको अभाव भएको भन्दै सामान्य बिरामीको उपचारमा स्थानीय केही क्लिनिकले ज्यादै महँगो शुल्क लिएर बिरामी ठग्ने गरेको बिरामीका आफन्तको गुनासो छ ।  स्थानीय प्रशासन तथा सम्बन्धित निकायको अनुगमन नहुँदा अहिले कटारी क्षेत्रमा सबैभन्दा बढी निजी क्लिनिकमा बिरामी ठगि ... बाँकी अंश»

औषधी रित्तिदै स्वास्थ्य संस्था र क्लिनिकहरु

२०७२ मङ्सिर १८ शुक्रबार, श्रीकृष्ण सिग्देल । स्याङ्जा। सरकारद्धारा जिल्ला अस्पतालबाट सर्वसाधारणका लागि ७० किसिमका औषधी निशुल्क उपलब्ध गराउने उदघोष गरेपनि स्याङ्जामा ३÷४ प्रकारका सामान्य औषधी बाहेक अन्य केही नरहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालयको स्टोर कक्षमा वी कम्प्लेक्स, आइरन चक्की, सीटामोल र जीवनजल केही मात्रामा मात्र रहेको स्टोर प्रमुख शोभाकान्त पौडेलले जानकारी दिए । जीवनजल भए पनि जींक चक्की भने नभएको उनले बताए ।    टेण्डर नभएका कारण गतबर्षदेखि ... बाँकी अंश»

अन्तरपुस्ता गरिबी तथा कुपोषणलाई बहुक्षेत्रीय पोषण योजनाले अन्त्य गर्दै

२०७२ मङ्सिर १८ शुक्रबार, विष्णु नेपाल । काठमाडौँ । अन्तरपुस्ता गरिबी तथा कुपोषण दुबैलाई एकसाथ अन्त्य गर्न बहुक्षेत्रीय पोषण योजना महत्वपूर्ण ठहरिएको छ । खासगरी पोषणले स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका नीति तथा योजनामा प्राथमिकता पाउन थालेपछि बहुक्षेत्रीय पोषण योजना उपलब्धिमूलक देखिएको हो । बहुक्षेत्रीय समन्वयमा पोषण लक्ष्यित वा पोषणप्रति संवेदशील सेवालाई सो योजनामार्फत सशक्त एवम् प्रभावकारीरुपमा समुदायस्तरमा सञ्चालन भएसँगै मातृ शिशु पोषणका क्षेत्रमा नेपालले छो ... बाँकी अंश»

'ज्यान ठूलो हो, तिम्रा सरलाई सम्झाइदेऊ'

२०७२ भदौ १३ आइतबार, प्रधानमन्त्री सुशील कोइरालाले डा. गोविन्द केसीलाई 'ज्यान सबैभन्दा ठूलो हो' भनेर सम्झाइदिन चिकित्साशस्त्र अध्ययन संस्थान (आइओएम) का विद्यार्थीलाई सुझाव दिएका छन्। नागरिक दैनिकमा दीपक दाहाल लेख्छन् -प्रधानमन्त्री निवासअघि धर्ना दिन र ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका संस्थानका विद्यार्थीमध्ये तीन जनालाई भित्र बोलाएर प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्। प्लेकार्ड बोकेर चर्का नारा लगाइरहेका विद्यार्थीलाई सुरक्षाकर्मीमार्फत भि ... बाँकी अंश»

बर्दियामा एड्सको औषधि अभाव

२०७२ मङ्सिर १५ मंगलबार, यादव आचार्य, बर्दिया । एड्सको महामारीको अन्त्य, दीगो विकासको लक्ष्य भन्ने नारा सहित २८ औं एड्स दिवस देशभर मनाई रहँदा बर्दियाका एचआईभी संक्रमितहरुलाई भने सेवन गर्ने कोर्टीमोक्साजोल ट्यावलेट छैन । लामो समय देखिको तराईमा भएको बन्द हड्ताल लगायत भारतले गरेको अघोषित नाकावन्दीका कारण बर्दियामा ५ महिना देखि एचआईभी संक्रमितले सेवन गर्ने कोर्टिम नामक औषधीको चरम अभाव भएको हो । एलर्जीबाट बच्न एचआईभी एड्स भएकाले सेवन गर्ने कोर्टीमोक्साजोल ट्यावलेट जिल् ... बाँकी अंश»

एचआईभी सङ्क्रमण र मृत्यु दर घट्यो

२०७२ मङ्सिर १५ मंगलबार, चितवन । एचआईभी सङ्क्रमितहरुले एआरटी नियमित प्रयोग गर्न थालेपछि सङ्क्रमण दर घटेको छ भने मर्नेको सङ्ख्यामा पनि कमी आएको छ । जिल्लाको सरकारी अस्पताल भरतपुर अस्पतालमा रहेको एआरटी केन्द्रका संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१४ को नोभेम्बर मसान्त सम्ममा ८४ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत वर्षको नोभेम्बर मसान्तसम्ममा यो सङ्ख्या ९० रहेको थियो । त्यसैगरी यस वर्ष एचआईभी सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ । गत वर्ष सङ्क्रमणका कारण १५ जनाको मृत ... बाँकी अंश»

अतिरिक्त सेवा सुविधाको माग राख्दै डाक्टरहरु आन्दोलित,ओपिडी सेवा बन्द गरी खुला चउरमै उपचार गर्दै

२०७२ मङ्सिर १४ सोमबार, ईश्वर दत्त बडू। कञ्चनपुर । अतिरिक्त सेवा सुविधाको माग राख्दै आइतबार देखि अनिश्चितकालका लागि  बहिरङ्ग सेवा बन्द गरेर आन्दोलनमा उत्रेका महाकाली अञ्चल अस्पतालका डाक्टरहरुले सोमबारदेखि बाहिरै बसेर बिरामीको उपचार गरिरहेका छन् । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालका चार जना डाक्टरहरुले अतिरिक्त भत्ता लगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै अनिश्चितकालका लागि आईतवार देखि बहिरङ्ग सेवा ठप्प पारेका थिए । मेडिकल अधिकृत डा.महेश शाह, निलम शाह, ... बाँकी अंश»

भत्ताको माग राख्दै चिकित्सक आन्दोलनमा

२०७२ मङ्सिर १३ आइतबार, बेलौरी (कञ्चनपुर) । महाकाली अञ्चल अस्पतालका चिकित्सक भत्ताको माग राख्दै आन्दोलनमा उत्रेका छन् । अञ्चल अस्पतालका चार चिकित्सकले अतिरिक्त भत्तालगायत विभिन्न तालिममा सहभागी हुनुपर्ने माग राख्दै आजदेखि अनिश्चितकालका लागि बहिरङ्ग सेवा ठप्प पारेका छन् । गत वैशाखदेखि अतिरिक्त भत्ता नपाएका कारण पटक पटक सम्बन्धित निकायमा माग राखे पनि मागप्रति बेवास्ता गरिएका कारण बाध्य भएर बहिरङ्ग सेवा बन्द गरिएको मेडिकल अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो । ... बाँकी अंश»

नयाँ