//

स्वास्थ्य

नक्कली शैक्षिक योग्यतामा एक चिकित्सक पक्राउ

२०७२ माघ २४ आइतबार, काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप एक जना व्यक्तिलाई प्रहरीले आज अस्पतालबाटै पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरकारी अस्पतालका रुपमा रहेको सगरमाथा अञ्चल अस्पताल, राजविराजमा कार्यरत चिकित्सक राजेन्द्रप्रसाद दासलाई सो आरोपमा पक्राउ गरेको हो ।    दासले प्रमाणपत्र तह नै उत्तीर्ण नगरी प्रमाणपत्र तहको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरेको भेटिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्ष ... बाँकी अंश»

विराटनगरमा ब्रेन ट्युमरको सफल शल्यक्रिया

२०७२ माघ २३ शनिबार, पथरी (मोरङ) । विराटनगरको गोल्डेन अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ । धनकुटा फलाटे–४ का ६८ वर्षीय मानबहादुर याख्खाको टाउकामा पलाएको (एैजेरु) ट्युमरको अस्पतालका न्यूरो सर्जन डा सुदन ढकालले शल्यक्रिया गरेका हुन्  । साउन महिनादेखि टाउको दुख्ने, बोलेको ठेगान नहुने र बेहोस हुने समस्या देखिएपछि याख्खा गोल्डेन अस्पतालमा उपचारका लागि आउनु भएको थियो ।    अस्पतालका सञ्चालक सनतन मण्डलले शल्यक्रियापछि बिमारीको अवस्था ठिक रहे ... बाँकी अंश»

कालीकोटमा एचआइभी सङ्क्रमितको सङ्ख्या ४० पुग्यो

२०७२ माघ २२ शुक्रबार, कालीकोट। कालीकोटमा पछिल्लो छ महिनामा ११ जना एचआइभी सङ्क्रमितको सङ्ख्या बढेको छ । जिल्लामा यसअघि ३० जना एचआइभी सङ्क्रमित रहेकामा यस आवको छ महिनाभित्र लालु गाविसमा मात्र ११ जना एचआइभी सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।    कार्यालयका अनुसार लालु गाविसमा देखिएका ११ जनाको रगत परीक्षणमा एचआइभी देखिएको हो । युनिसेफको सहयोगमा गर्भमा रहेका बालबालिकालाई कसरी एचआइभीबाट बचाउन सकिन्छ भन्ने विषयमा कार्यालय लागिपरेको एच ... बाँकी अंश»

झापामा क्यान्सर रोगीको सङ्ख्या नौ सय बहत्तर

२०७२ माघ २२ शुक्रबार, सुरुङ्गा (झापा)। झापामा क्यान्सर रोगीको सङ्ख्या ९७२ पुगेको जनाएको छ ।    आव ०६६÷६७ देखि चालु आव ०७२÷७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताए ।    आव ०७१÷७२ मा ११५ महिला र ११८ पुरुष क्यान्सर रोगबाट ग्रसित भएको र चालु आवको माघसम्ममा १२४ जना नयाँ क्यान्सरका रोगी फेला परेका छन् । जसमा ६६ महिला र ५८ पुरुष रहेको कार्यालयले जनाएको छ ।  ... बाँकी अंश»

अर्बुदबाट बच्न सादा खानपिन आवश्यक

२०७२ माघ २१ बिहिबार, काठमाडौं । नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनले प्रत्येक वर्ष देशमा करिब पाँच हजार महिलालाई स्तनसम्बन्धी क्यान्सर हुने गरेको बताएको छ । विश्व अर्बुद रोग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा सुजिता हीराचनले ग्रामीण भेगका महिलामा सो रोग लागेपछि परिवारका आफन्तले लुकाउन चाहने गरेकाले बिरामीको सङ्ख्या सहरी क्षेत्रको तुलनामा धेरै पाइएको जानकारी दिए ।    उनले ४० वर्षभन्दामुनिका अधिकांश महिलालाई हुने स्तन रोग पाइएको उपचार ... बाँकी अंश»

स्वास्थ्य चौकीमा न्यानो झोला अभाव हुँदा शिशुलाई जोखिम

२०७२ माघ २१ बिहिबार, डडेल्धुरा । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा न्यानो झोलाको अभाव हुँदा शिशुहरुलाई जोखिम बढेको छ । न्यानो झोलाका अभावमा नवजात शिशुका परिवारले घरबाट ल्याएको कपडामा बच्चा राख्दा चिसोका कारणले विभिन्न किसिमका रोगको सङ्क्रमण हुनुका साथै न्यानो कम हुने भएकाले जोखिम बढेको हो ।    जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले टेन्डरमार्फत एक हजार न्यानो झोला खरिद गरेको भएपनि समयमा झोला आइनपुग्दा नवजात शिशुलाई समस्या आउन सक्ने चिकित्सक ब ... बाँकी अंश»

बजेट नहुँदा जाजरकोटमा टेलिमेडिसिन सेवा बन्द

२०७२ माघ २१ बिहिबार, जाजरकोट । यहाँको टेलिमेडिसिन सेवा विगत १० महिनादेखि बन्द भएको छ । टेलिमेडिसिन सेवा सञ्चालनका लागि आउने आवश्यक बजेट चालु आर्थिक वर्षमा केन्द्रले उपलब्ध नगराएपछि सेवा बन्द भएको फोकल फाँटका भीमराज सिंहले जानकारी दिए ।    पाँच वर्षअघि यहाँका नागरिकलाई विशेषज्ञ सेवा प्रवाह गर्न स्थापना भएको यो सेवा जिल्लामा प्रभावकारी रुपमा सञ्चालन हुन मुस्किल परिरहेको छ । टेलिमेडिसिनद्वारा जाजरकोटका बिरामीको उपचार सहज बनाउन यो सेवा सुरु गरिएको हो । यो सेवामा ... बाँकी अंश»

सगरमाथामा रक्तदान गरी कीर्तिमान राख्ने

२०७२ माघ १८ सोमबार, काठमाडौं । सगरमाथाको आधार शिविर तथा छ हजार मिटरभन्दा माथिको उचाइमा रक्तदान गरी विश्व कीर्तिमानी कायम राख्न चार रक्तदाताले प्रयास गर्न लागेका छन् ।    छ हजार मिटरभन्दा माथिको उचाइमा पुगेर आगामी जेठ १५ गते (जुन २८) मा रक्तदान गर्ने उनीहरुको योजना छ । त्यस्तै आधार शिविरमा ३० जनाले रक्तदान गर्ने कार्यक्रम छ । सो प्रयास गर्न लागेकामा भोजपुरका दीपक राई, सुशीला राई, चन्द्रकुमार राई र सप्तरीका सञ्जीव चौधरी रहनुभएको छ । तीमध्ये दीपकले हालसम्म ६३ पटक रक् ... बाँकी अंश»

अज्ञात रोगकाले एकै टोलमा २६ को मृत्यु

२०७२ माघ १३ बुधबार, पर्सा । तीन महिनाभित्र अज्ञात रोगका कारण एकै टोलका २६ जनाको मृत्यु भएपछि पर्साको पोखरिया नगरपालिका–४ सतवरिया टोलका बासिन्दा त्रासको जीवन यापन गर्न बाध्य भएका छन् । जरो, खोकी, पखालाजस्ता सामान्य रोग लागेर तीन महिनाभित्र २६ जना व्यक्तिको मृत्यु भएपछि टोलका बासिन्दा महामारी वा दैव्यप्रकोप परेको भन्दै चिन्तित भएका हुन् ।    तीन महिनाकी नातिनीलाई अपराह्न्न तेल लगाई सुताएको र उनको सुतिरहेकै अवस्थामा मृत्यु भएको हजुर आमा श्रीपती देवी ठाकुरले बत ... बाँकी अंश»

प्रतिवेदन नआएसम्म झापामा खोप दिन बन्द

२०७२ माघ १३ बुधबार, काँकडभिट्टा (झापा) । झापाको शान्तिनगरमा खोप लगाएका एक शिशुको एक साताअघि अत्यधिक रक्तस्राव भएर मृत्यु भएपछि जिल्लाभर खोप लगाउने कार्यक्रम स्थगन गरिएको छ । शान्तिनगर–१ बर्नेका दलबहादुर राईका दुई महिनाका छोरा सुलभ राईको बीसीजी र डीपीटी खोप लगाएको तीन दिनपछि मृत्यु भएको थियो ।    सो घटनापछि माघ ६ गते जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका सबै खोप तथा स्वास्थ्य केन्द्रलाई अर्को निर्देशन नआउञ्जेलसम्म खोप लगाउने कार्य रोक्न निर्देशन दिएको हो । ... बाँकी अंश»

प्यूठानमा पहिलो पटक पोषिलो खाना प्रदर्शनी मेला

२०७२ माघ १२ मंगलबार, प्यूठान । प्युठानमा पहिलो पटक पोषिलो खाना प्रदर्शनी मेला भएको छ । हजार दिनका आमा तथा बच्चाहरुको पोषणसुधार गर्ने उदेश्यले जिल्लास्तरीय कृषि मेलासँगै जोडेर पोषिलो खाना प्रदर्शनी मेलाको आयोजना गरिएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । प्रदर्शनीमा पोषिलो खानाका परिकारहरु बनाउने विधि तथा खाना परिकार बनाउने र हजार दिनका आमा तथा बच्चाहरुलाई खान दिने र बनाउने तरिका बारे जानकारी गराईएको सुआहारा कार्यक्रमका जिल्ला संयोजक सुरेन्द्र चौरासीयाले जा ... बाँकी अंश»

कुपोषित बालबालिकाको स्वास्थ्यकर्मीको निगरानीमा उपचार

२०७२ माघ ११ सोमबार, जाजरकोट। एक हजार ८०० भन्दा बढी कुपोषित बालबालिकाको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा एक हजार ८७६ जना कुपोषित बालबालिकाको उपचार कार्य सम्पन्न गरिएको शीघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रमका सुशील शाहीले जानकारी दिए ।    जनचेतना वृद्धिसँगै स्वास्थ्य संस्थामा कुपोषित भएका बालबालिकालाई उपचारका लागि बढी ल्याउने गरिएको छ । सन् २००९ देखि २०१५ सम्म यो सङ्ख्यामा कुपोषित बालबालिकाको उपच ... बाँकी अंश»

एक हजार ४६५ जना भूकम्पपीडितको स्वास्थ्य परीक्षण, ९५ जनामा मुटुरोग

२०७२ माघ १० आइतबार, गोरखा। गोरखामा आयोजित दुईदिने निःशुल्क मुटुरोगसम्बन्धी शिविरमा एक हजार ४६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् ।  गोरखा अस्पताल, रोटरी र रोट्र्याक्ट क्लबको संयुक्त आयोजनामा जिल्ला अस्पतालमा भएको शिविरमा ५७६ पुरुष र ८८९ जना महिलाले स्वास्थ्य सेवा लिएको शिविरका संयोजक भेषबहादुर खड्काले जानकारी दिए ।    मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको हो । परीक्षणका क्रममा भू ... बाँकी अंश»

आँखा दान दिनेहरुको सम्झना

२०७२ माघ १० आइतबार, काठमाडौं । नेपाल आँखा कार्यक्रम अन्तर्गत आँखा बैंकले हरेक वर्ष आयोजना गर्दै आएको मरणोपरान्त आँखाको नानीदान गरी अमरत्व प्राप्त गर्नेहरुको सम्झना र सम्मानमा उनीहरुको परिवारहरुको उपस्थितिमा बसेर श्रद्धाञ्जली कार्यक्रम शनिवार राजधानीमा सम्पन्न गरेको छ ।  बैंकका अनुसार त्यहाँ अहिले ६३ हजार जना दाताले मृत्यु उपरान्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने  झण्डै ११ हजार जनाले आँखाको नानी दान प्राप्त गरिसकेका छन् । पछिल्लो समयमा आँखा दान ग ... बाँकी अंश»

कीर्ते मुद्दामा वीर अस्पतालमा कार्यरत तीनसहित चार पक्राउ

२०७२ माघ ६ बुधबार, काठमाडौँ । सरकारी छाप दस्तखत कीर्ते मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेका वीर अस्पतालमा कार्यरत तीन कर्मचारीसहित चार जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  पक्राउपर्नेमा वीर अस्पताल सेवा आयोगमा कार्यरत सातौँ तहका सचिव ५७ वर्षीय लक्ष्मणप्रसाद अर्याल, वीर अस्पताल (रेडियोग्राफर सातौँ तह)का ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना र इमरजेन्सी नर्स एड पाँचौँ तहका ५० वर्षीय राजेशक ... बाँकी अंश»

‘‘स्वस्थ र स्वच्छ मासु,बधशालादेखि भान्छासम्म अभियान’’ : राज्यमन्त्री पुन

२०७२ माघ ५ मंगलबार, निर्मल खत्री,म्याग्दी । पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले स्वस्थकर मासुको उपभोगको लागि ‘‘स्वस्थ र स्वच्छ मासु,बधशालादेखि भान्छासम्म ’’अभियान सञ्चालन गरिने बताउनु भएको छ ।म्याग्दी सदरमुकाम बेनीमा मंगलवार आयोजित दोस्रो राष्ट्रपती कप प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री पुनले मासु उपभोग गर्ने उपभोक्ताहरुको हितको लागि यस्तो अयिभान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । ‘‘हामीले खाने मासु स्वच्छ र स्वस्थ छै ... बाँकी अंश»

पाठेघर खस्ने समस्या भएका महिलाहरुका लागि निशुल्क शिविर

२०७२ पौष ३० बिहिबार, दिलिप खड्का, रुकुम । रुकुमको चौरजहारी अस्पतालमा पाठेघर खस्ने समस्या भएका महिलाहरुका लागी शल्यक्रिया शिविर सुरु भएको छ । मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको प्राविधिक सहयोग तथा आयोजनामा शिविर संचालन गरीएको हो ।दुर्गम क्षेत्र गरिव तथा असहाय परिवारका महिलाहरुलाई ध्यानमा राखेर शिविर आयोजना गरीएको अस्पतालले जनाएको छ । १ महिना अगाडी देखि रुकुम, सल्यान र जाजरकोट जिल्लाका पाठेघर खस्ने समस्या भएका महिलाहरुको छनौट गरी निशुल्क शल्यक्रिया श ... बाँकी अंश»

उत्यकाभित्रकै भक्तपुर अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा समस्या

२०७२ पौष २८ मंगलबार, भक्तपुर । आर्थिक अवस्था कमजोर भएका बिरामीको बढ्दो चाप रहेको भक्तपुर अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक नहुँदा समस्या आएको छ ।    सरकारले केन्द्रीय अस्पतालका रुपमा परिभाषित गरे पनि क्षेत्रीय अस्पतालसरहको सुविधासमेत नदिएको सो अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक छैनन् । अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीका अनुसार अस्पतालमा हाल ११औँ तहका फिजिसियन र प्रसूति रोग विशेषज्ञ एक एक, नौ तहका छाला रोग तथा नाक, कान, घाँटी र मानसिक रोग विशेषज् ... बाँकी अंश»

पूर्वाञ्चलमै न्यूरोलाई पहिलो सफलता

२०७२ पौष २६ आइतबार, कुमोद अधिकारी, विराटनगर । पूर्वाञ्चलमै पहिलो पटक कम्मर मुनिको जोर्नी प्रत्यारोपण भएको छ ।  सफल प्रत्यारोपण गरेको न्यूरो अस्पताल प्रालिले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । हाडजोर्नी विभागका प्रमुख डा. नवीनकुमार कर्ण सहितको विशेषज्ञ टोलीले कम्मरमुनिको भागको सफल शल्यक्रिया गर्न सकेको जानकारी दियो ।    टोलीले धरान नगरपालिका–१५ का ७५ वर्षीय विरबहादुर राइको सिमेन्टेड पद्दतीबाट कम्मर मुनिको हिप जोइन्ट प्रत्यार ... बाँकी अंश»

मैनबत्तीको सहारामा जिल्ला अस्पताल

२०७२ पौष २३ बिहिबार, जाजरकोट । यहाँको जिल्ला अस्पतालमा विद्युत् नहुँदा मैनबत्ती बालेर बिरामीको उपचार हुने गरिएको छ । दैनिक विद्युत अभावमा जिल्ला अस्पतालका बिरामीलाई मैनबत्तीको भरमा उपचार गर्दा निकै सास्ती व्यहोर्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । अक्सिजन दिने बिरामी आए पनि विद्युत्को अभावमा अक्सिजन दिन नसकिएको स्वास्थ्यकर्मी नारायणी शाहले बताए । एक हातमा मैनबत्ती अर्को हातमा औषधि बोकेर वार्डमा जाँदा औषधि खुवाउनसमेत अप्ठ्यारो हुने गरेको शाहको भनाइ छ । अँध ... बाँकी अंश»

नयाँ